Category: स्थानीय

  • बैतडीमा एक युवकको हत्या

    बैतडीमा एक युवकको हत्या

    काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका–८ कालागाउँका एक युवकको हत्या भएको छ। अन्दाजी ३७ वर्षीय वासुदेव जोशीको हत्या गरिएका अवस्थामा शव फेला परेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिएका छन् । शनिबार बेलुका ८ बजे घर नजिकै हत्या गरिएको अवस्थामा जोशीको शव फेला परेको हो। उनको धारिलो हतियार प्रहार गरी हत्या गरिएको बताइएको छ। प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ।

  • रौतहटमा गोली चल्दा एक जनाको मृत्यु

    रौतहटमा गोली चल्दा एक जनाको मृत्यु

    काठमाडौं । रौतहटको गढीमाई नगरपालिकामा गोली लागेर एक जनाको मृत्यु भएको छ । गढीमाई नगरपालिका–८ धोबिनियामा जग्गासम्बन्धी विवादका क्रममा दुई पक्षबीच झडप हुँदा गोली चलेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख उपरीक्षक वीरबहादुर बुढामगरले जानकारी दिएका छन् । गोली लागेर स्थानीय राजकुमार राय यादवको मृत्यु भएको छ ।

    विवादका क्रममा गोली लागेका उनलाई उपचारका लागि वीरगञ्ज पठाइएकामा बाटोमा नै मृत्यु भएको एसपी बुढामगरले बताए । गोली कसले चलायो भन्ने खुलेको छैन । गढीमाई नगरपालिकाले निर्माण गरिरहेको बाटोका विषयमा विवाद हुँदा १२ बोरको बन्दुक बाट गोली प्रहार भएको प्रहरीको भनाइ छ । गोली लागेर स्थानीय रामप्रताप यादव, कपिलदेव राय यादव र निरञ्जन यादव घाइते भएका छन् ।

    प्रहरीले घटनामा संलग्न रहेको आशंकामा ५ जनालाई नियन्त्रणमा लिएको एसपी बुढामगरले बताए । घटनामा प्रयोग भएको १२ बोरको हतियार प्रहरीले बरामद गरेको र घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गरुडाबाट डीएसपीको टोली पठाइएको उनले बताए ।

  • बुढानिलकण्ठमा एक पुरुष मृत फेला

    बुढानिलकण्ठमा एक पुरुष मृत फेला

    काठमाडौं । काठमाडौंको बुढानिलकण्ठमा एक पुरूष मृत फेला परेका छन्। नुवाकोट घर भई बूढानीलकण्ठ नगरपालिका-१३ चुनिखेलमा बस्दै आएका ४० वर्षीय वीरे राई मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनी आफ्नै कोठामा मृत फेला परेको बताइएको छ । मृत्युको कारण खुलेको छैन ।

  • टाइगरल्याण्ड सफारी रिसोर्टमा आगलागी

    टाइगरल्याण्ड सफारी रिसोर्टमा आगलागी

    काठमाडौं । चितवनको भरतपुर महानगरपालिका-२३ जगतपुरमा रहेको टाइगरल्याण्ड सफारी रिसोर्टमा भीषण आगलागी भएको छ ।

    बिहान साढे ११ बजेदेखि रिसोर्टमा आगलागी भएको चितवन प्रहरीले बताएको छ । आगलागीकाे कारण खुल्न सकेकाे छैन् ।

    आगोले हलका फुसको छानो जलेर नस्ट भएका छन् । अहिले भित्रका फर्निचर र अन्य सामाग्रीमा आगो लागेको छ ।

  • बैतडीमा जिप दुर्घटना, ६ जनाको मृत्यु

    काठमाडौं । बैतडीको पाटन नगरपालिका–८ मा जिप दुर्घटनामा परेको छ । दुर्घटनामा एकै गाउँका ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिपमा सवार ५ जनाले भने हामफालेर ज्यान जोगाएको बताइएको छ । खोड्पेदेखि बझाङ जाँदै गरेको से १ ज ७६४ नम्बरको जिप गएराति ११ः२५ बजेको समयमा पाटन नगरपालिका ८, झाउलेक भन्ने स्थानमा दुर्घटनामा परेको हो ।

    जिप सडकबाट करिब ५०० मिटर तल खस्दा बझाङको केदारस्युँ गाउँपालिका–५ का मने बोहरा, नरे बोहरा, गोरख बोहरा, बिर्ख धामी, मानबहादुर धामी र बिरे धामीको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक सबै एकै गाउँका हुन् । जिपमा १२ जना सवार थिए ।

  • सिन्धुलीमा कार दुर्घटना हुँदा चार भारतीयको मृत्यु

    सिन्धुलीमा कार दुर्घटना हुँदा चार भारतीयको मृत्यु

    काठमाडौं । बिपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–३ गढीगेट नजिक कार दुर्घटनामा परेको छ । दुर्घटनामा चार भारतीय नागरिकको मृत्यु भएको छ । मंगलबार राति साढे १२ बजे भारतीय नम्बरप्लेटको बीआर–६ डिडी –६८७ कार दुर्घटना भएको र चार जना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

    तीन जनाको घटनास्थलमा र एक जनाको उपचारका क्रममा सिन्धुली जिल्ला अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा एक जना पुरुष घाइते भएका छन् । उनलाई उपचारका लागि धुलिखेल पठाइएको छ । दुर्घटनाको कारण खुलेको छैन ।

  • विराटनगरमा सार्वजनिक स्थानमा खैनी, सूर्ति, चूरोट सेवन निषेध गरिँदै

    विराटनगरमा सार्वजनिक स्थानमा खैनी, सूर्ति, चूरोट सेवन निषेध गरिँदै

    विराटनगर । विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले वैशाख १ गतेदेखि सार्वजनिक स्थलमा ध्रुमपान, खैनी, चुरोट, पानपराग, गुट्खा लगायतको सेवन गर्न निषेध गर्ने भएको छ। नगरसभाको निर्णयानुसार महानगर क्षेत्रभित्र ध्रुमपानदेखि प्रेसर हर्न बजाउन निषेध (नो हर्न) गर्न लागिएको महानगरका प्रमुख नागेश कोइरालाले बताए।

    ध्वनि प्रदूषण नियन्त्रण गर्ने महानगरको योजनाअन्तर्गत सवारी साधनको प्रेसर हर्न बजाउन निषेध गर्न लागिएको उनको भनाइ छ। केही साताअघि महानगरले धार्मिक सङ्घसंस्था, साउन्ड सिस्टम प्रतिनिधिलगायतलाई बोलाएर ध्वनि प्रदूषण नियन्त्रण एवं धुमपान र गुट्खा, खैनी खाएर सहर फोहोर गर्ने गरेका विषयमा छलफल गरेको थियो।

    विराटनगर कोशी प्रदेशको राजधानीसँगै प्रदेशको एकमात्रै महानगरपालिका भएकाले यसलाई व्यवस्थित र सभ्य बनाउने दायित्व सबैको भएको प्रमुख कोइरालाले बताए। महानगरले सरसफाइ, फुटपाथ नियन्त्रण, सडकलाई पार्किङ निषेध, कर सङ्कलन लगायतका अभियान सञ्चालन गरिरहेको उनले बताए।
    पार्किङ स्थललाई व्यवस्थित बनाउने कार्य भइरहेकाले केही दिनभित्रै विगतको निर्णय प्रभावकारी रुपमा कार्यान्वयन गरिने प्रमुख कोइरालाको भनाइ छ।

    उनले महानगर क्षेत्रभित्र प्रेसर हर्न नबजाइदिन सरोकारवालालाई आग्रह पनि गरेका छन्। ‘विराटनगर हामी सबैको हो, यसलाई हामी सबै मिलेर व्यवस्थित र सभ्य सहरका रुपमा स्थापित गर्नुपर्छ। सहरको सुन्दरता र सभ्यतासित ध्वनि प्रदूषण पनि जोडिएको हुन्छ। महानगरले अघि सारेको अभियानमा सबैको साथ रहने मैले विश्वास लिएको छु,’ उनले भने। रासस

  • समिट अपार्टमेन्टको जग खन्दा जमिन भासिएपछि निर्माण रोक्न निर्देशन

    समिट अपार्टमेन्टको जग खन्दा जमिन भासिएपछि निर्माण रोक्न निर्देशन

    ललितपुर । ललितपुर महानगरपालिकाले बखुण्डोलमा निर्माणाधीन समिट अपार्टमेन्ट निर्माणको काम रोक्ने निर्णय गरेको छ । अपार्टमेन्ट बनाउन डोजर लगाएर गहिरो जग खनेका कारण वरपरका घर भासिए पछि उपप्रमुख मञ्जली शाक्य ब्रजचार्यको नेतृत्वमा महानगरले समिति गठन गरेको थियो । आइतबार बसेको समितिको बैठकले अपार्टमेन्ट निर्माणका क्रममा प्रभावित संरचना, क्षतिपूर्ति र परिपूरणका काम नभएसम्म निर्माण रोक्ने निर्णय गरेको महानगरले जनाएको छ ।

    महानगरपालिकाले समिट अपार्टमेन्ट परियोजनाबाट प्रभावित व्यक्तिहरुको समस्या सम्बोधन गर्ने प्रयोजनका लागि तत्कालका लागि एक करोडको र्‍यापिड रिलिफ फण्ड स्थापना गर्ने निर्णय पनि गरेको छ । कोषबाट भत्केका संरचना, चर्केका घर लगायतका प्रभावित संरचनाहरुको क्षति बमोजिमको क्षतिपूर्ति निर्माण कम्पनीले उपलब्ध गराउने पनि महानगरपालिकाले निर्णय गरेको छ । महानगरपालिकाबाट नक्सा पास स्वीकृत नगराई निर्माण कार्य गरेको देखिएमा महानगरपालिकले निर्माण पक्षलाई हदैसम्मको कारबाही गर्ने निर्णय गरेको महानगरले जनाएको छ ।

  • रामेछापमा सवारी दुर्घटना, ५ जनाको मृत्यु

    रामेछापमा सवारी दुर्घटना, ५ जनाको मृत्यु

    काठमाडौं । रामेछापमा सवारी दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ। बिहीबार साँझ ५ बजे मन्थली नगरपालिका–७ कौछिनीमा गाडी दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी होम पराजुलीले जानकारी दिएकाछन् । बा ११ च ५५३ नम्बरको हाइलक्स गाडी दुर्घटनामा परेको हो।
    दुर्घटना हुँदा ९ जना घाइतेको उद्धार गरी अस्पतालमा पठाएको पनि उनले बताए। दुर्घटनामा परेको गाडी सडकबाट अन्दाजी १५० मिटर तल खसेको हो।

    मृतक सबैको सनाखत भएको छ। मन्थली नपा ७ की ८२ वर्षीया नन्दमाया भण्डारी, ५५ वर्षकी ज्ञानदानी तामाङ, ६८ वर्षका जेनसुन तामाङ र सुनापति गाउँपालिका–१ गुन्सीकी आठ वर्षीया लाक्पा घिसिङ छन्। कौछिनीका ५० वर्षीय चालक दलबहादुर आलेमगरको उपचारको क्रममा मृत्यु भएको हो।

  • वीरगन्जबाट यातायात कार्यालयका एक दर्जन बिचौलिया पक्राउ

    वीरगन्जबाट यातायात कार्यालयका एक दर्जन बिचौलिया पक्राउ

    वीरगन्ज । पर्साको वीरगञ्जबाट ११ जना बिचौलिया पक्राउ परेका छन् । नारायणी यातायात कार्यालयमा सेवाग्राहीलाई हैरानी दिने ११ जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका रानीघाटका आलोककुमार यादव, किशोरकुमार दयाल, दिपलाल साह, रामबाबु झा, कोरंजित गुप्ता, लालबाबु महतो, राजेश लामा, कालिकामाई गाउँपालिकाका राजेश महतो, बाराको परवानीपुरका दरोगा दास, बाराकै प्रसौनी गाउँपालिकाका मुकेश साह र दिपु महतो तत्मा रहेका छन् ।

    सेवाग्राहीलाई काम छिटो छरितो गरिदिन्छु भनी बार्गेनिङ गर्ने, कार्यालय परिसरभित्र फाइल च्यापी भित्र–बाहिर गर्ने, प्रचलित कानुन विपरीत अत्यधिक सेवा शुल्क लिने तथा सेवाग्राहीलाई अनावश्यक हैरानी दिने गरेको गुनासोका आधारमा अनुगमन गर्दा हिजो मङ्गलवार उनीहरू पक्राउ परेका हुन् । पक्राउ परेकाविरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुरमा जिल्ला प्रशासन कार्यालय पर्साबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

  • एलपी ग्यास बोकेको टंयाकर दुर्घटना, एक जनाको मृत्यु

    एलपी ग्यास बोकेको टंयाकर दुर्घटना, एक जनाको मृत्यु

    काठमाडौं । एलपी ग्यास लोड गरेको ट्यांकर पृथ्वी राजमार्गमा पल्टिँदा एक जनाको मृत्यु भएको छ। चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ४ लेवाटारमा आज बिहान ६ बजेतिर ट्यांकर पल्टिएको थियो। चितवनको मुग्लिनबाट काठमाडौंतर्फ गइरहेको युपी ७० डिटी ६०५५ नम्बरको भारतीय ट्यांकर अनियन्त्रित भई सडक छेउमा पल्टिएको हो।

    दुर्घटनामा परेर एक पुरुषको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी विजयराज पण्डितले बताए। दुर्घटनामा परेर अर्का एक जना गम्भीर घाइते भएका छन्। उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ।

  • नुवाकोट दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुग्यो

    नुवाकोट दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुग्यो

    काठमाडौं । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–४ बेतिनीमा शुक्रबार टाटासुमो गाडी दुर्घटना हुँदा मृत्यु हुनेको संख्या तीन पुगेको छ । दुर्घटनामा अन्य १० जना घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि काठमाडौं पठाइएको छ ।

    बेतिनीबाट यात्रु लिएर शुक्रबार काठमाडौं जान लागेको सुमो अपराह्न सोही स्थानको सानोगोल्फुको ओरालोमा अनियन्त्रित भएर दुर्घटना हुँदा घटनास्थलमा दुईजना र उपचारको क्रममा शुक्रबार राति थप एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

    उनका अनुसार काठमाडौंको ट्रमा सेन्टरमा उपचारको क्रममा ४५ वर्षीया सानुकान्छी तामाङको निधन भएको हो । घटनास्थलमा दुप्चेश्वर गाँउपालिका–४ का २५ वर्षीय छिरिङ तामाङ र १६ वर्षीया मनमाया तामाङको मृत्यु भएको थियो । घाइते दशमध्ये तीन जनाको अवस्था गम्भीर छ

  • मध्यरातमा ताप्लेजुङमा भूकम्प

    मध्यरातमा ताप्लेजुङमा भूकम्प

    काठमाडौं । ताप्लेजुङलाई केन्द्रबिन्दु बनाएर मध्यरात िभूकम्प गएको छ । गएराति ११ बजेर ४१ मिनेटमा ४.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का ताप्लेजुङ र त्यस आसपासका जिल्लामा पनि महसुस गरिएको थियो ।

    भूकम्पले क्षति पुर्‍याएरनपुर्‍याएको विवरण भने नआएको प्रहरीले जनाएको छ । दुई दिन अघि बाजुरालाई केन्द्रबिन्दु बनाएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।

  • ललितपुरमा मोटरसाइकल दुर्घटना, दम्पत्तिको मृत्यु

    ललितपुरमा मोटरसाइकल दुर्घटना, दम्पत्तिको मृत्यु

    काठमाडौं । ललितपुरको महांकालमा मोटरसाइकल दुर्घटना हुँदा दम्पत्तिको ज्यान गएको छ । मंगलबार बिहान पौने ११ बजे महांकाल गाउँपालिका वडा नम्बर १ बुखेल रातोपहिरोस्थित भित्री सडकमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भुवनेश्वर साहले जानकारी दिए। बुखेलबाट गोटीखेल जाँदै गरेको बा ३९ प ४८९९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब ४ सय मिटर तल खसेको डिएसपी साहले बताए।

    दुर्घटना हुँदा बागमती गाउँपालिका वडा नम्बर ७ घर भई महांकाल गाउँपालिका वडा नम्बर १ बुखेल बस्ने ३५ वर्षीय विष्‍णुप्रसाद फुँयाल र पछाडि सवार उनकी ३४ वर्षीया श्रीमती सृजना फुँयालको मृत्यु भएको हो। उक्त मोटरसाइकलमा सवार उनीहरूकी ५ वर्षीया छोरी सृजला फुँयाल गम्भीर घाइते भएकी छन्। उनको पाटन अस्पतालमा उपचार भइरहेको छ।

  • तनहुँमा शव भेटिएको पानी ट्याङ्कीको पानी पिएका तीन सय ५०जना बिरामी

    तनहुँमा शव भेटिएको पानी ट्याङ्कीको पानी पिएका तीन सय ५०जना बिरामी

    तनहुँ । दूषित पानी पिउँदा तनहुँको म्याग्दे गाउँपालिका ४ मनहरिका करीब तीन सय ५० जना बिरामी भएका छन् । पीपलटार खानेपानी उपभोक्ता समूहको खानेपानीको ट्याङ्कीमा लाश सडेगलेर दूषित भएकाले उक्त सङ्ख्यामा बिरामी भएका हुन् । म्याग्दे गाउँपालिकाका अध्यक्ष बालकृष्ण घिमिरेका अनुसार पानी दुर्गन्धित खाएपछि सो क्षेत्रका १४८ घरपरिवारका बासिन्दा विरामी भएको हुन् ।

    उपभोक्तले ट्यांकीमा शव देखेपछि मनोविज्ञानमा असर परी वान्ता गर्ने गरेको र सबैजना विरामी भएको घिमिरले बताएको गोरखापत्रले लेखेको छ । ‘‘ट्याङ्कीमा शव भेटिएपछि किलकिलाएर धेरै जसोले बान्ता गरेका छन्’’ उपाध्यक्ष घिमिरेले भने । उनले तत्कालका लागि मूलको पानी दुर्गन्धित ट्याङ्की नराखी बैकल्पिक व्यवस्था पालिकाले गर्न लागेकोे जानकारी दिए ।


    ट्याकीभित्र सडेगलेको अवस्थामा महिलाको लाश भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक भानु शर्माले बताए । नामथर वतन नखुलेकी महिलाको लाश सडेगलेको अवस्थामा भेटिएको उनले जानकारी दिए । ट्याकीभित्रबाट दुर्गन्ध फैलिएपछि स्थानीयले पानी ट्यांकी जाँच गर्ने क्रममा लाश देखेर प्रहरीमा खबर गरेका थिए । घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीको टोलीले जनप्रतिनिधिको रोहवरमा मुचुल्का तयार गरी प्रारम्भिक अनुसन्धान सुरु गरेको छ ।

    मृतकको लाश पोष्टमार्टमका लागि दमौली अस्पतालको शव गृहमा राखिएको प्रहरीले जनाएको छ । उक्त घटनाका बारेमा थप अनुसन्धान भइरहेको घटना स्थल पुगेका प्रहरी उपरीक्षक विष्टले बताए । केही समय अगाडि ती महिलाको कसैले हत्या गरी ट्यांकीमा फालेको हुन सक्ने अनुमान प्रहरीको छ ।

    घरघरमा वितरण गरिएको धाराको पानीमा गन्ध आएको उपभोक्ताको गुनासोपछि खानेपानी उपभोक्ता समितिले ट्याङकी खोलेर हेर्दा शव फेला परेको उपभोक्ता समितिका सचिव चन्द्रकुमार मल्लले जानकारी दिए ।

  • धनुषामा सवारी दुर्घटना, कम्तिमा ३ जनाको मृत्यु

    धनुषामा सवारी दुर्घटना, कम्तिमा ३ जनाको मृत्यु

    काठमाडौं । धनुषामा दुई ट्रक आपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत मिथिला नगरपालिका ३ लालभित्तिमा पुर्वतर्फ जाँदै गरेको ना ६ ख ६५७८ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको प्र १–०२–००१ ख ९२९२ नम्बरको ट्रक एक आपसमा शनिबार बिहान ठोकिएको हो ।

    दुर्घटनामा ना ६ ख ६५७८ नम्बरको ट्रकका चालक सुनसरीको इनर्वा बस्ने २८ वर्षीय सागर चौधरी, सोही ट्रकका सह–चालक सुनसरी भरौलका ३० वर्षीय अर्जुन चौधरी र प्र १–०२–००१ ख ९२९२ नम्बरको ट्रकका सहचालक मोरङ बेलवारी नगरपालिका ८ का ४४ वर्षीय लोकमान थापाको मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी वेदप्रसाद गौतमले जानकारी दिए ।

    उनका अनुसार प्र १–०२–००१ ख ९२९२ नम्बरको ट्रकका चालक जिल्ला सर्लाही बागमती नगरपालिका–११ का २० वर्षीय नारायण श्रेष्ठ गम्भीर घाइते भका छन् । दुबै ट्रकलाई इलाका प्रहरी कार्यालय ढल्केबरले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

  • गण्डकी सरकारलाई दिएको समर्थन माओवादीले फिर्ता लिने

    गण्डकी सरकारलाई दिएको समर्थन माओवादीले फिर्ता लिने

    काठमाडौं । नेकपा माओवादी केन्द्रले नेकपा एमाले नेतृत्वको गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । मुख्यमन्त्री खगराज अधिकारीलाई दिएको समर्थन फिर्ता गर्न आज नेकपा माओवादी संसदीय दलको बैठक डाकिएको छ । सरकारलाई दिएको समर्थन फिर्ता लिन ११ बजे संसदीय दलको बैठक डाकिएको हो । सरकारलाई दिएको समर्थन फिर्ता लिएर अघि बढ्न अध्यक्ष प्रचण्डले बिहीबार निर्देशन दिएका थिए ।

    माओवादीले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री खगराज अधिकारीले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । गण्डकी प्रदेश सभामा ८ सिटसहित तेस्रो दल माओवादी केन्द्र २ मन्त्रीसहित मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको सरकारमा सहभागी छ । पुस २५ गते गण्डकीमा खगराज अधिकारीको नेतृत्वको सरकार गठन भएको थियो ।

    सोही दिन नेकपा माओवादी केन्द्रका हरिबहादुर चुमान, एमालेकी सीता सुन्दास र राप्रपाका पञ्चराम तमु मन्त्री बनेका थिए । १० माघमा एमालेका रोेशनबहादुर गाहा र माओवादीका रेशमबहादुर जुग्जालीलाई मन्त्री बनाउँदै सरकारलाई पूर्णता दिइएको थियो ।

    नेपाल एमाले नेतृत्वको सरकारको समर्थन फिर्ता लिएसँगै सरकारको नेतृत्व माओवादी र कांग्रेस कसले गर्ने भन्नेमा रस्साकस्सी सुरु भएको छ । दुवैले आ–आफ्नो अडान छाडेका छैनन् । २७ सिटसहित गण्डकीमा सबैभन्दा ठूलो दल कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे पनि आफ्नो नेतृत्वमा सरकार बनाउन शीर्ष नेताहरुसँग छलफलमा छन् । ६० प्रदेश सभा सदस्य रहेको गण्डकीमा सरकार बनाउन कांग्रेस–माओवादीको सहज बहुमत पुग्छ ।

  • काठमाडौंमा घर बनाउँदा सडक पेटीमा फोहोर गर्नेलाई १० हजार जरिवाना

    काठमाडौंमा घर बनाउँदा सडक पेटीमा फोहोर गर्नेलाई १० हजार जरिवाना

    काठमाडौं । काठमाडौं महानगरपालिकाले घर निर्माण गर्दा सडकपेटीमा फोहोर गरेको भन्दै १० हजार जरिबाना गरेको छ । महानगरपालिकाकाले नगर प्रहरी मार्फत काठमाडौं ९ का सानोकान्छा भारतीलाई १० हजार जरिबाना गरेको जनाएको छ ।

    घर निर्माण गर्दा उत्पादित फोहोर सडक पेटीमा फालेको भन्दै महानगरपालिकाले प्रशासनिक दण्ड जरिबाना अन्तर्गत भारतीलाई १० हजार नगद रुपैयाँ तिराएको हो । महानगरपालिकाले बिहीबार नै कालिमाटीका सीपचन्द्र मण्डललाई पनि २ हजार जरिवाना गरेको छ । सार्वजनिक स्थानमा फोहोर फालेको भन्दै उनलाई महानगरले जरिबाना तिराएको हो ।

  • उदयपुरमा आगलागीमा परी एकै परिवारका दुई बालबालिकाको मृत्यु

    उदयपुरमा आगलागीमा परी एकै परिवारका दुई बालबालिकाको मृत्यु

    काठमाडौं । उदयपुरको रौतामाई गाउँपालिका वडा नम्बर–८ मा आगलागीमा परि एकै घरका दुई बालबालिकाको ज्यान गएको छ । रामबहादुर बुर्जा मगरको घरमा आगलागी हुँदा उहाँकी ६ वर्षीया छोरी जस्मिन र छोरा २ वर्षीय रोजनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक राकेशकुमार पोदारले जानकारी गराएका छन् । हिजो बेलुका ५ बजेतिर घरमा बिजुली सर्ट भएर घर जलेको हो ।

    घरमा रहेका जस्मिन र रोजनको जलेर ज्यान गएको वडासदस्य रुद्रबहादुर लुङ्गेली मगरले बताए । आगलागीबाट घर तथा लत्ताकपडा गरी १० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। आगो हिजो बेलुका नै निभाइएको प्रहरीले जनाएको छ ।

  • साँखुमा टिपरको ठक्करबाट दुई मोटरसाइकल चालकको मृत्यु

    साँखुमा टिपरको ठक्करबाट दुई मोटरसाइकल चालकको मृत्यु

    काठमाडौं । काठमाडौंको साँखुमा भएका सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । शङ्खरापुर नगरपालिका–९ इन्द्रेणी चोकमा बुधबार बेलुका टिपरले ठक्कर दिँदा दुई मोटरसाइकलका चालकको ज्यान गएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार दुर्घटनामा बा ९४ प ४४९८ नम्बरको मोटरसाइकलका चालक साँखुका ५० वर्षका पवनलाल श्रेष्ठ र बा ८२ प ८३५७ नम्बरको मोटरसाइकल चालक शङ्खरापुर–९ घर भएका २२ वर्षका हरि खड्काको ज्यान गएको छ ।

    दुर्घटनामा घाइते भएका नेवा पत्रकार कोषका सहकोषाध्यक्ष पवनलाल श्रेष्ठको उपचारका क्रममा नेपाल मेडिकल कलेज अत्तरखेलमा र खड्काको शङ्खरापुर अस्पतालमा ज्यान गएको हो । बा ८२ प ८३५७ नम्बरको मोटरसाइकलमा पछाडि रहेकी शङ्खरापुरकै २० वर्षकी पुनम श्रेष्ठ घाइते भएकी छिन् । उनको ग्राण्डी अस्पतालमा उपचार जारी छ । ठक्कर दिने बा ५ ख २४१४ नम्बरको टिपरसहित चालकलाई पक्राउ गरिएको बौद्ध प्रहरीले जनाएको छ ।

  • दोलखामा बोलेरो दुर्घटना, ४ जनाको अवस्था गम्भीर

    दोलखामा बोलेरो दुर्घटना, ४ जनाको अवस्था गम्भीर

    काठमाडौं । दोलखाको बैतेश्वर गाउँपालिकामा बोलेरो दुर्घटना हुँदा चालकसहित १८ जना घाइते भएका छन्। घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ।

    नाम्दुबाट मैनापोखरी जाँदै गरेको बा १८ च १८३९ नम्बरको बोलेरो बिच सडकमै पल्टिएको प्रहरीले जनाएको छ। दुर्घटनामा परी गम्भीर घाइते भएका ४ जनालाई काठमाडौं ल्याउने तयारी भइरहेको छ ।

  • सुदूरपश्चिमका मूख्यमन्त्री शाहले आज विश्वासको मत लिने

    सुदूरपश्चिमका मूख्यमन्त्री शाहले आज विश्वासको मत लिने

    काठमाडौं । सुदूरपश्चिममका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिने भएका छन् । दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक आह्वान गरिएको छ । अझै गठबन्धनभित्रका दलहरुबीच मत दिने विषयमा अन्तिम समझदारी भने भइसकेको छैन । संविधानको धारा १६८ (३) अनुसार प्रदेश सभामा सबैभन्दा ठूलो दल रहेको कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहको नेतृत्वमा सरकार गठन भएको छ । माघ २६ गते गठित सरकारले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक ब्यवस्था छ ।

    विश्वासको मतका लागि २७ मत आवश्यक छ । गठबन्धनमा रहेका आठ दलमध्ये सुदूरपश्चिममा कांग्रेससँग १९, नागरिक उन्मुक्तिका ७, नेकपा एकीकृत समाजवादीका ४ सांसद छन् । एक जना स्वतन्त्र सांसदको पनि सरकारलाई नै साथ छ । तर माओवादी केन्द्र संसदीय दलका नेता खगराज भट्टले विश्वासको मत दिनुअघि शनिबार साँझ मुख्यमन्त्रीलाई भेटेर ‘पावरसेयरिङ’ को विषय निर्क्योल हुनुपर्ने बताएका थिए । नागरिक उन्मुक्तिले दुई मन्त्रालय, २ राज्यमन्त्री र दुई संसदीय समितिमा सभापति माग गरेको छ ।

  • धनुषामा ट्याक्टर र मोटरसाइकल ठोक्किंदा दुई जनाको मृत्यु

    धनुषामा ट्याक्टर र मोटरसाइकल ठोक्किंदा दुई जनाको मृत्यु

    काठमाडौं । धनुषामा ट्याक्टर र मोटरसाइकल ठोक्किंदा दुई जनाको ज्यान गएको छ । दुर्घटनामा धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–४ सपहीका ४५ वर्षीय रामएकवाल ठाकुर र ६० वर्षीय सत्तो साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

    जनकपुर ढल्केबर सडकखण्ड अन्तर्गत लक्ष्मीनियाँमा शनिबार राति करिब ९ बजे ज१त ५२४५ नम्बरको ट्याक्टर र ज१०प ६४२९ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका ठाकुर र साहलाई उपचारको लागि प्रादेशिक अस्पताल पुर्‍याइएको थियो । तर, अस्पतालले उनीहरूलाई जनकपुरमा चिकित्सकले मृत घोषणा गरेको हो ।

  • फेवातालमा हावाहुरीका कारण डुंगा पल्टिए, एक महिलाको उद्धार, अन्य सकुसल

    फेवातालमा हावाहुरीका कारण डुंगा पल्टिए, एक महिलाको उद्धार, अन्य सकुसल

    पोखरा । फेवातालमा शनिबार दिउँसोको हावाहुरीले दुई वटा डुङ्गा पल्टिएका छन् । एउटा डुङ्गामा चढेकी एक जना महिला डुबेपछि सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको थियो । अहिले उनलाई पोखराको गण्डकी मेडिकल कलेजमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ । हावाहुरीले गर्दा अर्को डुङ्गा पनि पल्टिएको थियो । त्यसमा सवार चार जना युवाहरु आफै पौडी खेलेर सकुशल ताल बाहिर निस्किएको प्रहरीले जनाएको छ ।

  • जथाभावी बाटो काट्नेलाई कैलालीमा मेयरले लगाइदिए खादा

    जथाभावी बाटो काट्नेलाई कैलालीमा मेयरले लगाइदिए खादा

    काठमाडौं । कैलालीको धनगढीस्थित छ लेन सडकमा लगाइएको तारजाली नाघेर बाटो काट्नेलाई मेयर गोपाल हमालले खादा लगाइदिएका छन् । पैदलमार्ग भएकै ठाउँमा तारजाली नाँघेर बाटो काट्ने धनगढी उपमहानगरपालिका–१३ राजपुरका शिवराज पाध्याय मेयरको यस्तो अनौठो सम्मानमा परेका हुन् ।

    उपमहानगरपालिकाले जथाभावी बाटो काट्न नदिन र मिडियनमा लगाइएको बोटविरुवाको सुरक्षाका लागि मिडियनको दुवैतिरबाट तारजाली लगाएको छ। तरपनि, यात्रुले जथाभावी बाटो काट्ने क्रम नरोकिएपछि चेतनाका लागि यस्तो गर्नु परेको बताइएको छ । पैदलमार्ग बनाइएको ठाउँबाट ट्रयाक्टर समेतका सवारी साधन एकतिरबाट अर्कोतिर लगिने गरिएको छ। यसैगरी, ठाउँमा–ठाउँमा पैदलमार्ग बनाइए पनि मान्छेले तारजाली नाघ्ने गरेका छन्।

    पाध्यायले पैदलमार्ग छोडेर तारजाली नाघेर बाटो काट्दै गरेको फेला पारेपछि नैतिक रुपमा दण्डित गर्नका लागि पक्रेर खादाले सम्मान गरिएको नगर प्रमुख हमालको सचिवालयले जनाएको छ ।

  • कोशी प्रदेशमा आज सार्वजनिक बिदा

    कोशी प्रदेशमा आज सार्वजनिक बिदा

    काठमाडौं । प्रदेश १ को नाम कोशी राखिएको खुसियालीमा आज प्रदेशभर सार्वजनिक विदा दिइएको छ । मन्त्रिपरिषदको बैठकले फागुन १८ गते बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।

    प्रदेशभित्रका सबै सरकारी कार्यालय, सार्वजनिक संस्थान, प्रतिष्ठान र शैक्षिक संस्थाहरुमा सार्वजनिक विदा दिइएको सूचनामा उल्लेख छ । मन्त्रिपरिषद बैठकले कोशी नामकरणको उपलक्ष्यमा प्रदेशका सबै बासिन्दालाई बधाई पनि दिएको छ । बुधबार बसेको प्रदेश सभा बैठकले प्रदेश १ को नाम कोशी राख्ने निर्णय गरेको थियो । यससँगै नेपालका सातवटै प्रदेशले नाम पाएका छन् ।

  • मनोहरामा अतिक्रमिक घर-टहरा हटाउन ७ दिनको अल्टिमेटम

    मनोहरामा अतिक्रमिक घर-टहरा हटाउन ७ दिनको अल्टिमेटम

    काठमाडौं । मनोहरा जग्गा एकीकरण आयोजना टेकुले आयोजना क्षेत्रभित्र रहेका घर, छाप्रा, टहरा तथा स्वीकृत नीतिबमोजिम फिर्ता गर्नुपर्ने विकसित घडेरीभित्र परेका पर्खाल हटाउन समय दिएको छ।

    आयोजनाले आज गोरखापत्रमा सूचना जारी गर्दै ७ दिनभित्र यस्ता संरचना हटाउन निर्देशन दिएको हो। ‘अन्यथा आयोजनाबाटै हटाउँदा लागेको खर्च कानूनबमोजिन असुरउपर गरिने जानकारी गराइन्छ,’ आयोजनाले भनेको छ। आयोजना क्षेत्रभित्र स्वीकृत डिपिआरअनुसार सडक खोलेर स्वीकृत नक्साबमोजिम आयोजनाबाट विकसित घडेरीहरू सम्बन्धित जग्गाधनीलाई फिर्ता गरिँदै आइएको पनि आयोजनाले बताएको छ।

  • राष्ट्रपतिको उम्मेदवार टुंग्याएसँगै गोरखा जाँदै प्रधानमन्त्री

    राष्ट्रपतिको उम्मेदवार टुंग्याएसँगै गोरखा जाँदै प्रधानमन्त्री

    काठमाडौं । लामो समय छलफलमा जुटेर राष्ट्रपतिको उम्मेदवार टुंग्गो लगाएसँगै प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज गोरखा जाने भएका छन्। गोरखामा हुने २ वटा कार्यक्रममा सहभागी हुन प्रचण्ड त्यसतर्फ जान लागेका हुन्।

    दिलबहादुर रम्तेलको स्मृति सभा, ुसहिदु परिवारलाई सम्मानलगायत कार्यक्रमका लागि बारपाक सुलिकोट जाने र मतदाता तथा कार्यकर्ता भेटघाटलाई पालुङटार जाने कार्यक्रम तय भएको हो।

    प्रधानमन्त्री प्रचण्ड आइतबार बिहान ११ बजे बारपाक सुलिकोट गाउँपालिका आइपुग्ने कार्यक्रम छ । गत मंसिर ४ मा प्रचण्ड गोरखा २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए। निर्वाचित भएपछि उनले कार्यव्यस्तताले गर्दा आफू मतदातालाई धन्यवाद दिन गाउँ(गाउँमा जान नपाएको बताएका थिए।

  • तेह्रथुममा आगलागी, कम्तिमा १४ घर जले

    तेह्रथुममा आगलागी, कम्तिमा १४ घर जले

    काठमाडौं । तेह्रथुमको आठराई ६ चुहानडाँडामा शुक्रबार भएको आगलागीबाट हात्तीखर्कमा रहेका १४ घर जलेर पूर्ण रूपमा क्षति भएको छ। आगलागीबाट स्थानीय ५० वर्षीया याङ्डोल्मा तामाङ घाइते भएकी छन्। घाइतेको थप उपचारका लागि पाँचथर सदरमुकाम फिदिम लगिएको छ।

    तामाङ समुदायको बसोबास रहेको हात्तीखर्कमा १४ घरमध्ये नौ घरमा मानिस बस्दै आएको र पाँच घर खाली रहेको वडाध्यक्ष कृष्ण बास्कोटाले जानकारी दिए। आगलागीबाट नौ परिवारका ४१ जना विस्थापित भएका छन्। घरमा रहेका अन्नपात र लत्ताकपडा जलेर नष्ट भएको छ।

    आगलागीबाट सोमबहादुर तामाङ, वीरधन घिसिङ, आशबहादुर घिसिङ, भीमबहादुर वाइबा, सूर्यबहादुर योञ्जन र सुरेन्द्र वाइबाको घर जलेर नष्ट भएको छ। दधिराम वाइबाको घरमा बस्दै आएका दोर्जे बल, दलबहादुर तामाङको घरमा बस्दै आएका सुवास घिसिङ र अमरबहादुर वाइबाको घरमा बस्दै आएका लामामणि तामाङको घरसँगै अन्नपात र लत्ताकपडा नष्ट भएको छ। राईबहादुर तामाङ, डिकमान तामाङ, शङ्खर योञ्जन, जसबहादुर घिसिङ र भक्तबहादुर वाइबाको खाली घर जलेर नष्ट भएको छ।

    आगलागीबाट स्थानीयका गोठमा रहेका पशुचौपाया जलेर मरेका छन्। आठराईको सुक्खाग्रस्त क्षेत्रमा रहेको हात्तीखर्कमा हरेक वर्ष आगलागी हुने गरेको छ।

    बस्तीमा पानीको अत्यन्तै समस्या र फुसको छाना रहेका घर भएकाले बस्ती सखाप हुँदा ठूलो क्षति भएको आठराई गाउँपालिका अध्यक्ष दिलकुमार पाहिमले बताए। तमोर नदी किनारको जंगलबाट सुरू भएको आगो बस्तीमा पसेपछि नियन्त्रण बाहिर आउँदा सो क्षति भएको हो।

    अहिले बस्तीमा लागेको आगो नियन्त्रणमा आएको छ । जंगलमा लागेको आगो भने नियन्त्रणमा छैन। फिदिम नगर पालिकाको दमकल, प्रहरी र स्थानीयवासीले आगलागी नियन्त्रणको प्रयास गरिरहेका छन्। जंगलमा लागेको आगो नियन्त्रणमा नआउँदा नजिकका अन्य बस्तीसमेत जोखिममा छन्। क्षतिको यकिन विवरण आउन बाँकी छ। रासस

  • जंगली हात्तिको आक्रमणबाट मकवानपुरमा एक जनाको मृत्यु

    जंगली हात्तिको आक्रमणबाट मकवानपुरमा एक जनाको मृत्यु

    काठमाडौं । जंगली हात्तीको आक्रमणमा परी मकवानपुरमा पुनः एक जना पुरुषको मृत्यु भएको छ । बकैया गाउँपालिका–५, पावसका ५० वर्षीय जनकलाल माझीको हात्तीको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

    बिहीबार राति ९ बजेको समयमा घर नजिकै बाख्रा खोरमा जाँदै गरेका माझी हात्तीको आक्रमणमा परी घाइते भएका थिए । उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा राति ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक बलराम श्रेष्ठले जानकारी दिए ।


    यसअघि गत सोमबार हात्तीको आक्रमणमा परी मकवानपुरको मनहरी गाउँपालिका–४ मसिनेकी ६४ वर्षीया राधा अधिकारीको मृत्यु भएको थियो । यसैगरी बुधबार राति हेटौंडा–१८, मानेडाँडामा पनि हात्तीको आक्रमणमा परी ३० वर्षीय देव वाईवा घाइते भएका थिए ।