अमेरिका भ्रमणबाट स्वदेश फर्किए अर्थमन्त्री

काठमाडौं । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल अमेरिकामा आयोजित विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को वार्षिक बैठकमा भाग लिएर बिहीबार स्वदेश फर्किएका छन् । अर्थमन्त्री पौडेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राजस्व सचिव दिनेशकुमार घिमिरेले स्वागत गरे । विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको बैठकमा अर्थमन्त्री पौडेलले जलवायु वित्तका क्षेत्रमा सहायता परिचालन गर्न… Continue reading अमेरिका भ्रमणबाट स्वदेश फर्किए अर्थमन्त्री

महाकवि देवकोटाको जन्मजयन्ती आज

काठमाडौं । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म वि।सं। १९६६ मा कात्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो । १० वर्षको उमेरमा कविता लेख्न सुरु गर्नुभएका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत,… Continue reading महाकवि देवकोटाको जन्मजयन्ती आज

खेल सकिएपछि होटेलमै पुगेर फूटबल खेलाडीलाई बालेनले दिए नगद पुरस्कार

काठमाडौं । काठमाडौं महानगरपालिकाले साफ वुमन्स च्याम्पियनसिप २०२४ को उपविजेता नेपाली महिला फुटबल टोलीलाई बुधबार नगदसहित सम्मान गरेको छ । दशरथ रंगशालमा बुधबार साँझ भएको फाइनलमा नेपाल बंगालदेशसँग २–१ ले पराजित हुँदै उपविजेतामै सिमित भएको थियो । काठमाडौं महानगरपालिकाले बुधबारै राती सोल्टी होटलमा कार्यकम गर्दै टोलीका खेलाडीलाई १ लाख नगद र सम्मान पत्रसहित सम्मान गरेको… Continue reading खेल सकिएपछि होटेलमै पुगेर फूटबल खेलाडीलाई बालेनले दिए नगद पुरस्कार

कुकुर तिहार र लक्ष्मी पूजा आज एकै दिन

काठमाडौं । तिहारको तेस्रो दिन आज कुकुर पूजा र लक्ष्मी पूजा गरिँदै छ । कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको हो । त्यसैले आज बिहान कुकुर पूजा गरेर बेलुका लक्ष्मी पूजा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । कात्तिक… Continue reading कुकुर तिहार र लक्ष्मी पूजा आज एकै दिन

स्थानीय तह उपनिर्वाचनमा होमियो कांग्रेस, संयोजन समिति गठन

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह उपनिर्वाचन ०८१ का लागि संयोजन समिति गठन गरेको छ । आगामी मंसिर १६ गते हुने उपनिर्वाचनका लागि महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा स्थानीय तह उपनिर्वाचन केन्द्रीयसंयोजन समिति गठन गरिएको हो । सभापति शेरबहादुर देउवाले पार्टी विधानको व्यवस्थाबमोजिम महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा स्थानीय तह उपनिर्वाचन केन्द्रीय संयोजन समिति गठन गरेको मुख्यसचिव… Continue reading स्थानीय तह उपनिर्वाचनमा होमियो कांग्रेस, संयोजन समिति गठन

नेपाली महिला टोलीका मूख्य परीक्षकले छाडे पद

काठमाडौं । नेपाली महिला राष्ट्रिय टिमका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले पद छाडेका छन् । साफ वुमन्स च्याम्पियनसिपको फाइनलमा बंगलादेशसँग हारपछि मुख्य प्रशिक्षक तामाङले पद छाड्ने घोषणा गरेका हुन् । बुधबार दशरथ रंगशालामा भएको खेलमा २–१ ले नेपाललाई हराउँदै बंगलादेशले उपाधि जितेको हो । नेपाल अन्तर्राष्ट्रिय महिला फुटबलको फाइनलमा पराजित भएको यो १२ औं पल्ट हो… Continue reading नेपाली महिला टोलीका मूख्य परीक्षकले छाडे पद

तिहार बिदामा समेत सर्वोच्च अदालत खुलै रहने

काठमाडौं । तिहार बिदामा पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइ गर्न सर्वोच्च अदालत खुला हुने भएको छ । तिहार पर्वको बिदामा शनिबार र भाइटीकाबाहेक अरू दिन बिहान ११ देखि अपराह्न ३ बजेसम्म अदालत खुला रहने सर्वोच्च अदालत प्रशासनले जनाएको छ । सर्वोच्च अदालत प्रशासनले निकालेको सूचनामा भनिएको छ, “दीपावली, २०८१ को उपलक्ष्यमा कात्तिक १५ देखि… Continue reading तिहार बिदामा समेत सर्वोच्च अदालत खुलै रहने

प्रधानमन्त्रीले गरे नेपाली टोलीको प्रसंशा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला च्याम्पियनसिपको उपाधि जित्न नसके पनि नेपाली खेलाडीले उत्कृष्ट खेलेको भन्दै प्रशंसा गरेका छन् ।आज भएको फाइनल खेलमा बंगलादेशले नेपालविरुद्ध २–१ गोलले जितेपछि प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालबाट अब अर्को खेल जित्ने गरी मिहिनेत हुने विश्वास व्यक्त गर्दै नेपाली टोलीलाई धन्यवाद दिएका छन् । बुधबार साँझ नै प्रधानमन्त्री केपी… Continue reading प्रधानमन्त्रीले गरे नेपाली टोलीको प्रसंशा

साफ वुमन्सको फाइनलमा हार्यो नेपाल

काठमाडौं । नेपाल एक पटक फेरि घरेलु मैदानमा फाइनलमा चुक्दा साफ वुमन्स च्याम्पियनसिप जित्ने लक्ष्य अधुरै बनेको छ । बुधबार भएको साफ वुमन्स च्याम्पियनसिप २०१४ को फाइनलमा घरेलु टोली नेपाललाई २–१ ले हराउँदै बंगलादेशले लगातार दोस्रो पटक उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनल खेलमा बंगलादेशका लागि ८२ औं मिनेटमा मोनिका चक्मा र… Continue reading साफ वुमन्सको फाइनलमा हार्यो नेपाल

काग तिहार आज, के छ महत्व ?

Photo : THT

काठमाडौं । कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार आज कागको पूजा गरी मनाइँदै छ । सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रुपमा आज बुधबारलाई काग तिहार मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले बताए । यमराजको दूतका रुपमा पुजिने कागलाई आज बिहान मनपर्ने खानेकुरा खान दिएर… Continue reading काग तिहार आज, के छ महत्व ?

क्रिकेट विश्वकप लिग–२ : बलियो स्कटल्याण्डविरुद्ध नेपालको महत्वपूर्ण जित

काठमाडौं । नेपालले आइसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ शृङ्खलाअन्तर्गत एकदिवसीय खेलमा स्कटल्याण्डलाई पाँच विकेटले हराएको छ । अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरि स्टेडियममा मङ्गलबार राति टस हारेर पहिलो ब्याटिङ गरेको स्कटल्याण्ड ४१ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै १५४ रनमा समेटियो । स्कटल्याण्डलाई सस्तैमा समेट्ने क्रममा सन्दीप लामिछानेले तीन विकेट लिए । साथै करन केसी, सोमपाल… Continue reading क्रिकेट विश्वकप लिग–२ : बलियो स्कटल्याण्डविरुद्ध नेपालको महत्वपूर्ण जित

साफ महिला च्याम्पियनसिप २०२४ को उपाधि भिडन्त आज, नेपाल र बंगलादेश भिड्दै

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिप २०२४ को उपाधिका लागि आज नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदै छ ।दशरथ रंगशालामा आज साँझ साढे ६ बजे हुने फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली समेत जाने छन् । उपाधि विजेतालाई प्रधानमन्त्री ओलीले पुरस्कारसमेत वितरण गर्ने छन् । नेपालले भारतलाई पेनाल्टीमा ४–२ले हराउँदै र बंगलादेशले… Continue reading साफ महिला च्याम्पियनसिप २०२४ को उपाधि भिडन्त आज, नेपाल र बंगलादेश भिड्दै

विद्युत्‌ महसुल बक्यौता विवाद : लाल आयोगको प्रतिवेदन सार्वजनिक गरिँदै

काठमाडौं । सरकारले विद्युत्‌ महसुल बक्यौता समाधानका लागि पूर्वन्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ । डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता विषयमा सरकार र नेपाल विद्युत्‌ प्राधिकरणबीच मतभेद भइरहेका बेला मंगलबारको मन्त्रिपरिषद्‌ बैठकले आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको हो । डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता नतिरेको भन्दैप्राधिकरणले कातिक ८ मा बिजुली… Continue reading विद्युत्‌ महसुल बक्यौता विवाद : लाल आयोगको प्रतिवेदन सार्वजनिक गरिँदै

इजरायलको आक्रमणबाट गाजामा कम्तिमा ९३ जना मारिए

Getty images \BBC

काठमाडौं । गाजाको उत्तरी शहर बेइत लाहिआमा इजरेलले गरेको एउटा हवाई आक्रमणमा २० जना बालबालिकासहित कम्तीमा ९३ प्यालेस्टिनी मारिएका वा हराइरहेका हमासको स्वास्थ्य मन्त्रालयले जनाएको छ। छिमेकीहरूले भग्नावशेषबाट शव र अङ्गहरू निकाल्ने प्रयास गरिरहेका प्रत्यक्षदर्शीहरूले बताएका छन्। ज्यान गुमाउनेहरूमा अधिकांश इजरेली आक्रमणका कारण उत्तरी गाजाबाट विस्थापित भएका मानिसहरू रहेका बताइएको छ। पाँचतले आवासीय भवनलाई निशाना… Continue reading इजरायलको आक्रमणबाट गाजामा कम्तिमा ९३ जना मारिए

राष्ट्रपतिको अजरबैजान यात्रा स्वीकृत

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको अजरबैजान भ्रमण मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि पक्षराष्ट्रहरूको २९ औँ सम्मेलन (कोप २९) मा सहभागिताका लागि हुने राष्ट्रपतिको भ्रमण स्वीकृत गरेको हो । राष्ट्रपति पौडेल कात्तिक २५ देखि ३० सम्म अजरबैजान भ्रमणमा जाने कार्यक्रम स्वीकृत भएको एक मन्त्रीले जानकारी दिए ।… Continue reading राष्ट्रपतिको अजरबैजान यात्रा स्वीकृत

स्कुल बसको ठक्करबाट दुई जनाको मृत्यु

काठमाडौं । कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। नगरपालिकाको वडा नम्बर २ पुरेनामा मंगलबार दिउँसो भएको दुर्घटनामा सोही नगरपालिका वडा नम्बर ३ घन्चौराका पवन थापा र वडा नम्बर ४ मनिस थारुको मृत्यु भएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक वीरबहादुर सुनारले जानकारी दिए । गोरुसिङ्गेबाट पुरेनातर्फ जाँदै गरेको… Continue reading स्कुल बसको ठक्करबाट दुई जनाको मृत्यु

साफ वुमन्स च्याम्पियनसिप फाइनलको टिकट अनलाइनमा बिक्रि नहुने

काठमाडौं । बुधबार हुने साफ वुमन्स च्याम्पियनसिपअन्तर्गत नेपाल र बंगलादेशबीचको फाइनल खेलमा अनलाइन टिकट किन्न नपाइने बताएको छ । बुधबार जावलाखेलमा बिहान ८ बजेदेखि भौतिक रुपमा मात्रै टिकट किन्न पाइने व्यवस्था गरिएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । एन्फा टुर्नामेन्ट डाइरेक्टर सञ्जीव मिश्रका अनुसार ११ हजार टिकटमात्र टिकट बिक्री गरिनेछ । जसमध्ये साधारणतर्फ… Continue reading साफ वुमन्स च्याम्पियनसिप फाइनलको टिकट अनलाइनमा बिक्रि नहुने

भारतीय विमानमा बम रहेको भन्दै झुटो सूचना दिने एक जना भारतमा पक्राउ

काठमाडौं । भारतीय वायुसेवा कम्पनीका विमानमा बम रहेको भन्दै गलत सूचना दिएको आरोपमा भारतीय प्रहरीले एक जनालाई पक्राउ गरेको छ । न्यूज १८ इण्डियाका अनुसार नागपुर प्रहरीले भारतको महाराष्ट्र प्रदेशका ३५ वर्षीय जगदिश उन्केलाई पक्राउ गरेको छ । नागपुर प्रहरीको स्पेशल ब्रान्चले बमको झुटो खबर दिंदै आएका इमेल उनीसम्म ट्रेस भएको बताएको छ । पक्राउ… Continue reading भारतीय विमानमा बम रहेको भन्दै झुटो सूचना दिने एक जना भारतमा पक्राउ

भौतिक मन्त्रीले गरे यातायात व्यवस्था विभागमा आकस्मिक अनुगमन

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले मंगलबार यातायात व्यवस्था विभागमा आकस्मिक अनुमगन गरेका छन् । मन्त्रालयका सचिव केशवकुमार शर्मा सहित मन्त्री दाहाल अपरान्ह अनुगमनका लागि मीनभवन स्थित विभागको कार्यालय पुगेका थिए । अनुगमनका क्रममा उनले सेवाग्राहीसँग समेत कुराकानी गरेका थिए । उनले विभागबाट प्रवाह सेवाबारे जानकारी लिएका थिए । सेवाग्राहीले छिटो छरितो सेवा… Continue reading भौतिक मन्त्रीले गरे यातायात व्यवस्था विभागमा आकस्मिक अनुगमन

बुटवलबाट ५० लाख बराबरको सुनसहित दुई जना पक्राउ

file

काठमाडौं । रुपन्देही प्रहरीले झण्डै ५० लाख रुपैयाँ मूल्य बराबरको सुनसहित बुटवलबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कपिलवस्तु वाणगंगा नगरपालिका–८ का ३३ वर्षीय अकबर अलि मिया र सोही नगरपालिकाका वडा नम्बर ७ का ३७ वर्षीय अर्घाखाँची सुनचाँदी पसलका संचालक सन्तोष सुनार रहेको प्रहरीले जनाएको छ । कपिलवस्तुको कृष्णनगरबाट काठमाडौंतर्फ आउँदै गरेको लु… Continue reading बुटवलबाट ५० लाख बराबरको सुनसहित दुई जना पक्राउ

काठमाडौं महानगरका यी स्थानमा पाइने छ फूलको बिक्रि, प्लाष्टिकका फूल बेचे कारवाही

THT

काठमाडौं । काठमाडौं महानगरपालिकाले उपत्यका भित्र फूल बिक्रि गर्न स्थान तोकेको छ । महानगरपालिकाका मेयर बोलन शाहले यसबारे जानकारी गराएका हुन् । उनले तिहारमा स्वदेशी फूल उत्पादक किसानलाई प्रोत्साहन गरिएको र प्लाष्टिकका फूल विक्रीमा प्रतिबन्ध लगाइएको जानकारी गराए । काठमाडौँ महानगरपालिकाले स्वदेशमा उत्पादन भएका फूलको विक्री वितरणलाई व्यवस्थित गर्न यस वर्षको दिपावली, नेपाल संवत् तथा… Continue reading काठमाडौं महानगरका यी स्थानमा पाइने छ फूलको बिक्रि, प्लाष्टिकका फूल बेचे कारवाही

धनतेरस पर्व मनाइदैं, आजबाट तिहार सुरु

काठमाडौं\रासस। कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने हिन्दूहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् रुपमा आरम्भ भएको छ । बिहान ११ः०१ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्छ । सोहीकारण आजदेखि तिहार सुरु भएको हो । बिहान ११ः०१ बजेपछि कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज धनतेरस अर्थात् धनत्रयोदशी पर्व मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास… Continue reading धनतेरस पर्व मनाइदैं, आजबाट तिहार सुरु

कतार पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा नेपालमा मलेसियन नागरिक पक्राउ

काठमाडौं । रोजगारीका लागि कतार पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा नेपाल प्रहरीले एक मलेसियन नागरिकसहित चार जनालाई पक्राउ गरेको छ ।लहान नगरपालिका ४ स्थित एक होटलमा सरकारसँग अनुमति नलिई कतार पठाइदिन्छु भन्दै अन्तर्वार्ता लिइरहेका अवस्थामा मलेसियन नागरिक अन्दाजी ५१ वर्षीय मोहम्मद रिजुआन बिन अब्दुल्लाह, लहान २३ का ४२ वर्षीय रामाशङ्कर यादव, २५ वर्षीय रामभरत यादव… Continue reading कतार पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा नेपालमा मलेसियन नागरिक पक्राउ

बालोन डी’ ओर अवार्ड रोड्रीलाई

काठमाडौं । स्पेन तथा म्यानचेष्टर सिटीका मिडफिल्डर रोड्रीले बालोन डी’ ओर अवार्ड जितेका छन् । यस पटक दुई महान खेलाडी रोनाल्डो र मेसी बीना प्रतिस्पर्धा भएको हो । सोमबार राति फ्रान्सको पेरिसमा भएको समारोहमा रोड्रीले वर्षको उत्कृष्ट खेलाडी घोषित हुँदै उक्त प्रतिष्ठित अवार्ड जिते । २८ वर्षीय रोड्रीले गत सिजन सिटीका लागि प्रिमियर लिग यूईएफए… Continue reading बालोन डी’ ओर अवार्ड रोड्रीलाई

रास्वपाको प्रदर्शन आज बालुवाटारमा, देशभरबाट मान्छे उतार्ने तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज बालुवाटारमा विरोध प्रदर्शन गर्दैछ । पार्टी सभापति रवि लामिछाने सहकारी ठगीमा पक्राउ परेपछि आन्दोलनरत रास्वपाले आजको विरोध प्रदर्शन बालुवाटारमा आयोजना गरेको हो । विरोध प्रदर्शनलाई रचनात्मक बनाउन भन्दै रास्वपाले नारा, गीत, कविता, ब्यंग्य, मन्तव्य प्रस्तुत गर्ने जनाएको छ । कार्यक्रमलाई उपसभापति डा.स्वर्णिम वाग्ले, पूर्वमन्त्री सुमना श्रेष्ठ, संसदीय दलका… Continue reading रास्वपाको प्रदर्शन आज बालुवाटारमा, देशभरबाट मान्छे उतार्ने तयारी

बंगलादेशकी पूर्वप्रधानमन्त्रीको दरवारलाई अब संग्रहालय बनाइने

काठमाडौं । बंगालदेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको दरबारलाई संग्रहालय बनाइने भएको छ । बंगलादेशको अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसले पूर्वप्रधानमन्त्री हसिनालाई सत्ताच्यूत गर्ने क्रान्तिको सम्झनाका लागि उनको दरबारलाई संग्रहालयमा परिणत गर्ने घोषणा गरे । ‘संग्रहालयले हसिनाको कथित कुशासन र उनलाई सत्ताबाट हटाउनका लागि जनताले गरेको संघर्षका सम्झनाहरू जोगाउनेछ,’ युनुसले गणभवन दरबारको भ्रमणका क्रममा सोमबार भने ।… Continue reading बंगलादेशकी पूर्वप्रधानमन्त्रीको दरवारलाई अब संग्रहालय बनाइने

सल्यानमा मिनी ट्रक दुर्घटना, कम्तिमा ३ जनाको मृत्यु

काठमाडौं । सल्यानमा मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । जिल्लाको कपुरकोट गाउँपालिका ६ सिनबाङ्गको दुबेदेबाट धान र पराल लिएर सिनबाङ्ग जाँदै गरेको मिनी ट्रक सोमबार बेलुकी करिब ६ बजेतिर दुर्घटनामा तीन जनाको मृत्यु भएको हो । दुर्घटनामा मृत्यु हुनेमा स्थानीय १४ वर्षीय गोबर्द्धन खडका, १२… Continue reading सल्यानमा मिनी ट्रक दुर्घटना, कम्तिमा ३ जनाको मृत्यु

रुसमा उत्तर कोरियाली फौज परिचालन रहेको नेटोको बयान

काठमाडौं । उत्तर कोरियाली फौजहरू रुसमा परिचालित रहेका र उनीहरू युक्रेनी फौजको बलियो पकड रहेको कुर्क्स सीमाक्षेत्रमा कार्यरत रहेका उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटोले पहिलो पटक बताएको छ। सोमवार दक्षिण कोरियाका सुरक्षाकर्मी तथा रक्षा अधिकारीहरूसँग एउटा बैठक गरेपछि नेटोका महासचिव मार्क रुटले हप्तौँको गुप्तचार रिपोर्टहरूपछि आफूले उत्तर कोरियाली फौजहरू परिचालित रहेका पुष्टि गर्न सक्ने बताएका… Continue reading रुसमा उत्तर कोरियाली फौज परिचालन रहेको नेटोको बयान

तिहारको झिलिमिली टाङ्दा लाग्यो करेन्ट, काठमाडौंमा एक जनाको मृत्यु

काठमाडौं । काठमाडौंमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। सोमबार दिउँसो काठमाडौं महानगरपालिका ९ बत्तिसपुतलीस्थित एक घरमा बत्ती सजाउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको हो। कैलाली भजनी नगरपालिक-४ घर भएका २८ वर्षीय पवन चौधरीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। घरमा झिलिमिली बत्ति सजाउने क्रममा करेन्ट लागेर उनी गम्भीर घाइते भएका… Continue reading तिहारको झिलिमिली टाङ्दा लाग्यो करेन्ट, काठमाडौंमा एक जनाको मृत्यु

भाइटीकाको उत्तम साइत ११ः३७ बजे

Photo : The Rising Nepal

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ। यही कात्तिक १८ गते आइतबार बिहान ११ः३७ बजे भाइटीकाको साइत शुभ रहेको समितिको आजको बैठकले निर्णय गरेको कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए। पश्चिम मोहडा गरेर भाइटीका लगाउनुपर्ने पनि समितिले जनाएको छ। नेवार समुदायले मनाउने किजापूजा पनि त्यसैदिन गर्नुपर्ने जनाइएको छ… Continue reading भाइटीकाको उत्तम साइत ११ः३७ बजे