६० लाख चल्ला नष्ट गरिदै, मासुको मूल्य बढाउने खेल ?

काठमाडौं । नेपाल ह्याचरी उद्योग संघले आह्वान गरेपछि देशभरबाट ब्रोइलर र कोइलरका चल्ला नष्ट गर्ने क्रम जारी रहेको छ । चल्ला, चल्ला निस्कने क्रममा रहेको अण्डासमेत नष्ट गर्ने अभियान संघले चलाएको छ । बजारमा अधिक उत्पादन भएको र मूल्य नपाएको भन्दै संघले चलाएको यो अभियानले भने कुखुराको मासुको भाउ बढाउने निश्चित छ । किनकी नेपाल… Continue reading ६० लाख चल्ला नष्ट गरिदै, मासुको मूल्य बढाउने खेल ?

रुसी इन्टीलिजेन्स एजेन्सीमा गोलीबारी, कैयौं हताहतीको आंशका

मस्को । रुसको मूख्य इन्टीलिजेन्स एजेन्सीको मूख्यालयमा भएको गोलीबारीमा कम्तिमा ३ जना मारिएका छन् । सुरक्षा एजेन्सी फेडेरल सेक्यूरिटी सर्भिस (एफएसबी) नजिकै बन्दुकधारीले आक्रमण गर्दा उक्त हताहती भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले लेखेका छन् । बन्दुकधारीले स्वचालित हतियार प्रयोग गरी फायरिङ खोलेका थिए । तीन बन्दुकधारी सुरक्षा कारवाहीमा मारिएको र अन्य केही घाइते भएको बताइएको छ ।… Continue reading रुसी इन्टीलिजेन्स एजेन्सीमा गोलीबारी, कैयौं हताहतीको आंशका

नागरिकता कानूनको विरोधमा बलिउड कलाकार सडक आन्दोलनमा

मुम्बई । भारतमा यतिबेला आन्दोलनले आगो बलेको छ । सरकारले विवादित नागरिकता सम्बन्धी विधेयक अगाडी बढाएपछि त्यसको देशव्यापी प्रदर्शन जारी छ । यसै मेसोमा आन्दोलनमा ऐकिवद्दता जनाउन बलिउडकर्मीहरुसमेत सक्रिय भएका छन् । बिहीबार हृतिक रोशन, हुमा कुरेशी, श्वरा भाष्कर, ममोटी, प्रियंका चोपडा, दिया मिर्जा, सुशान्त सिंहलगायत कलाकार सडकमा ओलिएका छन् । कानुनको विरोधमा देशव्यापी प्रदर्शन… Continue reading नागरिकता कानूनको विरोधमा बलिउड कलाकार सडक आन्दोलनमा

राष्ट्रिय मुद्दामा प्रतिपक्ष र सत्तारुढ दलका मत फेरी बाझिए, एमसीसीमा विवाद

काठमाडौं । अमेरिकाको मिलिनियम च्यालेन्ज कोअपरेसन (एमसीसी) सँगको सम्झौतालाई सदनबाट पारित गर्ने विषयलाई लिएर यतिबेला नेपालमा विवाद जारी रहेको छ । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) स्थायी समिति बैठकमा नेताहरुले यस सम्झौताको चर्को विरोध गरिरहेका छन् । खासगरी एसीसीमा अमेरिकाले यस सम्झौताका शर्तलाई अन्य कुनै कानूनले समेत नछुने गरी शक्तिशाली बनाउन खोजेपछि यसमा विवाद छ ।… Continue reading राष्ट्रिय मुद्दामा प्रतिपक्ष र सत्तारुढ दलका मत फेरी बाझिए, एमसीसीमा विवाद

आजदेखि संसद अधिवेशन शुरु, अध्यक्षता उपसभामुखबाट

काठमाडौं । संसदको पाँचौं अधिवेशन आजबाट सुरु हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा संसद अधिवेशन शुरु हुन लागेको संसद सचिवालयले जनाएको छ । शुक्रबार अपराह्न ४ बजे दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) का बैठक आह्वान गरिएका छन् । यस पटक प्रतिनिधिसभा बैठकको अध्यक्षता भने उपसभामुख शिवमाया तुम्बाहाम्फेबाट हुने भएको छ । पूर्वसभामुख कृष्णबहादुर… Continue reading आजदेखि संसद अधिवेशन शुरु, अध्यक्षता उपसभामुखबाट

सीमा नाकामा सशस्त्र पुलिसका ११४ आउटपोस्ट स्थापना हुने

काठमाडौं । यसकारले नेपालको सीमा नाकामा सशस्त्र प्रहरीका ११४ बोर्डर आउटपोष्ट (बीओपी) थप्ने भएको छ । मन्त्रिपरिषदको अघिल्लो सोमबारको बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता तथा सूचना तथा संचार प्रविधि मन्त्री गोकुल बास्कोटाले जानकारी दिए । उनका अनुसार नेपाल भारत र नेपाल चीन दुवैतिर सीमा क्षेत्रमा अब कूल २२१ वटा बीओपी पुग्ने भएका छन् ।… Continue reading सीमा नाकामा सशस्त्र पुलिसका ११४ आउटपोस्ट स्थापना हुने

पेप्सीले छल्यो ६५ करोड राजस्व, मुद्दा दायर

काठमाडौं । राजस्व छलेको आरोपमा पेप्सी उत्पादक कम्पनी वरुण वेभरेजविरुद्ध राजश्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ । विभागले भ्याट छलीको मुद्दा दायर गरिएको बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दियो । झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि कर प्रयोग गरी ६४ करोड ९६ लाख २ हजार ३ सय ४० राजस्व चुहावट गरेको विभागले उल्लेख गरेको छ… Continue reading पेप्सीले छल्यो ६५ करोड राजस्व, मुद्दा दायर

अब निर्माण सामग्रीको माग नदीबाट मात्र पुरा हुँदैन : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले अब नेपालको विकास निर्माणका लागि आवश्यक नदीजन्य निर्माण सामग्रीको आपूर्ति अब नदीबाट मात्र नपुग्ने बताएका छन् । बिहीबार अर्थ समिति बैठकमा बोल्दै अर्थमन्त्री खतिवडाले अब पहाडबाट उत्खनन् गरी यस्ता सामग्रीको आपूर्तिमा लाग्नु पर्ने उनले बताएका हुन् । पहाड नफोरेसम्म नदीजन्य सामग्रीको आपूर्ति पुरा नहुने उनको भनाई छ । भैरहवा… Continue reading अब निर्माण सामग्रीको माग नदीबाट मात्र पुरा हुँदैन : अर्थमन्त्री

उच्च अदालतले समेत मानेन महरालाई छाड्न

काठमाडौं । उच्च अदालत पाटनले समेत पूर्वसभामुख कृष्णबहादुर महरालाई थुनामुक्त गर्न इन्कार गरेको छ । जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि उनलाई थुनामा राख्न आदेश गरेको थियो । सो आदेशविरुद्ध उनी उच्च अदालत पाटनमा गएका थिए । उनले साधारण तारेखमा रिहाको माग गरेका थिए । उच्च अदालतले महराको मुद्दा भने एक महिनाभित्रै किनारा लगाउन समेत आदेश… Continue reading उच्च अदालतले समेत मानेन महरालाई छाड्न

तराईमा कुहिरो र शीतलहर, बढ्यो चिसो

काठमाडौं । तराईमा दुई दिनसम्म लगातार कुहिरो र शीतलहरले जनजीवन प्रभावित हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले मौसम बुलेटिन जारी गर्दै त्यस भेगका बासिन्दालाई सचेत रहन अनुरोध गरेको छ। विभागका अनुसार तराई भेगका अधिकांश क्षेत्रमा लागेको हुस्सु तथा कुहिरो (शुक्रबार)सम्म नै कायम रहने छ । घाम लाग्नै छैनन् । त्यसकारण एक्कासी चिसो… Continue reading तराईमा कुहिरो र शीतलहर, बढ्यो चिसो

बार्सिलोना र रियलले अंक बाँडे

बार्सिलोना । स्पेनिस ला लिगा अन्तर्गत संसारभर सम्भवतः धेरै मानिसले प्रत्यक्ष प्रसारण हेर्ने एल क्लासिकोको पहिलो खेल बिहीबार बिहान सम्पन्न भएको छ । बार्सिलोना र रियल म्याड्रिडबीचको खेल बराबरीमा टुंगिएसँगै दुबै टोलीले अंक बाँडेका छन् । करीव ९५ हजार दर्शक मैदानमा उपस्थित भएको खेलमा दुबै टोलीले गोलका अवसर सिर्जना गरेपनि गोल भने हुन सकेन ।… Continue reading बार्सिलोना र रियलले अंक बाँडे

अस्ट्रेलियामा तातोले राख्यो कीर्तिमान

सिड्नी । अस्ट्रेलियामा बढ्दो तापक्रमका कारण जनजीवन प्रभावित भएको छ । औसतः उच्चतम तापक्रम ४०.९ डिग्री सेल्सियस कायम भएको मङ्गलवार यस मुलुकको इतिहासकै सबैभन्दा तातो दिन रहेको अन्तराष्ट्रिय संचारमाध्यमले लेखेका छन् । यसअघि २७ जनवरी २०१३ मा ४०.३ डिग्री सेल्सियस अधिकतम तापक्रम मापन भएको थियो । मंगलबार त्यसलाई पनि उछिन्दै तापक्रमले कीर्तिमान राखेको हो ।… Continue reading अस्ट्रेलियामा तातोले राख्यो कीर्तिमान

काठमाडौंमा स्थायी रुपमै लागू होला जोर-विजोर प्रणाली ?

काठमाडौं । काठमाडौं उपत्यका, अधिक सवारी र साँघुरो सडक संरचनाका कारण अत्यधिक सडक जाम हुने शहरमध्ये एकमा गनिन्छ । यसले मानिसको जनजीवनमा नकारात्मक प्रभाव पारेको छ । यसै सन्दर्भमा काठमाडौंमा स्थायी रुपमा जोर-विजोर प्रणाली लागु गर्द माग गर्दै सर्वोच्च अदालतमा रीट दायर भएको छ । काठमाडौं उपत्यकामा अत्यधिक ध्वनी प्रदूषण र टाफिक जाम भएकाले जोर-विजोर… Continue reading काठमाडौंमा स्थायी रुपमै लागू होला जोर-विजोर प्रणाली ?

अवैध रुपमा अमेरिका छिरेका ५ युवकलाई चार्टर्ड विमानमा नेपाल फर्काइयो

काठमाडौं । अवैध रुपमा अमेरिका पुगेका ५ जनालाई अमेरिकी सरकारले नेपाल फिर्ता गरेको छ । ५ नेपाली र ३ पाकिस्तानी नागरिक लिएर अमेरिकाको चार्टर्ड जहाज बुधबार काठमाडौं आएको विमानस्थल स्रोतले जानकारी दिएको छ । नेपालबाट आप्रवासीका रुपमा अमेरिका रहने गरी दलाललाई ठूलो रकम तिरेर अमेरिका पुगेका उनीहरु अमेरिकी अध्यागमनको हिरासतमा थिए । गैरकानूनी बाटो समाएर… Continue reading अवैध रुपमा अमेरिका छिरेका ५ युवकलाई चार्टर्ड विमानमा नेपाल फर्काइयो

अमेरिकाका पाँच आइटी कम्पनीविरुद्ध बालश्रम शोषणको मुद्दा

वासिङटन । अमेरिकाका प्रमुख आइटी कम्पनीहरु विरुद्ध बालश्रम शोषणाको आरोपमा मुद्दा दायर भएको छ । एप्पल, माइक्रोसफ्ट, टेस्ला, अल्फावेटा र डेलविरूद्ध बाल शोषणको आरोप लागेको हो । मानव अधिकारवादी संगठन इन्टरनेसनल राइट्स एडभोकेट्सले बालश्रम शोषणको मुद्दा दायर गरेको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार उनीहरु विरुद्ध वासिङटन अदालतमा मुद्दा दायर भएको छ । इतिहासमै पहिलो पटक… Continue reading अमेरिकाका पाँच आइटी कम्पनीविरुद्ध बालश्रम शोषणको मुद्दा

पौडेल र सिटौला पक्षका नेता गएनन्, कांग्रेस कार्यसमिति बैठक स्थगित

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बुधबारका लागि डाकिएको बैठक पनि बस्दै नबसी स्थगित भएको छ। आन्तरिक विवादमा फसेको कांग्रेसको कार्यसमिति बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला पक्षधर नेता अनुपस्थित भएपछि बैठक स्थागित भएको हो । विवाद समाधानको प्रयास भने जारी रहेको नेताहरुले जानकारी दिएका छन् । शीर्ष नेताहरु नै आन्तरिक छलफलमा जुटेका… Continue reading पौडेल र सिटौला पक्षका नेता गएनन्, कांग्रेस कार्यसमिति बैठक स्थगित

सोधनान्तर स्थितिमा सुधार, २७ अर्ब २९ करोड नाफामा

काठमाडौं । गतवर्ष घाटामा गएको सोधनान्तर स्थिति चालु आर्थिक वर्षको पहिलो महिनाबाटै नाफामा रहेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चौथो महिनासम्म आइपुग्दा सोधनान्तर नाफा २७ अर्ब २९ करोड नाघेको छ । देशबाट बाहिरिने रकम र देशभित्र रहने रकमको तुलना नै सोधनान्तर हो । बाहिरिने भन्दा भित्रने रकम बढी भयो भने त्यसबेला सोधनान्तर नाफामा… Continue reading सोधनान्तर स्थितिमा सुधार, २७ अर्ब २९ करोड नाफामा

सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : नेपाली भूमि फिर्ता गर्न अदालतको आदेश चाहिँदैन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको भूमि फिर्ता गर्न अदालतको आदेश आवश्यक नरहेको बताएका छन् । महाकाली नदी पूर्वमा पर्ने लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालकै भूभाग भएको भन्दै त्यसका लागि सर्वोच्चको आदेश लिइरहनु नपर्ने उल्लेख गरेका हुन् । भारतले मिचेको नेपाली भूमि फिर्ता गर्नका लागि कूटनीतिक पहल भइरहेको जवाफ उनले सर्वोच्चलाई दिएका छन् ।… Continue reading सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : नेपाली भूमि फिर्ता गर्न अदालतको आदेश चाहिँदैन

नेकपा र राजपाबीच अप्रत्यासित सहमति, राष्ट्रियसभा निर्वाचनमा तालमेल

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)बीच सहमति भएको छ । राष्ट्रियसभा निर्वाचनमा तालमेल गर्नेसहित दुई बुँदे सहमतिमा बुधबार हस्ताक्षर भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार दुबै दलका शीर्ष नेताबीच वार्तामा सहमति जुटेको हो । सहमति अनुसार राष्ट्रियसभामा प्रदेश २ तर्फका सीट दुबै दलले बाँड्ने भएका छन् ।… Continue reading नेकपा र राजपाबीच अप्रत्यासित सहमति, राष्ट्रियसभा निर्वाचनमा तालमेल

अर्घाखाँची बस दूर्घटनाको कारण तीव्र गति

अर्घाखाँची । अर्घाखाँचीमा ११ मंसिरमा भएको बस दूर्घटनाको कारण तीव्रगति भएको छानविन समितिले बताएको छ । १९ जनाको ज्यान जाने गरी अर्घाखाँचीको नरपानीमा बस दुर्घटना भएपछि स्थानीय तहमा छानबिन समिति गठन भएको थियो । अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कबाट रुपन्देही आउँदै गरेको लु२ख २१४८ नंको बस सन्धिखर्क नगरपालिका–६ सल्लेरीमा दुर्घटनामा परेको थियो । दूर्घटनामा १९ जनाले ज्यान… Continue reading अर्घाखाँची बस दूर्घटनाको कारण तीव्र गति

बोइङ ७३७ म्याक्सको उत्पादन बन्द

काठमाडौं । अमेरिकी जहाज निर्माता कम्पनी बोइङले ७३७ म्याक्स संस्करणका जहाजहरुको निर्माण तत्कालका लागि बन्द गर्ने भएको छ । समस्या आएपछि संसारभर हजारौं जहाज ग्राउण्डेड अवस्थामा रहेका छन् ।कम्पनीले जहाजको निर्माण अस्थायी रुपमा बन्द गर्ने निर्णय लिएको हो । बोइङले जनवरीदेखि अस्थायी रुपमा ७३७ म्याक्स मोडलका जहाज बनाउने छैन । एक वर्षको फरकमा उस्तै समस्याका… Continue reading बोइङ ७३७ म्याक्सको उत्पादन बन्द

नेपालमा गुड्ने रेलको डिब्बा तयार

काठमाडौं । नेपालमा गुड्ने रेलको डिब्बा तयार भएको छ । भारतीय भारतीय कम्पनीमै जनकपुर-जयनगरखण्डको ३५ किलोमिटर रुटमा चल्ने रेलको डिब्बा तयार पारिएको हो । चेन्नइस्थित कोन्कन रेल्वे कर्पोरेसनको कारखानामा डिब्बा बनाइएको छ । नेपाल रेल विभाग अनुसार नेपाली टोलीले बन्दै गरेको डिब्बाका डिजाइन अवलोकन समेत गरेको छ । जनकपुर-जयनगर रुटमा दुई वटा रेल चलाउने योजना… Continue reading नेपालमा गुड्ने रेलको डिब्बा तयार

काठमाडौंमा ३.७ डिग्री तापक्रम, सिजनकै चिसो दिन

काठमाडौं । काठमाडौं उपत्यकामा बुधबार यस सिजनकै चिसो दिन मापन भएको छ । न्यूनतम तापक्रम ३.७ डिग्री सेल्सियस मापन भएसँगै यो दिन अहिलेसम्मकै चिसो दिन बनेको हो । काठमाडौंमा झै चिसो बढ्ने क्रम जारी रहेको छ । मौसक राम्ररी खुलिसकेको छैन । आकासमा बादल यथावत छ । तर, तापक्रममा भने निरन्तर घटी आइरहेको छ ।… Continue reading काठमाडौंमा ३.७ डिग्री तापक्रम, सिजनकै चिसो दिन

पेट्रालियम पदार्थको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले पेट्रोलको मूल्य यथावत राख्दै डिजेल र मट्टितेलको मूल्य बढाएको छ । डिजेल र मट्टितेलमा प्रतिलिटर १ रुपैयाँ वृद्धि भएको निगमले जनाएको छ । इण्डियन आयल कर्पोरेशनले पठाएको मूल्यअनुसार निगमले पेट्रोलको मूल्य यथावत राख्ने निर्णय गरेको छ । अन्य दुई पदार्थमा भने भाउ बढेको छ । बढेको मूल्य बुधबार बिहान… Continue reading पेट्रालियम पदार्थको मूल्य बढ्यो

भारतीय राजदूत पुरीको कार्यकाल सकियो, अब को ?

काठमाडौं । कठिन परिस्थितिमा पनि सफल कार्यकाल पुरा गरी नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरी स्वदेश फर्कने भएका छन् । भारतीय दूतावासले मंगलबार उनको विदाई कार्यक्रम आयोजना गर्यो । नेपालमा भारतविरोधी स्वर चर्को भएका बेला उनी राजदूतका रुपमा नेपाल आएका थिए । तर, उनी विवादित भएनन् । जहिले सन्तुलित अभिव्यक्ति दिए अनी शान्तसँग काम… Continue reading भारतीय राजदूत पुरीको कार्यकाल सकियो, अब को ?

पाकिस्तानका पूर्वराष्ट्रपति मुशर्रफमाथि मृत्युदण्डको फैसला

इस्लामावाद । पाकिस्तानका पूर्वराष्ट्रपति जनरल परवेज मुशर्रफ माथि अदालतले मृत्युदण्डको सजाय सुनाएको छ । उनलाई लाहौर हाइकोर्टले देशद्रोहको मुद्दामा मृत्युदण्डको सजाय सुनाएको हो । हाइकोर्टका तीन न्यायाधीशको बेञ्चले सैनिक विद्रोहमार्फत राष्ट्रपति बनेका मुशर्रफमाथि मृत्युदण्डको सजाय सुनाएको हो । सजाय सुनाइरहँदा मुशर्रफ भने दुबईमा एक अस्पतालमा उपचारार्थ भर्ना भएका छन् । उनले आफूमाथि लागेको संविधानको अवहेलना… Continue reading पाकिस्तानका पूर्वराष्ट्रपति मुशर्रफमाथि मृत्युदण्डको फैसला

अब त्रिभुवन विमानस्थल दैनिक २१ घण्टा संचालन

काठमाडौं । धावनमार्ग र ट्याक्सी वे जिर्णाद्धारको काम सकिएसँगै आजबाट त्रिभुवन विमानस्थ्ल २१ घण्टा संचालनमा आएको छ । यसअघि दैनिक ७ घण्टा बन्द भएको विमानस्थल अब मात्र दैनिक ३ घण्टा बन्द हुने भएको छ । जिर्णोद्धारको जिम्मेवारी पाएको कम्पनीले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई आयोजना हस्तान्तरण गरेको छ । यससँगै अब विमानस्थल २१ घण्टा संचालनका लागि… Continue reading अब त्रिभुवन विमानस्थल दैनिक २१ घण्टा संचालन

५ महिनामा मात्र ९ प्रतिशत पूँजिगत खर्च

काठमाडौं । आर्थिक वर्षको मध्यसमय बितिसकेको छ । तर, देशको पूँजिगत खर्च भने अझै पनि खराब अवस्थामा रहेको छ । अर्थमन्त्री युवराज खतिवडा देशको आर्थिक अवस्था निकै सुधार भएको बताउँछन् । तर, विकास निर्माणको मानक भने निकै खस्किएको देखिएको छ । चालु आर्थिक वर्ष २०७६\७७ को पहिलो ५ महिना (साउन–मंसिर)मा पूँजीगत खर्च ९.०५ प्रतिशत मात्र… Continue reading ५ महिनामा मात्र ९ प्रतिशत पूँजिगत खर्च

पोर्चुगलमा दुई साता भित्र तीन नेपालीको ज्यान गयो

पोर्चुगल । पोर्चुगलमा नेपालीको संख्या बढेसँगै त्यहा हुने घटनामा समेत वृद्धि भएको छ । पछिल्लो दुई साता भित्रै तीन जना नेपालीले पोर्चुगलमा ज्यान गुमाउनु परेको छ । पोखरा स्थायी घर भएका ४७ वर्षीय तोरणबहादुर थापाको पोर्चुगलस्थित अपार्टमेन्टमा निधन भएको छ। उनको हृदयघातका कारण निधन भएको बताइएको छ । परिवारसहित पोर्चुगलमा बस्दै आएको उनी मधुमेह र… Continue reading पोर्चुगलमा दुई साता भित्र तीन नेपालीको ज्यान गयो

सिन्धुपाल्चोक दूर्घटनाको छानविन गर्न समिति गठन

काठमाडौं । १५ जनाको ज्यान जाने गरी सिन्धुपालचोकमा आइतबार भएको भयानक दूर्घटनाको छानविन गर्न सरकारले समिति गठन गरेको छ । सडक दूर्घटनामा सरकारीस्तरबाटै छानविन समिति गठन भएको यो पहिलो पटक हो । यसअघि गत महिना अर्घाखाँचीमा भएको दूर्घटनाको समेत स्थानीय तहबाट छानविन समिति गठन भएको थियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सहसचिव राजेन्द्रराज शर्माको… Continue reading सिन्धुपाल्चोक दूर्घटनाको छानविन गर्न समिति गठन