काठमाडौं । ग्लोबल आईएमई नेपालको सबैभन्दा ठूलो वाणिज्य बैंक बनेको छ । शुक्रबार जनता बैंक र ग्लोबल आइएमई बैंकबीच मर्जर भई एकिकृत कारोबार प्रारम्भ भएसँगै ग्लोबल मुलुकको सबैभन्दा ठूलो वाणिज्य बैंक बन्न पुगेको हो । शुक्रबार अर्थमन्त्री डा. युवराज खतिवडा, गभर्नर चिरन्जीवी नेपाललगायतको उपस्थितिमा एकिकृत कारोबार प्रारम्भ गरेको छ । ग्लोबल आइएमई नेपालको २२ औं… Continue reading ग्लोबल आइएमई बन्यो सबैभन्दा ठूलो बैंक
Author: Vishwanews.com
धरहराको मूख्य संरचना निर्माण एक वर्षभित्रै
काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले एक वर्षमा धरहराको मुख्य संरचना तयार भइसक्ने दावि गरेको छ । बिहीबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिले आयोजना गरेको छलफलमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले उक्त जानकारी गराएका हुन् । धरहरा पुनर्निर्माण द्रुत गतिमा भएको भन्दै उनले एक वर्ष भित्र मुख्य संरचना पुनर्निर्माण भइसक्ने बताए । ‘धरहराको पुनर्निर्माण… Continue reading धरहराको मूख्य संरचना निर्माण एक वर्षभित्रै
‘निजगढ विमानस्थलमा ब्रेक थ्रु हुँदैछ’
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले बहुचर्चित राष्ट्रिय गौरवको आयोजना निजगढ विमानस्थलबारे छिट्टै महत्वपूर्ण निर्णय हुने बताएका छन् । प्रधानमन्त्री अस्पतालबाट डिस्चार्ज भएसँगै बस्ने मन्त्रीपरिषद्को बैठकबाट यस आयोजनालाई अगाडी बढाउने सम्बन्धमा महत्वपूर्ण निर्णय हुन लागेको उनले जानकारी दिए । यद्दपी उनले त्यसबारेमा भने विस्तृतमा खुलाएनन् । बिहीबार मन्त्रालयमा विभिन्न राजनीतिक दलका… Continue reading ‘निजगढ विमानस्थलमा ब्रेक थ्रु हुँदैछ’
स्वर्णमा नेपालको रेकर्ड ब्रेक
काठमाडौं । नेपालले जारी १३औं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण पदकतर्फ आफ्नै रेकर्ड ब्रेक गरेको छ । नेपालले बिहीबार ५ स्वर्ण पदक आफ्नो नाममा पार्दै एउटै सागमा सर्वाधिक स्वर्ण जितेको आफ्नै रेकर्ड तोडेको हो । बिहीबारसम्मका खेल सकिदा नेपालको नाममा ३६ स्वर्ण पुगेको छ । सन् १९९९ मा नेपालमै आयोजना भएको ८ औं सागमा नेपालले… Continue reading स्वर्णमा नेपालको रेकर्ड ब्रेक
प्रधानमन्त्रीको १० दिनको उपचार खर्च २ लाख ५५ हजार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अघिल्लो मंगलबार अस्पताल भर्ना भएका थिए । १० दिन अस्पतालमा बसेका उनको उपचारमा २ लाख ५५ हजार रुपैयाँ खर्च भएको अस्पतालले जानकारी दिएको छ । मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरका अनुसार प्रधानमन्त्रीको शल्यक्रिया, आईसीयू बेड र औषधि उपचारमा उक्त रकम खर्च… Continue reading प्रधानमन्त्रीको १० दिनको उपचार खर्च २ लाख ५५ हजार
डिस्चार्ज भए प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओली डिस्चार्ज भएका छन् । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा १० दिनको उपचारपछि प्रधानमन्त्री ओली बिहीबार डिस्चार्ज भएका हुन् । उनी अस्पतालबाट बालुवाटारस्थित प्रधानमन्त्री निवासमा गएका हुन् । डाक्टरले केही दिन आरामको सल्लाहसहित प्रधानमन्त्रीलाई अस्पतालबाट डिस्चार्ज गरेका हुन् । डिस्चार्ज गरेसँगै प्रधानमन्त्रीले आफू निको भइसकेको प्रतिक्रिया दिएका थिए । बिहीबार नै… Continue reading डिस्चार्ज भए प्रधानमन्त्री
नेपाल एयरलाइन्स चीन उड्ने निश्चित
काठमाडौं । चीनले नेपाल एयरलाइन्सले चीन उडानको अनुमति दिएको छ । नेपाल एयरलाइन्सलाई चिनियाँ नागरिक उड्डयन प्राधिकरणले दिएको अनुमत्रि पत्र बुधबार प्राप्त भएको बनाएको छ । यससँगै ग्वांगझाउमा जान चाहिरहेको नेपाल एयरलाइन्सलाई चीन उडान प्रारम्भ गर्ने बाटो खुलेको छ । अबको दुई महिना बजारिकरण, प्रचार प्रसार र अन्य व्यवस्थापकीय काम सम्पन्न गर्ने र त्यसपछि उडान… Continue reading नेपाल एयरलाइन्स चीन उड्ने निश्चित
बेलायतले नेपालमा पहिलो पटक पठायो महिला राजदूत
काठमाडौं । बेलायतले निकोला पोलिटलाई नेपालका लागि राजदूत नियुक्त गरेको छ । उनले बुधबार राष्ट्रपति विद्यादेवि भण्डारीसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र पेश गरेकी छिन् । नेपाल र बेलायतबीच सम्बन्ध स्थापित भएको पछिल्लो २ सय वर्षमा बेलायतले पहिलो पटक नेपालमा महिला राजदूत पठाएको हो । राजदूत पोलिटले ट्वीट गर्दै बेलायतबाट पहिलो महिला राजदूतका रुपमा नेपाल आउँदा हर्षित… Continue reading बेलायतले नेपालमा पहिलो पटक पठायो महिला राजदूत
साग : करीव डेढ दर्जन खेलमा आज प्रतिस्पर्धा
काठमाडौं । नेपालमा जारी १३औं दक्षिण एसियाली खेलकुद (साग)मा बिहीबार नेपाल र भूटानबीच क्रिकेट प्रतियोगिता हुँदैछ । भूटान पहिलो पटक टी-२० अन्तर्राष्ट्रिय क्रिकेटका लागि नेपालसँग प्रतिस्पर्धामा उत्रिदैछ । पहिलो खेल बंगलादेशसँग हारेको नेपालका लागि यो खेल जित्नै पर्ने दवाव छ । बिहीबार नै नेपालले महिला पाँच हजार मिटरमा प्रतिस्पर्धा गर्दैछ। उता, ८ सय मिटरको महिला… Continue reading साग : करीव डेढ दर्जन खेलमा आज प्रतिस्पर्धा
अब बुटवलमा पनि विद्युतीय बस
बुटवल । काठमाडौंपछि बुटवलमा समेत विद्यूतीय बस संचालन हुने भएको छ । काठमाडौंमा विद्युतीय संचलनको शुरुवात गरेको सुन्दर यातायात प्रालिले रुपन्देहीमा ६ वटा विद्युतीय बस सञ्चालनमा ल्याउने घोषणा गरेको हो । त्यसका लागि शाखा कार्यालय स्थापना गरिएको कम्पनीले उल्लेख गरेको छ । निकट भविश्यमा संचालनमा आउने गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल र बुद्धको जन्मस्थल लुम्बिनीमा आउने पर्यटकलाई… Continue reading अब बुटवलमा पनि विद्युतीय बस
अन्तर प्रदेश उडानमा वायुसेवा कम्पनीको आकर्षण
काठमाडौं । नेपाल भ्रमण वर्षको तयारीसँगै सरकारले अन्तर प्रदेश उडानलाई प्रवद्र्धन गर्ने नीति लिएको थियो । सोहीअनुसार दुई प्रदेशलाई जोड्ने गरी उडान बिस्तारमा निजी वायुसेवा कम्पनी अग्रसर हुन थालेका छन् । निजी लगानीको वायुसेवा कम्पनी बुद्ध एयरले पोखराबाट सिधै विराटनगरसम्म उडानको घोषणा गरेको छ । यसअघि यो रुटमा उडान भएको छैन । अब विराटनगरको यात्रुले… Continue reading अन्तर प्रदेश उडानमा वायुसेवा कम्पनीको आकर्षण
उत्तिकै लोकप्रिय छन् स्वरसम्राट नारायणगोपाल
काठमाडौं । स्वरसम्राट नारायणगोपालले भौतिक शरीर छाडेको तीन दशक पुगेको छ । तर, उनका सिर्जना भने नेपालीका मन मुटुमा अझै पनि जीवन्त छन् । नेपाली संगीतका अमर व्यक्तित्व नारायणगोपाल गुरुवाचार्यको २९ औं स्मृति दिवस बिहीबार विविध कार्यक्रमसहित मनाइदैछ । नेपाली संगीतलाई उनले कैयौं वर्षसम्म मेट्न नसक्ने छाप छाडेर गएका छन् । त्यसकारण पनि हरेक जन्मजयन्ती… Continue reading उत्तिकै लोकप्रिय छन् स्वरसम्राट नारायणगोपाल
सागमा साइकल दौड : कलंकी-सूर्यविनायक मार्ग प्रयोग गरिदै
काठमाडौं । नेपालमा जारी १३ औं सागमा शुक्रबार र शनिबार साइकल दौडका इभेन्ट राखिएका छन् । दुई दिनसम्म राजधानीको स्तरीय सडकमा साइकल दौड हुने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले १३ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत शुक्रबार र शनिबार हुने साइकल दौड प्रतियोगिताका लागि कलंकीदेखि सूर्यविनायकसम्मको सडक प्रयोग हुन लागेको सूचित गरेको छ ।… Continue reading सागमा साइकल दौड : कलंकी-सूर्यविनायक मार्ग प्रयोग गरिदै
१३ औं साग : पदकमा नेपाललाई उछिन्यो भारतले
काठमाडौं । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग)को तेस्रो दिनको खेल सकिदा नेपालको अग्रतालाई भारतले भंग गरेको छ । पदक तालिकामा नेपाललाई उछिन्दै भारत पहिलो स्थानमा पुगेको छ । तेश्रो दिन बुधबारका लागि निर्धारित खेल सकिदाँसम्म भारतको पोल्टामा ३२ स्वर्ण पुगेको छ । नेपालले २९ स्वर्ण जितेको छ। यसअघि दुई दिन भने लगातार… Continue reading १३ औं साग : पदकमा नेपाललाई उछिन्यो भारतले
प्रचण्ड नेतृत्वमा नेकपाले गर्यो चूनावी समिक्षा
काठमाडौं । प्रचण्डले पार्टीमा कार्यकारी अध्यक्षको भूमिकामा पहिलो पटक नेकपाको सचिवालय बैठक राखेका छन् । बुधबार बसेको बैठकमा हालै सम्पन्न स्थानीय निर्वाचनको समिक्षा गरेको छ । बैठकले परिणाम पार्टीको पक्षमा आएको निष्कर्ष निकाल्दै स्थानीय तहमा लिएका कतिपय नीति भने जनताले मन नपराएको प्रष्ट हुने नेकपाको निष्कर्ष रहेको छ । यसअघि नेकपाले जितेका एक प्रदेश सांसद… Continue reading प्रचण्ड नेतृत्वमा नेकपाले गर्यो चूनावी समिक्षा
३६ कूटनीतिक नियोगका प्रमुखलाई भ्रमण वर्षको ब्रिफिङ
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष–२०२० लाई सफल पार्न आवश्यक सहयोग गर्न नेपालस्थित ३१ देशका राजदुत र पाँच वटा वैदेशिक साझेदार संस्थाका प्रमुखहरुसँग आग्रह गरेका छन् । मन्त्री भट्टराईले राजदुत र बैदशिक साझेदार संस्थाका प्रमुखलाई बुधबार मन्त्रालयमै आमन्त्रण गरी सामूहिक भेट गरेका थिए । सरकारको विदेश सम्बन्धमा पर्यटन… Continue reading ३६ कूटनीतिक नियोगका प्रमुखलाई भ्रमण वर्षको ब्रिफिङ
साग फुटबल : नेपाललाई श्रीलंकाले बराबरीमा रोक्यो
काठमाडौं । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत नेपालले श्रीलंकासँग बराबरीमा रोकिनु परेको छ । ९० मिनेटसम्म अग्रता लिएको नेपालले इन्जुरी समयमा गोल खान पुग्यो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार सम्पन्न खेलमा बराबरीका बावजुत नेपाल दुई खेलबाट ४ अंकका साथ अंक तालीकाको पहिलो स्थानमा रहेको छ । नेपालले ३६ औं मिनेटमा कप्तान… Continue reading साग फुटबल : नेपाललाई श्रीलंकाले बराबरीमा रोक्यो
साग : आज नेपाल र श्रीलंका फूटबलमा भिड्दै
काठमाडौं । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताअन्तर्गत पुरुष फूटबलमा आज नेपाल र श्रीलंका भिड्दैछन् । साँझ ५ बजे दशरथ रंगशालामा हुने फूटबलमा नेपाल दोस्रो जीतको खोजिमा हुने छ । मंगलबार भूटानलाई पराजित गरेको नेपालले श्रीलंकालाई हराउन सके दोस्रो चरणमा प्रवेशको सम्भावना बलियो हुनेछ । बुधबार नै कराँतेको अन्तिम ४ स्वर्ण पदकको… Continue reading साग : आज नेपाल र श्रीलंका फूटबलमा भिड्दै
ग्लोबल र जनता बैंकको सेवा ३० घण्टाका लागि बन्द
काठमाडौ । ग्लोबल आइएमइ बैंकको सम्पूर्ण सेवा ३० घण्टाका लागि बन्द हुने भएको छ । जनता बैंकसँग गाभिएर एकिकृत कारोबार गर्न लागेकोको बैंकले सोही व्यवस्थापनका लागि कारोबार बन्द गरिएको बताएको छ । ग्लोबलका साथै जनता बैंकको सेवा समेत बन्द हुने भएको छ । बैंकले ग्राहकलाई विभिन्न माध्यमबाट यसको जानकारी गराइसकेका छन् । यी दुई बैंकको… Continue reading ग्लोबल र जनता बैंकको सेवा ३० घण्टाका लागि बन्द
प्रचण्डको नेतृत्वमा नेकपा सचिवालय बैठक
काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबार सचिवालय बैठक बोलाएका छन्। कार्यकारी भूमिका पाएपछि पहिलो पटक उनले बैठक डाकेका हुन् । पार्टी मुख्यालय धुम्बाराहीमा बुधबार बिहान नेकपाको सचिवालय बैठक बस्दैछ । बैठकमा समसामयीक विषयमा छलफल हुने बताइएको छ । एजेण्डा सार्वजनिक गरिएको छैन । प्रधानमन्त्री केपी शर्मा ओली बिरामी भएर अस्पतालमा… Continue reading प्रचण्डको नेतृत्वमा नेकपा सचिवालय बैठक
सागमा आएका पत्रकारलाई भ्रमण वर्षको जानकारी गराइदै
काठमाडौं । दक्षिण एसियाली खेलकुद (साग) मा आआफ्नो मुलुकको प्रतिनिधित्व गर्दै पत्रकारलाई आसन्न नेपाल भ्रमण वर्षको तयारीबारे जानकारी गराइने भएको छ । उनीहरुलाई यसबारे ब्रिफिंगको तयारी भइरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए । उनका अनुसार पत्रकारलाई नेपालबारे जानकारी गराउँदै भ्रमण वर्ष मनाउन लागिएकोमा निम्ता दिइने छ । भ्रमण वर्षको… Continue reading सागमा आएका पत्रकारलाई भ्रमण वर्षको जानकारी गराइदै
बाग्लुङ जीप दुर्घटनाले तेस्र्याएको सडक सुरक्षाको प्रश्न
बाग्लुङ । सागको सफलतामा रमाइरहेको देश मंगलबार एकाबिहानै गुल्मी र बाग्लुङबाट आएको भयानक दूर्घटनाको खबरले शोकाकुल हुन पुग्यो । गुल्मीको इस्मा गाउँपालिकाबाट कुलपुजाको लागि बागलुङको निसिखोला जाँदै गरेको जीप दुर्घटनामा पर्दा घटनास्थलमै १४ जनाको निधन भयो । प्रहरीका अनुसार मृत्यु हुनेमा गुल्मी इस्मा गाउँपालिका ५ का रेशम थापा (जीप चालक), वसुन्धरा कार्की, माया थापा, सिता… Continue reading बाग्लुङ जीप दुर्घटनाले तेस्र्याएको सडक सुरक्षाको प्रश्न
ठूलो पशुबली दिने मेला गढीमाई शुरु
बारा । सबैभन्दा ठूलो पशुबलीका रुपमा संसारभर चर्चित गढीमाई मेला मंगलबारबाट शुरु भएको छ । सोमबार राति मुख्य पूजा सम्पन्न भएसँगै मंगलबार बिहान मन्दिरमा पञ्चबली दिइएको थियो । यससँगै गढीमाई मेलाको मूख्य आकर्षणको रुपमा रहेको पशुबली शुरु भएको छ । मेलामा भाकल अनुसार पशु ल्याएर देवीका नाममा बली दिने प्रचलन रही आएको छ । पञ्चबलीमा… Continue reading ठूलो पशुबली दिने मेला गढीमाई शुरु
सागको तेस्रो दिन पनि नेपालका लागि सुखद, ८ स्वर्ण प्राप्त
काठमाडौं । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालको प्रभावशाली प्रदर्शन जारी रहेको छ । मंगलबार मात्र नेपालको पोल्टामा ८ स्वर्ण परेको छ । यसअघि सोमबार नेपालले १५ स्वर्ण जिजेको थियो । अब नेपालको कूल स्वर्ण २४ पुगेको छ । यस पटक सागमा नेपालले आफूले जितेका मध्ये सर्वाधिक पदक जित्ने लक्ष्य लिएको छ… Continue reading सागको तेस्रो दिन पनि नेपालका लागि सुखद, ८ स्वर्ण प्राप्त
मौसमी सूचना प्रभावकारी बन्दै, मंगलबारबाट अत्याधुनिक राडार संचालनमा
सुर्खेत । मौसमी सूचना प्रणालीलाई भरपर्दो बनाउने उद्देश्यले पूर्वाधार थप्ने क्रम जारी छ । यसैक्रममा जल तथा मौसम विज्ञान विभागले सुर्खेतमा मौसमी राडार संचलनमा आएको छ । उर्जा मन्त्री वर्षमान पुनले मंगलबार उक्त राडार उपकरणको उद्घाटन गरे । मौसम विज्ञान विभागका अनुसार यो राडार मौसमी पूर्व सूचना प्रणालीका लागि नेपालमा जडित अहिले सम्मकै अत्याधुनिक उपकरण… Continue reading मौसमी सूचना प्रभावकारी बन्दै, मंगलबारबाट अत्याधुनिक राडार संचालनमा
सागमा आज २० स्वर्णको छिनोफानो
काठमाडौं । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा मंगलबार पनि विभिन्न विद्याका प्रतिस्पर्धा हुँदैछन् । यस दिन कूल २० स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने कार्यतालीका रहेको छ । आज भलिबलका दुबै फाइनल इभेन्ट हुँदैछन् । पुरुषतर्फ भारत र पाकिस्तान उपाधी भिडन्तमा हुनेछन् । महिलातर्फ नेपाल र भारतले प्रतिस्पर्धा गर्ने कार्यक्रम रहको छ ।… Continue reading सागमा आज २० स्वर्णको छिनोफानो
मेसीलाई कीर्तिमानी बालोन डी’ ओर अवार्ड
पेरिस । अर्जेन्टाइन स्टार लियोनल मेस्सीले छैटौं पटक बालोन डी’ ओर अवार्ड जित्दै कीर्तिमान राखेका छन् । जिवनमा खेलका माध्यमबाट अधिकांश रेकर्ड आफ्नो नाममा गराइसकेका उनले सन् २०१९ को उत्कृष्ट खेलाडी बन्दै उक्त अवार्ड जितेका हुन् । उनी अर्जेन्टिना र बार्सिलोनका कप्तान हुन् । फ्रान्सको पेरिसमा सोमबार राती सम्पन्न एक विशेष समारोहमा मेस्सीले क्रिस्टियानो रोनाल्डो,… Continue reading मेसीलाई कीर्तिमानी बालोन डी’ ओर अवार्ड
प्रचण्डको चीन भ्रमण तत्कालका लागि स्थगित
काठमाडौं । नेकपा अध्यक्ष प्रचण्डले तत्कालका लागि चीन भ्रमण स्थगित गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था अझै अस्थिर छ । सोहीकारण आफू तत्काल चीन जान नसक्ने जानकारी नेपालस्थित चिनियाँ राजदूतलाई गराइसकेको प्रचण्डको सचिवालय स्रोतले जनाएको छ । प्रधानमन्त्री ओलीसँग भेट गरेपछि प्रचण्डले राजदूतलाई उक्त जानकारी गराएका हुन् । यसअघि २४ मंसिरमा प्रचण्ड… Continue reading प्रचण्डको चीन भ्रमण तत्कालका लागि स्थगित
१३ औं साग : नेपाली महिला र पुरुषका दुबै फूटबल टोली आज भिड्दै
काठमाडौं । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला र पुरुष दुबै फुटबल टोलीले मंगलबार प्रतिस्पर्धा गर्दैछन् । महिला फूटबलका खेलहरु मंगलबारदेखि पोखरा फुटबल रंगशालामा शुरु हुँदैछ । महिला फुटबलको उद्घाटन खेलमा आयोजक राष्ट्र नेपाल र श्रीलंका भिड्दैछन् । श्रीलंका भन्दा नेपाल तुलनात्मक रुपमा बलियो टोली हो । त्यसमाथि नेपाल अहिले उत्कृष्ट… Continue reading १३ औं साग : नेपाली महिला र पुरुषका दुबै फूटबल टोली आज भिड्दै
आइसीयूबाट प्रधानमन्त्रीको भिडियो सन्देश सार्वजनिक
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइसीयूबाटै देशबासीका नाममा भिडियो सन्देश प्रवाहित गरेका छन् । शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको आइसियू कक्षबाट उनले भिडिओ सन्देश सार्वजनिक गरेका हुन् । यसअघि प्रधानमन्त्रीको स्वास्थ्य अवस्थालाई लिएर विभिन्न टिकाटिप्पणी हुन थालेपछि उनी आफैले भिडियो सन्देश सार्वजनिक गरेका हुन् । उनले अपरेशनपछि स्वास्थ्यमा सुधार भइरहेको र… Continue reading आइसीयूबाट प्रधानमन्त्रीको भिडियो सन्देश सार्वजनिक