काठमाडौं । इलाम २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङ निर्वाचित भएका छन् । उनले ११४ मतान्तरले कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्कालाई पराजित गरे । नेम्वाङले ३० हजार २० मत पाउँदा खड्काले २९ हजार ९०६ मत पाए । यस क्षेत्रबाट २०७४ सालमा पनि नेम्वाङ नै निर्वाचित भएका थिए । उनी ०५६ सालयता प्रतिनिधि सभामा… Continue reading पूर्वसभामुख सुवाङ नेम्वाङ झिनो मतान्तरले विजयी
Category: कला / साहित्य
वर्तमान क्याविनेटका ५ मन्त्री र एक राज्यमन्त्री पराजित
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा वर्तमान मन्त्रीपरिषद्मा रहेकामध्ये ४ जना मन्त्री सांसदमा पराजित भएका छन् । शनिबार गृहमन्त्री बालकृष्ण खाँड पराजित भए । त्यस अघि ऊर्जा जलस्रोत तथा सिचाइमन्त्री पम्फा भुसाल, युवातथा खेलकुदमन्त्री महेश्वररात गहतराज, खानेपानीमन्त्री उमाकान्त चौधरी, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ पनि पराजित भए… Continue reading वर्तमान क्याविनेटका ५ मन्त्री र एक राज्यमन्त्री पराजित
१४६ स्थानको नतिजा आयो, कुन दललाई कति सिट ?
काठमाडौं । प्रतिनिधिसभातर्फ शनिबार बिहानसम्म कुल १४६ सिटको नतिजा आएको छ । प्रत्यक्षमा कुल १६५ सिटका लागि निर्वाचन भएको हो । यसमा प्रत्यक्षमा नेपाली कांग्रेस पहिलो स्थानमा छ । कांग्रेसले ४९ सिटमा विजयी नतिजा निकालेको छ । कांग्रेसका ५ उम्मेदवार मत गणनामा अगाडी छन् । एमालेले ३८ सिटमा जित निकालिसकेको छ । उसका ६ उम्मेदवार… Continue reading १४६ स्थानको नतिजा आयो, कुन दललाई कति सिट ?
आवश्यक परे सरकार गठनमा गठबन्धन हुने रविको संकेत
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित रवि लामिछानेले अब आवश्यक परे आफ्नो पार्टी तालमेल वा गठबन्धनमा जोडिन सक्ने संकेत गरेका छन् शुक्रबार चितवनमा विजयी भएको प्रमाणपत्र बुझ्दै लामिछानेले चुनावको बेला कसैसँग गठबन्धन नगरे पनि अब आवश्यकताको आधारमा पार्टीले गठबन्धन गर्नसक्ने बताए । ‘चुनावको बेला हाम्रो दलले कसैसँग तालमेल… Continue reading आवश्यक परे सरकार गठनमा गठबन्धन हुने रविको संकेत
११६ स्थानको नतिजा सार्वजनिक, कुन उम्मेदवार कहाँबाट निर्वाचित (सूचिसहित)
काठमाडौं । प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित हुने १६५ जना सांसद मध्ये ११६ निर्वाेचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भएको छ। जसमा नेपाली कांग्रेसले अग्रता लिइरहेको छ । सो पार्टीले ४० स्थानमा जित निकालेको छ । नेकपा एमालेले २९ स्थानमा जित हात पारेको छ। माओवादी केन्द्रले १२ स्थान र नेकपा एकीकृत समाजवादीले १० स्थान जितेको छ। राष्ट्रिय स्वतन्त्र… Continue reading ११६ स्थानको नतिजा सार्वजनिक, कुन उम्मेदवार कहाँबाट निर्वाचित (सूचिसहित)
समाजवादीका दुई प्रभावशाली नेता प्रेम आले र प्रकाश ज्वाला निर्वाचित
काठमाडौं । एकीकृत समाजवादीका दुई प्रभावशाली नेता प्रेम आले र प्रकाश ज्वाला निर्वाचित भएका छन् । डोटी जिल्लाबाट प्रतिनिधि सभा सदस्यमा एकीकृत समाजवादीका प्रेमबहादुर आले निर्वाचित भएका छन् । बिहिबार बिहान सम्पन्न मतगणनाहुँदा आलेले नेकपा एमालेका उम्मेदवार गौरी ओलीलाई ४ हजार २०६ मतान्तरले हराएका हुन् । सत्ता गठबन्धनका साझा उम्मेदवार आलेले २७ हजार २१० मत… Continue reading समाजवादीका दुई प्रभावशाली नेता प्रेम आले र प्रकाश ज्वाला निर्वाचित
देव गुरुङलाई हराउँदै लमजुङबाट पृथ्वी सुब्बा बने सांसद
कास्की । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ लमजुङबाट प्रतिनिधि सभा सदस्यमा विजयी बनेका छन् । उनले नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङलाई ३ हजार १८८ मत अन्तरले पराजित गरे । पृथ्वीसुब्बाले ३४ हजार ९६९ र देव गुरुङले ३१ हजार ७८१ मत पाए । लम्जुङमा ८० हजार १९२ मत खसेको थियो । निर्वाचित गुरुङ २०७४ लमजुङ… Continue reading देव गुरुङलाई हराउँदै लमजुङबाट पृथ्वी सुब्बा बने सांसद
गोरखा २ बाट प्रचण्ड विजयी
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा क्षेत्र नं. २ बाट निर्वाचित भएका छन् । उनी १३ हजार भन्दा बढी मत अन्तरले प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटी भए । नेकपा एमालेका अब्दुस मिया तेस्रो स्थानमा रहे । प्रचण्डले २६ हजार १०३ मत… Continue reading गोरखा २ बाट प्रचण्ड विजयी
ललितपुर ३ बाट तोसीमा कार्की विजयी, गठबन्धन तेस्रो
काठमाडौं । ललितपुर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की निर्वाचित भएकी छिन् । उनले नेकपा एमालेका अमृत भट्टराई र नेकपा माओवादी केन्द्रकी पम्फा भुसाललाई भारी मतले पछि पारिन् । बिहीबार बिहान सार्वजनिक अन्तिम मत परिणाम अनुसार तोसिमाले ३१ हजार १३६ मत पाइन । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अमृत खड्काले १२ हजार ९६३ मत… Continue reading ललितपुर ३ बाट तोसीमा कार्की विजयी, गठबन्धन तेस्रो
राष्ट्रिय स्वतन्त्र पार्टीको काठमाडौंमा सानदार इन्ट्री, तीन क्षेत्रमा जित
काठमाडौं । रवी लामिछाने अध्यक्ष रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौंमा सानदार इन्ट्री गरेको छ । पहिलो प्रयासमै यो पार्टीले काठमाडौंका तीन क्षेत्रमा जित निकालेको छ । काठमाडौं क्षेत्र नम्बर–२ मा उपाध्यक्ष सोविता गौतम, काठमाडौं–७ मा गणेश पराजुली र काठमाडौं–८ मा विराजभक्त श्रेष्ठ निर्वाचित भए । काठमाडौं क्षेत्र नम्बर २ मा सोविता गौतम १५ हजार… Continue reading राष्ट्रिय स्वतन्त्र पार्टीको काठमाडौंमा सानदार इन्ट्री, तीन क्षेत्रमा जित
काठमाडौं १० मा राजन केसीको सान
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १० मा नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्र केसी (राजन)ले विजयको ह्याट्रिक गरेका छन् । उनी लगातार तेस्रो पटक यस क्षेत्रबाट सांसद बनेका हुन् । उनी यसअघि भएका लगातार दुई निर्वाचनमा पनि विजयी भएका थिए । यसपटक उनी १४ हजार ४५८ मतसहित विजयी भए । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार हिमेस… Continue reading काठमाडौं १० मा राजन केसीको सान
एमालेका इश्वर पोखरेललाई हराउँदै युवा नेता प्रदीप पौडेल निर्वाचित
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल निर्वाचित बनेका छन् । मंगलबार राति सम्पन्न मत गणनामा पौडेलले काठमाडौं क्षेत्र नं ५ बाट नेकपा एमालेका वरिष्ठ नेता ईश्वर पोखरेललाई ५ हजारभन्दा बढी मतान्तरले पराजित गरे । प्रदीपले १५ हजार २३७ मत पाए । पोखरेलले १० हजार १७५ मत मात्र पाए । पोखरेल, प्रतिनिधिसभा निर्वाचन–२०७९ मा… Continue reading एमालेका इश्वर पोखरेललाई हराउँदै युवा नेता प्रदीप पौडेल निर्वाचित
सुर्खेत २ मा कांग्रेसका थानी विजयी
काठमाडौं । सुर्खेत क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार हृदयराम थानी सांसद बनेका छन् । उनले ३४ हजार ६२५ मत पाए । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अमृत कुमार बीसीले २९ हजार ५५८ मत पाएका छन् । थानी तीन पटक संसदीय निर्वाचनमा निर्वाचित बनेका छन् । उनी ०७४ भने नेकपा एमालेका नवराज रावतसँग पराजित भएका… Continue reading सुर्खेत २ मा कांग्रेसका थानी विजयी
रसुवाबाट आचार्य बने लगातार दोस्रो पटक सांसद
काठमाडौं । रसुवाबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका मोहन आचार्य निर्वाचित भएका छन् । २०७४ मा रसुवाबाटै प्रतिनिधिसभा सदस्य निर्वाचित आचार्यले दोस्रो पटकको जितमा नेकपा एमालेका उम्मेदवार छोवाङ तेन्जिङ तामाङलाई फराकिलो मतान्तरले पराजित गरेका हुन् । आचार्यले १८ हजार २३५ मत ल्याउँदा तामाङले ८ हजार ६१४ मत पाए । उनीहरुबीचको मतान्तर ९ हजार ६२१ छ ।… Continue reading रसुवाबाट आचार्य बने लगातार दोस्रो पटक सांसद
काठमाडौं १ मा प्रकाशमान विजयी, झिनो मत अन्तरले हारे रवीन्द्र
काठमाडौं । काठमाडौं क्षेत्र नं १ को नतिजा सार्वजनिक भएको छ । जसमा नेपाली कांग्रेसका प्रकाशमान सिंह विजयी भएका छन् । उनले निकटतम प्रतिद्धन्द्धी रवीन्द्र मिश्रलाई हराउन सके । रवीन्द्र राप्रपाबाट उठेका थिए । प्रकाशमानले ७,१४३ मत ल्याए । रवीन्द्रको ७०१८ मत आयो । घण्टी चिन्हबाट उठेका पुकार बमले ४११५ भोट ल्याए । यो क्षेत्रमा… Continue reading काठमाडौं १ मा प्रकाशमान विजयी, झिनो मत अन्तरले हारे रवीन्द्र
जनताको अभिमत : पार्टी होइन पात्र
काठमाडौं । प्रतिनिधिसभा र तथा प्रदेश सभाको प्रारम्भिक नतिजाहरु आउने क्रम जारी छ । सोमबार अबेरसम्म करीव १ सय निर्वाचन क्षेत्रको प्रारम्भक नतिजा आएको छ । जसमा कांग्रेस र एमालेबीच पहिलो हुने होडबाजी चलिरहेको छ । पुराना पार्टीलाई रवी लामिछानेको दल राष्ट्रिय स्वतन्त्र पार्टीले उत्तिकै चूनौति दिइरहेको छ । गठबन्धन गरेर गएका दलहरुलाई समेत जनताले… Continue reading जनताको अभिमत : पार्टी होइन पात्र
आज प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको मतदान
काठमाडौं । आज प्रतिनिधसभा र प्रदेश सभाका लागि मतदान शुरु भएको छ । बिहान ७ बजेटबाट देशैभर एकै पटक मतदान शुरु भएको हो । मतदान केन्द्रमा पुरुष र महिलाको अलग अलग लाइनको व्यवस्था गरिएको छ । अपांग भएका व्यक्ति, गर्भवती, ज्येष्ठ नागरिक, बिरामी, लैंगिक अल्पसंख्यकका लागि छुट्टै व्यवस्था छ । देशभर १० हजार ८९२ मतदानस्थल… Continue reading आज प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको मतदान
एमाले समर्थक पत्रकारबाट सामाजिक सञ्जालमा फेकन्यूज आतंक, कांग्रेस र माओवादीको आपत्ति
शनिबार एमाले समर्थक केही पत्रकारहरुबाट फेकन्यूज आतंक चलाइएको छ । यसलाई नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले विभिन्न मिडियाका स्क्रिनसट राखेर भ्रम फैलाएकोमा आपत्ति जनाएका छन् । शनिबार दिउँसो कांग्रेस र माओवादी केन्द्रका मुख्य सचिवद्वय श्रीराम ढकाल र कृष्णप्रसाद पौडेलले संयुक्त विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका हुन्। सेतोपाटी, अनलाइनखबर, नयाँ पत्रिकालगायत विभिन्न मिडिया समेतको दुरूपयोग… Continue reading एमाले समर्थक पत्रकारबाट सामाजिक सञ्जालमा फेकन्यूज आतंक, कांग्रेस र माओवादीको आपत्ति
शीर्ष कुन नेताले कहाबाट गर्दैछन् मतदान ?
काठमाडौं । आइतबार हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको तयारी पुरा भएको छ । यसका लागि मतदान गर्न शीर्ष नेतासहित आम मतदाता समेत निर्वाचन क्षेत्रमा पुगिसकेका छन् । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेलधुरा गन्यापधुरा गाउँपालिका–१, रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्रमा मतदान गर्ने भएका छन् । देउवा डडेलधुरामै छन् । प्रधानमन्त्री देउवाले बिहान… Continue reading शीर्ष कुन नेताले कहाबाट गर्दैछन् मतदान ?
ढुक्क भएर मतदानमा भाग लिन मतदाता समक्ष अनुरोध
काठमाडौं । गृह मन्त्रालयले मङ्सिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा ढुक्क भएर मतदान गर्न आह्वान गरेको छ । निर्वाचन सुरक्षाको जानकारी गराउँदै गृह सचिव विनोदप्रकाश सिंहले निर्वाचन स्वच्छ, निष्पक्ष तथा भयरहित वातावरणमा सम्पन्न हुने बताए । उनले निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षा निकायबीच प्रभावकारी रूपमा समन्वय भइरहेको र निर्वाचन मर्यादित रूपमा… Continue reading ढुक्क भएर मतदानमा भाग लिन मतदाता समक्ष अनुरोध
प्रत्यक्षतर्फको नतिजा तीन दिन भित्र आइसक्ने
काठमाडौं । मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको सम्पूर्ण परिणाम पाँच दिनभित्र सार्वजनिक हुने भएको छ । निर्वाचन आयोगले प्रत्यक्षतर्फको भने तीन दिन भित्र सार्वजनिक गर्ने बताएको छ । समानुपातिक तर्फको परिणाम पाँच दिनभित्र सार्वजनिक गरिसक्ने आयोगको लक्ष्य छ । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश कुमार थपलियाका अनुसार सबै मतपेटिका… Continue reading प्रत्यक्षतर्फको नतिजा तीन दिन भित्र आइसक्ने
रवि लामिछानेको उम्मेदवारी खारेज माग गर्दै उजुरी पर्नुको कारण के हो ?
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन निर्वाचन–२ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रवि लामिछानेको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी परेसँगै नयाँ बहस शुरु भएको छ । उम्मेदवार लामिछानेले विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि नेपालको नागरिकता त्याग नगरेको भन्दै उम्मेदवारी खारेज गर्नुपर्ने माग गर्दै राजकुमार पाण्डेले निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएका छन् ।… Continue reading रवि लामिछानेको उम्मेदवारी खारेज माग गर्दै उजुरी पर्नुको कारण के हो ?
गायक प्रमोद खरेल र बादल थापा लेवनानको अध्यागमनमा किन रोकिए २० घण्टा ?
काठमाडौं । गायकद्वय प्रमोद खरेल र बादल थापालाई लेबनानको अध्यागमनले २० घण्टासम्म नियन्त्रणमा राखेको छ । एक सांस्कृतिक कार्यक्रमका लागि साइप्रस जान लागेका उनीहरु लेवनानको अध्यागमनमा २० घण्टासम्म नियन्त्रणमा बस्नु परेको छ । यसबारे आइतबार नेपाली सञ्चारमाध्यमले समाचार प्रकाशित गरेका थिए । उनीहरुको भिसामा शंका लागेपछि राजधानी बेरुतस्थित रफिक हरारी विमानस्थल अध्यागमनका कर्मचारीले शनिबार राति… Continue reading गायक प्रमोद खरेल र बादल थापा लेवनानको अध्यागमनमा किन रोकिए २० घण्टा ?
आइसल्याण्ड भ्रमण पुरा गरी राष्ट्रपति स्वदेश फिर्ता
काठमाडौं । आइसल्याण्डको भ्रमण पुरा गरी राष्ट्रपति विद्यादेवी भण्डारी स्वदेश फर्किएकी छिन् । उनी शनिबार बिहान त्रिभुवन विमानस्थलमा अवतरण गरेकी हुन् । राष्ट्रपति भण्डारीलाई स्वागत गर्न उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमल्सिना, मन्त्री तथा उच्च पदस्थ सरकारी अधिकारी विमानसथल पुगेका छन् । महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स’… Continue reading आइसल्याण्ड भ्रमण पुरा गरी राष्ट्रपति स्वदेश फिर्ता
दल र उम्मेदवारले विज्ञापन गर्न पाउनेबारे आयोगको ६ बुँदै निर्णय
काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन प्रयोजनका लागि राजनीतिक दल तथा उम्मेदवारले विज्ञापन प्रकाशन तथा प्रसारण गर्न पाउने विषयमा ६ बुँदे निर्णय गरेको छ। निर्वाचन आचारसंहिता, २०७९ को अधीनमा रही राजनीतिक दल तथा उम्मेदवारले सूचना तथा प्रसारण विभागमा दर्ता भई प्रेस काउन्सिल नेपालमा सूचीकृत भएका… Continue reading दल र उम्मेदवारले विज्ञापन गर्न पाउनेबारे आयोगको ६ बुँदै निर्णय
पत्रकार तथा लेखक अधिकारी मृत फेला
काठमाडौं । पत्रकार तथा लेखक सरोजराज अधिकारी काठमाडौंको एक होटलमा मृत भेटिएका छन् । अधिकारी बुधबार साँझ सुन्धाराको एक होटलमा मृत फेला परेका जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भरत बोहोरालाई उदृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । एसएसपी बोहोराका अनुसार अधिकारी कात्तिक २१ गतेदेखि घरबाट निस्केका थिए। उनी घर नफर्केपछि बुधबार उनकी श्रीमतीले प्रहरीमा निवदेन… Continue reading पत्रकार तथा लेखक अधिकारी मृत फेला
मतदाता परिचय पत्र नभए पनि भोट हाल्न पाइने, कुन-कुन कागजातले पाइन्छ ?
काठमाडौं । थपिएका नयाँ मतदाताहरूले आसन्न प्रतिनिधि तथा प्रदेशसभा चुनावका लागि मतदाता परिचयपत्र नपाउने भएका छन्। केही प्राविधिक कारणले यसपालि मतदाता परिचयपत्र नदिने निर्णय गरिएको आयोगले जनाएको छ । तर परिचयपत्र नपाएका र पहिला पाइसकेर पनि हराएको वा च्यातिएको खण्डमा परिचय खुलाउने सरकारी कागजातका आधारमा मतदान गर्न दिने तयारी गरिएको छ । आयोगका अनुसार मङ्सिर… Continue reading मतदाता परिचय पत्र नभए पनि भोट हाल्न पाइने, कुन-कुन कागजातले पाइन्छ ?
प्रचण्ड र रवि पुनः परे आयोगको स्पष्टीकरणमा
काठमाडौं । निर्वाचन आयोगले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् गोरखा क्षेत्र नम्बर–२ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार पुष्पकमल दाहाल प्रचण्ड, पार्टीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवम् प्रतिनिधि सभा सदस्यका चितवन क्षेत्र नम्बर–२ का उम्मेदवार रवि लामिछानेलाई स्पष्टीकरण सोधेको छ । उनीहरुले चुनाव प्रचारप्रसारका क्रममा टोपी प्रयोग गरेपछि स्पष्टीकरणमा परेका हुन्… Continue reading प्रचण्ड र रवि पुनः परे आयोगको स्पष्टीकरणमा
आजबाट निर्वाचन प्रचार-प्रसारमा आमसभा गर्न पाइने
काठमाडौं । ४ मंसिरमा तोकिएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा आजबाट प्रचार गर्न पाइने भएको छ । निर्वाचन आयोगका अनुसार अहिलेसम्म घरदैलो अभियान मात्रै गर्दै आएका उम्मेदवारहरुले आजदेखि मंसिर १ गतेसम्म आमसभा, जुलुस र कोणसभा गर्न पाउने छन् । उम्मेदवारहरुले खर्चको सीमाभित्र रहेर सञ्चार माध्यमहरुबाट समेत चुनाव प्रचार गर्न सक्छन् । चुनाव प्रचारका लागि… Continue reading आजबाट निर्वाचन प्रचार-प्रसारमा आमसभा गर्न पाइने
विष्णु पौडेलसङ्ग सत्तारुढ दलले जनमुक्ति पार्टीका उम्मेदवार थापालाइ समर्थन गर्ने
काठमाडौं । रुपन्देही निर्वाचन क्षेत्र नं २ मा जनमुक्ति पार्टीको तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार केशवबहादुर थापालाई सत्ता गठबन्धन दलहरूले समर्थन गर्ने निर्णय गरेका छन् । सत्ता गठबन्धनमा आवद्ध दलका नेताहरूले थापालाई साझा उम्मेदवारको रुपमा प्रस्तुत गरेका छन् । गठबन्धनका शीर्ष नेताहरूको हस्ताक्षरसहित बुधबार जारी गरिएको विज्ञप्तिमा थापालाई समर्थन गर्ने निर्णय गरिएको बताइएको छ । सत्ता गठबन्धनको तर्फबाट… Continue reading विष्णु पौडेलसङ्ग सत्तारुढ दलले जनमुक्ति पार्टीका उम्मेदवार थापालाइ समर्थन गर्ने