Category: कला / साहित्य

  • शताब्दी पुरुष सत्यमोहन जोशीको नाममा विद्यालय खोलिने

    शताब्दी पुरुष सत्यमोहन जोशीको नाममा विद्यालय खोलिने

    काठमाडौं । सरकारले शताब्दी पुरूष सत्यमोहन जोशीको नाममा विद्यालय स्थापना र संचालन गर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले मंगलबार जोशीको निवासमै पुगी यसबारेमा जानकारी गराएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले जोशीको नाममा विद्यालय स्थापना गर्ने चाहना व्यक्त गरेको सन्देश लिएर मन्त्री ललितपुरमा रहेको जोशी निवास पुगेका थिए।

    मन्त्री श्रेष्ठले संस्कृतिविद् जोशीको नाममा सामुदायिक विद्यालय खोल्ने तयारी थाल्न र जोशीले चाहेकै स्थानमा विद्यालय स्थापना गर्न सरकारले पहल गरेको जानकारी गराए । राष्ट्रपतिले संस्कृतिविद् जोशीको स्वाथ्य अवस्थाबारे जानकारी लिन र उहाँको नाममा विद्यालय स्थापना गर्न चाहना व्यक्त गरेपछि राष्ट्रपतिको सन्देश लिएर आफु जोशीको निवास आएको मन्त्री श्रेष्ठले जानकारी दिए ।

    उनका अनुसार विद्यालय नेपालकै नमूना र सामुदायिक विद्यालयको उत्कृष्ट सूचीमा पर्ने गरी संचालनको योजना छ । सरकारले आगामी आवबाट बजेट समेत राख्ने उनको भनाई छ । विद्यालयको नाम सत्यमोहन जोशी माध्यमिक विद्यालय राखिने भएको छ । जोशीलाई नेपालका जिवित इतिहास मानिन्छ ।

  • रुसमा नेपाली पत्रकार श्रेष्ठको निधन

    रुसमा नेपाली पत्रकार श्रेष्ठको निधन

    मस्को । रुसमा बसेर नेपाली भाषा–साहित्य तथा पत्रकारितामा योगदान गरिरहेका कृष्णप्रकाश श्रेष्ठको निधन भएको छ । भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले यसको पुष्टी गरेका छन् । उनले भाषा, साहित्य र नेपाल–रुस मित्रतामा श्रेष्ठको योगदान स्मरणीय रहेको बताएका छन् ।

    श्रेष्ठ जगदम्बा पुरस्कार विजेता समेत हुन् । उनको रुसको राजधानी मस्कोमा ८३ वर्षको उमेरमा निधन भएको हो । उनले रुसमा नेपाल विद्या केन्द्र सञ्चालन गर्दै आएका थिए ।केन्द्रमार्फत उनले रुसी–नेपाली भाषामा अनुवाद आदानप्रदान गराएर भाषा–साहित्यको प्रचार गर्दै आएका थिए ।

    ‘इ.भा.मिनाएभको नेपाल’, ‘रुसमा नेपालको अध्ययन’, ‘रुसी महावीरहरुको कथा’, ‘नेपाली किंवदन्तीमाला’, ‘स्थाननामकोष’, ‘दर्शनशाश्त्रको प्रारम्भिक ज्ञान’, ‘रुसमा नेपालको छवि’लगायत थुप्रै रचना उनले गरेका छन् । उनले २०५९ सालमा जगदम्बा पुरस्कार प्राप्त गरेका हुन् ।

  • राखी गौचनको बहुप्रतिक्षित ‘हे मन’ सार्वजनिक

    राखी गौचनको बहुप्रतिक्षित ‘हे मन’ सार्वजनिक

    न्युयोर्क

    नेपाली आधुनिक संगीतको मुख्य वजन त्यसका शब्दहरु हुन् । त्यस्तै वजनदार शब्द एवम् मनको बोली मसीमा व्यक्त गर्न माहिर गीतकार राखी गौचनद्वारा रचित नयाँ गीत “हे मन” डश म्युजिकको आधिकारिक च्यानल मार्फत भिडियो सहित सार्वजनिक भएको छ ।

    गायक तथा संगीतकार शंकर थापा ‘स्माइल’को सुमधुर स्वरमा रहेको गीतको म्युजिक भिडियो डिजिटल बजारमा आएको हो । सेण्टिमेण्टल भर्सनको यस गीतमा स्वयम गायक थापाले नै संगीतवद्द गरेका छन् भने विश्व अधिकारीको संगीत संयोजन रहेको छ।

    राखी गौचनको ‘हे मन…’

    निर्देशक मुनाल शिशिर कोइरालाको निर्देशनमा तयार पारिएको भिडियोमा
    पत्नी वियोगको कथा प्रस्तुत गरिएको छ। भिडियोमा सुधिर श्रेष्ठ, सिर्जना जीसी र प्रनिमा दाहालको जिवन्त अभिनय देख्न सकिन्छ। उत्सव दाहालले छायांकन गरेको यस भिडियोमा शिलन लम्सालको सम्पादन रहेको छ।

  • ‘बेनीको बजार, जतामाया उतै छ नजर…’गीतका सर्जक श्रेष्ठको निधन

    ‘बेनीको बजार, जतामाया उतै छ नजर…’गीतका सर्जक श्रेष्ठको निधन

    बुटवल । म्याग्दीको सदरमुकाम बेनीको पहिचान स्थापित गर्न सफल जनप्रिय गीत ‘बेनीको बजार, जता मायाँ उतै छ नजर, किरेमिरे जालेरुमाल’ बोलको गीतका सर्जक तथा गायक टीकाबहादुर श्रेष्ठको निधन भएको छ ।

    नेपालको राष्ट्रिय समाचार समितिका अनुसार उनको ७५ वर्षको उमेरमा बुटवलमा बिहीबार निधन भएको हो । उनको जन्मथलो म्याग्दी भएपनि बसाइ सरी परिवार रुपन्देहीमा बस्दै आएको थियो ।

    ‘बेनीको बजार,जता मायाँ उतै छ नजर’ बोलको गीत श्रेष्ठले २०३१ सालमा रेडियो नेपालमा रेकर्ड गराएका थिए । यो गीत अहिले पनि उत्तिकै कर्णप्रिय छ । यो गीतमा श्रेष्ठकी श्रीमती मन छन्त्याल र रचनाकार श्रेष्ठले नै युगल स्वर दिएका हुन् । श्रेष्ठ मिर्गौलासम्बन्धी समस्याबाट ग्रसित रहेको परिवारिक स्रोतले जनाएको छ ।

  • दुर्गाप्रसादले पाए नेपाली नागरिकता

    दुर्गाप्रसादले पाए नेपाली नागरिकता

    इलाम । हत्या आरोपमा भारतमा चार दशक लामो जेल जीवन बिताएर नेपाल आएका इलामका दुर्गाप्रसाद तिम्सिनाले नेपालको नागरिकता पाएका छन् । उनलाई विहीबार जिल्ला प्रशासन कार्यालय इलामले नागरिकता प्रदान गरेको हो । सहायक सिडिओ झरेन्द्र प्रसाद चापागाई र प्रमुख प्रशासकीय अधिकृत देवीचरण फुएँलले नागरिकता प्रदान गरेका छन् ।

    व्यक्ति हत्याको आरोपमा थुनामा राखेपनि उनीविरुद्धको आरोप पुष्टी भएको थिएन । तर, थप सुनुवाई बीना उनलाई ४० वर्षसम्म जेलमा राखिएको थियो । दुर्गाप्रसादले भने आफुलाई फसाएको बताएका छन् । यो घटना बाहिरिएपछि भारतीय संचारमाध्यमको सहायतामा उनको रिहाईको बाटो खुलेको हो ।

    दुर्गाप्रसादलाई नागरिकता दिलाउन जिल्ला प्रशासन कार्यालयले पनि सहजीकरण गरिदिएको हो । नागरिकता पाएसँगै उनलाई भारतमा क्षतिपूर्ति माग दाबी गर्न पहल गर्ने तयारी परिवारको रहेको छ । उच्च अदालत कोलकाताले तिम्सिनको परिवारले क्षतिपूर्ति मागे दिनू भन्ने आदेश जारी गरिसकेको छ ।

  • अन्तर्राष्ट्रिय जातिय विभेद उन्मुलन दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाजको बौद्धमा प्रदर्शन

    अन्तर्राष्ट्रिय जातिय विभेद उन्मुलन दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाजको बौद्धमा प्रदर्शन


    अमृता के सी ( रोनी )
    काठमाडौँ/५६ औँ अन्तर्राष्ट्रिय जातिय विभेद उन्मुलन दिवसको अवसरमा दण्डहिनता नै जातिय विभेदको जड भन्ने मुल नाराको साथ मानवअधिकार तथा शान्ति समाज काठमाडौं शाखाले शान्तिपूर्ण प्रदर्शन गरेको छ।
    समाजले काठमाडौं महानगरपालिका वडा नं ६ बौद्ध स्तुपाको गेटमा आइतबार एक घण्टा शान्तिपूर्ण प्रदर्शन गरेको हो।५० जना भन्दा बढीको सहभागिता रहेको प्रदर्शनमा सहभागीहरुले जातिय छुवाछुत अन्त्य गरौ, मानवअधिकार रक्षा गरौ , सबैका लागि सबै अधिकार , मानवअधिकार दलित अधिकार, लगायतका नारा अंकित प्ले कार्ड सहित शान्ति पूर्ण प्रदर्शन गरेका थिए।

    मानवअधिकार तथा शान्ति समाज काठमाडौं शाखाका सचिव इश्वर पुडासैनीले संचालन गरेको सो कार्यक्रममा प्रमुख अतिथिमा बागमती प्रदेश सभा सदस्य तथा दलित अभियन्ता कल्पना नेपाली रहेकी थिइन् भने कार्यक्रममा विशेष अतिथिका रुपमा बागमती प्रदेश सभा सदस्य छिरिङ दोर्जे लामा, मानवअधिकार तथा शान्ति समाज पुर्व महासचिव कुमार राज सुवेदी, समाजसेवी भुवन लामा ,नेपाल दलित विद्यार्थी संघका केन्द्रीय अध्यक्ष राजु सुनार, शान्ति समाजका निवर्तमान सभापति तथा सल्लाहकार उत्तम पुडासैनी, पुर्व सभापति होमकान्त चौलागाईं, वर्तमान महासचिव रामकृष्ण बराल तथा शान्ति समाजका पूर्व तथा वर्तमान पदाधिकारीको उपस्थिति रहेकोे थियो।
    कार्यक्रममा दलित अभियन्ता तथा बागमती प्रदेश सभा सदस्य कल्पना नेपालीले जातिय भेदभाव र छुवाछुत अन्त्य बिना मुलुकको विकास हुन नसक्ने बताईन्।उनले नेपालीले मन्दिर बनाउने शिल्पकारहरुले मन्दिर छिर्न पाउँदैनन्, लुगा सिलाउने मान्छेहरुले नाँगो हिड्नु परेको र जुत्ता सिलाउनेहरु खाली खुट्टा हिड्न बाध्य रहँदा समेत राज्यसत्ताले उनीहरुको उत्थान र समान अधिकार उपभोगमा ध्यान पुर्‍याउन नसकेको बताएकी थिइन् ।
    कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले जातिय भेदभाव र छुवाछुत अन्त्यका लागि प्रतिबद्धता जनाउदै कानून भन्दा माथि कोही नहुने हुदा कानूनले बर्जित गरेको जातिय छुवाछुत अन्त्यका लागि सामाजिक चेतना अभिबृद्धि गरि सबै एकजुट भएर लाग्नुपर्ने बताएका थिए।

  • २०७८ सालमा थपियो ४ दिन सार्वजनिक बिदा, तिहारको भोलीपल्ट पनि पाइने (सूचिसहित)

    २०७८ सालमा थपियो ४ दिन सार्वजनिक बिदा, तिहारको भोलीपल्ट पनि पाइने (सूचिसहित)

    काठमाडौं । सरकारले २०७७ सालको तुलनामा २०७८ सालमा चार दिन थप सार्वजनिक बिदा दिने भएको छ । सरकारले भाइटिकाको भोलीपल्ट, घटस्थापना, रक्षाबन्धन र माघेसंक्रान्तीमा समेत बिदा पाउने गरी नयाँ सूचि सार्वजनिक गरेको छ । आज गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै बिदा सार्वजनिक गरेको हो ।

    यस्तो छ २०७८ सालमा हुने सार्वजनिक बिदा

  • दक्षिण एसियाको सबैभन्दा खुसी मुलुक नेपाल

    दक्षिण एसियाको सबैभन्दा खुसी मुलुक नेपाल

    काठमाडौं । नेपाल दक्षिण एसिया मै सबैभन्दा खुशी नागरिक बस्ने मुलुक बनेको छ । संयुक्त राष्ट्रसंघ अन्तर्गत दिगो विकास समाधान नेटवर्कले गरेको सर्वेक्षणमा यस्तो नतिजा आएको हो । सन् २०२१ को खुशी देशहरुको सूचीमा नेपाल ५ दशमलव २६ अंकसहित ८७ औँ स्थानमा परेको छ ।

    सन् २०१९ मा एक सयौँ स्थानमा रहेको नेपाल २०२० मा ९२ औँ स्थानमा रहेको थियो । यसपटक पाँच स्थान माथि उक्लिएर दक्षिण एसियाकै खुशी देश बनेको छ । सन् २०१९ मा नेपाल भुटान र पाकिस्तानपछि तेस्रो खुशी हुने देश बनेको हो ।

    राष्ट्रसंघले कोरोनाभाइरस महामारी पछिको सामाजिक, मनोवैज्ञानिक, आर्थिक सूचकलाई आधार मानेर १ सय ४९ देशमा अध्ययन गरेको बताइएको छ । कूल ग्राहस्थ्य उत्पादन, सामाजिक सहयोग, व्यक्तिगत स्वतन्त्रता र भ्रष्टाचारको अवस्थालाई अध्ययनको सूचक मानिएको थियो ।

    रिपोर्ट अनुसार फिनल्याण्ड यसपटक पनि विश्वकै सबैभन्दा खुशी देशको रुपमा पहिलो स्थानमा छ । सबैभन्दा बेखुशी देशको रुपमा सार्क सदस्य राष्ट्र अफगानिस्तान रहेको छ । भारत १ सय ४४ औँ स्थानमा छ ।

    नेपाल, बंगलादेश र पाकिस्तानभन्दा भारत तल रहेका छन् । खुशी देशको शीर्ष सूचीमा फिनल्याण्डपछि क्रमशः डेनमार्क, स्विजरल्याड, आइसल्याण्ड, नेदरल्याण्ड, नर्वे, स्वीडेन, लक्जेम्बर्ग, न्युजिल्याण्ड र अष्ट्रिया रहेको छन् ।

  • आज बस्दैछ प्रतिनिधिसभा बैठक, के छ कार्यसूची ?

    आज बस्दैछ प्रतिनिधिसभा बैठक, के छ कार्यसूची ?

    काठमाडौं । आज प्रतिनिधिसभा बैठक बस्दैछ । मंगलबार दिउँसो १ बजे बानेश्वरस्थित संघीय संसद भवनमा बस्ने गरी बैठक आह्वान भएको छ । पुनस्र्थापना पछि आज तेस्रो पटक बैठक बस्न लागेका हो । यसअघिका दुई बैठक कांग्रेसको अवरोधका कारण स्थगित भएको थियो । सरकारले अध्यादेश संसदमा ल्याएपछि कांग्रेस विरोधमा छ । सरकारले समेत संसद असफल गराउन थप विजेनश नल्याउने सोच बनाएको छ ।

    यसले निरन्तर बैठक अवरुद्ध भइरहेको छ । आज तत्कालीन संविधान सभाका सदस्य दिनेशचन्द्र यादवको मृत्यु भएकोमा शोक प्रस्ताव पारित गर्ने सम्भावित कार्यसूची छ। उता, कांग्रेसले भने सरकारले संसद प्रभावकारी बनाउने भूमिका सरकारको रहको भन्दै संसदका लागि बिजनेश ल्याउनै नचाहेको आरोप लगाएको छ ।

  • श्रीलंकाले उघारिदियो बुर्का, मदरसा समेत बन्द हुने

    श्रीलंकाले उघारिदियो बुर्का, मदरसा समेत बन्द हुने

    कोलम्बो । नेपालको छिमेकी मुलुक श्रीलंकाले मुस्लिम महिलाले अनुहार र शरिर छोप्न लगाउने बुर्का हटाउने निर्णय गरेको छ । केही वर्ष पहिले श्रीलंकामा अनुहार छोप्ने प्रचलन नभए पनि अहिले धार्मिक अतिवाद बढेको निष्कर्षमा त्यहाँको सरकार पुगेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । श्रीलंकाले १ हजार बढी मदरसालाई समेत बन्द गर्ने भएको हो । यसका लागि श्रीलंकाले सुरक्षालाई प्रमुख कारण भनेको छ ।

    त्यहाँका सार्वजनिक सुरक्षा मन्त्री सारथ वीरासेकाराले बुर्कामा प्रतिबन्ध र मदरसा बन्द गर्ने प्रस्ताव स्वीकृतिका लागि मन्त्रिपरिषदमा पठाएको जानकारी गराए छन् । बुर्काले राष्ट्रिय सुरक्षामा प्रत्यक्ष प्रभाव पारेको सरकारको निष्कर्ष छ । सन् २०१९ मा श्रीलंकामा भएको आतंकवादी हमलापछि बुर्कामा अस्थायी प्रतिबन्ध लागेको हो । मदरसा भने देशको शिक्षा नीति अनुसार नचलेको, दर्ता हुन नमानेको जस्तो आरोपमा बन्द गर्न लागिएको हो । श्रीलंकामा झन्डै ९ प्रतिशत जनसंख्या मुस्लिम रहेको तथ्यांक छ । एजेन्सी

  • पशुपतिनाथ दर्शनमा आएका सन्त-महन्तलाई भेटीसहित बिदा गरिँदै

    पशुपतिनाथ दर्शनमा आएका सन्त-महन्तलाई भेटीसहित बिदा गरिँदै

    काठमाडौं । महाशिवरात्रिको अवसर पारी पशुपतिनाथ दर्शनमा आएका साधुसन्त तथा महन्तहरुलाई आज भेटी र दक्षिणासहित बिदाइ गरिने भएको छ । पशुपति क्षेत्र विकास कोषका अनुसार १०० देखि १५ हजार रुपैयाँसम्म दक्षिणा दिएर साधुसन्तलाई बिदाइ गरिने भएको हो । साधुसन्तलाई विभिन्न वर्गमा वर्गीकरण गरी स्तरअनुसार दक्षिणा दिने प्रचलन रहेको छ ।

    गुठी संस्थानले समेत साधुसन्तलाई दक्षिणा एवं फागुन शुक्ल एकादशीका दिन राष्ट्रपति विद्यादेवी भण्डारीले संकल्प गरेका सामग्री दिएर बिदाइ गर्ने कार्यक्रम छ । फागुन कृष्ण एकादशीदेखि औँसीसम्म संस्थान र कोषले साधुसन्तलाई बस्ने, खाने एवं धुनी जगाउने व्यवस्था गरेको हो । शिवरात्रीमा भारतबाट मात्र हजारौंको संख्यामा साधुसन्त पशुपतिनाथ मन्दिर आउने गर्छन् । मेलाको मूख्य आकषूण साधु सन्त पनि हुन् ।

  • १३ जेठबाट शुरु हुने भयो एसईई परीक्षा

    १३ जेठबाट शुरु हुने भयो एसईई परीक्षा

    काठमाडौं । २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी १३ जेठबाट शुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको तालिका सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो । परीक्षा जेठ २४ गते सकिने भएको छ । मंगलबार परीक्षाको मिति तय गरेको बोर्डले आज परीक्षा तालिका सार्वजनिक गरेको छ । जेठ १३ गते पहिलो दिन अनिवार्य अँग्रेजी विषयको परीक्षा राखिएको छ ।

    यस दिन वेद विद्याश्रममा अनिवार्य सँस्कृत भाषा र साहित्य, अनिवार्य अँग्रेजी विषयको पनि परीक्षा हुने गरी तालीका राखिएको छ । जेठ १४ गते अनिवार्य नेपाली राखिएको छ । जेठ १६ मा अनिवार्य गणित र जेठ १७ मा अनिवार्य विज्ञान विषयको परीक्षा हुनेछ ।

    जेठ १८ मा सामाजिक र जेठ १९ गते स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षाको परीक्षा राखिएको छ । २० गते ऐच्छिक गणितको परीक्षा छ । यस दिन ऐच्छिक पहिलो पत्रका सबै विषयहरुको परीक्षा हुने भएको छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सन्चालन गरिने भएको हो ।

  • एसईई परीक्षा जेठ १३ गतेबाट सञ्चालन गर्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय

    एसईई परीक्षा जेठ १३ गतेबाट सञ्चालन गर्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आगामी जेठ १३ गतेदेखि २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा सञ्चालन गर्ने भएको छ ।

    जेठ १३ गतेदेखि २४ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको बोर्डले जनाएको छ । गत २६ माघमा बसेको मन्त्रिपरिषद् बैठकले एसईई परीक्षा बोर्डले नै लिने निर्णय गरेको थियो ।

    गत वर्ष कोभिड–१९ को महामारीका कारण विद्यालयहरूले गरेको आन्तरिक मूल्यांकनको आधारमा ग्रेड निर्धारण गरी नतिजा प्रकाशित गरिएको थियो ।

  • अनेसास कोरियाद्वारा नारी दिवस विशेष विश्वकाव्य गोष्ठी २०७७ सम्पन्न

    अनेसास कोरियाद्वारा नारी दिवस विशेष विश्वकाव्य गोष्ठी २०७७ सम्पन्न

    सौल-मार्च ०८-२०२१

    नेपाली भाषासाहित्य​, कला र​ संस्कृतिको उत्थान​मा लागिपरिरहेको स​क्रिय​ संस्था अनेसास​ कोरिया च्याप्ट​र​ले नारी दिवसको अवसर पारेर नेपाली भाषा, साहित्यमा समर्पित रहदै संसारको विभिन्न देशबाट साहित्य सृजना गरिरहनुभएका नारी स्रष्टालाई समेटेर नारी विशेष कार्यक्रम सम्पन्न गरेको छ।

    प्राविधिक समस्याका कारण निर्धारित समयभन्दा केही ढीलो शुरू भएको जुम प्र​विधिको भर्चुअल माध्य​म​बाट स​म्प​न्न भएको सो कार्य​क्र​म​मा अमेरिका, बेलाय​त, क्यानाडा, जापान, नेपाल र​ कोरियाका लगायत थुप्रै देशका नारी स्रष्टाहरूले आफ्ना रचनाहरू प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन संस्थाका उपाध्यक्ष लोकराज न्यौपानेले गर्नुभएको थियो

    विग​त​ लामो स​म​य​देखि अनेसास​ कोरियाले कविता, ग​ज​ल,मुक्त​क ज​स्ता स​बै विधामा स​न्तुल​न राखेर​ विभिन्न साहित्यिक कार्य​क्र​म​ह​रू ग​रेको स्म​र​ण ग​र्दै य​स​ कार्य​क्र​ममा प​नि हरेक विधामा कलम चलाउने अधिक नारी स्रष्टालाई उपस्थित गराएर नेपाली साहित्यमा नारीको योगदानलाई उच्च सम्मान गरिएको च्याप्टर अध्यक्ष प्रमोद सारंगले बताउनु भयो ।

    यस्तै प्रमुख अतिथी वरिष्ठ साहित्यकार माया ठकुरीले राम्रा-राम्रा र पृथक कार्यक्रम गर्दै अगाडि बढीरहेको कारण नेपाली साहित्यिक संस्थाहरू मध्य अनेसास कोरियाले विश्वव्यापी लोकप्रियता हासिल गरेको र आगामी दिनमा पनि अझ नयाँ-नयाँ भिन्न खालका कार्यक्रमहरू ल्याएर नवीन सोचका साथ संस्था अगाडि बढोस् भनी उच्च प्रशंसा गर्दै कोरिया च्याप्टरलाई बिशेष धन्यवाद दिनुभएको थियो।
    यस्तै विशिष्ट अतिथि साहित्यकार गीता खत्री र अतिथी बाबा बस्नेतले पनि वर्तमान परिपेक्ष्यमा कोरिया च्याप्टरको साहित्यिक सक्रियता निकै लोभलाग्दो र प्रशंसनीय रहेको भन्दै आगामी दिनका लागि शुभकामना व्यक्त गर्नुभयो।

    व​रिष्ठ​ साहित्य​कार माया ठ​कुरीको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा विशेष अतिथिमा बोर्ड​ अफ ट्र​ष्टीकि अध्यक्ष साहित्यका र गीता खत्री र अतिथिमा अनेसासकी क्षेत्रिय​ उपाध्य​क्ष​ बाबा बस्नेत रहनु भएको थियो भने रचना वाचन तर्फ कवि तथा साहित्यकारहरू मोमिला जोशी,राधिका गुरागाईं,गीता कार्की,,स​माश्री,दीपा राई पुन,रेणुका सोलु,तारा अधिकारी,स​र​ला श्रेष्ठ​,स​रू बस्नेत,सुशिला ह​सिना ख​ड्का,उर्मिला कार्की,जीविका अश्रु,सुमित स्मित​,म​म​ता कर्माचार्य​ र मञ्जीला अनिल,दिपा मेवाहाङ राई हुनुहुन्थ्यो।

    अनेसास कोरियाले विगतका दिनहरूमा भानु जयन्ती, देवकोटा जयन्ती, श्रष्टा –कलाकार सम्मान र हरेक नयाँवर्षमा बृहत् कवि गोष्ठी आदि कार्यक्रमहरू गर्दै आएको छ । साथै, काव्य​ -सुधाको त्रैमासिक रूप​मा अतिथि कवि र​च​ना कार्य​क्र​म र​ साप्ताहिक रूप​मा विश्वव्यापी र​च​ना वाच​न कार्य​क्र​म स​म्प​न्न ग​र्दै आएको छ।

  • अदालतको आदेशपछि ब्यूतिएको प्रतिनिधिसभाको बैठक आज बस्दै

    अदालतको आदेशपछि ब्यूतिएको प्रतिनिधिसभाको बैठक आज बस्दै

    काठमाडौं । प्रतिनिधिसभाको सातौं अधिवेशन आजबाट प्रारम्भ हुँदैछ । आज अपराह्न चार बजेका लागि बैठक आह्वान भएको हो । ५ पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन् । यो कदमलाई सर्वोच्च अदालतले असंवैधानिक घोषणा गर्दै संसद विघटन खारेज गरिदिएको थियो ।

    अदालतले ११ फागुनमा यस्तो आदेश दिएको हो । अदालतले १३ दिनभित्र बैठक बोलाउन भनेको थियो । सोहीअनुसार पुनः सरकारको सिफारिसमा राष्ट्रपतिबाट नयाँ मिति तोकिएको हो । आजको बैठकमा अन्यौल भने हुनेछ । नेकपा दुई खेमामा बाँडिएको छ । तर औपचारिक रुपमा विभाजित भएको छैन । दुवै नेकपाका आ–आफ्ना संसदीय दलका नेता तथा प्रमुख सचेतक छन् । तर, उनीहरुलाई बस्न राखिएको लहर सत्ता पक्षतर्फ नै छ ।

    धेरैले आफ्नो कदम गलत सावित भएपछि प्रधानमन्त्री ओलीले नैतिकताका आधारमा राजिनामा दिन्छन् भन्ने आंकलन गरेका थिए । तर प्रधानमन्त्री त्यसो नगरी विश्वासको मत पनि नलिने र अविश्वासको प्रस्ताव आए सामना गर्ने तयारीमा छन् । सोहीकारण संसद बैठकपछि राजनीतिक परिदृष्य अझ पेचिलो बन्दै जाने देखिएको छ ।

  • मुस्कानले जितिन् अमेरिकाको प्रतिष्ठित अवार्ड

    मुस्कानले जितिन् अमेरिकाको प्रतिष्ठित अवार्ड

    काठमाडौं । नेपालकी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालयबाट प्रदान गरिने एक प्रतिष्ठित अवार्ड प्राप्त गरेकी छिन् । उनी वीरगन्जकी छपकैयाकी हुन् । काठमाडौंस्थित अमेरिकी राजदूतावासका अनुसार १५ वर्षीया खातुनले विदेश मन्त्रालयले दिने यस वर्षको इन्टरनेशनल विमेन अफ करेज अवार्ड जित्न सफल भएकी हुन् । दूतावासले उनलाई धेरै धेरै बधाई समेत लेखेको छ । यो अवार्ड जित्ने मुस्कान पहिलो नेपाली बन्न सफल भएकी छिन् ।

    खातुन संसारकै सबैभन्दा कम उमेरमा अवार्ड पाउने व्यक्ति समेत बनेकी दुतावासले उल्लेख गरेको छ । खातुन एसिड पिडित किशोरी हुन् । उनलाई गत वर्ष विद्यालय जाँदै गर्दा बाटोमा तेजाब आक्रमण भएको हो । त्यसपछि उनी एसिड आक्रमण अन्त्य गरी उनीहरुको सुरक्षाका लागि निरन्तर सक्रिय छिन् ।

    सोहीकारण उनले यो अवार्ड पाएको दूतावासको भनाई छ । यो अवार्ड पाकिस्तानकी नोबेल पुरस्कार विजेता मलाला युसफजाईले समेत पाइसकेकी छिन् ।

  • नारी दिवस विशेष विश्वकाव्य गोष्ठी-२०७७ हुने

    नारी दिवस विशेष विश्वकाव्य गोष्ठी-२०७७ हुने

    सौल, कोरिया

    नेपाली भाषासाहित्य​, कला र​ संस्कृतिको उत्थान​मा लागिपरिरहेको स​क्रिय​ संस्था अनेसास​ कोरिया च्याप्ट​र​ले नारी दिवसको अवसर पारेर य​ही मार्च ७ तारिख नेपाली स​मय​ साँझ​ ६ ब​जेदेखि भाषासाहित्यमा समर्पित रहदै संसारको विभिन्न देशबाट साहित्य सृजना गर्दै आएका नारी स्रष्टालाई समेटेर नारी विशेष कार्यक्रम गर्ने भएको छ ।

    जुम प्र​विधिको भर्चुअल माध्य​म​बाट स​म्प​न्न गरिने सो कार्य​क्र​म​मा अमेरिका, बेलाय​त, क्यानाडा, जापान, नेपाल र​ कोरियालगायत थुप्रै देशका नारी स्रष्टाहरूले आफ्ना रचनाहरू प्रस्तुत गर्नेछन् । विग​त​ लामो स​म​य​देखि अनेसास​ कोरियाले कविता, ग​ज​ल,मुक्त​क जस्ता स​बै विधामा स​न्तुल​न राखेर​ विभिन्न साहित्यिक कार्य​क्र​म​ह​रू ग​रेको स्म​र​ण ग​र्दै यस​ कार्य​क्र​ममा प​नि हरेक विधामा कलम चलाउने अधिक नारी स्रष्टालाई उपस्थित गराई नेपाली साहित्यमा नारीको योगदानलाई उच्च सम्मान गर्न लागिएको च्याप्टर अध्यक्ष प्रमोद सारंगले बताउनु भयो ।

    यस्तै विभिन्न र पृथक कार्यक्रम गर्दै अगाडि बढीरहेको कारण नेपाली साहित्यिक संस्था अनेसास कोरियाले विश्वव्यापी लोकप्रियता हासिल गरेको र आगामी दिनमा पनि अझ नयाँ-नयाँ भिन्न खालका कार्यक्रमहरू गर्दै नवीन सोचका साथ संस्था अगाडि बढ्ने कुरा कार्य​क्र​म संयोज​क डीआर सूर्य​ले प्रष्ट पारेका छन् ।
    व​रिष्ठ​ साहित्य​कार माया ठ​कुरीको प्रमुख आतिथ्यमा हुने सो कार्यक्रममा विशेष अतिथिमा बोर्ड​ अफ ट्र​ष्टीकी अध्यक्ष साहित्यकार गीता खत्री र अतिथिमा अनेसासकी क्षेत्रीय​ उपाध्य​क्ष​ बाबा बस्नेत रहनु हुनेछ भने रचना वाचन तर्फ कवि तथा साहित्यकारहरू मोमिला जोशी, राधिका गुरागाईं, गीता कार्की, स​न्ध्या प​हाडी, समाश्री, दीपा राई पुन, डा.रेणुका सोलु, तारा अधिकारी, स​र​ला श्रेष्ठ​, मञ्जु गुरुङ, दीपा मेवाहाङ राई, स​रू बस्नेत, सुशिला ख​ड्का हसिना, उर्मिला कार्की, जीविका अश्रु, सुमित स्मित​, म​म​ता कर्माचार्य​ र मञ्जीला अनिल रहनुहुनेछ।

    अनेसास कोरियाले विगतका दिनहरूमा भानु जयन्ती, देवकोटा जयन्ती, श्रष्टा –कलाकार सम्मान र हरेक नयाँवर्षमा बृहत् कवि गोष्ठी आदि कार्यक्रमहरू गर्दै आएको छ । साथै, काव्य​ -सुधाको त्रैमासिक रूप​मा अतिथी कवि र​च​ना कार्य​क्र​म र​ साप्ताहिक रूप​मा विश्वव्यापि र​च​ना वाच​न कार्य​क्र​म स​म्प​न्न ग​र्दै आएको छ।

  • निर्वाचन आयोगको भूमिकाप्रति पूर्वप्रमुख आयुक्तहरुको असन्तुष्टी, छिटो निर्णय दिन माग

    निर्वाचन आयोगको भूमिकाप्रति पूर्वप्रमुख आयुक्तहरुको असन्तुष्टी, छिटो निर्णय दिन माग

    काठमाडौं । निर्वाचन आयोगले नेकपा विवादको टुंगो लगाउन छाडी असंवैधानिक रुपमा घोषित निर्वाचनको तयारीमा लागेको प्रति अहिले व्यापक आलोचना भइरहेको छ । यसै सन्दर्भमा पाँच पूर्वप्रमुख निर्वाचन आयुक्तले नेकपाको आधिकारिकता विवादमा यथाशीघ्र कानून अनुसार निर्णय दिन निर्वाचन आयोग समक्ष आग्रह गरेका छन् ।

    पूर्वप्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल, नीलकण्ठ उप्रेती, डा. अयोधिप्रसाद यादव र दोलखबहादुर गुरुङले बुधबार संयुक्त वक्तव्य जारी गर्दै यस्तो आग्रह गरेकाहुन् । उनीहरुले आयोगको निर्णय क्षमता र स्वायत्ततामा प्रश्न उठेको तर्फ समेत ध्यानाकर्षण गराएका छन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुसमा संसद विघटनको सिफारिस गरेपछि नेकपा दुइ धारमा विभाजन भएको छ । तर, आयोगले यसको टुंगो लगाएको छैन । तर, पार्टी विवाद नमिलाई आयोग भने नयाँ निर्वाचनको तयारीमा जुटेको थियो । त्यस कदमलाई सर्वोच्च अदालतले सच्याइदिएको छ ।

    पार्टीमा फाटो आएपछि प्रचण्ड–माधव समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर माधवकुमार नेपाललाई अध्यक्ष बनाएको छ । उता, ओली समूहले विधान संशोधन गर्न केन्द्रीय कमिटी विस्तार गरेको छ । दुबै समूहले आफ्नो निर्णय अध्यावधिक गर्न माग गर्दै आयोगमा पत्र दिएका छन् । आयोगले भने माघ ११ मा दुबै समूहको दाबी अस्वीकार गर्दै ४४१ सदस्यीय केन्द्रीय कमिटी कायम रहेको उल्लेख गरेको छ ।


    यसमा चित्त नबुझाई प्रचण्ड–माधव समूहले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार नेकपाको आधिकारिकता विवाद टुंग्याउन माग गर्दै २० माघमा निर्वाचन आयोगमा निवेदन दिएको छ । आयोग भने यो विषयमा मौन छ । कानून अनुसार गर्दा प्रधानमन्त्रीको विपक्षमा निर्णय जाने भएकाले आयोगबाट ढिलाई भएको आंशका गर्न थालिएको छ ।

  • फेवातालको नयाँ क्षेत्रफल कायम, परिधी १८ किलोमिटर

    फेवातालको नयाँ क्षेत्रफल कायम, परिधी १८ किलोमिटर

    पोखरा । पोखरास्थित फेवाताल अतिक्रमणको शिकार बनिरहेको छ । यसको उचित संरक्षण गर्न नसकेको भन्दै सरकारको आलोचना हुने गरेको छ । यसै सन्दर्भमा प्रदेश सरकारले फेवातालको नयाँ क्षेत्रफल सार्वजनिक गरेको छ । अब फेवातालको क्षेत्रफल ५ दशमलव ७२६ वर्ग किलोमिटर बनेको छ । ११ हजार २५५ रोपनी ११ आना १ पैसा कायम क्षेत्रफल निर्धारण गरिएको छ भने तालको सीमारेखाको परिधि १८ किलोमिटर कायम गरिएको छ ।

    तालको चारकिल्ला निर्धारण, सीमाङ्कन तथा नक्साङ्कनका लागि गठित समितिको प्रतिवेदन आईतवार सार्वजनिक भएको छ । तालको अध्ययन गर्न २ कात्तिक २०७७ मा प्रदेश सरकारले जिल्ला विकास समिति कास्कीका पूर्व सभापति पुण्यप्रसाद पौडेललाई प्रतिनिधि तोकेर केन्द्र सरकारसमक्ष पठाएको थियो । त्यसपछि सरकारले ९ सदस्यीय समिति गठन गरेको थियो ।

    सोही समितिले अध्ययनपछि तालको क्षेत्रफल निर्धारण गरेको हो । २०७७ फागुन ११ को मन्त्रिपरिषद बैठकले तालको चार किल्ला निर्धारण, सीमाङ्कन तथा नक्सांकन सम्बन्धी निर्णय गरेको हो ।

    समितिका अनुसार जनप्रतिनिधि, स्थानीय वासिन्दा, ज्येष्ठ नागरिकसहितको अन्तरक्रिया, फेवातालमा मिसिन आउने खोलाहरूको अवस्थिति र आकार, फेवा बाँधको उचाइ र वर्षाको समयमा पानीले ओगट्ने क्षेत्रफल तथा यसअघिका अध्ययन समेतलाई ध्यानमा दिई नयाँ क्षेत्रफल कायम गरिएको हो ।

    दुर सम्वेदन तथा भू–भौतिक अध्ययन मार्फत वैज्ञानिक तबरबाट क्षेत्रफल कायम गरेको मुख्यमन्त्रीको भनाई छ । अब फेवातालको पूर्वमा ‘ड्यामसाइड, पश्चिममा मोरेबगर, उत्तरमा खपौंदी–चङ्खपुर बीचको दम्किलो र दक्षिणमा चिसापानी रानी वन’ क्षेत्रलाई तोकिएको छ ।

  • दक्षिण एसियामा भुटानपछि नेपाल ‘शान्त मुलुक’

    दक्षिण एसियामा भुटानपछि नेपाल ‘शान्त मुलुक’

    काठमाडौं । दक्षिण एसियाली भेगमा रहेका मुलुकमध्ये भुटान र नेपाल सबैभन्दा शान्त रहेको देखिएको छ । ग्लोवल पिस इन्डेक्सको अध्ययनमा दक्षिण एसियाली मुलुकमध्ये भुटान सबैभन्दा शान्त मुलुक हो । दोस्रो स्थानमा नेपाल छ । यस भेगका ८ मुलुकमध्ये माल्दिभ्स अध्ययनमा समावेश छैन । सबैभन्दा अशान्त मुलुक भने अफगानिस्तान रहेको अध्ययनको निष्कर्ष छ ।

    ग्लोवल पिस इन्डेक्स २०२० मा विश्वव्यापी श्रेणी अन्तर्गत भुटान १९ औं शान्त मुलुक हो । नेपाल ७३ औं शान्त मुलुक बनेको छ । सन् २०१९ को तुलनामा नेपालको स्थान समेत तीन अंक सुधार भएको छ । दक्षिण एसियाका अन्य मुलुकहरुमा भारत १३९ औं, पाकिस्तान १५२, बंगलादेश ९७, श्रीलंका ७७ र अफगानिस्तान १६३ औं स्थानमा छन । नेपाल र भुटानबाहेकका मुलुक कुनै न कुनै रुपमा आतंकवादी आक्रमणको निसानामा पर्दै आएका छन् ।

  • सुन्ताखान माध्यमिक विद्यालयको ६९ औं वार्षिकउत्सब कार्यक्रम सम्पन्न

    सुन्ताखान माध्यमिक विद्यालयको ६९ औं वार्षिकउत्सब कार्यक्रम सम्पन्न

    काठमाडौं/गोकर्णेश्वर नगरपालिका वडा नं ३ सुन्ताखान स्थित श्री सुन्ताखान माध्यमिक विधालयको वार्षिक उत्सव तथा अभिभावक दिवस काठमाडौं क्षेत्र ३ का सांसद माननीय कृष्ण बहादुर राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।
    सोमबार सम्पन्न कार्यक्रमको सभापतित्व विधालय व्यवस्थापन समिति अध्यक्ष उद्दव बिष्टले गरेका थिए।

    कार्यक्रममा गोकर्णेश्वर नगर प्रमुख सन्तोष चालिसे,
    जिल्ला समन्वय समिति सदस्य उद्दव भण्डारी, गोकर्णेश्वर नगरपालिका वडा नं ३ वडा अध्यक्ष राजेन्द्र कुमार भण्डारी,पुर्व प्रधान अध्यापक ध्रुव प्रसाद भण्डारी, सहयोगी मा विका प्रधानाध्यापक निर्माण न्यौपाने,विद्यालयका प्रधानाध्यापक झलक प्रसाद खनाल,लगायत विधालयका संस्थापक,समाजसेवी,शिक्षा प्रेमी,सहयोगी संस्थाहरु,अभिभावक तथा विद्यार्थीको उल्लेख्य सहभागिता रहेको थियो।


    वि.स.२००८ साल फागुन १० गते स्थापित विधालयको ६९औं वर्षको अवधिमा पहिलो पटक वार्षिकोत्सब तथा अभिभावक दिवस मनाइएको हो।वार्षिकोत्सको अवसरमा शैक्षिक तथा समग्र विद्यालयको गतिविधिमा पुर्व निर्धारित मापदण्ड अनुसार शैक्षिकसत्र २०७६ को उत्कृष्ट मध्ये उत्कृष्ट शिक्षक तथा कर्मचारी सम्मानले शिक्षक राजेन्द्र बिष्टलाई सम्मानित गरिएको थियो भने,पुर्व प्रधान अध्यापक ध्रुव प्रसाद भण्डारीलाई निजले विद्यालयको हीतमा गरेको अतुलनीय योगदानको सम्मान सहित सेवा निवृत्त भइ गएकोले ससम्मान विदाई गरेको थियो।गरिब तथा जेहन्दार विद्यार्थीलाई छात्रवृत्ति समेत वितरण गरिएको थियोे।

    कार्यक्रममा बिष्टलाई गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे,जिल्ला समन्वय समिति काठमाडौंका सदस्य उद्दब भण्डारी,विधालय व्यवस्थापन समितिका अध्यक्ष उद्दब बिष्टले संयुक्त रुपमा सम्मान गरेका थिए।कार्यक्रममा विधालयका भुतपुर्व प्रधानाध्यापक धुर्ब प्रसाद भण्डारीलाई समेत सम्मान गरिएको थियो।
    विधालयको शैक्षिक तथा हाल सम्मको समग्र प्रगति प्रतिवेदन प्रधान अध्यापक झलक प्रसाद अधिकारीले प्रस्तुत गरेका थिए।कार्यक्रममा प्रमुख अतिथि माननीय राई तथा विषेश अतिथि उद्दव भण्डारीले विद्यालयको युवा नेतृत्वले पछिल्लो समयमा गरेको समग्र सुधार र प्रगतिको लागि बधाई दिंदै अझै प्रगति र उत्थानको शुभकामना दिएका थिए।

    करिब ४०० जनाको संख्यामा अभिभावक ,अतिथिहरू,स्थानीय ब्यक्तिहरू साथै विधार्थिहरुको उपस्थितिले वार्षिक उत्सब कार्यक्रम भव्यताको साथ सम्पन्न गर्न पाएकोमा र निमन्त्रणा स्वीकार गरि बालबालिकाको हौसला बढाउन सहयोग गरेकोमा अध्यक्ष विष्टले सबैलाई धन्यवाद दिदै आगामी दिनहरुमा समेत सबैको साथ सहयोगको निरन्तरताको अपेक्षा रहेको उल्लेख गरेका थिए ।

  • जलवायु परिवर्तनका मुद्दा विश्वमञ्चमा उठाउन ‘सगरमाथा संवाद’ आयोजनाको तयारी

    जलवायु परिवर्तनका मुद्दा विश्वमञ्चमा उठाउन ‘सगरमाथा संवाद’ आयोजनाको तयारी

    काठमाडौं । सरकार यो वर्ष पुनः सगरमाथा संवाद आयोजनाको तयारीमा जुटेको छ । यसअघि गत वर्ष भ्रमण वर्ष २०२० अगाडी नै सगरमाथा संवाद आयोजनाको तयारी थियो । तर, कोरोना महामारीले सो वर्ष कार्यक्रम आयोजना हुन सकेन । अघिल्लो वर्ष अप्रिल २ देखि ४ तारिखसम्म सम्मेलनको मिति तय भएको थियो ।

    जलवायु परिवर्तनका मुद्दामा नेपालले नेतृत्व लिनु पर्छ भन्ने उदेश्यसहित सरकारले सगरमाथा संवाद आयोजना गर्न लागेको छ । जलवायु परिवर्तनमा कारक मुलुक नेपाल होइन । तर, विकसित मुलुले गर्ने गतिविधिबाट सबैभन्दा बढी प्रभावित मुलुक भने नेपाल हो । किनकी नेपाल हिमाल वाहुल्य भएको मुलुक हो ।

    हिमाल नेपालको जनजिविकासँग जोडिएको छ । अहिले कोरोना भाइरसको संक्रमण कम भएको र खोप समेत सहजै उपलब्ध हुने अवस्था बनेको भन्दै परराष्ट्र मन्त्रालय सगरमाथा संवाद आयोजनामा जुटेको हो । आगामी नोभेम्बर १ देखि १२ तारीखसम्म कोप सम्मेलन हुँदैछ ।

    त्यसअगाडी नै नेपालले सगरमाथा सम्मलेन गर्न चाहेको छ । यसबारे मन्त्रालयले कार्यक्रम आयोजना गर्न सम्भव भए नभएको बारे विज्ञबाट राय समेत लिएको छ । मन्त्रालयमा शुक्रबार भएको वैठकमा विज्ञ समूहलाई कोप सम्मेलन अगाडि संवाद आयोजना गर्न सकिने विषयमा अध्ययन गरी पाँच दिनभित्र राय पेस गर्न समय सिमा दिइएको छ । विज्ञ समूहको रायका आधारमा मन्त्रालयले मन्त्रीपरिषदमा प्रस्ताव लैजाने छ ।

  • आज ७१ औं प्रजातन्त्र दिवस, करीव ६ सय कैदीबन्दीलाई आममाफी

    आज ७१ औं प्रजातन्त्र दिवस, करीव ६ सय कैदीबन्दीलाई आममाफी

    काठमाडौं । नेपालमा आज ७१ औं प्रजातन्त्र दिवस मनाइँदै छ। २००७ सालको क्रान्ति सफल भएसँगै १०४ वर्ष लामो निरंकुश राणाशासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा आज कै दिन हरेक वर्ष प्रजातन्त्र दिवस मनाउन थालिएको हो । आज प्रजातन्त्र दिवस मूल समारोह समितिको आयोजनामा सैनिक मञ्च टुँडीखेलमा विशेष समारोह संचालन हुन्छ ।

    कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्रीसहित उच्च पदस्थ अधिकारी सहभागी हुने प्रचलन रहेको छ । आजै बिहान नेपाली नेपाली सेनाले ६ः२९ मा तोप सलामी र बिगुल बजाएर बढाइँ गरेको छ । जनताको क्रान्तीबाट सफलता प्राप्त भई जनताको शासनमाथि पकड भएको दिनका रुपमा यो दिनको महत्व ठूलो रहेको छ ।

    प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै देश अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा छ । जहाँ अब मुलुकको सर्वोच्च पदमा जनताकै छोराछोरी पुग्ने सक्छन् । यो दिनको उपलक्ष्यमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुखसहित सबै दलका शीर्ष नेताले शुभकामना व्यक्त गरेका छन् ।

    यता, सरकारको सिफारिसमा राष्ट्रपतिबाट करीव ६ सय कैदीबन्दीलाई समेत आजकै दिन आम माफी दिने निर्णय भएको छ । मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले कैदीबन्दीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा दिएकी छन् ।

    राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जनाए अनुसार ४०१ कैदीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा गरिएको छ । आजसम्म कम्तीमा ५० प्रतिशत कैद भुक्तान गरेका र असल चालचलन भएका १७९ कैदीको भुक्तान हुन बाँकी कैद समेत छुट दिइएको छ । उता, १५ जनाको विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसला बमोजिम कैद, जरिवाना, सर्वस्वलगायत सजाय माफी गरिएको छ ।

  • गायक सत्यराज आचार्यको भरोसाको दियो सार्वजनिक

    गायक सत्यराज आचार्यको भरोसाको दियो सार्वजनिक

    न्युयोर्क

    चर्चित गायकद्वय सत्य–स्वरुपको आफ्नै यूट्युब च्यानलमार्फत समसामयिक विषयवस्तुमा आधारित भरोसाको दियो’ गीतको दर्शनीय म्युजिक भिडियो दर्शक श्रोतामाझ आएको छ ।
    गायक सत्यराज आचार्यको स्वरमा गीतकार हरिहर निरौलाको शब्द र विशाल ढकालको संगीतले गीत श्रवणीय बनेको छ ।‘भरोसाको दियो’ नाम दिइएको गीत नेपाली संगीताकाशको ओजपूर्ण गीत बन्ने देखिन्छ ।

    भरोसाको दियो

    गीतको म्युजिक भिडियोमा गायक स्वयम् सत्यराज आचार्य, अभिनेता स्वरुप पुरुष ढकाल तथा मोडल पुष्पा रायमाझीले अभिनय गरेका छन्।
    गीतको निर्देशन पनि गायक आचार्यले नै गरेका छन् ।

  • परीक्षा हलमै टिकटक बनाएका विद्यार्थीको रिजल्ट रद्द, शिक्षकलाई कारवाही सिफारिस

    परीक्षा हलमै टिकटक बनाएका विद्यार्थीको रिजल्ट रद्द, शिक्षकलाई कारवाही सिफारिस

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ मा पढ्ने एक विद्यार्थीका सम्पूर्ण परीक्षा रद्द गरिदिएको छ । परीक्षामा टिकटक बनाएर सामाजिक सञ्जालमा राखेका कालिका माबि, दैलेखका विद्यार्थी रोशनकुमार शाहीको परीक्षा रद्द भएको हो । बोर्डले गत मंसिरमा भएको कक्षा १२ को परीक्षामा सहभागी शाहीले परीक्षा चलिरहेकै समयमा टिकटक बनाएर सामाजिक संजालमा भाइरल बनाएका थिए ।

    बोर्डले उनको चालु खण्डको परीक्षा रद्द गरेको जनाएको छ । बोर्डले विद्यालयमा निरीक्षकका रुपमा खटिएका शिक्षक कमलबहादुर शाही र केन्द्रध्यक्ष चक्रबहादुर शाही तीन वर्षसम्म कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरी विभागीय कारबाही गर्न समेत सिफारिस गरेको छ । यसको निर्णय भने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गर्नेछ । पछिल्लो समय टिकटिकमा भाइरल हुन अनेक हर्कत गर्ने प्रचलन बढेको छ ।

  • अब कक्षा १० मा पनि सिधै भर्ना हुन सकिने

    अब कक्षा १० मा पनि सिधै भर्ना हुन सकिने

    काठमाडौं । नेपालमा अब कक्षा १० मा पनि सिधै भर्ना हुन पाइने भएको छ । सरकारले कक्षा १० मा पनि भर्ना हुन पाइने प्रावधान ल्याएको हो । शिक्षा नियमावलीमा संशोधन गगर्दै सरकारले कक्षा ९ मा भर्ना भएर रजिस्ट्रेसन फाराम भरेपछि त्यही विद्यालयबाट एसईई (माध्यमिक शिक्षा परीक्षा) दिनु पर्ने अनिवार्य प्रावधान हटाएको छ ।

    नयाँ प्रावधान अनुसार महामारी वा यस्तै अन्य विपद्का कारण पठन पाठन अवरुद्ध भई विद्यालयबाट स्थानान्तरण हुनु परेको विद्यार्थीले स्थानान्तरण भई आउन चाहेको स्थानको विद्यालयले सो व्यहोरा खोली निवेदन दिएमा सम्बन्धित विद्यालयले त्यस्तो विद्यार्थीलाई स्थानान्तरण गर्नुपर्ने व्यवस्था थपिएको छ ।

    यसअघि वैवाहिक सम्बन्धको कारण वा सरकारी कर्मचारी रहेका अभिभावकको सरुवा भएको अवस्थामा बाहेक कक्षा १० मा भर्ना हुन पाइदैनथ्यो । नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण स्थानान्तरण हुने विद्यार्थीलाई लक्षित गरेर नियमावली संशोधन गरिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।

  • यस्तो प्रेम गरूँ

    यस्तो प्रेम गरूँ

    दीपा राई पुन
    बोष्टन

    प्रेम गर्नु पनि
    हल्ला गर्नु पर्छ र ?

    तिमीलाई प्रेम गरेको अनुभूतिमा
    चुपचाप आफैलाई प्रेम गरूँ
    हरदम ख़्याल राखुँ
    हरक्षण जीवनको उत्सव मनाउॅ
    मलाई देख्नेहरूले
    खुसीको ज्योति देखुन मुहारमा
    ब्यवहारमा सकारात्मक भेटुन
    र भरून आफूलाई उर्जा
    म तिम्रो प्रेममा पुलकित भएर
    अझ बिशाल मनले फैलिरहूँ
    प्रेमै प्रेम बॅाटिरहूँ

    तिमीलाई कहिल्यै थाहै नहोस
    म भित्र भित्रै प्रेम गर्छु
    भित्र भित्रै ‌मन पराउँछु
    मलाई माफ गर प्रिय
    तिमीलाई देख्दा
    तिमीलाई भेट्दा
    नचिनेको जस्तो गर्नेछु
    तिम्रो आवाजलाई
    मनमा गुनेर मौन हुनेछु
    तिमीले आफैलाई लेखेको
    प्रेमिल अक्षर शब्द र वाक्य
    मेरो लागि प्रेमोपहार जस्तै
    जतनले राख्नेछु मनको कन्तुरमा
    जीवन यात्रामा तिमी मबाट
    सधै बेवास्ता हुनेछौ
    भाइवर वाट्सअप र मेसेन्जरमा
    मनमा भने मलाई लागिरहोस
    तिमी मलाई औधि प्रेम गर्छौ
    भन्न सकिरहेको छैनौ
    कहिले भन्ने हिम्मत तिमीमा नजुटोस

    हाम्रो प्रेम , प्रेम जस्तै होस
    भाव र अनुभूतिले
    मन मस्तिष्क र ॲाखामा
    प्रेमले निथ्रुक्क हौं
    कर्म गर्न उत्साह मिलोस
    जीवन जीउने कलामा निपुर्ण
    तिम्रो प्रेम मेरो स्वासमा भरियोस
    तिमीलाई पनि मनमा आभास होस
    म तिमीलाई औधि प्रेम गर्छु
    सॅाचो प्रेमले सिंचित भएरै
    हरियो मुस्कान छ हामीमा

    प्रेम दिवसको दिनमा
    हाम्रो प्रेम अझ प्रगाढ़ बनोस
    तिमी मलाई प्रेम भावले बुझ
    आफैमा सम्पूर्णता भेट्टाउ
    म तिमीलाई प्रेम गर्छु
    तिमीलाई प्रेम गर्न कै लागि
    आफैलाई प्रेम गरेर बाँचिरहने छु
    प्रतिक्षण मुटुको अन्तस्करणमा
    प्रेमको दियो बलिरहोस
    आफै आफ्नो प्रेमी बनेर
    साँच्चै प्रिय
    सुनसान तपोभूमी जस्तों ढुकढुकीमा
    तिम्रै यादको जुलूस आइरहन्छ
    प्रेम त प्रेम हो भनेर धर्ना बस्छ
    प्रेमको जुलूसमा तिमी भनिरहेछौ
    प्रेम गर्न पनि
    हल्ला गर्न पर्छ र !?

  • विद्यालयको दिवा खाजामा ‘जंकफुड’ निषेध

    विद्यालयको दिवा खाजामा ‘जंकफुड’ निषेध

    काठमाडौं । सरकारले देशभर सम्पूर्ण सामुदायिक विद्यालयमा दिवा खाजाका रुपमा ‘जङ्क फुड’ दिन नपाउने नियम ल्याएको छ । राष्ट्रिय समाचार समितिका अनुसार शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीले सोमबार यस्तो नियम सार्वजनिक गरेको छ ।

    ‘विद्यालय दिवाखाजा व्यवस्थापन सहयोगी पुस्तिका’ प्रकाशन गर्दै केन्द्रले सामुदायिक विद्यालयका प्रारम्भिक बालविकासदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई दिवाखाजामा ‘जङ्क फुड’ खुवाउन नपाइने नियम ल्याएको हो ।

    अब विद्यालयहरुले स्थानीयस्तरमा उत्पादन भएका खानेकुरालाई प्राथमिकतामा राखेर दिवाखाजा तयार पार्नु पर्ने छ । केन्द्रले बालबालिकालाई उपयुक्त हुने ६० प्रकारका ‘मेनु’ तयार गरी पुस्तिकामा समावेश समेत गरेका छ ।

    सरकारले विद्यार्थीलाई दिवाखाजाको प्रयोजनका लागि ७ अर्ब ७२ करोड ९३ लाख ३० हजार रुपैयाँ देशभरका सामुदायिक विद्यालयमा पठाएको छ । यो रकमले २९ लाख ४० हजार ७८९ विद्यार्थीलाई विद्यालयमा दैनिक खाजा निःशुल्क खुवाइन्छ ।

    सरकारले कर्णाली भेगमा प्रतिविद्यार्थी दैनिक २० रुपैयाँ र अन्य भेगका विद्यार्थीलाई १५ रुपैयाँका दरले दिवाखाजा खुवाउने गरेको छ । यसले विद्यालयमा भर्ना हुने र विद्यालयमा नियमित आउने विद्यार्थीको संख्या कायम राख्न समेत ठूलो भूमिका खेलेको छ ।

  • आज श्रीपञ्चमी, अक्षाराम्भ गराउने उत्तम साइत

    आज श्रीपञ्चमी, अक्षाराम्भ गराउने उत्तम साइत

    काठमाडौं । आज देश तथा विदेशमा रहेका हिन्दु धर्मावलम्बीले श्रीपञ्चमी पर्व मनाउँदैछन् । माघ शुक्ल पञ्चमीका दिन पर्ने यो पर्वमा विद्याकी देवी सरस्वतीको पूजाआज गरिन्छ । यस दिन विद्यालय जाने उमेरका बालबालिकाको पहिलो सिकाई प्रारम्भ गराउन अर्थातः अक्षाराम्भका लागि पनि शुभसाइत मानिन्छ ।

    सूर्य उत्तरतिर लाग्ने र दिन लामो हुने तथा वसन्त ऋतु प्रारम्भ हुने दिनका रुपमा समेत आज मान्यता छ । सोहीकारण यो दिनलाई ‘वसन्त पञ्चमी’ समेत भन्ने गरिएको छ । विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आआफ्ना कलासाधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा गर्र्ने प्रचलन रहेको छ ।

    आज काठमाडौं उपत्यकाका स्वयम्भू, मैतीदेवी, गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा विद्यार्थी तथा भक्तजनको घुइचो लाग्छ । हनुमानढोका दरबारमा वसन्त श्रवण गर्ने समेत प्रचलन छ । वसन्त श्रवणमा राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुने कार्यक्रम छ ।

    आज विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न समेत छुट्टै साइत जुराउन नपर्ने मान्यता रहेको छ ।

  • विजयजंग बस्‍नेतविरुद्ध सपनाले दिइन् प्रहरीमा उजुरी

    विजयजंग बस्‍नेतविरुद्ध सपनाले दिइन् प्रहरीमा उजुरी

    काठमाडौं । पशुपतिमा वेवारिसे शव जलाएर प्रशंसा बटुल्दै बीबीसीको १०० महिलाको सूचीमा परेकी सपना रोका मगरले विजयजंग बस्नेतविरुद्ध प्रहरीमा उजुरी दिएकी छिन् ।

    काठमाडौं प्रहरी परिसरका अनुसार सपनाले बस्नेतविरूद्ध अभद्र व्यवहारको मुद्दा जाहेरी दिएकी हुन् ।

    बस्नेतले युट्युब च्यानलमा आफूसँग सपनाका नग्न तस्वीरहरू पेनड्राइभमा भएको बताएका थिए। उनले ती सामाग्रीहरू सार्वजनिक गर्ने धम्की दिएका थिए।

    एक समय सपना विनयलाई बुवा भनेर सम्बोधन गर्ने गर्थिन् भने विनय सपनालाई छोरी भन्थे । तर पछिल्लो समय आपसी विवाद बढेको थियो ।

    सपनाका अश्लील फोटो आफूसँग मोबाइल र पेनड्राइभमा सुरक्षित रहेको भन्दै युट्यबुमा अन्तर्वार्ता दिएपछि उनीहरुभित्रको विवाद थप बाहिर आएको हो । विनयले सपनामाथि धम्कीपूर्ण चेतावनी दिएपछि महिला अधिकारकर्मीले प्रहरीमा उजुरी दिएर कारवाही गर्नुपर्ने माग उठाएका थिए । सपना विश्वकै १०० प्रभावशाली महिलाको सूचीमा परेपछि भने उनीहरुको सम्बन्ध बिग्रिएको थियो ।