हास्य कलाकार मनोज गजुरेललाई कोरोना संक्रमण

काठमाडौं । हास्य कलाकार मनोज गजुरेललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उनी स्वयमले त्यसको पुष्टी गरेका हुन् । कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएको र स्वास्थ्य परीक्षणका क्रममा रिपोर्ट पोजेटिभ आएको उनले उल्लेख गरेका छन् । उनका अनुसार दाजुमा संक्रमण पुटी भएको थियो । दाजुलाई अस्पताल लैजाने–ल्याउने क्रममा आफुलाई कोरोना सरेको हुन सक्ने गजुरेलको… Continue reading हास्य कलाकार मनोज गजुरेललाई कोरोना संक्रमण

यो वर्ष कांग्रेसको चियापान नहुने

काठमाडौं । नेपाली कांग्रेसले यो वर्ष चाडबाडका उपलक्ष्यमा कुनै पनि चियापान कार्यक्रम आयोजना नगर्ने भएको छ । कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन यस्तो समारोह गर्दै आएको छ । कोरोना भाइरस महामारीका कारण चाडपर्वका अवसरमा गरिने चियापान कार्यक्रम यो वर्ष नराखिएको कांग्रेसले जनाएको छ । २०३३ सालमा बीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई… Continue reading यो वर्ष कांग्रेसको चियापान नहुने

नृत्याङ्गना सिता सुबेदीको स्वरमा “जीवन कस्तो हुन्छ” गीत सार्वजनिक

न्युयोर्क एउटा खुट्टाले नृत्य गरेर सबैको मन जितिसकेकी नृत्यङ्गना सिता सुबेदी आफ्नै स्वरमा ‘जीवन कस्तो हुन्छ…’ गीत गाएकी छिन् । जीवनको भोगाई र अनुभव समेटिएको गीतका शब्द पनि उनी आफैले कोरेकी हुन् ।  क्लासिकल वन लेग डान्सरको रुपमा ख्याति कमाएकी सुबेदीले जीवन दर्शन बोकेको गीत युट्युब मार्फत सार्वजनिक गरेकी हुन् । सीता सुबेदी भन्ने बित्तिकै… Continue reading नृत्याङ्गना सिता सुबेदीको स्वरमा “जीवन कस्तो हुन्छ” गीत सार्वजनिक

नेपालका हिमालले रोमाञ्चित बनायो : बहराइन राजकुमार

काठमाडौं । बहराइनका राजकुमार मोहम्मद हामद मोहम्मद अल खलिफाले आफु नेपालका हिमाल र यहाँको प्राकृतिक सौन्दर्यबाट रोमाञ्चित बनेको बताएका छन् । मनास्लु र लुवुचो हिमालको सफल आरोहण गरी शुक्रबार स्वदेश फर्कने क्रममा उनले यस्तो प्रतिक्रिया दिएका हुन् । राजकुमार खलिफालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले त्रिभुवन विमानस्थलमा बिदाइ गरेका छन् । राजकुमार… Continue reading नेपालका हिमालले रोमाञ्चित बनायो : बहराइन राजकुमार

सीटीईभिटीका परिक्षा मंसिर ८ बाट सुरु

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीईभिटी)का विभिन्न तहका परीक्षा ८ मंसिरबाट सुरु हुने भएको छ । कोरोना भाइरसको संक्रमणका कारण रोकिएका परीक्षा पुनः सुर गर्न लागिएको सीटीइभिटीले जनाएको छ । डिप्लोमा तहको नियमित तथा आंशिक सेमेस्टर र डेन्टल कन्भर्जनको परीक्षा ८ मंसिरबाट सुरु गर्ने निर्णय भएको छ । सिटीईभिटीका अनुसार परीक्षा पूर्वनिर्धारित… Continue reading सीटीईभिटीका परिक्षा मंसिर ८ बाट सुरु

कोरोना संक्रमितलाई लोकसेवाले परीक्षामा रोक लगाउन नपाउने

काठमाडौं । लोकसेवा आयोगले उत्तरपुस्तिकाबाट कोरोना भाइरस सर्ने भन्दै संक्रमित परीक्षार्थीले परिक्षामा भाग लिन नपाउने निर्णय गरेको थियो । यो निर्णय खारेज गर्न र सुरक्षित तरिकाले जाँच दिन पाउनु पर्ने माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले संक्रमितको पक्षमा अन्तरिम आदेश जारी गरेको छ । महामारीको अवस्थामा थुप्रै परीक्षार्थी प्रतिस्पर्धाबाट बञ्चित हुने… Continue reading कोरोना संक्रमितलाई लोकसेवाले परीक्षामा रोक लगाउन नपाउने

रमेश प्रसाईंको बोलिबाण र शव्द चयनको पाठ

योगेश आदी / [email protected] मेरो अधिकार कति ? मलाई के के भन्न मिल्दैन । कुन सम्बोधन मेरो अपमान हो ? मेरो बारेमा के के कुरा खोल्न म बाध्य छैन ? यो सबै व्यक्तिको कानूनन: अधिकार हो । चेतना र विवेकको स्तरले आफ्नो महत्व बोध गराएपछि आत्मसम्मानित जीवनको शुरुवात हुन्छ । आशय गलत नभएपनि कतिपय अवस्थामा हामीले… Continue reading रमेश प्रसाईंको बोलिबाण र शव्द चयनको पाठ

चैतयता रोकिएका सबै प्रकारका परीक्षा संचालन हुने

फाइल तस्वीर

काठमाडौं । गत चैतयता रोकिएका सबै प्रकारका परीक्षा अब संचालन हुन भएका छन् । सरकारले कोरोनाबाट रोकिएको सबै परिक्षा सञ्चालनको अनुमति दिने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको परराष्ट्रमन्त्री तथा सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । उनका अनुसार सुरक्षा मापदण्ड अपनाएर रोकिएको सबै परीक्षा सञ्चालन गर्न सकिने भएको छ ।… Continue reading चैतयता रोकिएका सबै प्रकारका परीक्षा संचालन हुने

दोलखाका निजी स्कुलले ५ महिनाको शूल्क नलिने

चरिकोट । देशभर निजी स्कुलले अविभावकबाट अनाधिकृत शुल्क असुल गरिरहेको खबर आइरहँदा निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन)ले उदाहरणीय निर्णय गरेको छ । अब दोलखा भित्र संचालित निजी स्कुलले ५ महिनाको शुल्क नलिने भएका छन् । जिल्लाभर कुल ३३ वटा बोर्डिङ स्कुल छन् । उनीहरुले वैशाखदेखि भदौ महिना सम्मको कुनै पनि शुल्क नलिने भएका हुन्… Continue reading दोलखाका निजी स्कुलले ५ महिनाको शूल्क नलिने

जनकपुरमा आजबाट खुल्ने भए स्कुल

जनकपुरधाम । कुनै बेला कोरोना भाइरसको हटस्पट थियो तराई-मधेष । एकै दिन ठूलो संख्यामा भाइरसको संक्रमण र मृत्यु भइरहेको तराई भेग अब सामान्यतर्फ उन्मुख भइरहेको छ । यसै अवस्थाका बीच धनुषाको जनकपुरमा आजबाट स्कुल संचालनमा आउने भएका छन् । जनकपुरधाम उपमहानगरपालिकाले कोरोनाबाट चैतयता बन्द शैक्षिक संस्था सञ्चालनको निर्णय गरेको हो । उपमहानगरपालिकाको सोमबार बसेको बैठकले… Continue reading जनकपुरमा आजबाट खुल्ने भए स्कुल

पाकिस्तानले खोल्यो सबै शिक्षण संस्था

इस्लामावाद । कोरोना भाइरसको नियन्त्रणमा दक्षिण एसियामै सफल मुलुक पाकिस्तानले अन्ततः सबै प्रकारका शिक्षण संस्था खुला गरेको छ । महामारी नियन्त्रणका लागि बन्द गरिएका पाकिस्तानका सबै शैक्षिक संस्था बुधबारबाट सूचारु गरिएको हो । सरकारी अधिकारीहरुले झण्डै ६ महिनापछि बुधबारदेखि सबै शैक्षिक संस्था सञ्चालन भएको जानकारी गराएका छन् । पाकिस्तानी संचारमाध्यमहरुका अनुसार पाकिस्तानमा कोरोनाका कारण अहिलेसम्म… Continue reading पाकिस्तानले खोल्यो सबै शिक्षण संस्था

विवादमा फसेपछि यो वर्षको पद्मश्री पुरस्कार रद्द

काठमाडौं । यस वर्ष कुनै पनि श्रष्टाले पद्मश्री पुरस्कार नपाउने भएका छन् । यसअघि सञ्जीव उप्रेती र मोदनाथ प्रश्रितलाई यो पुरस्कार दिने निर्णय खेमलाल हरिकला लामिछाने प्रतिष्ठानले गरेको थियो । तर, पात्रहरुबीच नै आरोप प्रत्यारोप र विवाद भएपछि अन्ततः पुरस्कार नै रद्द गरिएको छ । आइतबार यो वर्षको पद्मश्री साहित्य पुरस्कार सञ्जीव उप्रेतीको उपन्यास ‘हंस’… Continue reading विवादमा फसेपछि यो वर्षको पद्मश्री पुरस्कार रद्द

त्रिविमा रोकिएका परीक्षा छठपछि धमाधम

फाइलफोटो

काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा कोरोना भाइरसको संक्रमणयता रोकिएका सबै परीक्षा छठपछि धमाधम सकिने भएको छ । त्रिभुवन विश्वविद्यालयले परीक्षाको तयारी थाल्न सरोकारवाला निकायलाई निर्देशन समेत गरिसकेको जानकारी विश्वविद्यालयले दिएको छ । त्रिवि कार्यकारी परिषद्, परीक्षा सुधार तथा समन्वय परिषद् र केन्द्रीय परीक्षा सञ्चालन समितिको बैठकले कोरोनाका कारण रोकिएका परीक्षा छठलगत्तै सञ्चालन गर्ने निर्णय गरेको छ… Continue reading त्रिविमा रोकिएका परीक्षा छठपछि धमाधम

यस वर्षको जगदम्बा–श्री शान्ति ठटाल र मदन पुरस्कार चन्द्रप्रकाश बानियाँलाई

यस वर्षको मदन पुरस्कार चन्द्रप्रकाश बानियाँको उपन्यास ‘महारानी’लाईकाठमाडौं । यस वर्षको मदन पुरस्कार चन्द्रप्रकाश बानियाँको उपन्यास महारानीलाई दिइने भएको छ। मदन पुरस्कार गुठीको साधारण सभा बैठकले वर्ष २०७६ को मदन पुरस्कार बानियाँ र जगदम्बा(श्री शान्ति ठटाललाई प्रदान गर्ने निर्णय गरेको हो। बानियाँको उपन्यासलाई सिखा पब्लिकेसनले बजारमा ल्याएको हो । ‘मदन पुरस्कार गुठीको साधारण सभा बैठकले… Continue reading यस वर्षको जगदम्बा–श्री शान्ति ठटाल र मदन पुरस्कार चन्द्रप्रकाश बानियाँलाई

स्व. राष्ट्रकवि माधव प्रसाद घिमिरेको सम्झनामा ‘उनको प्रीति’

काठमाडौं । नेपाली साहित्यका युगपुरुष राष्ट्रकवि स्व. माधव प्रसाद घिमिरेको सम्झनामा ‘उनको प्रीति पैले हो की , मेरो प्रीति पैले’ गीत सार्वजनिक भएको छ । राष्ट्रकवि घिमिरेले रचना गरेका गीत चर्चित गायक/संगीतकार तथा निर्देशक नारायण रायमाझीको संगितमा नयाँ भर्सनमा नयाँ कलाकारको साथ बजारमा आएको हो । रिमा इन्टरटेन्टमेन्ट नेपाल मार्फत सार्वजनिक भएको गीतमा प्रविन बेडवाल… Continue reading स्व. राष्ट्रकवि माधव प्रसाद घिमिरेको सम्झनामा ‘उनको प्रीति’

विद्यालयहरुले अनलाइन कक्षा संचालनको शूल्क लिन पाउने

काठमाडौं । अब निजी विद्यालयहरुले अनलाइन कक्षा संचालन गरेवापत शुल्क लिन पाउने भएका छन् । सरकारले यसका लागि कानूनी व्यवस्थाबाटै प्रावधान गरेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले मन्त्रस्तरीय निर्णयबाट शुल्क लिन पाउने व्यवस्था गरेका छन् । विद्यार्थी सिकाई सहजीकरण निर्देशिका ल्याउँदै मन्त्रालयले निजी विद्यालयहरूले स्थानीय तहले स्वीकृत गरेको दरमा शुल्क लिन… Continue reading विद्यालयहरुले अनलाइन कक्षा संचालनको शूल्क लिन पाउने

कथा : निशा

प्रेमकृष्ण श्रेष्ठ, कीर्तिपुर “मेरो जीवन निकै छोटो छ । मलाई थाहा छैन म अब कति दिन बाँच्नेछु । जति दिन बाँच्नेछु, म तपाईकै अँगालोमा बाँच्न चाहन्छु” । यति बोल्दै निशाले मलाई बेसरी अँगालो मारिन् । मेरो छातिमा आफ्नो टाउको लुकाएर सुँक्क सुँक्क रोइन् । मैले आफ्नो छाति भिजेको महसुस गरेँ । हुन त आकास पनि… Continue reading कथा : निशा

न्युयोर्कमा राष्ट्रकविको सम्झनामा नेपाली रचना वाचन सम्पन्न

न्युयोर्क, सेप्टेम्बर ५, २०२०  कोरोना महामारीबाट केही राहत महसुस गरेसँगै न्युयोर्क सहरमा सशरीर उपस्थित भई गरिने केही सामुहिक कार्यक्रम हुन थालेको छ । यसै बीच तारा – किशन फाउण्डेसनले आज आइतबार राष्ट्रकवि स्व. माधवप्रसाद घिमिरेको सम्झनामा ‘नेपाली रचना वाचन’ नामक साहित्यिक कार्यक्रम सम्पन्न गरेको छ । तारा – किसन फाउण्डेसनको एकल आयोजनामा न्युयोर्कको फोरेष्ट पार्कको… Continue reading न्युयोर्कमा राष्ट्रकविको सम्झनामा नेपाली रचना वाचन सम्पन्न

जंगली राजा घाेषित सुंगुरकाे व्यथा

सुपेन्द्र बस्नेत, बोष्टन एक दिन जंगलकाे राजा सिंह शिकार खाएर टन्न भएपछि खुल्ला चाैरमा घाम ताप्दै सुतेर आराम गरिरहेकाे थियाे । त्यही बाटाे हुँदै एउटा सुंगुर आफुलाई सारै मन पर्ने स्थानमा लडिबुडी गरेर रमाइलाे मान्दै आफ्नाे वासस्थान फर्कदै थियाे । यसै क्रममा बाटाेमा अचानक दुबैकाे आमनेसामने जम्काभेट भयाे । सिंहलाई देख्ने बित्तिकै अब मरिने भइयाे… Continue reading जंगली राजा घाेषित सुंगुरकाे व्यथा

आजबाट सोह्रश्राद्ध शुरु

काठमाडौं । आजबाट पितृ पक्ष शुरु हुँदैछ । दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान को काम आजबाट १६ दिनसम्म जारी रहनेछ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सोह्रश्राद्ध प्रारम्भ हुन्छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवंगत पितृलाई सम्मान गरि पुज्ने गरिन्छ । सोहीकारण यसलाई पितृ पक्ष एवं सोह्रश्राद्धसमेत भन्ने गरिएको… Continue reading आजबाट सोह्रश्राद्ध शुरु

शैक्षिक गतिविधि थप १५ दिन प्रतिवन्ध

काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि लगाएको शैक्षिक गतिविधि माथिको प्रतिवन्ध थप १५ दिन लम्ब्याएको छ । यसअघि १६ भदौबाट संचालनको योजना बनाइएका गतिविधिहरुलाई भदौ मसान्तसम्म सारिएको हो । अब कोरोना भाइरसका कारण स्थगित परीक्षा भदौ महिनाभर सञ्चालन गर्न पाइने छैन । आइतबार बसेको मन्त्रिपरिषद बैठकले ‘विद्यार्थी भर्ना, शैक्षिक र अन्य… Continue reading शैक्षिक गतिविधि थप १५ दिन प्रतिवन्ध

लिदी पहिरोमा अविभावक गुमाएका बालबालिकालाई निःशुल्क पढाउने कांग्रेस नेता बस्नेतको घोषणा

काठमाडौं । कांग्रेस नेता तथा केन्द्रिय सदस्य मोहन बहादुर बस्नेतले सिन्धुपाल्चोक जुगल गाउँपालिकास्थित लिदी पहिरोमा परी अविभावक गुमाएका बालबालिकालाई कक्षा १२ सम्म निःशुल्क पढाउने घोषणा गरेका छन् । उनले बालबालिकालाई काठमाडौंमा आवासीय सुविधासहित पठनपाठनको जिम्मा आफुले लिने घोषणा गरेका हुन् । पूर्व सूचना तथा सञ्चारमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले एक विज्ञप्ति जारी… Continue reading लिदी पहिरोमा अविभावक गुमाएका बालबालिकालाई निःशुल्क पढाउने कांग्रेस नेता बस्नेतको घोषणा

आज बुबाको मुख हेर्ने दिन

काठमाडौं । भाद्र कुशे औंसी, आज बुबाको मुख हेर्ने दिनका रुपमा जन्म दिने बुबालाई सम्मान प्रकट गर्दै मनाइदैछ । यो दिन बुवालाई मिठो परिकार खुवाउने, उपहार प्रदान गर्ने र बुबाबाट आशिर्वाद लिने गरिन्छ । यो पटक कोरोना भाइरसको संक्रमणका कारण धेरैले बुवालाई भौतिक रुपमा भेटन सक्ने छैनन् । सोहीकारण टेलिफोन वा भिडियो कल गरेर आर्शिवाद… Continue reading आज बुबाको मुख हेर्ने दिन

राष्ट्रकवि घिमिरेको आज अन्त्येष्टी

काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको राष्ट्रिय सम्मानसहित आज अन्त्येष्टि हुने भएको छ । आज उपप्रधानमन्त्री ईश्वर पोखरेलले घिमिरेको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओडाउने कार्यक्रम तय गरिएको छ । बिहान १० बजेबाट राष्ट्रकविलाई श्रद्धान्जली दिने कार्यक्रम प्रारम्भ हुनेछ । राष्ट्रकवि घिमिरेको मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा काठमाडौंको कपुरधारास्थित आफ्नै निवासमा निधन भएको हो । उनको… Continue reading राष्ट्रकवि घिमिरेको आज अन्त्येष्टी

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ। राष्ट्रकवि घिमिरेको १०१ वर्षका उमेरमा मंगलबार साँझ लैनचौरस्थित निवासमा निधन भएको हो। गत असोजमा १०१ वर्ष पूरा भएर १०२ वर्ष लागेका थिए । वि.सं. १९७६ असोज ७ गते जन्मिएका घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल कवि र गीतकार थिए । बाल्यावस्थादेखि निरन्तर रुपमा नेपाली साहित्यका… Continue reading राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

स्कूल र पठनपाठन थप एक महिना बन्द

काठमाडौं । नेपालका स्कुल, पठनपाठन र नयाँ भर्नाको काम थप एक महिना पर धकेलिएको छ । कोरोना भाइरसको बढ्दो संक्रमणका बीच नेपालमा असोजबाट मात्र शैक्षिक गतिविधि शुरु गर्ने तयारी गरिएको हो । आइतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले विद्यार्थी भर्ना र परीक्षा सञ्चालन १ असोजसम्म सार्ने प्रस्ताव गरेको हो । यो प्रस्तावलाई सोमबार बस्ने… Continue reading स्कूल र पठनपाठन थप एक महिना बन्द

गौतमबुद्धको जन्मस्थलबारे वहस जरुरी छैनः नेपाल

काठमाडौं । नेपाल सरकारले भारतीय विदेश मन्त्री एस जयशंकरको भगवान गौतमबुद्ध बारेको विवादास्पद अभिव्यक्तिको खण्डन गरेको छ । सरकारले भगवान गौतम बुद्धको जन्मभूमिबारे राष्ट्रिय र अन्तर्राष्ट्रिस्तरमा कुनै बहस र विवाद नरहेको प्रष्ट पारेको हो । यसअघि भारतीय विदेशमन्त्री एस जयशंकरले शनिबार बुद्धलाई ‘महान भारतीय’ भनेका थिए । परराष्ट्र मन्त्रालयले आइतबार एक औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको… Continue reading गौतमबुद्धको जन्मस्थलबारे वहस जरुरी छैनः नेपाल

भारतीय विदेश मन्त्री भन्छन् : गौतम बुद्ध भारतीय हुन्

काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकरले गौतम बुद्ध भारतीय भएको अभिव्यक्ति दिएका छन् । शनिबार भारतीय उद्यमी तथा व्यवसायीहरुको छाता संगठन कन्फडरेसन अफ इण्डियन इन्डष्ट्रिको आयोजनामा भएको इण्डिया एट ७५ भर्चुअल सम्मेलनलाई सम्बोधन गरेका उनले यस्तो दावि गरेका हुन् । उनले भनेका छन, ‘हामी सबैले आजसम्मकै महान भारतीय भनेर चिन्ने दुई जनालाई हो। पहिलो गौतम… Continue reading भारतीय विदेश मन्त्री भन्छन् : गौतम बुद्ध भारतीय हुन्

युरोपमा ‘डबल रोल’ को चर्चा

आरएल श्रमजिवी, ब्रसेल्स   बिषयबस्तु गहकिलो भयो भने चर्चा स्वस्फुर्त हुन्छ, भन्ने भनाई चरितार्थ भएको छ । युरोपमा नेपालीका कथा बस्तुलाई समेटेर  कलाकार सन्तोष बरालले ‘कमेडी हब नेपाल’   युट्युब च्यानलमार्फत ‘डबल रोल’ नामक टेली सिरियल निर्माण गरिरहेका छन् ।  बरालका अनुसार डबल रोल हेरेपछि आम दर्शकले युरोपेली नेपाली डायस्पोराले भोगेका कथा ब्यथाको वास्तविकता थाहा… Continue reading युरोपमा ‘डबल रोल’ को चर्चा

आज जनैपूर्णिमा, नयाँ जनै फेरिने, डोरो बाधिँदै

काठमाडौं । आज जनै पूर्णिमा, प्रत्येक वर्ष साउन शुक्ल पूर्णिमाका दिन यो पर्व मनाइन्छ । देशभर नयाँ जनै फेर्ने र रक्षाबन्धन बाँध्ने दिनका रुपमा यो मनाइन्छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्ने गरिन्छ । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको डोरो (रक्षासूत्र) धारण गर्दा विभिन्न… Continue reading आज जनैपूर्णिमा, नयाँ जनै फेरिने, डोरो बाधिँदै