Author: Vishwanews.com

  • एक लाख नाघ्यो सुनको भाउ

    एक लाख नाघ्यो सुनको भाउ

    काठमाडौं । नेपालमा सुनको मूल्यले अन्ततः चार अंकको आंकडा पार गरेको छ । अर्थातः अब प्रतितोला सुनको भाउ १ लाखभन्दा माथि पुगेको हो । बुधबार सुनको मुल्य तोलामा १६ सयले बढ्यो । अब प्रति तोला १ लाख १ हजार ४ सय रुपैयाँ मूल्य कायम भएको नेपाल सुनचाँदी महासंघले जानकारी दिएको छ । मंगलबार सुन प्रतितोला ९९ हजार ८ सयमा कारोबार भएको थियो।

    बुधबार तेजावी सुनको मुल्य प्रति तोला एक लाख ९०० मा कारोबार भयो । बुधबार चाँदीको मुल्य पनि बढेको छ। महासंघका अनुसार बुधबार चाँदी प्रतितोला ६५ रुपैयाँले बढेर १२ सय ९५ मा कारोबार भएको छ ।

    अन्तर्राष्ट्रिय बजारमा लगानीकर्ताको चाप सुनमा भएपछि सुनको मूल्यले आकास छोएको हो । कोरोना महामारीका बीच शेयर बजारमा पहिरो गएको छ । शेयरमा हुने लगानी सुनमा ओइरिएपछि यसको भाउ बढेको विश्लेषकहरु बताउाछन् । सुनको भाउ बढेपनि बजारमा कारोबार भने नगन्य मात्र रहेको छ ।

  • बिहीबारबाट काठमाडौं र संक्रमित बढी रहेका जिल्लामा फेरी जोरविजोर प्रणाली लागु

    बिहीबारबाट काठमाडौं र संक्रमित बढी रहेका जिल्लामा फेरी जोरविजोर प्रणाली लागु

    काठमाडौं । बिहीबारबाट काठमाडौंसहित बढी संक्रमित भएका जिल्लामा जोर विजोर प्रणाली शुरु हुने भएको छ । सरकारले भोलिदेखि निजी तथा सार्वजनिक सवारी साधनमा जोर विजोर प्रणाली लागू गरेको हो । कोरोना भाइरसको जोखिम बढेपछि जोर विजोर प्रणाली लागू गरिएको हो । अब काठमाडौं उपत्यकाभित्रका तीनवटै जिल्ला र र उपत्यकाबाहिर २०० जना भन्दा बढी सक्रिय कोरोना संक्रमित रहेको जिल्लाका सवारी साधन जोर विजोर प्रणाली लागू हुने भएको गृह मन्त्रालयले उल्लेख गरेको छ ।

    सरकारले २६ असारबाट निजी सवारी साधनको जोर विजोर हटाएको थियो । उपत्यकामा तीन जिल्ला र बाहिर जिल्लाभित्र सार्वजनिक यातायात समेत सञ्चालनमा छन् । १ भदौबाट लामो दुरीका यातायात समेत चलाउने तयारी छ । तर, लकडाउन खोलेपछि कोरोना भाइरसको संक्रमण बढेपछि सरकारले पुनः जोर विजोर प्रणाली लागु गर्ने निर्णय लिएको हो । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले बढ्दो संक्रमणबाट बच्न सकिने उपायबारे विज्ञसँग छलफल गरेका थिए ।

  • नेपालमा कोरोनाबाट एक दिनमा सर्वाधिक मानवीय क्षति

    नेपालमा कोरोनाबाट एक दिनमा सर्वाधिक मानवीय क्षति

    काठमाडौं । आज नेपालमा कोरोना भाइरसको संक्रमणबाट एकै दिन सर्वाधिक संख्यामा मानवीय क्षति भएको छ । आज मात्र ५ जनाको कोरोना भाइरसका कारण ज्यान गएको पुष्टी भएको हो । अब नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ६३ पुगेको छ । बुधबार पर्सा र मोरङमा दुई–दुई जना तथा काठमाडौंमा एक जनाको कोरोना भाइरसका कारण ज्यान गएको हो । कोरोना संक्रमणबाट पर्सामा वीरगञ्ज–१५ भिश्वाका ४६ बर्षीय पुरुष र पोखरिया नगरपालिका–८ कि १८ बर्षीया युवतीको ज्यान गएको पुष्टी भएको छ ।

    वीरगञ्ज हेल्थकेयर कोभिड अस्पतालमा उपचारका क्रममा ४६ बर्षीय पुरुषको मृत्यु भएको हो । उनी मधुमेहका बिरामी थिए । उनले साउन १८ मा स्वयमले पैसा तिरेर कोरोना संक्रमण परीक्षण गराएका थिए । उता, साउन १९ मा मृत्यु भएकी पोखरिया नगरपालिका–९ कि १८ वर्षीया युवतीमा कोरोना संक्रमाण पुष्टि भएको हो । उनमा झाडावान्ताको समस्या भएपछि सोमबार नेशनल मेडिकल कलेज लगिएको थियो । तर अस्पतालमा लैजानैसाथ मृत घोषणा गरिएको थियो ।

    यता, मोरङमा कोशी अस्पताल, विराटनगरको आइसोलेसन कक्षमा मृत्यु भएका विराटनगरका पुरुष र अस्पताल ल्याउने क्रममा बाटोमै ज्यान गुमाएका रंगेली नगरपालिकाका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु दुबै जनाको बुधबार दिउँसो रिपोर्ट पोजेटिभ आएको छ । यता काठमाडौंमा उपचाररत एक महिलाको समेत कोरोना भाइरसका कारण ज्यान गएको छ ।

    बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा उपचाररत कोभिड–१९ को संक्रमितको ज्यान गएको हो । सर्लाही–६ मलंगवाकी ६५ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो । उनमा निमोनियाको समस्या रहेको पाइएको छ । पछिल्लो समय नेपालमा समुदायमा स्तरमा कोरोना फैलिएपछि मृत्युदरसमेत उकालो लागेको छ ।

  • काठमाडौंमा ५७ सहित उपत्यकामा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौंमा ५७ सहित उपत्यकामा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको काठमाडौंका ५७ र ललितपुरका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    गौतमको अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका २७, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा ललितपुरका एक जना र काठमाडौंका १४ जनामा कोरोना देखिएको हो ।

    स्टार अस्पताल सानेपामा गरिएको परीक्षणमा काठमाडौंका एक जना र ललितपुरमा दुई जना ,वि आइडी ल्याब गरिएको परीक्षणमा काठमाडौंका एक जनामा कोरोना संक्रमित भेटिएका उनले जानकारी दिए ।

    त्यस्तै पाटन अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका २ जना र ललितपुरका २ जनामा कोरोना देखिएको छ ।

    त्रिवि शिक्षण अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका एक जना, नेपाल प्रहरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका ११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

  • नेपालमा कोरोनाबाट थप २ जनाको मृत्यु, मृतकको संख्या ६० पुग्यो

    नेपालमा कोरोनाबाट थप २ जनाको मृत्यु, मृतकको संख्या ६० पुग्यो

    काठमाडौं। नेपालमा कोरोनाबाट थप दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमको अनुसार वीरगन्जकी १८ वर्षकी युवती र वीरगन्ज ११ बस्‍ने ४६ वर्षका पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

    गौतमको अनुसार वीरगञ्जस्थित हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा उपचाररत ४६ वर्षीय पुरुषको मृत्यु बुधबार बिहान ६ बजे मृत्यु भएको हो ।

    ज्वरो आएको र श्वासप्रश्वासमा समस्या देखिएपछि उनी गए राति ९ बजे अस्पताल भर्ना भएका थिए। त्यस्तै पर्सा वीरगन्जकी १८ वर्षकी युवतीको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । उनको साउन १९ गते मृत्यु भएको जानकारी दिए ।

    झाडापखालाको समस्या देखिएर उपचारका लागि नेशनल मेडिकल लैजाने क्रममा मृत्यु पश्चात संकलन गरेर नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना संक्रमण देखिएको उनले बताए । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६० पुगेको छ ।

  • नेपालमा थप ३ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि

    नेपालमा थप ३ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा पिसिआर विधिबाट गरिएको ६ हजार ३५९नमुना परिक्षणमा ३ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ३ सय ९० पुगेको छ ।

    पछिल्लो २४ घण्टामा १ सय ३० जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या १५ हजार १ सय ५६ पुगेको छ।

    कुल संक्रमितमध्ये ६० जनाको मृत्यु भएको छ।

  • एनसेल बन्यो पब्लिक कम्पनी, अब सर्वसाधारणलाई सेयर जारी गर्ने

    एनसेल बन्यो पब्लिक कम्पनी, अब सर्वसाधारणलाई सेयर जारी गर्ने

    काठमाडौं । निजी क्षेत्रबाट सञ्चालित नेपालको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल अब पब्लिक कम्पनीमा रुपान्तरण भएको छ।

    एनसेल कम्पनी रजिस्ट्रारको कार्यालयबाट नाम परिवर्तन भई एनसेल आजियाटा लिमिटेड बनेको हो ।

    पब्लिक कम्पनीमा गएसँगै एनसेलले आईपीओ जारी गर्ने बाटो खुलेको छ। कम्पनी रजिष्ट्रारको कार्यालयले साउन १९ गते निर्णय गर्दै एनसेललाई पब्लिक कम्पनीमा परिणत गर्न अनुमति दिएको हो।

    कम्पनी ऐनअनुसार ५ करोड चुक्ता पुँजी भएको दूरसञ्चार कम्पनी पब्लिक कम्पनीमा जानुपर्ने प्रावधान छ। एनसेलको चुक्ता पुँजी १० करोड रुपैयाँ छ।

    कम्पनी ऐन, २०६३ को दफा १३ (१) बामोजिम प्राइभेट कम्पनी लिमिटेडबाट एनसेल पलिब्क कम्पनीमा रुपान्तरण भएको कार्यालयको भनाइ छ।

    एनसेल पलिब्क कम्पनीमा परिणत भएसँगै एनसेल प्रालिको नाम परिवर्तन भई एनसेल अजियटा लिमिटेड भएको छ।

  • १४ जिल्लामा पूर्ण तथा आंशिक निषेधाज्ञा, कुन जिल्लामा कहाँ र कहिलेसम्म ?

    १४ जिल्लामा पूर्ण तथा आंशिक निषेधाज्ञा, कुन जिल्लामा कहाँ र कहिलेसम्म ?

    काठमाडौं । सरकारले संक्रमण नियन्त्रणका लागि १४ जिल्लामा पूर्ण तथा आंशिक निषेधाज्ञा जारी गरेको छ ।

    लकडाउन अन्त्य गरेसँगै देशभर कोरोना संक्रमण समुदायस्तरमा देखिन थालेपछि गृह मन्त्रालयले बुधबार एक सूचना जारी गरी निषेधाज्ञा लागु गरिएका जिल्ला, क्षेत्र र लागु रहने मितिबारे जानकारी दिएको हो।

    गृह मन्त्रालयका अनुसार सप्तरी, बाँके, पर्सा, बारा, सर्लाही र स्याङजामा जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ भने धनुषा, नुवाकोट, मोरङ, महोत्तरी, झापा, सुनसरी, बझाङ र दार्चुलाका बिभिन्न ठाउँमा निषेधाज्ञा लगाइएको छ।

    पछिल्लो समय काठमाडौंलगायत तराईका विभिन्न जिल्लामा कोरोना संक्रमितको संख्या ह्वातै बढेको छ । यस्तै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या पनि बढिरहेको छ ।

    कोरोना संक्रमण समुदायस्तरमा फैलिन थालेपछि निषेधाज्ञा गरिएको हो । मंगलबारसम्म मुलुकभरमा २१ हजार ९ जनामा कोरोना संक्रमण देखिएको छ भने ५८ जना कोरोनाको संक्रमणबाट निधन भएको छ ।

    निषेधाज्ञा लागु हुने जिल्ला, क्षेत्र र मितिः

  • विश्वभर एकै दिन थपिए साढे दुई लाख संक्रमित

    विश्वभर एकै दिन थपिए साढे दुई लाख संक्रमित

    काठमाडौं । संसारभर एकै दिन साढे दुई लाख संक्रमित थप भएका छन् । पछिल्लो २४ घण्टामा २ लाख ४५ हजार मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको हो । मंगलबारथपिएकामध्ये सवैभन्दा धेरै ब्राजिलमा ५६ हजार ४ सय छन् । यसअवधिमा अमेरिकामा ५४ हजार मानिसमा थप पुष्टी भएको छ । तेस्रो स्थानमा भारत छ । यहाँ २४ घण्टामा ५१ हजार मानिसमा संक्रमण पुष्टी भ्एको छ । नेपालमा यस दिन २५९ जनामा कोरोना भेटिएको छ ।

    कोरोना भाइरसको संक्रमणका कारण विश्वभर मगलबार एकैदिन ६ हजार भन्दा धेरैको ज्यान गएको छ । नेपालमा एक जनाको ज्यान गएको हो । ज्यान गुमाउनेमा सवैभन्दा धेरै ब्राजिलका छन्। सो मुलुकमा १३ सय ९४ को मृत्यु भएको छ । ब्राजिलमा अहिलेसम्म ९६ हजारको ज्यान गइसकेको तथ्यांक छ ।

    अमेरिकामा समेत एकैदिन १३ सय मानिसको मृत्यु भएको छ। भारतमा ८ सय भन्दा धेरैको ज्यान गएको तथ्यांक छ । भारतमा अहिलेसम्म ३९ हजार ८ सयको मृत्यु भएको छ । संसारभरको तथ्यांक अनुसार कोरोनाबाट ७ लाख ३ हजार ३ सय ७४ जनाको ज्यान गइसकेको छ । अहिलेसम्म १ कारोड ८६ लाख ९१ हजार ६ सय ८६ जना संक्रमति छन्। १ करोड १९ लाख मानिस संक्रमण मुक्त भएका छन् ।

  • विस्फोटले बेहाल लेवनान (फोटो फिचर)

    विस्फोटले बेहाल लेवनान (फोटो फिचर)

    बेरुत । मंगलबार राती लेवनानको राजधानी बेरुतमा शक्तिशाली विस्फोट भयो । एक गोदमघरममा भएको विस्फोटमा ७० भन्दा बढी मानिसको ज्यान गएको छ । ४ हजार भन्दा बढी घाइते छन् । त्यसकारण पनि मृतकको संख्या बढ्ने बताइएको छ । लेवनानका अस्पतालहरु भरिभराउ छन् । मानिसहरुमा त्रास व्याप्त छ । बेरुतका हरेक नागरिकले भयानक विस्फोटको अनुभूति गरेका थिए । द न्यूयोर्क टाइम्सले लेवनान घटनालाई तस्वीरमा यसरी देखाउने कोसिस गरेको छ । यी तस्वीर एसोसिएट प्रेसले उपलब्ध गराएको हो ।

     

     

  • नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु

    नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु

    वीरगन्ज । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको ज्यान गएको छ । गत सोमबार निधन भएकी पर्साकी एक युवतीमा कोरोना भाइरसको संक्रमण भएको पुष्टी भएको हो । पर्साको पोखरिया नगरपालिका–९ मा बस्दै आएकी १८ वर्षीया युवतीमा कोरोनाको संक्रमण देखिएको हो । उनी पखालाबाट ग्रसित थिइन् ।

    उपचार गर्न लागि सोमबार नेशनल मेडिकल कलेज लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको थियो । मेडिकल कलेजमा स्वाब संकलन गरी नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा मंगलबार राति उनको रिपोर्ट पोजेटिभ आएको अस्पतालले जानकारी दिएको छ । उनको मृत्युबारे मन्त्रालयबाट घोषणा हुन भने बाँकि छ ।

    अब नेपालमा कोरोना भाइरसको संक्रमणबाट निधन हुनेको संख्या ५८ पुगेको छ । पर्सामा मात्र १३ जना पुगेका छन् । पछिल्लो समय पर्सा कोरोनाबाट बढी मानवीय क्षति हुने जिल्ला बनेको छ ।

  • लेबनानमा नरसंहारकारी विस्फोट, ७० मारिए, ४ हजारभन्दा बढी घाइते

    लेबनानमा नरसंहारकारी विस्फोट, ७० मारिए, ४ हजारभन्दा बढी घाइते

    बेरुत । लेबनानको राजधानी बेरुतमा शक्तिशाली विष्फोट भएको छ । यस घटनामा ७० भन्दा बढीको ज्यान गइसकेको छ । ४ हजार भन्दा बढी मानिस घाइते छन् । विस्फोटले लेवनान तहसनहस भएको छ । विस्फोटक पदार्थ राखिएको गोदाम घरमा भयानक विष्फोट भएको हो । मंगलबार राती यस्तो दूर्घटना भएको हो । गोदामघरममा शुरुमा आगो लागेको थियो ।

    त्यसपछि विस्फोटक पदार्थ पड्किएको थियो । लेबनानका स्वास्थ्यमन्त्रीले विष्फोटबाट कम्तिमा ७० जनाको मृत्यु भएको र करिब चार हजार जना घाइते भएको जानकारी गराएका हुन् । यो घटनापछि लेबनानका प्रधानमन्त्री हसन दिआबले बुधबार राष्ट्रिय शोक घोषणा गरेका छन् । घटनालाई उनले अत्यन्तै भयावहको संज्ञा दिएका छन् । घटनामा दोषी जो भए पनि उन्मुक्ति नपाउने उनको प्रतिवद्धता रहेको छ । अहिले विस्फोटकका फुटेजहरु सामाजिक संजालमा भाइरल भइरहेका छन् ।

    गोदाममा विष्फोटक पदार्थ असुरक्षित तरिकाले राखिएकाले यो घटना भएको बताइएको छ । गोदाममा सन् २०१४ देखि विष्फोटक पदार्थ भण्डारण गरेर राखिएको थियो । करीव २ हजार ७ सय ५० टन विष्फोटक पदार्थ नाइट्रेट एकै पटक विस्फोट हुँदा यो घटना भएको थियो । घटनापछि लेवनाममा भूकपको महसुश गरिएको थियो । घरहरु हल्लिएका थिए । सिसा फुटेका थिए ।

    समुन्द्रमा छाल उठेको थियो । गोदाम घर वरपरका भौतिक संरचना समेत पूर्ण रुपमा ध्वस्त भएका छन् । विष्फोटको आवाज पूर्वी भूमध्यसागरमा २४० किलोमिटर टाढा साइप्रससम्म सुनिएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् । घटनाको अनुसन्धान थालिएको छ ।

  • भारतलाई अर्को झट्का, कश्मिर समेटेर पाकिस्तानले ल्यायो नयाँ नक्सा

    भारतलाई अर्को झट्का, कश्मिर समेटेर पाकिस्तानले ल्यायो नयाँ नक्सा

    इस्लामावाद । भारत पाकिस्तानबीचको सम्बन्धमा झनै चिसोपनः आउने देखिएको छ । मंगलबार पाकिस्तानले मुलुकको नयाँ राजनीतिक नक्सा जारी गरेको छ। नक्सामा भारत प्रशासित कश्मीर र गुजरातको जुनागढसमेत यस पाकिस्तानमा समेटिएको छ। पाकिस्तान सरकारको मन्त्रिपरिषद बैठकले आज नक्सालाई पारित गरेको छ ।

    पाकिस्तानी सञ्चार माध्यमका अनुसार यस अवसरमा प्रधानमन्त्री इमरान खानले सम्बोधन गरेका थिए । पाकिस्तानले पहिलो पटक पुरै कश्मीर र जुनागढसमेत समेटेर नयाँ नक्सा जारी गरेको छ । पाकिस्तानले नयाँ नक्सामा लद्दाख, सियाचिनसमेत गरी गुजरातको जुनागढमा पनि आफ्नो दावी गरेको छ । यी क्षेत्रमा भारत र पाकिस्तान दुबैको दावि रहेको छ ।

  • प्रधानमन्त्रीले चार घण्टासम्म सुने विज्ञका कुरा, के होला अबको कदम ?

    प्रधानमन्त्रीले चार घण्टासम्म सुने विज्ञका कुरा, के होला अबको कदम ?

    काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणको ग्राफ उकालो लागेको छ । अझ चिन्ताको विषय त कोरोना समुदायमा फैलिएको छ । किनकी शुरुवाती दिनमा भारत र विदेशबाट फर्किएका नेपालीमा मात्र कोरोना थियो । उनीहरुलाई आइसोलेसनमा राखी उपचार गर्दा कोरोना संक्रमण फैलन सक्ने सम्भावना थिएन । तर, भारतबाट लुकिछिपी पस्ने र नेपाल आइसकेपछि पनि क्वारेन्टिनमा नबस्दा अब शहरी क्षेत्र र तराई भेगमा कोरोनाको दोस्रो लहर फैलने क्रममा रहेको छ ।

    लामो समय पार्टी विवादमा अल्झिएका प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार भने कोरोना भाइरसको महामारीका सम्बन्धमा चासो राखे । उनले आज वालुवाटारमा विज्ञहरुलाई छलफलका लागि बोलाएका थिए । उनले आज स्वास्थ्य र अर्थतन्त्र सँगसँगै लैजान सकिने सम्भावनाका विषयमा विज्ञहरुसँग राय लिएको बुझिएको छ ।

    प्रधानमन्त्रीसहित सरकारको सोच केही समय पुनः लकडाउनमा जाने रहेको छ । तर, केही विज्ञले भने अब अर्थतन्त्रलाई वेवास्ता नगर्न समेत सुझाव दिएको वालुवाटार स्रोतको भनाई छ । आज प्रधानमन्त्री विज्ञहरुसँगै करीव ४ घण्टा गन्थन मन्थनमा सहभागी भए । आज उनले छलफलमा प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरलाई पनि बोलाएका थिए ।

     

     

    धेरैले आजको प्रधानमन्त्रीको प्रस्तुती केही परिपक्क देखिएको बताएका छन् । किनकी यसअघि प्रधानमन्त्रीले बोलाउने अधिकांश बैठकमा आफै बढी बोल्ने र अप्रमाणिक विषय बोलेर बढी आलोचित हुने गरेका थिए । यसअघि उनले गत जेठमा राखेको यस्तै बैठकमा बेसार खाएर कोरोना ठिक हुने देखि नेपालीले कोरोनालाई सजिलै पचाउनेसम्मका अभिव्यक्ति दिएका थिए ।

    मंगलबारको बैठकमा भने उनले विज्ञका कुरा धैर्यपूर्वक सुनेको बैठकमा सहभागी एक अर्थशास्त्रीले जानकारी दिए । आजको बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडा र स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई पनि राखिएको थियो । बैठकमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि निम्ता थियो । तर, उनी अर्कै छलफलमा व्यस्त भएको बताइएको छ । विज्ञसँग छलफल गरेका प्रधानमन्त्री अब कस्तो कदम चाल्दैछन्, त्यो भने आज बैठकमा सहभागी कसैले पनि अनुमान लगाउन भने सकेनन् ।

  • कोरोनापछि नेपालमा अन्तर्राष्ट्रिय उडान गर्न १२ वायुसेवा इच्छुक

    कोरोनापछि नेपालमा अन्तर्राष्ट्रिय उडान गर्न १२ वायुसेवा इच्छुक

    काठमाडौं । कोरोना महमारीपछि पहिलो पटक सरकारले १ भदौबाट राष्ट्रिय अन्तर्राष्ट्रिय हवाई सेवा संचालनको तयारी गरेको छ । उक्त प्रयोजनका लागि अहिलेसम्म १२ वटा वायुसेवा कम्पनी इच्छुक देखिएका छन् । यी कम्पनीले काठमाडौंसँग १८ वटा शहरमा उडान गर्ने गरी सरकारसँग अनुमति माग गरेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्ससमेत १२ वटा कम्पनीले १८ शहरका लागि उडानको अनुमति मागेका हुन् ।

    यी कम्पनीबाट सातामा १५८ वटा उडान गर्न अनुमति माग भएको हो । यसमध्ये सबैभन्दा धेरै नेपाल एयरलाइन्सले ५७ वटा उडानका लागि अनुमति मागेको छ । दोस्रो स्थानमा एयर अरेबिया छ । उक्त कम्पनीले सातामा ३५ उडान गर्न चाहेको छ । हिमालय एयरलाइन्सले सातामा २१ उडान गर्न चाहन्छ । प्राधिकरणका अनुसार टर्किस एयरलाइन्सले सातामा एक उडान गर्ने गरी इस्तानबुलका लागि अनुमति मागेको छ ।

    सलाम एयरले मस्कटका लागि ७ उडान मागेको छ । इण्डगो एयरले दिल्लीमा सातामा ७ उडान गर्न चाहन्छ । चाइना साउदर्नले चीनको ग्वाङझाउमा सातामा एक उडान मागेको छ । एयर चाइना छेन्दुका लागि १ उडान गर्न चाहन्छ । जजिरा एयरवेजले कुवेतमा साताको २ उडान गर्ने गरी अनमति मागेको छ । फ्लाई दुबइले दुबईमा ७ उडान गर्न चाहन्छ ।

    हिमालय एयरलाइन्सले चीनको चोङगिङमा १, दोहामा ५, आवुधावीमा ४, दमाममा ७, र क्वालालाम्पुरमा साताको चार उडान गर्न अनुमति मागेको छ । नेपाल एयरलाइन्सले दिल्लीमा १४, बैंलौरमा ३, मुम्बईमा ७, ग्वाङझाउमा ३, दुबईमा ७, दोहामा ७, क्वालालाम्पुरमा ७, नारितामा ३, बैंककमा ३ र हङकङमा ३ उडानको पर्खाइमा छ । मलेसिया एयरलाइन्सले क्वालालाम्पुरमा ५, मालिन्दो एयरले क्वालालाम्पुरमा ४, एयर अरेवियाले आबुधावी ७ र सारजाहामा २८ उडानको अनुमति माग गरेका छन् ।

  • ‘मोरङको ७७ वर्षिय वृद्धको मृत्यु् कोरोनाका कारण – स्वास्थ्य तथा जनसंख्या मन्त्रालय’

    ‘मोरङको ७७ वर्षिय वृद्धको मृत्यु् कोरोनाका कारण – स्वास्थ्य तथा जनसंख्या मन्त्रालय’

    काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार मोरङको विराटनगर महानगरपालिका ५ आदर्शटोलका ७७ वर्षिय वृद्धको कोरोनाका कारण मृत्यु भएको हो ।

    ज्वरो र स्वासप्रश्वासको समस्याबाट पिडित उनी सोमबार विहान ९ बजे अस्पताल भर्ना भएका थिए ।

    दिउँसो ज्यान गएको उनको सोमबार साँझ आएको कोरोना नतिजा पोजेटिभ मन्त्रालयले जनाएको छ । उनी मधुमेहको समस्याबाट ग्रसित रहेको र पछिल्ला दिनमा ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएको उनको उपचारका क्रममा निधन भएको हो ।

    योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५८ पुगेको छ ।

  • काठमाडौं उपत्यकामा थप ६२ जनामा कोरोना संक्रमण

    काठमाडौं उपत्यकामा थप ६२ जनामा कोरोना संक्रमण

    काठमाडौं । काठमाडौं उपत्यकाम पछिल्लो २४ घण्टामा थप ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार संक्रमितहरु काठमाडौंको ४८, ललितपुरको १ र भक्तपुरको १३ जनामा संक्रमण पुष्टि भएको हो ।

    योसँगै काठमाडौंमा कोरोना संक्रमित हुनेको संख्या ५४१ ललितपुरमा १०९ र भक्तपुरमा ७७ पुगेको छ भने काठमाडौं उपत्यकाको कुल संक्रमित संख्या ६६७ पुगेको छ।

  • नेपालमा थप २ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि

    नेपालमा थप २ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा पिसिआर विधिबाट गरिएको ७ हजार ६८७ नमुना परिक्षणमा २ सय  ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ९ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ६५ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या १५ हजार २६ पुगेको छ।

    कुल संक्रमितमध्ये ५८ जनाको मृत्यु भएको छ।

  • काठमाडौं उपत्यकाका १४ अस्पताललाई स्वाब संकलन केन्द्र तोकियो

    काठमाडौं उपत्यकाका १४ अस्पताललाई स्वाब संकलन केन्द्र तोकियो

    काठमाडौं । नेपालमा लकडाउनको अत्यसँगै कोरोना संक्रमितको संख्या बढ्दै गएको छ ।

    काठमाडौँ उपत्यकामा संक्रमितको संख्या दिनानुदिन बढ्न थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर परीक्षणको दायरालाई बढाउने निर्णय गर्दै स्वाब संकलनमा सहयोग गर्न अनुरोध गरेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा कोभिड १९ संक्रमण बढेको भन्दै नियन्त्रणमा सहयोग गर्न मंगलबार एक सूचना जारी गर्दै उपत्यकाका १४ अस्पतालमा गएर स्वाब संकलन गर्न अनुरोध गरेको हो ।

    सूचनामा कोरोनाको शंका लागेकाहरुले नजिकैको स्वाव संकलन केन्द्रमा गएर पीसीआर परीक्षणको लागि सहयोग गरिदिन आग्रह गर्दै काठमाडौं उपत्यकामा कोरोना संक्रमण जोखिम बढी रहेको हुँदा शंकास्पद संक्रमितहरुको खोजी गर्ने काम तीव्र बनाइएको सूचनामा उल्लेख छ ।

    शंकास्पद बिरामीको सम्पर्कमा आएका व्यक्तिहरु जोखिमयुक्त स्थाहरुबाट आउनुभएका व्यक्तिहरुले नजिकको स्वाब संकलन केन्द्रमा बिहानको ९ बजेदेखि दिउँसोको १ बजेसम्म गई स्वाब परीक्षण गर्नमा सहयोग गर्न सर्वसाधारण/अस्पतालहरु सबैमा यो अनुरोध गरिन्छ,’ मन्त्रालयको विज्ञप्तिमा उल्लेख गरिएको छ।

    सरकारले स्वाव संकलनका लागि कोभिड क्लिनिक सञ्चालन गरिरहेका अस्पताल, हब हस्पताल तथा लेभल एक दुई र तीनका अस्पतालाई तोकेको छ।

    पाटन अस्पताल, भक्तपुर अस्पताल, सिभिल अस्पताल, केएमसी अस्पताल र त्रिवि शिक्षण अस्पताल रहेका छन्। यस्तै वीर अस्पताल, टेकु अस्पताल, वीरेन्द्र अस्पताल छाउनी, प्रसूति अस्पताल, सशस्त्र (युनिफाइड) अस्पताल बलम्बुलाई पनि स्वाब संकलन गर्ने बुथ तोकिएको छ ।

    यसैगरी स्टार अस्पताल सानेपा, ह्याम्स अस्पताल धुम्बाराही, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज र नेपाल कोरिया मैत्री अस्पताललाई पनि नमूना संकलन गर्ने बुथ तोकिएको छ।

    मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीद्धारा जारी अनुसार सर्वसाधारणले आफूलाई पायक पर्ने अस्पतालमा गएर स्वाब संकलन गराउन सक्नेछन् ।

    मन्त्रालयले सबैलाई जनस्वास्थ्यका मापदण्ड पालना गर्न, घर बाहिर अत्यावश्यक अवस्थामा बाहेक ननिस्कन, भिडभाड नगर्न, चाडपर्वहरु घरमै बसी मनाउन पनि अपिल गरेको छ ।

  • मैदानमा खेलाडीको अगाडी खोकेमा रातो कार्ड

    मैदानमा खेलाडीको अगाडी खोकेमा रातो कार्ड

    काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण संसारभर अब जीवनमा केही न केही परिवर्तन हुँदैछ । यसले व्यक्तिको दैनिक जीवनदेखि व्यवसायिक दैनिकीमा समेत प्रभाव पर्नेछ । यस्तो नियम आएको छ फुटबल खेलमा । अब नियतबस अन्य खेलाडी वा खेल पदाधिकारीका अगाडि कुनै खेलाडी वा पदाधिकारीले खोकेमा त्यो खेल भावना विपरितको आचरण मानिने भएको छ । त्यस्तो खेलाडीले सिधै रातो कार्ड पाउनेछन् ।

    अन्तर्राष्ट्रिय फुटबल एसोसिएशन बोर्ड (आइफाब)ले नियतबस अन्य खेलाडी वा खेल पदाधिकारी तिर खोकेमा खेलाडीलाई रातो कार्ड दिन सक्ने निर्णय गरेको छ । फुटबलका नियम निर्माता तथा फुटबल एसोसिएशनले, सोचविचार गरेर वा नियतबस अरु खेलाडी वा खेल पदाधिकारीतर्फ फर्केर खोक्ने खेलाडीलाई रातो कार्ड दिने व्यवस्था गरेको हो ।

    अन्तराष्ट्रिय संचारमाध्यमहरुका अनुसार त्यसरी खोक्नुलाई अपमानजनक, अश्लिल वा दुर्व्यवहारजन्य भाषा वा व्यवहारको प्रयोग सरह मान्यता दिइएको छ । यस्तो व्यवहार देखाएमा रेफ्रीले निर्णय लिनेछन् । यो नियम कार्यान्वयनमा तत्काल आउनेछ ।

  • पर्सामा कोरोना संक्रमितको शव व्यवस्थापनमा खटिएका सैनिकमा कोरोना पुष्टी

    पर्सामा कोरोना संक्रमितको शव व्यवस्थापनमा खटिएका सैनिकमा कोरोना पुष्टी

    वीरगन्ज । पर्सामा आज बिहानै ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । यसरी कोरोना देखिनो तीन जना नेपाली सेनाका जवान समेत छन् । उनीहरु यसअघि कोरोना भाइरसका कारण मृत्यु भएका व्यक्तिको शव व्ववस्थापनमा खटिएका थिए । चण्डीप्रसाद गण वीरगंज घण्टाघरमा कार्यरत एवं शव व्यवस्थापन टोलीमा खटेका २८, ३० र ३२ वर्षका तीन जना नेपाली सेनाका सिपाहीमा कोरोना भएको हो । नारायणी अस्पतालका अनुसार सैनिकसँगै डाक्टर र पत्रकारमा समेत कोरोना देखिएको छ ।

    आज थपिएकामा दुई बालक र चार महिला छन्। संक्रमित हुनेहरुको उमेर १४ वर्षदेखि ५६ वर्षसम्म छ । संक्रमित चार महिलाको उमेर १६, २६, २८ र ४९ छ। सुर्खेत घर भई नेशनल मेडिकल कलेजको क्वाटरमा बसी काम गर्ने २८ वर्षीया महिला डाक्टरमा संक्रमण देखिएको हो । वीरगंज ११ रानीघाट घर भइ नारायणी बयोधा अस्पताल प्रालि गण्डकमा कार्यरत ३४ वर्षीय पुरुष डाक्टरमा पनि संक्रमण देखिएको छ।

    नारायणी अस्पताल वीरगंजको फार्मेसीमा कार्यरत ३० र ४३ वर्षका दुई पुरुष, नारायणीकै पारामेडिक्सको कन्ट्याक्ट ट्रेसिङ्ममा परेका २१, २७ वर्षका दुई गरी कूल चारजना स्वास्थ्यकर्मी पनि संक्रमित छन्। एक जना २२ वर्षीय सञ्चारकर्मी र वडा प्रहरी कार्यालय विर्तामा थुनुवामा रहेका २० वर्षे पुरुष पनि संक्रमित रहेको अस्पतालले जनाएको छ । पर्सा पछिल्लो समय कोरोना भाइरसको इपिसेन्टर बनेको छ ।

  • बलात्कार आरोपमा वडाध्यक्ष पक्राउ

    बलात्कार आरोपमा वडाध्यक्ष पक्राउ

    गोरखा । बलात्कारको आरोपमा गोरखाका एक जना वडाध्यक्ष पक्राउ परेका छन् । गोरखा, पालुङटार नगरपालिका वडा नम्वर ४ का वडाध्यक्ष ठाकुरकान्त रानाभाट पक्राउ परेका हुन् । उनीमाथि चौध वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोप छ । किशोरी र वडाध्यक्षबीच सम्बन्ध रहेको थाहा पाएपछि परिवारले जाहेरी दिएका थिए ।

    बिहे गर्छु भन्दै यसअघि पनि पटक–पटक जबरजस्ती करणी गरेको पीडित परिवारले दिएको जाहेरीमा उल्लेख रहेको प्रहरीले जनाएको छ । उमेर नपुगेको किशोरीसँग सहमतिमै भएको सम्बन्धलाई समेत कानुनले करणी मान्छ । ४७ वर्षीय रानाभाटलाई सोमवार जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष टोलिले पालुङटारबाट पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएका ेछ ।

  • स्पेनका ८२ वर्षिय पूर्वराजाको देश छाड्ने घोषणा

    स्पेनका ८२ वर्षिय पूर्वराजाको देश छाड्ने घोषणा

    स्पेन । स्पेनमा ४० वर्षभन्दा लामो समय राज गरेका पूर्वराजा ख्वान कार्लोसले देश छाड्ने घोषणा गरेका छन् । उनीमाथि एक भ्रष्टाचार मुद्दामा अनुसन्धान जारी छ । साउदी अरवमा एक रेल परियोजनाका सम्बन्धमा उनीमाथि अनियमितताको आरोप लागेको छ । स्पेन छाडेपनि आफुले अनुसन्धानमा भने सहयोग गर्ने उनको भनाई रहेको छ । उनी उदारवादी शासक मानिन्छन् ।

    स्पेन अधिनायकबाद शासन व्यवस्थामा रहेको अवस्थामा उनले नै मुलुकमा प्रजातन्त्र ल्याएका हुन् । तर, आफुमाथि आरोप लागेपछि उनले गद्दी त्यागेका छन् । उनी सन् २०१४ यता सत्ता त्याग गरेर बसेका छन् । स्पेन छाडेपनि उनी कहाँ कसरी बस्नेछन् भन्नेबारे भने स्पेनको दरवारले उल्लेख नगरेको बीबीसीले लेखेको छ ।

  • आज गाइजात्रा, उपत्यकामा बिदा

    आज गाइजात्रा, उपत्यकामा बिदा

    काठमाडौं । आज नेपालका विभिन्न स्थाना गाइजत्रा पर्व मनाइदै छ । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने यो पर्व आजबाट शुरु हुन लागेको हो । सोही अवसरमा हरेक वर्ष उपत्यकामा भने सार्वजनिक बिदा दिइन्छ । यो पर्वका दिन प्रहसन, सामाजिक विकृतिप्रति व्यंग्यात्मक प्रदर्शन, नाचगान तथा दिवंगत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीत गाउने प्रचलन रहेको छ ।

    गाईजात्रा पर्व काठमाडौं, ललितपुर, भक्तपुरका साथै काभ्रे, मकवानपुर, सिन्धुपाल्चोक, नुवाकोट, दोलखा, खोटाङ, भोजपुर, इलाम, सुनसरी, मोरङ, पर्सा, कास्की, पाल्पा, दाङलगायतका जिल्लामा मनाइन्छ । कोरोना भाइरसको महामारीका बीच यो वर्ष विगतमा जस्तै गरी समुहमा चाडबाड नमनाउन सरकारले आह्वान गरेको छ ।

    गाईजात्रामा एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिंगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराइन्छ । उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने गर्छन् । नगरपरिक्र गर्दा मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार गर्छन् भन्ने मान्यता रहेको छ ।

    राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ–आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएका आधारमा यो पर्व शुरु भएको मानिन्छ ।

  • सीपीएल खेल्न ट्रिनिडाड एण्ड टोबागो पुगे सन्दीप

    सीपीएल खेल्न ट्रिनिडाड एण्ड टोबागो पुगे सन्दीप

    काठमाडौं । नेपाली क्रिकेट स्टार कोरोना भाइरसको महामारीका बीच क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न ट्रिनिडाड एण्ड टोबागो पुगेका छन् । उनी सो मुलुक पुगेसँगै १४ दिन क्वरेण्टीनमा बस्नेछन् । आइतबारबाट उनीसहितका खेलाडीलाई क्वारेन्टिनमा राखिएको छ । सीपीएल खेल्ने सबै खेलाडी अनिवार्य १४ दिन क्वारेन्टिनमा बस्नु पर्ने प्रावधान छ । त्यसपछि सबै खेलाडीको पिसिआर परीक्षण हुनेछ ।

    सीपीएल भने २ भदौबाट शुरु हुनेछ । पिसिआर परिक्षणमा नेगेटिभ नतिजा आउने खेलाडीले खेल्न पाउनेछन् । सन्दीप कोरियन एयरबाट काठमाडौंदेखि दक्षिण कोरिया उडेका थिए । बिहीबार कोरिया पुगेका उनी त्यहाँबाट अमेरिका हुँदै ट्रिनिडाड एण्ड टोबागो पुगेका हुन् ।

    यसअघि उनी खेल्न जान पाउने या नपाउने भन्नो अन्यौल थियो । तर, नेपालमा पिसिआर परीक्षण र जहाजमा जान सरकारले उनलाई सहजिकरण गरिदिएको हो । सन्दीप सीपीएलमा यो सिजन जमैका तल्लावाहजबाट खेल्नेछन् । उनी ९० हजार अमेरिकी डलरमा अनुबन्धित भएका हुन् । सन्दीपले तेस्रो पटक सीपीएल खेल्दैछन् ।

  • मेलम्ची पहिरोमा पुरिएका ८ जनाकै निधन, सबैको सनाखत

    मेलम्ची पहिरोमा पुरिएका ८ जनाकै निधन, सबैको सनाखत

    मेलम्ची । मेलम्चीमा पहिरोमा पुरिएका सबै ८ जनाकै निधन भएको छ । सिन्धुपाल्लोक जिल्लाको मेलम्ची नगरपालिका वडा नम्बर ११ मा कभर्ड हल निर्माणमा खटिएका मजदुर सुतेको अवस्थामा पहिरोमा परेका थिए । उनीहरुलाई माथिबाट आएको पहिरोले पुरेको हो । प्रहरीका अनुसार मृतक सबैको सनाखत भएको छ ।

    ज्यान गुमाउनेमा बाराको सिमराका राजेश चौधरी, विक्रम थिङ, मानबहादुर रुम्बा, सिमन घलान, शिव बालक र सोनम लामा रहेका छन् । उता, वीरगञ्जका प्रदीप चौरासिया र भारतका राजेन्द्र चौरासियाको पनि ज्यान गएको छ । पहिरोमा परी एक जना घाइते भएका छन् । भारतका बारु शाहलाई प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौं लगिएको छ ।

    उता, सोमबार नै सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका २ बरुवामा पहिरोले घर पुरिँदा क्षेत्री टोलका यज्ञबहादुर क्षेत्री र उनकी श्रीमती लक्ष्मीको ज्यान गएको छ । सिन्धुपाल्चोकमा यसअघि असारमा गएको पहिरोमा परी २० जना अझै वेपत्ता छन् ।

  • सुशील भट्ट बने लगानी बोर्डको सिइओ

    सुशील भट्ट बने लगानी बोर्डको सिइओ

    काठमाडौं । सरकारले लगानी बोर्डको सिईओमा सुशील भट्टलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई आगामी ४ वर्षका लागि लगानी बोर्डको सिईओमा नियुक्त गर्ने निर्णय गरेको छ । उनी अहिले राष्ट्रिय योजना आयोगका सदस्य छन् । उनीसँग इन्जिनियरिङ, व्यवस्थापन तथा योजनाको अनुभव रहेको छ । लगानी बोर्डको सीईओ नियुक्तिको प्रस्ताव अघिल्लो मन्त्रिपरिषद् बैठक मै गरिएको थियो ।

    सीइओको दौडमा अहिले पुनर्निर्माण प्राधिकरणका सिइओ सुशील ज्ञवाली र भट्ट अग्रपंक्तीमा थिए । ज्ञवालीलाई प्रधानमन्त्री केपी शर्मा आफैले केही समय पुनर्निर्माण प्राधिकरणमै काम गर्न लगाएर भट्टलाई लगानी बोर्डमा नियुक्तीको बाटो खोलिदिएका हुन् ।

    यी दुबै पदमा प्रधानमन्त्रीको प्रत्यक्ष चासो छ । यद्दपी सिइओ सिफारिस समिति भने अर्थमन्त्री डा. युवराज खतिवडाको नेतृत्वमा थियो । समितिले रामकृष्ण खतिवडा, सुशील भट्ट र डा. सरोज कोइरालाको नाम मन्त्रिपरिषद्‍मा पठाएको हो । यसअघि महाप्रसाद अधिकारी गर्भनर बनेपछि लगानी बोर्डको प्रमुख पद रिक्त बनेको थियो ।

  • विश्वभर सहज बनाइदै घुमफिर, ४० प्रतिशत गन्तब्यले पारे खुकुलो

    विश्वभर सहज बनाइदै घुमफिर, ४० प्रतिशत गन्तब्यले पारे खुकुलो

    काठमाडौं । संसारका ४० प्रतिशत गन्तब्यले विदेशी पर्यटकमाथिको प्रतिवन्ध खुला गरेका छन् । कोरोना भाइरसको विश्वव्यापी महामारीको फैलावटका बीच कुनै समय शतप्रतिशत मुलुकले विदेशी नागरिकको आवागमना प्रतिवन्ध लगाएका थिए । अहिले विभिन्न ४ मुलुकले बीना शर्त र अन्य मुलुकले शर्तसहित विदेशी नागरिकको आवागमन खुला गरेका हुन् ।

    संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन संगठन (यूएनडब्यूटीओ)को विवरणअनुसार जुलाई ३० सम्म संसारभर ४० प्रतिशत मुलुकमा विदेशी नागरिक प्रवेशमा तोकिएका कडा प्रावधान खुकुलो बनाइएको छ । यसअघि १५ जुनसम्म मात्र २२ प्रतिशत मुलुकले ात्र यात्रा प्रतिवन्ध खुकुलो पारेका थिए । अहिले खासगरी यूरोपका सबैजसो मुलुकमा विदेशी नागरिक घुमघामा जान सक्छन् । त्यसका लागि यूरोपमा केही प्रावधान भने बनाइएका छन् ।

    जुलाइ अन्त्यसम्म ८७ मुलुकले कुनै न कुनै रुपमा विदेशी नागरिकलाई यात्रा अनुमति दिने गरी निर्णय गरेका हुन् । अल्वानिया, माल्दिभ्स, सर्विया र तान्जानियाले भने कुनै शर्त बीना नै यात्रा खुला गरेका छन् । संगठनका अनुसार पर्यटनमा आधारित अर्थतन्त्र रहेको मुलुकमा अब यात्रा माथिको प्रतिवन्ध खुला भएको छ । किनकी सार्वजनिक स्वास्थ्यलाई ख्याल गर्दै अन्य गतिविधि समेत संगै लैजानु पर्ने बाध्यतामा संसारभरका मुलुक रहेका छन् ।

    ११५ मुलुकमा भने अहिले पनि विदेशीको प्रवेशमा कडा प्रतिवन्ध रहेको छ । यसमा नेपाल पनि एक हो । नेपालले १ भदौबाट मात्र विदेशी पर्यटकलाई नेपाल प्रवेश दिने सम्भावना छ । यद्दपी त्यसको मोडालिटी सार्वजनिक भएको छैन ।

  • नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको निधन

    नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको निधन

    विराटनगर । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको ज्यान गएको छ । विराटनगरको कोशी अस्पतालमा कोरोना संक्रमणबाट एक वृद्धको ज्यान गएको हो । ज्वरो र स्वासप्रश्वासको समस्याबाट पिडित उनी सोमबार विहान ९ बजे अस्पताल भर्ना भएका थिए । विराटनगर महानगरपालिका– ५ का ७७ वर्षिय उनको आज नै स्वाव नमुना संकलन गरिएको थियो ।

    दिउँसो ज्यान गएको उनको सोमबार साँझ आएको कोरोना नतिजा पोजेटिभ पाइएको छ । उनलाई आइसोलेसनमा राखेर उपचार थालिएको थियो । उनी मधुमेहको समस्याबाट ग्रसित रहेको र पछिल्ला दिनमा ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएको अस्पतालको भनाई छ । उनमा कसरी कोरोना सरेको हो भन्ने स्रोत भने नखुलेको अस्पतालको भनाई छ ।

    यससँगै अब नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५८ पुगेको छ । मोरङमा मात्र २ जनाको मृत्यु भएको छ । उनको मृत्युलाई स्वास्थ्य मन्त्रालयले घोषणा गर्न भने बाँकि रहेको छ ।

  • काठमाडौं उपत्यकामा ५१ जना कोरोना संक्रमित थपिए

    काठमाडौं उपत्यकामा ५१ जना कोरोना संक्रमित थपिए

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा थप ५१ जनामा कोरोना पुष्टि भएको हो ।

    संक्रमितहरु काठमाडौंको ४३, ललितपुरको ३ र भक्तपुरको ५ जना रहेका छन् । योसँगै काठमाडौंमा कोरोना संक्रमित हुनेको संख्या ४९३ ललितपुरमा १०८ र भक्तपुरमा ६४ पुगेको छ भने काठमाडौं उपत्यकाको कुल संक्रमित संख्या ६६७ पुगेको छ।