पोखरा । पोखराका छुट्टाछुट्टै स्थानमा गएको पहिरोमा परि ३ जनाको ज्यान गएको छ । एक जना बेपत्ता छन् । घटनामा ५ घाइते भएको र उनीहरुको उपचार जारी रहेको बताइएको छ ।कास्की प्रहरीलाई उदृत गर्दै संचारमाध्यमले लेखे अनुसार बुधबार साँझदेखि परेको अविरल वर्षाका कारण आएको पहिरोले घर पुरिँदा पोखरा–२० भलामका ४५ वर्षीय कृष्ण श्रेष्ठ, उनकी ३५… Continue reading पोखरामा छुट्टाछुट्टै स्थानमा पहिरोमा परि ३ जनाको मृत्यु, १ वेपत्ता
Category: स्थानीय
जगडोलको शहीद पार्कमा सप्ताह व्यापी वृक्षरोपण कार्यक्रमको शुभारम्भ
अमृता के सी ( रोनी )काठमाडौँ, भाद्र १६ । गोकर्णेश्वर नगरपालिका वडा नं ४ स्थित राष्ट्रिय शहिद तथा शान्ति पार्कमा राष्ट्र सेवक कर्मचारी वृक्षारोपण अभियानको शुभारम्भ गरियो । बुधबार एक कार्यक्रमका बिच महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख प्रहरी नायब उपरिक्षक ढुण्डीराज न्यौपानेको प्रमुख आतिथ्यतामा राष्ट्र सेवक कर्मचारी वृक्षारोपण अभियान सुरु गरिएको हो । बूढानीलकण्ठ वडा… Continue reading जगडोलको शहीद पार्कमा सप्ताह व्यापी वृक्षरोपण कार्यक्रमको शुभारम्भ
गोःरा पर्वको शुरूवात बिरूडा पञ्चमी
किशनसिह धामी, न्युयोर्क गौःरापर्वको पहिलो शुक्ल पञ्चमीकादिन बिवाहिता महिलाहरु ब्रतबसी बिहान पानीको मुहानबाट तामाका भाडाहरुमा पानी ल्याएर देवताको भण्डार लिपपोत गरि पुजा आजा गरेर ठुलो तामाको भाडोमा पाँच किसिमका गेडागुडी (गहत, केराउ, मास, गहुँ, गुरास)लाई जेठी सासु वा जेठानीबाट झोडो (सगुन) गाउँदै छान्दै केलाउँदै भिजाउँने गर्दछन् । त्यसैलाई पंचबिरुडा भन्दछन् । पंचमीका दिन भिजाएका बिरूडालाई… Continue reading गोःरा पर्वको शुरूवात बिरूडा पञ्चमी
दार्चुलामा बाढी र पहिरोमा परि ३ जनाको मृत्यु, दुई घाइते-दुई वेपत्ता
दार्चुला । दार्चुलामा बाढी पहिरोमा परि तीन जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते र दुई जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी तथा उद्धार गर्न नेपाली सेनाको टोली हेलिकोप्टर लिएर दार्चुला पुगेको छ । आइतबार राति आएको बाढीमा परी दुहु गाउँपालिका–१ बासपालिका नरसिंह महर, उनकी श्रीमति कौशा महर र दुहु गाउँपालिका–५, दुल्लामका… Continue reading दार्चुलामा बाढी र पहिरोमा परि ३ जनाको मृत्यु, दुई घाइते-दुई वेपत्ता
काठमाडौंको फोहोर उठ्न नसकेपछि मेयरले गुहारे प्रधानमन्त्रीलाई
काठमाडौं । काठमाडौं महानगरपालिकासहित अहिले काठमाडौंका गल्लीगल्ली र घरघरमा फोहोर थुप्रिएको छ । उपत्यकाका सडक र चोकमा फोहोर भरिएर वर्षाको समयमा शहर नै कुरुप हुन थालेपछि काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले प्रधानमन्त्री शेर बहादुर देउवालाई गुहार्नु परेको छ । फोहोर व्यवस्थापन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा समेत सकारात्मक भएको बताइएको छ । सोमबार काठमाडौं महानगरपालिकाका प्रमुख… Continue reading काठमाडौंको फोहोर उठ्न नसकेपछि मेयरले गुहारे प्रधानमन्त्रीलाई
खुल्ने भए गोकर्णेश्वर नगरपालिका भित्रका विद्यालयहरु
काठमाडौँ, भाद्र १३ । गोकर्णेश्वर नगरपालिका भित्रका विद्यालयहरु भाद्र १५ गते देखि भौतिक रुपमा संचालन हुने भएका छन्। नगरपालिकामा भाद्र १३ गते बसेको नगर शिक्षा समितिको बैठकले आगामी भाद्र १५ गते देखि सुरक्षा मापदण्ड सहित विद्यालयहरु खोल्ने निर्णय गरेको हो । कोभिड १९ को दोस्रो लहर बढे संगै बैशाख १६ गते देखि बन्द गरिएका नगरपालिका… Continue reading खुल्ने भए गोकर्णेश्वर नगरपालिका भित्रका विद्यालयहरु
बुद्ध शिक्षाको प्रवद्धर्नका लागि हिमालय मैत्री फाउण्डेसन नेपालको स्थापना
काठमाडौँ, भाद्र १२ ।बौद्ध ६ तीनचुली स्थित भुवालडाँडामा हिमालय मैत्री फाउण्डेसन नेपालको उद्घाटन भएको छ ।शुक्रबार एक कार्यक्रम बिच फाउण्डेसनका संस्थापक संरक्षक खेन रिम्पोछे फुर्वा दोर्जेले फाउण्डेसनको उद्घाटन गरेका हुन् । फाउण्डेसनको उद्घाटन कार्यक्रम अघि फाउण्डेसनको कार्यालयमा लामा गुरु उर्गेन लामाको नेतृत्वमा हरित तारा पुजा (ढोल्छ्योक) भएको थियो । ९ जनाको कार्यसमिति रहेको फाउण्डेसनको उपाध्यक्ष… Continue reading बुद्ध शिक्षाको प्रवद्धर्नका लागि हिमालय मैत्री फाउण्डेसन नेपालको स्थापना
ललितपुरमा बाढीले बगाउँदा एक जनाको मृत्यु, एक वेपत्ता
ललितपुर । दक्षिण ललितपुरस्थित बाग्मती गाउँपालिका ६ आश्राङ र वडा नं ७ गिम्दीको सङ्गमस्थल शुभाने खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । एक जना वेपत्ता छन् । प्रहरीका अनुसार बाढीले बगाउँदा स्थानीय ४० वर्षीया सञ्जु सिङतानको मृत्यु भएको हो । उनीसँगै रहेकी करीव आठ वर्षीया बालिका बेपत्ता छिन् । उनको पहिचान खुलिसकेको छैन ।… Continue reading ललितपुरमा बाढीले बगाउँदा एक जनाको मृत्यु, एक वेपत्ता
मकैबारीमा किशोरीको शरिरको तल्लो भाग नभएको अवस्थामा शव भेटियो
काठमाडौँ, भाद्र १०।कालिकोटमा एक किशोरीको शव मकैबारीमा भेटिएको छ।गत शुक्रबार देखि हराएकि खाँडाचक्र नगरपालिका-६ की १६ वर्षीया किशोरी निरु विकको शव मकै बारीमा भेटिएको कालीकोट प्रहरीले बताएको छ। उनको शव मंगलबार दिउँसो घर नजिकैको मकै बारीमा भेटिएको हो। प्रहरीका अनुसार निरुको शरीर जंगली जनावरले क्षत विक्षत पारेका छन् ।साथै निरुको शरीरको तल्लो भाग नभेटिएको र… Continue reading मकैबारीमा किशोरीको शरिरको तल्लो भाग नभएको अवस्थामा शव भेटियो
पत्रकारलाई गाली बेइजती गर्नेविरुद्ध मुद्दा दायर, दुई वर्षको जेल सजाय माग
काठमाडौं । टेलिभिजन कार्यक्रम ‘गरिबका लागि न्याय’ का पत्रकारमाथि गाली बेइजती गर्ने भक्तपुर ठिमीस्थित द्रब्य बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष विरेन्द्र जयना र सोही सहकारीका सचिव नरेन्द्रप्रसाद ढकालविरुद्ध मुद्दा दायर भएको छ । जयना साफ ऐजुकेशन फाउण्डेशनका संचालक, सुप्रिम स्कुलका अध्यक्ष तथा प्रधानाध्यापक समेत हुन् । एक सय जनाभन्दा बढी कानुन व्यवसायीको… Continue reading पत्रकारलाई गाली बेइजती गर्नेविरुद्ध मुद्दा दायर, दुई वर्षको जेल सजाय माग
लुक्ला जान खोप अनिवार्य, नभए पिसिआर नेगेटिभ हुनुपर्ने
काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका प्रवेश गर्न कोरोनाविरुद्धको खोप लगाएको प्रमाणपत्र देखाउनु पर्ने भएको छ । खोप लगाएको नभए पीसीआर नेगेटिभ भएको रिपोर्ट अनिवार्य हुनुपर्ने निर्णय गाउँपालिकाले गरेको छ । गाउँपालिकाले त्रिभुवन विमानस्थल र लुक्ला विमानस्थललाई पत्र लेख्दै गाउँपालिकामा हवाईजहाज तथा हेलिकप्टरमार्फत प्रवेश गर्ने सबै यात्रुले कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाएको वा पीसीआर… Continue reading लुक्ला जान खोप अनिवार्य, नभए पिसिआर नेगेटिभ हुनुपर्ने
कोभिड-१९ विरुद्धको खोप फाइजरलाई अमेरिकामा पूर्ण प्रयोगको अनुमति
काठमाडौं । कोभिड-१९ विरुद्धको खोप फाइजरलाई अमेरिकाले पूर्ण प्रयोगको अनुमति दिएको छ । अमेरिकाको औषद्यि तथा खाद्य विभागले दुईवटा डोज लगाउन मिल्ने फाइजरलाई पहिलोपटक यस्तो अनुमति दिएको हो । यो खोपलाई यसअघि आपतकालिन प्रयोगको अनुमति दिइएको थियो । १६ वर्षभन्दा माथिका नागरिकलाई यो खोप अब पूर्णरुपमा लगाउन मिल्ने अनुमति विभागले दिएको बीबीसीले जनाएको छ ।… Continue reading कोभिड-१९ विरुद्धको खोप फाइजरलाई अमेरिकामा पूर्ण प्रयोगको अनुमति
लायन दिपेन्द्र सिम्खडाले आफ्नो जन्म दिन सुनौलो पाइला बाल आश्रममा मनाए
अमृता के सी ( रोनी ) काठमाडौं, भाद्र ६। लायन्स क्लब इन्टरनेशनल डिस्ट्रीक ३२५ ए १ को चिफ एरिया कोर्डिनेटर लायन दिपेन्द्र सिम्खडाले आफ्नो जन्म दिन बालबालिकाहरु संग मनाएका छन्। गोकर्णेश्वर नगरपालिका वडा नं ९ स्थित सुनौलो पाइलाका अभिभावकबिहिन बालबालिकाहरुलाई खाद्यान्न र एक दिनको खाना सहित सम्पूर्ण परिवारका साथ सिम्खडाले बाल आश्रममा जन्म दिन मनाएका… Continue reading लायन दिपेन्द्र सिम्खडाले आफ्नो जन्म दिन सुनौलो पाइला बाल आश्रममा मनाए
नौलिन भद्रकाली मन्दिरमा गिरिजा प्रसाद कोईराला फाउण्डेशनले गर्यो रक्तदान
अमृता के सी ( रोनी ) काठमाडौँ, भाद्र ६ । गिरिजा प्रसाद कोइराला फाउण्डेशन काठमाडौं क्षेत्र नं. ४ (२) मा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।सामाजिक क्रियाकलाप सक्रिय जिपि कोइराला फाउण्डेशनले बूढानीलकण्ठ नगरपालिका वडा नं १३ नौलिन भद्रकाली मन्दिर परिसरमा शनिबार रक्तदान आयोजना गरेको हो । रक्तदान कार्यक्रममा ६९ जना रक्तदाताले रक्तदान गरेका थिए। रक्तदान कार्यक्रम… Continue reading नौलिन भद्रकाली मन्दिरमा गिरिजा प्रसाद कोईराला फाउण्डेशनले गर्यो रक्तदान
अन्तराष्ट्रिय युवा दिवसको अवसरमा यज्ञडाेल (जगडाेल)सामुदायिक वनमा वृक्षारोपण गोडमेल तथा पुनरोंपण कार्यक्रम
अमृता के सी (रोनी)काठमाडौँ, भाद्र ६।अन्तराष्ट्रिय युवा दिवसको अवसरमा नेपाल युनेस्काे संघसंस्था तथा क्लबहरुको राष्ट्रिय महासंघको आयोजनामा गोकर्णेश्वर नगरपालिका वडा नं ४ स्थित राष्ट्रिय शहिद तथा शान्ति पार्क निजामति (स्मारक) यज्ञडाेल (जगडाेल) सामुदायिक वनमा वृक्षारोपण गोडमेल तथा पुनरोंपण गरिएको छ। वातावरण समितिले संयोजन गरेको कार्यक्रममा गोकर्णेश्वर नगर प्रमुख सन्तोष चालिसेको प्रमुख आतिथ्यता सम्पन्न भएको हो।… Continue reading अन्तराष्ट्रिय युवा दिवसको अवसरमा यज्ञडाेल (जगडाेल)सामुदायिक वनमा वृक्षारोपण गोडमेल तथा पुनरोंपण कार्यक्रम
बूढानीलकण्ठ नगरपालिकाले कोभिड विरुद्धको पहिलो डोज खोप नलगाएका लाई १३ वटै वडाबाट खोप दिने
अमृता के सी ( रोनी ) काठमाडौँ, भाद्र ४ । बूढानीलकण्ठ नगरपालिकाले कोभिड १९ विरुद्धको पहिलो मात्रा खोप नलगाएकाहरुको लागि १३ वटै वडाबाट खोप संचालन गर्ने भएको छ। खोप लगाउने लक्षित समूह भित्र पर्ने १८ वर्ष माथिका विधार्थी र ४० माथिका व्यक्तिहरुलाई कोभिड १९ विरुद्धको चाइनिज भेरोसेलको पहिलो मात्रा खोप भोलि भाद्र ०८ गते प्रदान… Continue reading बूढानीलकण्ठ नगरपालिकाले कोभिड विरुद्धको पहिलो डोज खोप नलगाएका लाई १३ वटै वडाबाट खोप दिने
गोकर्णेश्वरका नगर प्रमुखले दक्षिणकालीमा मन्दिर शिलान्यास गरे
अमृता के सी ( रोनी )काठमाडौं भाद्र, ३। गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख सन्तोष चालिसेले प्राचीन दक्षिणकाली माता मन्दिर निमार्णको शिलान्यास गरेका छन् ।दक्षिणकाली नगरपालिका वडा नं ५ स्थित नगर्चु-गोरखनाथ डांँडामा निर्माण गर्न लागिएको मन्दिर गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोगमा बन्न लागेको हो। बिहिबार एक औपचारिक कार्यक्रमको बिच गोकर्णेश्वर र दक्षिणकाली नगरपालिका प्रमुखले मन्दिर निर्माण शुभारम्भ गरेका… Continue reading गोकर्णेश्वरका नगर प्रमुखले दक्षिणकालीमा मन्दिर शिलान्यास गरे
रसुवामा पहिरोले घर पुर्दा एकै घरका ४ जनाको मृत्यु
रसुवा । रसुवामा पहिरोले घर पुर्दा एकै घरका चार जनाको मृत्यु भएको छ । गतराती अविरल वर्षाका कारण पहिराले घर पुरिँदा एकै परिवारका चारजनाको मृत्यु भएको राससले जनाएको छ । मृत्यु हुनेमा रसुवा जिल्ला नौकुण्ड गाउँपालिका ५ कोलडाँडा निवासी ३२ वर्षीया कमला गलान, ११ वर्षीया सोफीका गलान, आठ वर्षीया सुकमाया गलान र सात वर्षीय आशीष… Continue reading रसुवामा पहिरोले घर पुर्दा एकै घरका ४ जनाको मृत्यु
बूढानीलकण्ठमा मेयर छात्रवृत्ति
काठमाडौं, भाद्र २ ।बूढानीलकण्ठ नगरपालिकाभित्र स्थायी रूपमा बसाेबास गर्ने विद्यार्थीहरूलाई मेयर छात्रवृत्ति प्रदान गरिने भएको छ।नगरपालिकामा बसाेबास गर्दै आएका गरिब तथा जेहेनदार विद्यार्थीहरूलाई उच्च तथा प्राविधिक शिक्षामा सहयाेग पुर्याउने उदेश्यले मेयर छात्रवृत्तिकाे आयाेजना गरिएकाे नगर प्रमुख उद्धव खरेलले बताएका छन्। यो कार्यक्रम अन्तर्गत नगरपालिकाबाट ८ जना विद्यार्थी र श्रीबूढानीलकण्ठ मा. वि. द्वारा २ जना गरी… Continue reading बूढानीलकण्ठमा मेयर छात्रवृत्ति
गोकर्णेश्वर नगरपालिकाका मेलमिलाप कर्ताहरुले खाए शपथ
अमृता के सी ( रोनी )काठमाडौं, भाद्र १। गोकर्णेश्वर नगरपालिका न्यायिक समितिको आयोजनामा मेलमिलाप कर्ताहरुलाई शपथ ग्रहण तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। शपथ ग्रहण कार्यक्रम नगर प्रमुख सन्तोष चालिसेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । आइतबार गोकर्णेश्वर नगरपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा उप प्रमुख एवं न्यायिक समिती संयोजक शान्ति नेपालले मेलमिलाप कर्ताहरुलाई शपथ ग्रहण गराएकी… Continue reading गोकर्णेश्वर नगरपालिकाका मेलमिलाप कर्ताहरुले खाए शपथ
लायन्स क्लब अफ काठमाडौं जर्नीद्वारा गोकर्णेश्वर मन्दिरमा फलफूल, पानी, माक्स र सेनिटाइजर वितरण कार्यक्रम
अमृता के सी ( रोनी )काठमाडौं, श्रावण ३२।लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ अन्तर्गत लायन्स क्लब अफ काठमाडौं जर्नीले फलफूल, पानी, माक्स र सेनिटाइजर वितरण गरेको छ।गोकर्णेश्वर मन्दिर परिसरमा सोमबार लायन्स क्लब जर्नीले गरेको उक्त कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष श्रीकुमार श्रेष्ठ, गो.न.पा. वडा नं ८ का वडा अध्यक्ष मनोज… Continue reading लायन्स क्लब अफ काठमाडौं जर्नीद्वारा गोकर्णेश्वर मन्दिरमा फलफूल, पानी, माक्स र सेनिटाइजर वितरण कार्यक्रम
१ केजी गाँजाको धुलो (पोल्याण्ड ) सहित काठमाडौं -६ भृकुटीचोकबाट एक जना पक्राउ
काठमाडौं, श्रावण ३२ ।काठमाडौं महानगरपालिका ६ स्थित भृकुटीचोकबाट १ केजी गाँजाको धुलो (पोल्याण्ड ) सहित एक जना पक्राउ परेका छन्। लागुऔषध विक्रि वितरण भई रहेको भन्ने गोप्य सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरी टोलिले शनिबार बेलुका करिव ५.३० बजेको समयमा चेक जांच गर्दा नियन्त्रित लागुऔषध गाँजाको धुलो (पोल्याण्ड) १ के.जि ३२ ग्राम सहित… Continue reading १ केजी गाँजाको धुलो (पोल्याण्ड ) सहित काठमाडौं -६ भृकुटीचोकबाट एक जना पक्राउ
गोकर्णेश्वरको गाम्चामा गाम्चा युवा क्लबको शुभारम्भको साथमा वृक्षरोपण गरियो
अमृता के सी ( रोनी )काठमाडौँ, श्रावण ३०। गोकर्णेश्वर नगरपालिका वडा नं ३ स्थित गाम्चा युवा क्लबको समुद्घाटन तथा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ । गोकर्णेश्वर नगर प्रमुख सन्तोष चालिसेले क्लबको उद्घाटन गरेका हुन्।नगरपालिका प्रमुख चालिसेले क्लब द्वारा आयोजित वृक्षरोपण समेत गरेका थिए । शनिबार आयोजित कार्यक्रममा क्लबका सचीव कुमार नगरकोटिले अतिथीहरुलाई स्वागत गर्दै भने… Continue reading गोकर्णेश्वरको गाम्चामा गाम्चा युवा क्लबको शुभारम्भको साथमा वृक्षरोपण गरियो
बाबुले स्याल भगाउन चलाएको गोली लागेर पाल्पामा छोराको मृत्यु
काठमाडौं । पाल्पामा बाबुले हानेको भरुवा बन्दुकको गोलीले लागेर छोराको मृत्यु भएको छ । रिब्दीकोट गाउँपालिका ६ तल्लोतालका ५६ वर्षीय कर्णबहादुर लम्तरीले मकैबारीमा आएको स्याललाई भगाउन गोली हान्ने क्रममा ३६ वर्षीय छोरा धनबहादुरलाई गोली लागेको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार टाउकोमा गोली लागेका धनबहादुरको घटनास्थलमै ज्यान गएको हो । मृतक धनबहादुर… Continue reading बाबुले स्याल भगाउन चलाएको गोली लागेर पाल्पामा छोराको मृत्यु
कैलालीमा जिप दुर्घटना, दुई जनाको मृत्यु
कैलाली । कैलालीमा जिप दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । कैलालीको भासु भिरबाट जिप खस्दा दुई जनाको ज्यान गएको प्रहरीले जनाएको छ । धनगढीबाट छुटेको प्रदेश ३–०१ ००२३ च ९०५९ नम्बरको जिप दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार कैलालीको चुरे गाउँपालिका ६ की ३६… Continue reading कैलालीमा जिप दुर्घटना, दुई जनाको मृत्यु
काठमाडौंमा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु
काठमाडौं । काठमाडौंमा दुई छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । गतराती एक बजे काठमाडौंको अनामनगरमा रोकि राखेको प्रदेश–३ ०१–००६ ख ०७९७ नम्बरको टिप्परमा बा २ ब ७५९८ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक सुर्खेतका २९ वर्षीय सन्देश बुढाथोकीको मृत्यु भएको प्रहरीले जानकारी गराएको छ । दुर्घटनामा गम्भीर घाइते भएका बुढाथोकीको उपचारका क्रममा सिभिल अस्पताल… Continue reading काठमाडौंमा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु
धनुषामा करेन्ट लागेर दुई जनाको मृत्यु
जनकपुर । धनुषामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार जिल्लाको क्षिरेश्वरनाथ नगरपालिकामा करेन्ट लागेर दुई जनाको ज्यान गएको हो । धनुषाको लक्ष्मिनियाँ गाउँपालिका वडा नम्बर ३ बस्ने ५४ वर्षीय विन्दा दास र ५० वर्षीय मनिराम यादवको मृत्यु भएको प्रहरीले बताएको छ । मंगलबार साँझ ६ बजेतिर करेन्ट लाग्दा उनीहरुको मृत्यु भएको… Continue reading धनुषामा करेन्ट लागेर दुई जनाको मृत्यु
सडकमा हिडिँरहेका प्रहरी इन्सपेक्टरको मोटरसाइकलको ठक्करबाट मृत्यु
बुटवल । नवलपरासीमा मोटरसाइकलको ठक्करबाट प्रहरी निरीक्षक (इन्सपेक्टर) कपिल वाग्लेको ज्यान गएको छ । सडकमा हिँडिरहेको समयमा उनलाई मोटरसाइकलले ठक्कर दिएको थियो । तनहुँको म्याग्दे गाउँपालिका ४ का ४३ वर्षीय कपिल वाग्लेको गत राती रुपन्देहीको भैरहवामा उपचारका क्रममा मृत्यु भएको हो । उनी इलाका प्रहरी कार्यालय बर्दघाटका इन्चार्ज हुन् । उनलाई लु १४ प ८७५८… Continue reading सडकमा हिडिँरहेका प्रहरी इन्सपेक्टरको मोटरसाइकलको ठक्करबाट मृत्यु
वन तथा भु-संरक्षण विभाग डिभिजन वन कार्यालयद्वारा जगडोल सामुदायिक वनमा वृक्षारोपण
अमृता के सी ( रोनी ) काठमाडौं, श्रावण २५। वन तथा भु-संरक्षण विभाग बबरमहल डिभिजन वन कार्यालयद्वारा सामुदायिक वन दिवस तथा भु-संरक्षण दिवसको अवसरमा राष्ट्रिय शहीद तथा शान्ति पार्क,निजामती ( स्मारक ) यज्ञडोल (जगडोल) सामुदायिक वनमा वृक्षारोपण समारोह २०७८ सम्पन्न गरेको छ। “प्रकृतिको भरपोषण प्रभावकारी भु – संरक्षण “को नाराका साथ भु-संरक्षण दिवस साथै “सामुदायिक… Continue reading वन तथा भु-संरक्षण विभाग डिभिजन वन कार्यालयद्वारा जगडोल सामुदायिक वनमा वृक्षारोपण
गोकर्णेश्वर नगरपालिकाद्वारा नगरबासीलाई कुखुराको चल्ला वितरण
अमृता के सी ( रोनी )काठमाडौं, श्रावण २४ । गोकर्णेश्वर नगरपालिकाले वडा नं ३ स्थित गाम्चामा कुखुराको चल्ला वितरण गरेको छ।नगरपालिकाले विपन्न वर्गका लागि आय-आर्जन गर्न प्रेरित गर्ने उदेश्यका साथ वस्तुगत टेवा कार्यक्रम अन्तर्गत कुखुराका चल्ला वितरण गरेको हो । महिला समुहलाई लक्षित गरि करिब ५१ घर परिवारका महिला दिदी बहिनीहरुलाई आय आर्जन गर्न प्रेरित… Continue reading गोकर्णेश्वर नगरपालिकाद्वारा नगरबासीलाई कुखुराको चल्ला वितरण