काठमाडौं । आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशले मुख्यमन्त्री पाउँदैछ । प्रदेश प्रमुखहरूले सरकार गठन गर्न दिएको म्याद सकिने भएकोले यी तीनवटै प्रदेशले आज मुख्यमन्त्री पाउने भएका हुन् । केन्द्रमा शीर्ष नेताहरूबीच भएको सहमति अनुसार दलहरूले मुख्यमन्त्री दाबी गर्नेछन् । कर्णाली र लुम्बिनीमा केही असन्तुष्टि भए पनि सहमति नै मुख्यमन्त्री चयन हुने नेताहरूले बताएका छन्… Continue reading आज लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशले मूख्यमन्त्री पाउने
Category: कला / साहित्य
सभामुखको निर्वाचन ५ माघमा हुने
काठमाडौं । प्रतिनिधि सभाका सभामुख पदको चुनाव ५ माघमा हुने भएको छ । मङ्गलवार प्रतिनिधि सभा बैठकमा सभाका ज्येष्ठ सदस्य पशुपतिशम्शेर राणाले सभामुख पदको चुनावको मितिबारे संसद्लाई जानकारी गराए । त्यस अवसरमा उनले संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमलाई सभामुखको चुनावको कार्यक्रमसम्बन्धी सूचना माघ ३ गते सार्वजनिक गर्न पनि निर्देशन दिए । सत्तारूढ दलहरुबीच सभामुख… Continue reading सभामुखको निर्वाचन ५ माघमा हुने
प्रधानमन्त्रीलाई दिने विश्वासको मतबारे कांग्रेसले निर्णय लिँदै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दैछ । नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरमा मंगलबार बिहान ९ बजे बस्ने संसदीय दलको बैठकले विश्वासको मतबारे निर्णय लिने छ । संसदीय दलका नेता सभापति शेरबहादुर देउवाले संसदीय दलको बैठक बोलाएका छन् । प्रतिनिधि सभामा कांग्रेसका ८९ जना सांसद छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई देउवाले विश्वासको मत… Continue reading प्रधानमन्त्रीलाई दिने विश्वासको मतबारे कांग्रेसले निर्णय लिँदै
प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिने
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विश्वासको मत लिने छन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सांसदको समर्थनमा उनी १० पुसमा प्रधानमन्त्री नियुक्त भएका थिए । प्रचण्डले एक महिना अगाडी नै विश्वासको मत लिन लागेका छन् ।… Continue reading प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिने
के कांग्रेसले पनि प्रचण्डलाई दिँदैछ विश्वासको मत ?
काठमाडौं । दुई ध्रुवमा बाँडिएका नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा र प्रधानमन्त्री प्रचण्डबीच सोमबार भेटवार्ता भएको छ । सभापति देउवाको निवास धुम्बाराहीमा दुई नेताबीच भेटवार्ता भएको हो । प्रधानमन्त्री प्रचण्डले मंगलबार विश्वासको मत लिँदैछन् । उनले कांग्रेससँग समेत विश्वासको मत मागेको स्रोतले जनाएको छ । कांग्रेस सभापति देउवाले यसबारे पार्टीमा छलफल गरेर निर्णय लिने… Continue reading के कांग्रेसले पनि प्रचण्डलाई दिँदैछ विश्वासको मत ?
पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने सरकारको निर्णय
काठमाडौं । सरकारले पृथ्वी जयन्तीको दिन २७ पुसमा सार्वजनिक बिदा दिने भएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सत्ता साझेदार दल राप्रपाले २७ पुसलाई राष्ट्रिय एकता दिवसको मान्यता दिएर सार्वजनिक विदा दिन माग गर्दै आएको थियो । सत्ता साझेदार दलहरुको न्यूनतम साझा कार्यक्रममा पनि २७… Continue reading पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने सरकारको निर्णय
नयाँ संसदको पहिलो बैठक आज बस्दै, शीर्ष नेताले सम्बोधन गर्ने
काठमाडौं । नयाँ संसदको पहिलो बैठक आज आह्वान गरिएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सोमबार दिउँसो १ बजे बैठक बोलाइएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस २५ गते दिउँसो १ बजेका लागि संसद बैठक आह्वान गरेकी हुन् । ज्येष्ठ सदस्य राप्रपाका सांसद पशुपतिशम्शेर जबराले संसद बैठक सञ्चालन गर्नेछन्। सभामुख चयन नहुँदासम्म… Continue reading नयाँ संसदको पहिलो बैठक आज बस्दै, शीर्ष नेताले सम्बोधन गर्ने
सत्तारुढ दलमा प्रदेशको भागबण्डा मिल्यो
काठमाडौं । साझेदार दलहरुबीच चार वटा प्रदेशमा एउटै दलको नेतृत्वमा ५ वर्ष सरकार चलाउने सहमति भएको छ । तीन वटा प्रदेशमा भने आलोपालो हुनेछ । आइतबार साँझ बालुवाटारमा बसेको सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठकमा प्रदेश १, गण्डकी र लुम्बिनी प्रदेशको सरकार ५ वर्ष नै एमालेले नेतृत्व गर्ने सहमति भएको छ । यसैगरी कर्णाली प्रदेशको… Continue reading सत्तारुढ दलमा प्रदेशको भागबण्डा मिल्यो
राष्ट्रिय सभा उपनिर्वाचन प्रक्रिया शुरु
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा उपनिर्वाचनको तयारी थालेको छ । निर्वाचन माघ २५ मा तोकिएको छ र आयोगले राष्ट्रिय सभा सदस्य उप–चुनावका लागि राजनीतिक दल दर्ताको आह्वान गरेको छ । लुम्बिनी प्रदेशबाट अन्य समूहको रिक्त राष्ट्रिय सभा सदस्यका लागि उप–चुनाव हुँदैछ । प्रतिनिधि सभा चुनावमा उठ्न राष्ट्रिय सभाका सदस्य खिमलाल भट्टराईले राजीनामा दिएका थिए… Continue reading राष्ट्रिय सभा उपनिर्वाचन प्रक्रिया शुरु
बाम एकतामा समाजवादी नेपालले पनि पहल लिने
काठमाडौं । वाम एकताको पहल लिन नेपाल समाजवादी पार्टी (नेसपा)ले वार्ता टोली बनाउने भएको छ । आइतबार बस्ने राजनीतिक समितिको बैठकले वार्ता टोली गठन गर्ने भएको हो । समाजवादी धारको नेतृत्व गर्ने गरी विचार र सिद्धान्त मिल्ने दलहरूसँगको एकता प्रक्रियालाई बढाउने बारे आज छलफल हुने नेताहरुले बताएका छन् । समाजवादी ध्रुवीकरणको विषय, पार्टीको संगठन सुदृढीकरण,… Continue reading बाम एकतामा समाजवादी नेपालले पनि पहल लिने
सरकारले विश्वासको मत पाउने निश्चित
काठमाडौं । सरकारले विश्वासको मत पाउने निश्चित भएको छ । सत्ता साझेदार दलहरुको कार्यदलले सरकारको न्यूनतम साझा कार्यक्रममा सहमति जुटाएसँगै सरकारले विश्वासको मत पाउने छ । सहमतीसँगै अब राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी (जसपा) पनि सरकारमा जाने भएका छन् । यसअघि राप्रपालाई प्रधानमन्त्रीको आश्वासन दिएर कांग्रेसले सरकार ढाल्न खोजेको आरोप लागेको थियो… Continue reading सरकारले विश्वासको मत पाउने निश्चित
सत्तारुढ दलले राप्रपाको पहिलो शर्त मान्ने, २७ पुसमा हुने भयो सार्वजनिक बिदा
काठमाडौं । सत्तारुढ दलले राप्रपाको पहिलो सर्त मान्ने भएका छन् । जसका कारण प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउन सहज हुने भएको छ । दलहरुबीच भएको सहमति अनुसार २७ पुसमा सार्वजनिक विदा हुने छ । सरकारको न्यूनतम साझा कार्यक्रम बनाउने गठित कार्यदलले २७ पुसमा सार्वजनिक विदा दिने बारे सहमति जुटाएको छ । राप्रपाले सरकारमा सहभागिताका लागि… Continue reading सत्तारुढ दलले राप्रपाको पहिलो शर्त मान्ने, २७ पुसमा हुने भयो सार्वजनिक बिदा
प्रेस स्वतन्त्रता र पत्रकारको हितप्रति सरकार संवेदनसिल छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार प्रेस स्वतन्त्रता र पत्रकारको हितप्रति संवेदनशील रहेको बताएका छन् । प्रधानमन्त्रीको निवास बालुवाटारमा बिहीबार नेपाल पत्रकार महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा उनले सरकार पत्रकार महासंघसँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताए । प्रधानमन्त्री दाहालले मुलुकका लागि केही नयाँ गर्ने संकल्पसहित प्रधानमन्त्रीको जिम्मेवारी लिएको उल्लेख गर्दै आफ्नो कार्यकालमा कुनै पनि… Continue reading प्रेस स्वतन्त्रता र पत्रकारको हितप्रति सरकार संवेदनसिल छ : प्रधानमन्त्री
मन्त्रालय फुटाउने तयारी छैन : लामिछाने
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मन्त्रालय फुटाएर बाँडफाँट गर्नेबारे कुनै छलफल नभएको जानकारी गराएका छन् । बुधबार बालुवाटारमा बसेको गठबन्धनको बैठकपछि लामिछानेले यसबारे कुनै पनि छलफल नभएको बताए । ‘मन्त्रालय फुटाएर धेरै बनाउन लागेको खबर आएका छन्। ती कुरा कसरी आए, गठबन्धन वा कुनै दलमा छलफल भएको छैन,’ उनले भने। यस बैठकमा न्यूनतम… Continue reading मन्त्रालय फुटाउने तयारी छैन : लामिछाने
प्रभु साहले खोले नयाँ पार्टी
काठमाडौं । रौतहट क्षेत्र नं ३ बाट निर्वाचित सांसद प्रभु साहले आम जनता पार्टी गठन गरेका छन्। साहले आज पत्रकार सम्मेलन गरी पार्टी गठनको घोषणा गरेका हुन्। साहकै अध्यक्षतामा ५१ सदस्यीय तदर्थ केन्द्रीय कमिटी समेत गठन भएको छ। साहलाई रौतहट क्षेत्र नं २ बाट स्वतन्त्र रूपमा निर्वाचित किरण साहले साथ दिएका छन्। उनी संसदीय विभाग… Continue reading प्रभु साहले खोले नयाँ पार्टी
कवितामा आधारित रियालिटी शो ‘द पोयट आइडल’ बिहिवारदेखि
काठमाडौं । कवितामा आधारित रियालिटी सो ‘द पोइट आइडल’ पुस १४ गते विहीबारदेखि प्रसारण हुने भएको छ । हरेक बिहीबार र शुक्रबार राति साढे ८ बजे एपीवान टेलिभिजनबाट प्रसारण हुने कार्यक्रमका लागि नेपालबाट १ सय ६२ जना छानिएका थिए । प्रतियोगिताको निर्णायक मण्डलमा कविद्वय विप्लव प्रतीक, उपेन्द्र सुब्बा, निर्देशक तथा रंगकर्मी अनुप बराल र अभिनेत्री… Continue reading कवितामा आधारित रियालिटी शो ‘द पोयट आइडल’ बिहिवारदेखि
दौरा-सुरवालमार्फत प्रचण्डले दिन खोजेको सन्देश
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्णय गर्न माहिर मानिन्छन् । मुलुक अनिर्णयको बन्दी बनेको धेरै पलहरुमा उनले गाठो फुकाउने काम गरेका छन् । पछिल्लो समय यस्तै निर्णयमार्फत मुलुकको कार्यकारी पदमा पुगेका प्रचण्डले पुनः एक पटक सबैको ध्यान आकर्षित गरेका छन् । त्यो हो, पोशाक । उनी यसअघि २०६५ र २०७३ सालमा गरी दुई… Continue reading दौरा-सुरवालमार्फत प्रचण्डले दिन खोजेको सन्देश
नयाँ सरकारले जनतामा आश जगाएको छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकारले जनतामा आशा जगाएको बताएका छन् । मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले चुनावबाट जस्तो निर्णय आएको छ, त्यसलाई मन्त्रिपरिषद्ले समेटेको बताए । ‘हाम्रो अगाडि थुप्रै जटिलता र चुनौतीहरु छन् । तर जनतामा आशा र भरोसा बढेको देखिएको छ’, उनले भने, ‘केही नयाँ गरिछाड्नेहरुको संकल्प भएकाहरुको केन्द्रिकरण भएको… Continue reading नयाँ सरकारले जनतामा आश जगाएको छ : प्रधानमन्त्री
प्रधानमन्त्रीको शपथ अगाडी गठबन्धन र माओवादीको छुट्टाछुट्टै बैठक बस्दै
काठमाडौं । प्रधानमन्त्री प्रचण्डको शपथ ग्रहण अगाडी सत्तारुढ गठबन्धन र माओवादी केन्द्रको छुट्टाछुट्टै बैठक आज बस्ने भएको छ । सरकारमा पठाउने मन्त्री टुंगो लगाउन नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बोलाएको छ । बैठक बिहान ८ बजे बोलाइएको बैठक सुरु भएको छ । बैठकमा माओवादीले पाउने मन्त्रालय र ती मन्त्रालय सम्हाल्ने मन्त्रीहरुबारे छलफल हुनेछ । माओवादी… Continue reading प्रधानमन्त्रीको शपथ अगाडी गठबन्धन र माओवादीको छुट्टाछुट्टै बैठक बस्दै
प्रधानमन्त्री प्रचण्डको शपथ ग्रहण आज
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पद तथा गोपनीयताको शपथ ग्रहण आज हुँदैछ । उनले अपराह्न ४ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहमा शपथ ग्रहण गर्नेछन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री प्रचण्डलाई पद तथा गोपनीयताको शपथ खुवाउनेछिन् । प्रचण्डले आइतबार प्रतिनिधिसभाका १६९ जना सांसदहरुको समर्थनसहित प्रधानमन्त्रीमा दाबी पेश गरेका थिए । सोही दिन राष्ट्रपति… Continue reading प्रधानमन्त्री प्रचण्डको शपथ ग्रहण आज
१० वर्ष जनयुद्ध, ३३ वर्ष पार्टी र तेस्रो पटक सरकारको नेतृत्व गर्दै प्रचण्ड
काठमाडौं । नेपालको राजनीति पछिल्लो साढे दुई दशकयता आफ्नो इशारामा चलाउन सफल व्यक्तिमा पर्छन् पुष्प कमल दाहाल प्रचण्ड । २०५२ सालमा जनयुद्ध सुरु भएयता उनले जे जस्तो चाहेका छन्, राजनीतिले उस्तै मोड लिएको छ । नेपालमा राजतन्त्रकालिन व्यवस्था उन्मुलनदेखि गणतन्त्रको स्थापनामा महत्वपूर्ण भूमिका खेलेका प्रचण्ड पुनः एक पटक शान्तीपूर्ण राजनीतिाबाट मुलुकको कार्यकारी पदमा पुग्न सफल… Continue reading १० वर्ष जनयुद्ध, ३३ वर्ष पार्टी र तेस्रो पटक सरकारको नेतृत्व गर्दै प्रचण्ड
क्षणभरमै रित्तियो कांग्रेस
आइतबार बिहानसम्म सत्ता राजनीतिको सबैभन्दा शक्तिशाली दल क्षणभरमै प्रतिपक्षी बनेको छ । कांग्रेस वर्तमान संसदको सबैभन्दा ठूलो दल हो । तर, गठबन्धन जोगाउन गम्भीर नबन्दा कांग्रेसले आफ्नो शक्तिमात्र गुमाएन, ५ वर्ष ढुक्कसँग चलाउन सक्ने महत्वपूर्ण पदहरु समेत गुमाएको छ । यसमा राष्ट्रपति, सभामुखदेखि प्रदेश सरकारहरु समेत पर्छन् । अब कांग्रेसले ७ वटै प्रदेशमा प्रतिपक्षमा बस्नु… Continue reading क्षणभरमै रित्तियो कांग्रेस
प्रचण्ड बने मुलुकको ४४ औं प्रधानमन्त्री, सोमबार सपथ
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । आइतबार प्रचण्डले आफ्नो दल नेकपा माओवादीसँगै नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र राष्ट्रिय उन्मुक्ति पार्टीको समर्थनसहित प्रधानमन्त्रीमा दाबी पेश गरेका थिए ।… Continue reading प्रचण्ड बने मुलुकको ४४ औं प्रधानमन्त्री, सोमबार सपथ
नयाँ सांसदबारे बालेनको ब्यंग्य : नयाँ गफाडीहरु
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नवनिर्वाचित सांसदहरूलाई ‘नयाँ गफाडी’को संज्ञा दिएका छन् । शनिबार आफ्नो सामाजिक सञ्जालमा उनले यस्तो लेखेका हुन् ।उनले लेखेका छन्ः नयाँ सांसदहरू, नयाँ गफाडीहरू उही पुरानो देशउही पुराना व्यापारीहरू। उनले यो कुन प्रसंगलाई लक्षित गरी भनेको भन्ने चाँही खुलाएका छैनन् । मंसिर ४ मा भएको चुनावबाट निर्वाचित नयाँ सांसदले… Continue reading नयाँ सांसदबारे बालेनको ब्यंग्य : नयाँ गफाडीहरु
म्यानमारका नागरिकले किर्ते गरी नेपाली नागरिकता लिएको खुलासा
काठमाडौं । एक जना विदेशी नागरिकले झुटा विवरण पेस गरी नेपाली नागरिकता लिएको पाइएको छ । म्यानमारबाट आएका एक नागरिकले सर्लाहीमा बसेर नेपाली नागरिकता लिई मदरसामा पठनपाठन गराउँदै आएको खुलेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार झुटा विवरण पेस गरी सर्लाहीको साविक त्रिभुवननगर गाविस–१ ठेगानामा नागरिकता लिएका… Continue reading म्यानमारका नागरिकले किर्ते गरी नेपाली नागरिकता लिएको खुलासा
अहिलेको संसदबाट सरकार गठन हुने अवस्था छैन : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान संसदले सरकार दिन सक्ने अवस्था नरहेको बताएका छन् । यसले मुलुक मध्यावधि निर्वाचनमा जाने सम्भावना बढेको समेत उनको तर्क छ । आइतबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उनले अहिलेको संसदबाट सरकार गठन नै नहुने अवस्था आएको बताए । प्रधानमन्त्री बन्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले इच्छा… Continue reading अहिलेको संसदबाट सरकार गठन हुने अवस्था छैन : ओली
अध्ययनमा विदेशिने प्रयोजनका लागि ५ महिनामा ३८ हजारले लिए ‘नो अब्जेक्सन लेटर’
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ५ महिनामा अध्ययनका लागि विदेशिने प्रयोजनका लागि ३८ हजारले ‘नो अब्जेक्सन लेटर’ लिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको तथ्याङ्क अनुसार मंसिंर मसान्तसम्म ३८ हजार ६१ जनाले यस्तो अनुमति लिएका हुन् । साउनदेखि मङ्सिर मसान्तसम्म ‘नो अब्जेक्सन लेटर’ लिएकाहरूबाट राज्यले आठ करोड २१ लाख ३२ हजार रुपियाँ राजस्व… Continue reading अध्ययनमा विदेशिने प्रयोजनका लागि ५ महिनामा ३८ हजारले लिए ‘नो अब्जेक्सन लेटर’
प्रतिनिधिसभा सदस्यको सपथ आज
काठमाडौं । प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछन् । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले आज दिउँसो १ बजे संघीय संसद भवन नयाँबानेश्वरमा सांसदहरुलाई शपथ गराउने छन् । जबरालाई भने राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार शितल निवासमा सपथ खुवाएकी थिइन् शपथ ग्रहणलगत्तै आजै सांसदहरुलाई लोगो प्रदान गर्ने र उनीहरुको सम्मानमा… Continue reading प्रतिनिधिसभा सदस्यको सपथ आज
समाजवादीको संसदीयको दलको बैठक बस्दै
काठमाडौं । नेकपा एकीकृत समाजवादीले संसदीय दलको बैठक बस्ने भएको छ । आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरी बैठक बोलाइएको हो।संसदीय दलको नेता चयन, समसामयिक राजनीति, भावी रणनीति र नयाँ सरकारबारे छलफल गर्न बैठक बोलाइएको हो । एकीकृत समाजवादीले प्रतिनिधि सभामा १० सिट जितेको छ। संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाल चयन… Continue reading समाजवादीको संसदीयको दलको बैठक बस्दै
माओवादीको पदाधिकारी बैठक आज, के छन् एजेण्डा ?
माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने छ । बैठकमा संसदीय दलको निर्वाचन, नयाँ सरकार गठनको पहल लगायतका विषयमा छलफल हुने छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीमा दाबी गरेका छन् । यसबारे उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग शनिबार छलफल गरेका थिए । यद्यपि… Continue reading माओवादीको पदाधिकारी बैठक आज, के छन् एजेण्डा ?