उपनिर्वाचनको तयारी पुरा, मौनअवधि लागु

काठमाडौं । आगामी शनिबार हुने उपनिर्वाचनको तयारी पुरा भएको निर्वाचन आयोगले जनाएको छ । बिहीबारबाट मौन अवधि सुरु भएको छ । अब निर्वाचन सामग्री निर्वाचन स्थलमा लैजाने र निर्वाचन हुने स्थलको व्यवस्थापनको काम भइरहेको आयोगले जनाएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य तथा स्थानीय तहका विभिन्न पदाधिकारी गरी ५२ पदका लागि उपनिर्वाचन हुँदैछ । मौन… Continue reading उपनिर्वाचनको तयारी पुरा, मौनअवधि लागु

हुम्लामा चालकले मापसे गरी चलाएको टिपर दूर्घटनामा ४ को मृत्यु

हुम्ला । हुम्लामा चालकले अधिक मदिरा सेवन गरी चलाएको टिपर दुर्घटनामा परी मृत्यु हुनेको संख्या ४ पुगेको छ। बुधबार भएको दुर्घटनामा १३ परेका थिए । त्यसमध्ये चार जनाको मृत्यु भएको प्रहरीले पुष्टी गरेको छ । हुम्लाको उत्तरी गाउँपालिका नाम्खाको सल्लीबाट सामान ढुवानी गरिरहेको लु४ ख ३२६९ नम्बरको टिपर दुर्घटना भएको हो । नेपाल खाद्य संस्थानको… Continue reading हुम्लामा चालकले मापसे गरी चलाएको टिपर दूर्घटनामा ४ को मृत्यु

युवालाई जागिर दिन सरकारले लियो साढे १३ अर्ब ऋण

काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सरकारले विश्व बैंकबाट साढे १३ अर्ब सहुलियत ऋण लिएको छ । यस सम्बन्धमा नेपाल सरकार अर्थ मन्त्रालय र विश्व बैंकबीच हस्ताक्षर भएको हो । ‘युवा रोजगारीको लागि रुपान्तरण पहल परियोजना’का लागि विश्व बैंकले १३ अर्ब ६३ करोड ऋण उपलब्ध गराउने सम्बन्धमा बुधबार सम्झौतामा हस्ताक्षर भएको हो। प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत… Continue reading युवालाई जागिर दिन सरकारले लियो साढे १३ अर्ब ऋण

अर्घाखाँची बस दूर्घटना अपडेट : १९ को मृत्य, ९ को सनाखत

बुटवल । अर्घाखाँचीको सन्धिखर्कबाट बुटवलका लाग छुटेको यात्रुबाहक बस दूर्घटनामा १९ जनाको ज्यान गएको छ । सन्धिखर्क नगरपालिका–६ नरपानीमा बुधबार साँझ भएको दूर्घटनामा गुल्मी र अर्घाखाँचीका ९ जना यात्रुको सनाखत भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चालक ओमबहादुर थापा (रुपन्देही)को दूर्घटनामा परी मृत्यु भएको छ । यसबाहेक खाचिकोटकी १८ वर्षिया माया पुरी, खाचिकोटकै ८… Continue reading अर्घाखाँची बस दूर्घटना अपडेट : १९ को मृत्य, ९ को सनाखत

साग भलिबलमा नेपाली महिला टीमको सुखद शुरुवात

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुदअन्तर्गत महिला भलिबलमा नेपालले सुखद सुरूआत गरेको छ। नेपालले बुधबार बंगलादेशलाई सजिलै हरायो । त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको खेलमा नेपालले बंगलादेशलाई ३ ० को सोझो सेटमा हराएको हो र । नेपालको समूहमा भारत र बंगलादेश छन् । बंगलादेशलाई हराएको नेपाल भारतसँग कम दवावमा खेल्न सक्नेछ । सन् २०१६ मा… Continue reading साग भलिबलमा नेपाली महिला टीमको सुखद शुरुवात

नक्कली खातावालाले सक्कली खाताबाट पैसा निकाल्न थालेपछि…

काठमाडौं । अरुको खाताबाट सक्कली चेक नै बनाएर रकम निकाल्ने धन्दामा संलग्न ६ जनालाई प्रहरीले पक्रिएर सार्वजनिक गरेको छ । प्रहरीले अञ्जन बराल, सुभाष श्रेष्ठ, मनिष घिमिरे, कुमार तामाङ, सुमन पौडेल र गोविन्द घिमिरेलाई सार्वजनिक गरेको छ । उनीहरुको साथबाट कैयौ व्यक्तिको सक्कली चेक नै फेला परेको प्रहरीले बताएको छ । प्रहरीले बुधबार पत्रकार सम्मेलन… Continue reading नक्कली खातावालाले सक्कली खाताबाट पैसा निकाल्न थालेपछि…

कस्तो छ प्रधानमन्त्रीलाई ?

काठमाडौं । मंगलबार एपेन्डिक्सको शल्यक्रियापछि अस्पतालमै उपचारार्थ रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा बुधबारबाट सुधार हुन थालेको छ । यससँगै उनको मृगौलाको डायलासिस गर्ने तयारी समेत गरिएको छ। यसअघि ग्राण्डी अस्पतालमा भइरहेको डायलासिस महराजगञ्जस्थित शिक्षण अस्पतालमै गर्ने तयारी छ । प्रधानमन्त्री मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचारार्थ भर्ना भएका हुन् । बुधबार प्रधानमन्त्री बोल्न… Continue reading कस्तो छ प्रधानमन्त्रीलाई ?

अर्घाखाँचीमा बस दूर्घटना, १७ को मृत्यु

बुटवल । अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कबाट बुटवलका लागि छूटेको यात्रुबाहक बस सन्धिखर्क नगरपालिका–६ नरपानीमा दूर्घटना हुँदा १७ जनाको घटनास्थलमै निधन भएको छ । करीव १ दर्जन घाइते भएका छन् । बुधबार बेलुका भएको बस दुर्घटनामा सत्र जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टी गरेको छ । लु २ ख २१४८ नम्बरको बस नरपानी बजार नजिकै घुम्तीबाट ४… Continue reading अर्घाखाँचीमा बस दूर्घटना, १७ को मृत्यु

आजबाट उपनिर्वाचन लक्षित मौनअवधि शुरु, अन्तिम दिन ठाउँठाउँमा चुनावी सभा

काठमाडौं । शनिबार हुने उपनिर्वाचनको प्रयोजनका लागि बुधबार रातीबाट मौन अवधि प्रारम्भ हुने भएको छ । निर्वाचन आयोगका अनुसार बुधबार रातिबाट मौन अवधि सुरु हुने भएको हो । कास्की–२ मा प्रतिनिधिसभा, तीन वटा प्रदेशसभा र स्थानीय तहका गरी ५२ पदमा १४ मंसिरमा उपनिर्वाचन हुनेछ । आज प्रचार प्रसार गर्न पाउने अन्तिम दिन बुधबार दलहरुले आफ्नो… Continue reading आजबाट उपनिर्वाचन लक्षित मौनअवधि शुरु, अन्तिम दिन ठाउँठाउँमा चुनावी सभा

आजबाट फिर्ता होला निजी मेडिकल कलेजले असुलेको गैरकानूनी शूल्क ?

काठमाडौं । निजी कलेज सञ्चालक एमबिबिएस र बिडिएसका विद्यार्थीबाट गैरकानुनी रूपमा उठाएको शुल्क फिर्ता गर्न तयार भएका छन्। शिक्षा मन्त्रालयमा बुधबार मध्यरातमा निजी कलेज संचालक र शिक्षा मन्त्रीबीच वार्तामा सहमति जुटेको हो । किनकी मंगलबार नै गृह मन्त्रालयमा बसेको सरोकारवालाको बैठकले निजी कलेजहरुले शूल्क फिर्ता नगरेपछि बुधबारबाट पक्राउ गरी कानून अनुसार कारवाही चलाउने निर्ण गरेको… Continue reading आजबाट फिर्ता होला निजी मेडिकल कलेजले असुलेको गैरकानूनी शूल्क ?

प्रधानमन्त्रीको स्वास्थ्य सुधारोन्मुख

काठमाडौं । आकस्मिक अपरेशनपछि अस्पतालमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य सुधारोन्मुख रहेको छ । उनको मंगलबार एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो । मंगलबारभन्दा क्रमशः सस्थ्यमा सुधार हुँदै गएको र बुधबार बिहान भेन्टिलेटरबाट हटाइएको अस्पताल स्रोतले जनाएको छ । महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्रीको उपचार भइरहेको छ । प्रधानमन्त्रीलाई कति दिन अस्पतालमा राख्नु… Continue reading प्रधानमन्त्रीको स्वास्थ्य सुधारोन्मुख

बानेश्वरमा डाक्टरलाई ठक्कर दिने बस रामेछापमा, चालकलाई मुद्दा

काठमाडौं । काठमाडौँको बानेश्वरमा गत आइतबार डा प्रभु जोशीलाई ठक्कर दिएर भागेको बस र चालकलाई प्रहरीले रामेछापबाट पक्राउ गरेको छ । डा. जोशीको घटनास्थलमै मृत्यु भएको थियो । आइतबार बिहान पैदल हिडेका चिकित्सकलाई ठक्कर दिएर बस भागेको थियो । उक्त बसका चालक बुद्धकुमार कोँजु रहेको र उनलाई सवारी ऐनअन्तर्गत मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।… Continue reading बानेश्वरमा डाक्टरलाई ठक्कर दिने बस रामेछापमा, चालकलाई मुद्दा

मालपोतका सुब्बासँग १५ करोडको सम्पत्ति, अख्तियारले चलायो मुद्दा

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय सिमराका नायब सुब्बा मदनप्रसाद गुप्ताविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । उनीसहित नौ जनालाई विपक्षी बनाएर अख्तियारले अदालतमा मुद्दा दायर गरेको हो । पदको दुरूपयोग गरी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोप गुप्तामाथि लगाएको छ । अन्य व्यक्ति भने गुप्ताकै परिवार हुन् । अख्तियारले १५ करोड… Continue reading मालपोतका सुब्बासँग १५ करोडको सम्पत्ति, अख्तियारले चलायो मुद्दा

केरुङ-काठमाडौं क्रस बोर्डर रेल्वेको भौगर्भिक अध्ययन हुने

काठमाडौं । नेपाल र चीन केरुङ-काठमाडौं क्रस बोर्डर रेल्वे आयोजनाको भौगर्भिक अध्ययन गर्न सहमत भएका छन् । चीन सरकारले स्वय: एरियल म्यापिङ र भौगर्भिक अध्ययनको काम सुरू गर्ने सहमति जनाएको हो । मंगलबार नेपाल र चिनियाँ अधिकारीबीच काठमाडौंमा यस आयोजनाका सम्बन्धमा छलफल भएको थियो । छलफलमा उक्त सहमति जुटेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उच्च… Continue reading केरुङ-काठमाडौं क्रस बोर्डर रेल्वेको भौगर्भिक अध्ययन हुने

गैरकानूनी शूल्क फिर्ता नगरे मेडिकल कलेज संचालकलाई बुधबारबाट पक्राउ

काठमाडौं । सोमबार साँझ समय माग्दै गैरकानूनी शूल्क फिर्ता गर्ने प्रतिवद्धता जनाएका मेडिकल कलेज संचालकले मंगलबार त्यसतर्फ चासो देखाएनन् । सोहीअनुसार शूल्क फिर्ता नगर्ने कलेज संचालकमाथि कारवाही गर्ने तयारी गृह मन्त्रालयले गरेको छ । मंगलबार साँझ गृह मन्त्रालयमा सर्वदलीय बैठक बसेको थियो । मेडिकल कलेजले गैरकानूनी रुपमा उठाएको शूल्क फिर्ता नभएपछि कलेज सञ्चालकलाई बुधबारबाट कारबाही… Continue reading गैरकानूनी शूल्क फिर्ता नगरे मेडिकल कलेज संचालकलाई बुधबारबाट पक्राउ

सागमा १८ हजार सुरक्षाकर्मी, बुधबारबाट खेल शुरु

काठमाडौं । १३ औं दक्षिण एशियाली खेलकूदका खेलहरु बुधबारबाट शुरु हुँदैछन् । यद्दपी औपचारिक शुरुवात भने १५ मंसिरमा हुँदैछ । यस दिन राष्ट्रपतिले सागको ज्योती बालेर सागको औपचारिक शुरुवात गर्ने कार्यक्रम रहेको छ । ८ राष्ट्रको सहभागितामा हुने दइिक्षण एसियाली क्षेत्रकै वृहत खेलमेला व्यवस्थित गर्न सरकार कस्सिएको छ । यसैबीच, खेलको सुरक्षामा चारवटै सुरक्षा निकायको… Continue reading सागमा १८ हजार सुरक्षाकर्मी, बुधबारबाट खेल शुरु

प्रधानमन्त्री अस्पताल भर्ना, एपेन्डिसाइटिसको अपरेसन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको एपेन्डिसाइटिसको सफल अपरेसन गरिएको छ । प्रधानमन्त्रीको मंगलबार महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा एपेन्डिसाइटिसको अपरेसन गरिएको हो । उनको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ । डाक्टरहरूले प्रधानमन्त्रीको एपेन्डिसाइटिसको अपरेसन सफल भएको र स्वास्थ्यमा निरन्रता सुधार भइरहेको जानकारी गराएका छन् । पेट दुखेपछि उनलाई स्वास्थ्य उपचारका… Continue reading प्रधानमन्त्री अस्पताल भर्ना, एपेन्डिसाइटिसको अपरेसन

गौतमबुद्ध विमानस्थल निर्माण अन्तिम चरणमा, वायुसेवालाई प्याकेज घोषणाको तयारी

काठमाडौं । भैरहवामा निर्माणाधिन राष्ट्रिय गौरवको विमानस्थल आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ । गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको भौतिकतर्फको ९० प्रतिशत काम पुरा भइसकेको नेपाल नागरिक उड्डयन प्राधिरकणले जनाएको छ । प्राधिकरणका अनुसार भौतिक संरचना निर्माणको काम सकिएसँगै व्यवस्थापनमा खटिने गरी विमानस्थल प्रमुख तोकिएको छ । प्राधिकरणका निर्देशक प्रतापबाबु तिवारीले अब भैरहवास्थित गौतमबुद्ध विमानस्थलको प्रमुखको जिम्मेवारी… Continue reading गौतमबुद्ध विमानस्थल निर्माण अन्तिम चरणमा, वायुसेवालाई प्याकेज घोषणाको तयारी

प्रधानमन्त्री मंगलबार दिनभर खेल व्यवस्थापनमा सक्रिय

काठमाडौं । नेपालमा सामान्यतया राजनीतिक नेतृत्वको ध्यान खेलमा कमै मात्र पुग्छ । नेताहरु खेल उत्तिसारो बुझ्दैनन् पनि, त्यसकारण उनीहरुले यसलाई अनुत्पादक सरह मान्छन् । तर, नेपालमै आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा भने प्रधानमन्त्री केपी शर्मा ओलीले उच्च चासो देखाएका छन् । नेपालमा दुई दशकपछि आयोजना भएको साग शुरु हुन पाँच दिन… Continue reading प्रधानमन्त्री मंगलबार दिनभर खेल व्यवस्थापनमा सक्रिय

सरकारले सहसचिवको दरवन्दी थप्यो

साभार स्केच

काठमाडौं । सरकारले २० सह–सचिवको दरबन्दी थप गरेको छ । गृह मन्त्रालयका अनुसार मन्त्रिपरिषदले हालै २० सहसचिवको दरवन्दी थप्ने निर्णय गरेको हो । पहाडका १९ जिल्लाका प्रमुख जिल्ला अधिकारी र गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको प्रमुखका लागि उक्त दरवन्दी थप गरिएको मन्त्रालयले जनाएको छ । अहिले पहाडी जिल्लामा उपसचिव प्रमुख जिल्ला अधिकारीका रुपमा रहने प्रावधान रहेको छ… Continue reading सरकारले सहसचिवको दरवन्दी थप्यो

सरकारको चार महिनाको कामबाट स्वयम: प्रधानमन्त्री असन्तुष्ट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चालु आर्थिक वर्षको पहिलो चौमासिकसम्म सरकारको काम संतोषजनक नभएको भन्दै असन्तुष्टी जनाएका छन् । यसबीचमा पूँजिगत खर्च निकै कम भएको छ । विकास निर्माणले अझै गति लिन सकेको छैन । संविधानतः १ साउनपछि बजेट कार्यान्वयनले गति लिनु पर्ने हो सोमबार प्रधानमन्त्री कार्यालयमा सबै मन्त्री र सचिवहरुसहितको समिक्षा बैठकमा प्रधानमन्त्री… Continue reading सरकारको चार महिनाको कामबाट स्वयम: प्रधानमन्त्री असन्तुष्ट

बढी लिएको शूल्क फिर्ता गर्न मेडिकल कलेज सहमत

काठमाडौं । मेडिकल कलेजहरुमा विद्यार्थीबाट बढी असुल गरेको शुल्क फिर्ता गर्न तयार भएका छन् । सरकारले कारवाहीको तयारी गरेपछि कलेजहरु शूल्क फिर्ता लिन तयार भएका हुन् । सरकारले १५ दिनको अल्टिमेटम दिँदै बढी लिएको शूल्क फिर्ता गर्न निर्देशन दिएको थियो । अल्टिमेटम सोमबार सकिएको छ । सोमबार नै शिक्षा मन्त्रालयमा निजी मेडिकल कलेजका संचालक र… Continue reading बढी लिएको शूल्क फिर्ता गर्न मेडिकल कलेज सहमत

नाइट क्लवमा लठ्ठ तीन फूटबल खेलाडी सागबाट पनि आउट

काठमाडौं । विश्वकप छनोटका लागि भूटान उड्ने अघिल्लो दिन ठमेलको नाइट क्लव गई झुमेका चार खेलाडीमध्ये अण्डर २३ समूहमा पर्ने तीन खेलाडीले घरेलु मैदानमै हुने दक्षिण एसियाली खेलकुद (साग)समेत गुमाएका छन् । उनीहरुलाई प्रशिक्षकले नखेलाउने निर्णय लिएका छन् । नेपाली टोलीका आशालाग्दा फरवार्ड विमल घर्तीमगर, मिडफिल्डर अञ्जन विष्ट र डिफेन्डर दिनेश राजवंशी बीनौ नै नेपाली… Continue reading नाइट क्लवमा लठ्ठ तीन फूटबल खेलाडी सागबाट पनि आउट

रुसी राष्ट्रपति पुटिनलाई नेपाल भ्रमणको निम्ता

काठमाडौं । नेपालले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई नेपाल भ्रमणको औपचारिक निम्ता दिएको छ । रुसको भ्रमणमा मस्को पुगेका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले समकक्षी सेर्गेइ लाभ्रोभलाई भेटेका छन् । उनीमार्फत मन्त्री ज्ञवालीले राष्ट्रपति विद्या भण्डारीबाट पुटिनलाई पठाइएको औपचारिक निम्तोपत्र हस्तान्तरण गरेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार सोमबार मस्कोमा मन्त्री ज्ञवालीले समकक्षी सेर्गेइ लाभ्रोभलाई भेटेका हुन् ।… Continue reading रुसी राष्ट्रपति पुटिनलाई नेपाल भ्रमणको निम्ता

बिरामीमाथि जवर्जस्ती करणीको प्रयास, डाक्टर पक्राउ

काठमाडौं । आफ्नो नियमित चेकजाँच गर्ने बिरामी महिलामाथि जबर्जस्ती करणी गरेको आरोपमा चिकित्सक रोहित प्रसाद झा पक्राउ परेका छन् । उनी मेडिसिटी अस्पतालका डाक्टर हुने । उनलाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको हो । कीर्तिपुर निवासी एक महिला उनकोमा ‘होलबडी चेकअप’का लागि पुग्ने गरेकी थिइन् । आइतबार सोही सिलसिलामा अस्पताल पुग्दा डाक्टरले हातपात गर्न खोजेको आरोप… Continue reading बिरामीमाथि जवर्जस्ती करणीको प्रयास, डाक्टर पक्राउ

१ जनवरीमा नेपाल ओर्लने सबै पर्यटकलाई सप्राइज गिफ्ट

काठमाडौं । नेपाल भ्रमण वर्षको औपचारिक शूभारम्भका दिन नेपाल आउने पर्यटकले विमानस्थल तथा हरेक सीमा नाकामा सरप्राइज गिफ्ट प्राप्त गर्ने भएका छन् । भ्रमण वर्ष सचिवालयले त्यसको तयारी गरेका हो । १ जनवरी २०२० का दिन नेपालमा एक भब्य कार्यक्रमको आयोजना गरी औपचारिक शुभारम्भ गरिने छ । त्यस अगाडी विमानस्थलमा हात्तीले पर्यटकलाई माला लगाएर नेपालमा… Continue reading १ जनवरीमा नेपाल ओर्लने सबै पर्यटकलाई सप्राइज गिफ्ट

बुद्धले फिर्ता लियो कोलकत्ता उडान, भारी नोक्सानी भएको दावि

काठमाडौं । बुद्ध एयरले कोलकत्ता उडान फिर्ता गरेको छ । २ डिसेम्बरबाट कोलकत्ताका लागि नियमित भइरहेको उडान बन्द गर्ने तयारी कम्पनीले गरेको हो । यस रुटमा कम्पनीले पर्याप्त पर्यटक पाउने अपेक्षा गरेको थियो । तर, सोचजस्तो व्यापार गर्न नसकेपछि फिर्ता हुनु परेको बुद्ध एयरको भनाई छ । बुद्ध आफैले गरेको प्रवद्र्धनले नपुग्ने भन्दै गन्तब्यमा राज्यकै… Continue reading बुद्धले फिर्ता लियो कोलकत्ता उडान, भारी नोक्सानी भएको दावि

हङ्‌कङमा विपक्षी दललाई सफलता

हङ्‌कङ । आन्दोलनमा होमिएको विपक्षी दलले ठूलो सफलता पाएपछि हङ्‌कङमा बेइजिङ समर्थक दलले पराजय भोगेको छ । शनिबार सम्पन्न जिल्ला तहको चुनावमा विपक्षी दललाई जनताले भारती मतले जिताएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् । कूल २४१ स्थानमा मतदान भएको थियो । त्यसमध्ये विपक्षी आन्दोलनका सदस्यले २०१ स्थानमा विजय प्राप्त गरेका छन् । बेइजिङसमर्थक उम्मेदवारले २८ स्थानमा… Continue reading हङ्‌कङमा विपक्षी दललाई सफलता

सागका खेलाडीलाई प्रधानमन्त्रीले भेट्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १३ औैैं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा नेपालको तर्फबाट सहभागी हुने खेलाडी तथा पदाधिकारीसँग सामूहिक भेटघाट गर्ने भएका छन् । खेलाडीको मनोबल बढाउन प्रधानमन्त्रीले उनीहरुलाई सामूहिक रुपमा भेट्न लागेको प्रधानमन्त्री कार्यायले जनाएको छ । मंगलबार २६ खेलमा सहभागी खेलाडी, प्रशिक्षक, ब्यवस्थापक तथा सम्बन्धित खेल संघका पदाधिकारीलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने छन्… Continue reading सागका खेलाडीलाई प्रधानमन्त्रीले भेट्दै

आज बालाचर्तुदशी, शतबीज छरिँदै

काठमाडौं । पितृको मोक्ष तथा उद्धार हुने आस्था र विश्वाससहित आज बालाचतुर्दशी पर्व मनाइदैछ । यस दिन देशभर शिवालयमा शतबीज छर्ने प्रचलन रहेको छ । मंसिर कृष्ण चर्तुदशीका दिन परिवार कुनै सदस्य दिवंगत भए उनको मृतआत्माको चिरशान्तिको कामना गर्दै धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो मिश्रित सतविज शिवालय वरपर छर्ने पचलन रहेको छ ।… Continue reading आज बालाचर्तुदशी, शतबीज छरिँदै