पाकिस्तानमा पूर्वप्रधानमन्त्री इमरान खानलाई १४ वर्षको जेल सजाय सुनाइयो

काठमाडौं । पाकिस्तानको एक अदालतले सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री इमरान खानलाई दोषी ठहर गर्दै १४ वर्ष जेल सजाय सुनाएको छ । यसैगरी उनकी पत्नी बुशरा बीबीलाई सात वर्ष जेल सजायँ सुनाइएको छ । उनीहरूले राज्यकोषमा ५० अर्ब पाकिस्तानी रुपैयाँ हिनामिना गरेको आरोप छ । अल कादिर ट्रस्टको जग्गा हिनामिना प्रकरणमा न्यायाधीश नासिर जावेद राणाले… Continue reading पाकिस्तानमा पूर्वप्रधानमन्त्री इमरान खानलाई १४ वर्षको जेल सजाय सुनाइयो

बलिउड अभिनेता सैफ अली खानमाथि छुरा प्रहार, कस्तो छ स्वास्थ्य ?

काठमाडौं । बलिउड अभिनेता सैफ अली खानमाथि छुरा प्रहार हुँदा उनी गम्भीर घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनलाई धारिलो हतियारले आक्रमण भएको बताइएको छ । उनको जिउको ६ ठाउँमा चोट लागेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । अस्पतालले उनलाई लागेको चोटमध्ये दुई वटा गहिरो भएको र एउटा उनको मेरुदण्डनजिकै रहेको जनाएको छ ।… Continue reading बलिउड अभिनेता सैफ अली खानमाथि छुरा प्रहार, कस्तो छ स्वास्थ्य ?

उत्तरी म्यानमारमा खानीमा गयो पहिरो, कम्तिमा ३२ जनाको मृत्यु

काठमाडौं । उत्तरी म्यानमारको कचिन राज्यमा एक जेड खानीमा पहिरो जाँदा कम्तीमा ३२ जनाको मृत्यु भएको छ । यसअघि प्रशासनले जनवरी १५ मा खानीमा पहिरो जाँदा भएको दुर्घटनामा केही व्यक्तिको मृत्यु भएको जानकारी गराएको थियो । स्थानीय प्रशासन कार्यालयका एक अधिकारीले बिहीबार भने, “खानीमा परी मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ।” उनले भने, “तीन दिनको… Continue reading उत्तरी म्यानमारमा खानीमा गयो पहिरो, कम्तिमा ३२ जनाको मृत्यु

१५ महिनामा ४६ हजार मानिस मारिए, अनि भयो हमास-इजरायल युद्धबिराम

काठमाडौं । १५ महिनाको अवधिमा ४६ हजार जनाको ज्यान गइसकेपछि इजरायल र हमास युद्धविराम गर्न सहमत भएका छन् । ६ साता लामो युद्धविराम सम्झौता आइतबारदेखि कार्यान्वयन हुनेछ । पहिलो चरणमा सुरुमा केही इजरेली बन्धकहरुलाई छाडिने छ । त्यसपछि इजरायलले प्यालेस्टिनी बन्धकहरुलाई छाड्ने छ । इजरेली सेना पनि युद्ध क्षेत्रबाट फिर्ता हुने छ । यसबीचमा युद्धविराम… Continue reading १५ महिनामा ४६ हजार मानिस मारिए, अनि भयो हमास-इजरायल युद्धबिराम

दिदिको अश्लिल भिडियो बहिनीलाई पठाउने एक जना पक्राउ

काठमाडौं । सहमति बिना अश्लील भिडियो खिचेर पीडितको बहिनीलाई पठाएको आरोपमा एक जना ३१ वर्षीय पुरुष पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा पीडित महिलाले दिएको उजुरीको आधारमा ती पुरुषलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा भोजपुरको षडानन्द नगरपालिका–५ स्थायी ठेगाना भई काठमाडौं महानगरपालिका–६ बौद्ध बस्ने सरोज कटुवाल रहेका छन् । उनलाई… Continue reading दिदिको अश्लिल भिडियो बहिनीलाई पठाउने एक जना पक्राउ

बूढानिलकण्ठमा करेन्ट लागेर एक जनाको मृत्यु

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठमा करेन्ट लागेर एक जना श्रमिकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ घर भई काठमाडौंको पेप्सिकोलामा बस्ने २७ वर्षीय रोशन माझी रहेका छन् । बूढानीलकण्ठ नगरपालिका-१३ बस्ने नारायण चौलागाईंको घरमा आल्मोनियमको काम गर्ने क्रममा करेन्ट लागेर बिहीबार दिउँसो उनको मृत्यु भएको प्रहरीले जनाएको छ । करेन्ट लागेर गम्भीर घाइते भएका उनको… Continue reading बूढानिलकण्ठमा करेन्ट लागेर एक जनाको मृत्यु

सरकारले पक्षघातको उपचारमा प्रयोग हुने औषधी नि:शूल्क दिने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पक्षघातको उपचारमा प्रयोग हुने औषधी निःशुल्क उपलब्ध गराउने निर्णय गरेका छन् । थ्रोम्बोलाइटिक ड्रग्स नामक पक्षघातको यो औषधी निकै महंगो मानिन्छ । साथै, यो औषधी सहज उपलब्ध हुन कठिन छ । अमेरिकी सहयोगमा प्राप्त औषधी संघीय तथा प्रदेश अस्पतालमार्फत निःशुल्क वितरण गरिने मन्त्री पौडेलको भनाइ छ । पक्षघातबाट… Continue reading सरकारले पक्षघातको उपचारमा प्रयोग हुने औषधी नि:शूल्क दिने

काठमाडौंको गोकर्णेश्वरमा एक पुरुष मृत फेला

काठमाडौं । काठमाडौं गोकर्णेश्‍वरमा एक जना पुरुष मृत फेला परेका छन् । गोकर्णेश्‍वर नगरपालिका(५ जम्बुडाँडास्थित सडकपेटीमा पहिचान खुल्न नस्केका अन्दाजी ४५ वर्षीय पुरूष बिहीबार मृत फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

एनआरएनएको एक समूहले गर्यो भिसा व्यवस्थाको विरोध

काठमाडौं । गैर आवासीय संघको आरके शर्मा समूहले सरकारले गैर आवासीय नेपालीलाई १० वर्षे निःशुल्क भिसा प्रदान गर्ने व्यवस्था संविधान विपरित हुने बताएको छ । एनआरएनएको एउटा समूहको अध्यक्ष रहेका शर्मा र महासचिव बुद्धिसागर सुवेदीले विज्ञप्ति निकालेर अध्यादेशमा उल्लेखित १० वर्षे भिसाको व्यवस्थाले मूल कानुन कानुनसँग मेल नखाने बताएका हुन्। ‘ अध्यादेशले गैरआवासीय नेपाली नागरिकताधारीले… Continue reading एनआरएनएको एक समूहले गर्यो भिसा व्यवस्थाको विरोध

रास्वपा सभापति लामिछाने काठमाडौं अदालतबाट रिहा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा धरौटी बुझाएर छुटेका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासले रविलाई ६० लाख धरौटीमा छाड्ने आदेश दिएको थियो । उक्त आदेशलगत्तै बैंक ग्यारेन्टीमार्फत् रविले धरौटी रकम बुझाएका हुन् । उनलाई जिल्ला अदालत कास्कीले समेत पोखराको सूर्यदर्शन सहकारीमा अनियमितता प्रकरणमा… Continue reading रास्वपा सभापति लामिछाने काठमाडौं अदालतबाट रिहा

काठमाडौं जिल्ला अदालतमा रविले के दिए बयान ?

काठमाडौं । काठमाडौं जिल्ला अदालतमा रवि लामिछानेले बयानका क्रममा सहकारीको रकम गोर्खा मिडियामा ल्याउने प्रक्रियामा आफ्नो कुनै संग्लनता नरहेको दोहोर्‍याएका छन् । उनले भनेका छन्, ‘मिसिल संग्लन मलाई देखाइएको निवेदनको छायाँकपीमा भएको हस्ताक्षर र औंठाछाप मेरो हो । तर कम्पनीमा जोडिँदा र कम्पनी छोड्दा मैले शेयर बापतको पैसा लगानी गरेको पनि होइन र लिएर गएको… Continue reading काठमाडौं जिल्ला अदालतमा रविले के दिए बयान ?

रविमाथि सरकारले पूर्वाग्रह गरेको छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि सरकारले पूर्वाग्रह साधेको जनतामा परेको बताएका छन् । बुधबार सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकमा प्रचण्डले यस्तो बताएका हुन् । ‘रविमाथि सरकारले पूर्वाग्रह साधेको हो भन्ने जनतामा परेकै छ । रविमाथि अत्याचार नै हो भन्ने जनतामा परेको छ’ प्रचण्डले भनेका… Continue reading रविमाथि सरकारले पूर्वाग्रह गरेको छ : प्रचण्ड

अध्यादेशमा सत्तारुढ दलमा असहमति छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको अध्यादेशमा सत्तारुढ दलको कुनै पनि असहमति नभएको दाबी गरेका छन् । बुधबार सिंहदरबारमा अध्यादेशबारे स्पष्टीकरण दिन आयोजित पत्रकार सम्मेलनमा बोल्ने क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । ‘हाम्रो सरकारमा रहेका दलहरूको एकता यसबाट सुदृढ ढंगले प्रस्तुत भएको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘एउटा अक्षरमा पनि कहिँ कतै असहमति… Continue reading अध्यादेशमा सत्तारुढ दलमा असहमति छैन : प्रधानमन्त्री

रविलाई ६० लाख धरौटीमा छाड्न काठमाडौं अदालतको आदेश

काठमाडौं । जिल्ला अदालत काठमाडौंले पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दाको थुनछेक बहसपछि न्यायाधीश माधवप्रसाद अधिकारीले इजलासले उनलाई ६० लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश गरेको हो । न्यायाधीश आदेशलाई अन्तिम रुप दिने क्रममा छन् । यसै बीचमा इजलास बाहिर… Continue reading रविलाई ६० लाख धरौटीमा छाड्न काठमाडौं अदालतको आदेश

न्यायाधीश चढेको कार दुर्घटनामा

काठमाडौं । सुनसरीको बराहक्षेत्र नगरपालिकामा पर्ने नडाहाको जंगलमा मंगलबार सवारी दुर्घटना हुँदा उच्च अदालत पाटनका न्यायाधीश नारायणप्रसाद रेग्मीसहित दुई जना घाइते भएका छन्। न्यायाधीश रेग्मी चढेको बिएबी ७१४६ नम्बरको कार मंगलबार साँझ दुर्घटनामा परेको प्रहरीले जनाएको छ। मदन भण्डारी राजमार्गमा पर्ने बराहक्षेत्र ३ को जंगलमा कार दुर्घटना भएको हो। ५४ वर्षीय न्यायाधीश रेग्मी र उनीसँगै… Continue reading न्यायाधीश चढेको कार दुर्घटनामा

पर्यटनमा मुन्दुम पदमार्गको प्रचुर सम्भावना

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मुन्दुम पदमार्गले पर्यटनमा प्रशस्त सम्भावना बोकेको बताएका छन् । भोजपुर जिल्लाको टेम्केमैयुङ गाउँपालिकाले आयोजना गरेको ‘मुन्दुम पदमार्ग भ्रमण वर्ष २०२५’ उद्घाटन गर्दै मन्त्री पाण्डेले मुन्दुम पदमार्ग कोसी प्रदेश पर्यटन विकास तथा विस्तारमा अत्यधिक सम्भावना बोकेको र पदयात्राका लागि सहज पनि भएको बताए । ‘यो पदमार्गले किराँती… Continue reading पर्यटनमा मुन्दुम पदमार्गको प्रचुर सम्भावना

इजरायल र हमासबीच युद्धबिरामको तयारी, विपिनको रिहाईमा पहल

काठमाडौं । इजरायल र हमासबीच गाजा युद्धविरामसम्बन्धी सम्झौतालाई अन्तिम रूप दिने प्रयास भइरहेका बेला नेपालले हमासको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइको लागि पुनः पहल गरेको छ । परराष्ट्रमन्त्री डा. आरजु राणाले कतारका विदेशराज्यमन्त्री डा. मोहम्मद बिन अब्दुलाजिज अल–खुलाइफीसँग टेलिफोन वार्ता गरेर हमास समूहको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइको लागि पुनः पहल गरेको हुन् । इजरायल… Continue reading इजरायल र हमासबीच युद्धबिरामको तयारी, विपिनको रिहाईमा पहल

चितवनमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

काठमाडौं । चितवनको माडीमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका-३ का करिब ५६ वर्षीय छविलाल बोटे रहेको चितवनका एसपी गौतम मिश्रले जानकारी दिए । उनका अनुसार चितवन राष्ट्रिय निकुञ्जसँगै रहेको रिउ खोलाको काँसघारीमा मंगलबार दिउँसो भैंसी चराउन गएका बोटेको गैँडाको आक्रमणबाट घटनास्थलमै मृत्यु भएको छ । घटनाबारे जानकारी पाउने… Continue reading चितवनमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

नुवाकोट, रसुवासहितका जिल्लामा आज गोरु जुधाइ महोत्सव

काठमाडौं । माघे सङ्क्रान्ति पर्वका अवसरमा आज नुवाकोटको तारुका, वेत्रावतीलगायत स्थानमा गोरु जुधाइ प्रदर्शनी गरेर मनाउन लागिएको छ । माघे सङ्क्रान्तिका दिन विभिन्न इतिहाससँग जोडेर मनाइने गरिएको गोरु जुधाइ प्रदर्शनीका लागि यस वर्ष तारुका र वेत्रावतीमा पच्चीस हल गोरु दर्ता भएको आयोजक समितिले जनाएको छ । जिल्लाको ताकेश्वर गाउँपालिका–३ तारुकाको चन्दनीमा गोरु जुधाइ प्रदर्शनीका लागि… Continue reading नुवाकोट, रसुवासहितका जिल्लामा आज गोरु जुधाइ महोत्सव

एसईई परिक्षाको तालिका सार्वजनिक

काठमाडौं । २०८१ सालको एसईई परीक्षाको तालिका सार्वजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले सार्वजनिक गरेको तालिका अनुसार एसईई परीक्षा चैत ७ गतेदेखि सुरु हुने छ । पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने छ । यस दिन संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरासातर्फ अनिवार्य अरेविक भाषाको परीक्षा हुनेछ ।दोस्रो दिन चैत ८… Continue reading एसईई परिक्षाको तालिका सार्वजनिक

६ महिनामा ५ खर्ब ५९ अर्ब राजस्व संकलन-गत वर्षको तुलनामा ६३ अर्ब बढी

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा ५ खर्ब ५९ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ । यो गत आर्थिक वर्षको तुलनामा ६३ अर्ब बढी हो । प्रतिशतका आधारमा १३  प्रतिशत वृद्धि हो । गत आर्थिक वर्षको पुस मसान्तसम्म ४ खर्ब ९६ अर्ब रुपैयाँ राजस्व संकलन भएको थियो ।चालु आर्थिक वर्षमा १४ खर्ब १९ अर्ब… Continue reading ६ महिनामा ५ खर्ब ५९ अर्ब राजस्व संकलन-गत वर्षको तुलनामा ६३ अर्ब बढी

अमेरिकामा घातक आगलागी, कम्तीमा २४ को मृत्यु

काठमाडौं । अमेरिकाको लसएन्जलसमा फैलिएको आगो अझै पनि नियन्त्रणमा आउन सकेको छैन । आगोमा जलेर २४ जनाको मृत्यु भइसकेको छ भने २३ जना बेपत्ता छन् । अमेरिकी राष्ट्रपति जो बाइडनले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । प्यालिसेड्सको पहाडी क्षेत्रबाट सुरु भएको डढेलो इटन र हर्स्ट क्षेत्रका बस्तीमा फैलिएको छ  सबैभन्दा धेरै… Continue reading अमेरिकामा घातक आगलागी, कम्तीमा २४ को मृत्यु

जापानमा भूकम्प : सुनामीको चेतावनी जारी

काठमाडौं । अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजिएस) का अनुसार सोमबार राति जापानको दक्षिण–पश्चिमी क्षेत्रमा ६.८ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पका कारण अधिकारीहरूले सुनामीको चेतावनी जारी गरेका छन् । जापान मौसम विज्ञान एजेन्सी (जेएमए) ले क्युशु क्षेत्रको मियाजाकी प्रिफेक्चर नजिकै भूकम्प गएपछि राति २१ः१९ बजे (१२१९ जिएमटी) एक मिटर (तीन फिट) सम्मको सुनामी छाल आउनसक्ने बताएको… Continue reading जापानमा भूकम्प : सुनामीको चेतावनी जारी

माइती नेपालको अक्षय कोषमा १ करोड दिने प्रधानमन्त्रीको घोषणा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक संस्था माइती नेपालको गौशलास्थित केन्द्रीय कार्यालयमा सोमबार स्थलगत अवलोकन गरेका छन् । उनले उक्त संस्थाको अक्षय कोषमा एक करोड सहयोग गर्ने घोषणा गरे । चेलीबेटी बेचबिखनविरुद्ध लामो समयदेखि कार्यरत सो संस्थाका गतिविधिबारे संस्थापक अनुराधा कोइरालासहित पदाधिकारी, आश्रित महिला र बालबालिकासँगको छलफलपछि सरकारले नै गर्नुपर्ने काममा संस्थाले सघाइरहेकाले यसको… Continue reading माइती नेपालको अक्षय कोषमा १ करोड दिने प्रधानमन्त्रीको घोषणा

रवि आज पनि न्यायिक हिरासतमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई काठमाडौँ, जिल्ला अदालतले हिरासतमा पठाइएको छ। लामिछाने बयान सकिए पनि थुनछेक बहस नसकिएपछि अदालतले सोमबार उनलाई न्यायिक हिरासतमा पठाएको हो । आइतबार जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा बहस नसकिएपछि लामिछानेलाई सोमबार बिहान १० बजे अदालतमा उपस्थित हुने गरी हिरासतमा पठाएको… Continue reading रवि आज पनि न्यायिक हिरासतमा

निर्माणाधिन संसद भवन अवलोकनमा पुगे राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले निर्माणाधीन सङ्घीय संसद् भवनको अवलोकन गरेका छन् । सिंहदरबार परिसरभित्र निर्माणाधीन भवनको सोमबार राष्ट्रपति पौडेलले अवलोकन गरेका हुन् । सो क्रममा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल उपस्थित थिए । राष्ट्रपति पौडेललाई अवलोकनका क्रममा सहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देलले सो भवन निर्माणमा भइरहेको प्रगतिबारे जानकारी गराए ।… Continue reading निर्माणाधिन संसद भवन अवलोकनमा पुगे राष्ट्रपति

राष्ट्रपतिबाट जारी भए चार अध्यादेश, एक अध्यादेश रोके

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ४ अध्यादेश जारी गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले सोमबार दिउँसो संविधानको धारा ११४ को उपधारा १ बमोजिम अध्यादेश जारी गरेका हुन् । सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१, नेपाल कार्यविधि तथा वित्तिय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश–२०८१, नीजिकरण पहिलो संशोधन अध्यादेश–२०८१, आर्थिक… Continue reading राष्ट्रपतिबाट जारी भए चार अध्यादेश, एक अध्यादेश रोके

बार्सिलोनाले जित्यो सुपर कप, रियलको पोष्टमा गोल वर्षा

काठमाडौं । बार्सिलोनाले स्पेनिस सुपर कपको उपाधि हात पारेको छ । गतराति रियल मड्रिडलाई हराउँदै बार्सिलोना सुपर कप च्याम्पियन बनेको हो। साउदी अरेबियाको जेद्दास्थित किङ अब्दुल्लाह स्पोर्ट्स सिटीमा सम्पन फाइनलमा बार्सिलोनाले रियललाई ५–२ गोलले हरायो । केलियन एम्बाप्पेले पाँच मिनेटमै उत्कृष्ट गोल गरेर टिमलाई सुरूवाती अग्रता दिलाए । तर त्यसपछिको पहिलो हाफमा बार्सिलोनाले रियलविरूद्ध गोलवर्षा… Continue reading बार्सिलोनाले जित्यो सुपर कप, रियलको पोष्टमा गोल वर्षा

स्वस्थानी व्रत आजबाट आरम्भ

काठमाडौं । हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने स्वस्थानी व्रत कथा तथा माधवनारायणको पूजा आजबाट सुरु भएको छ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घर–घरमा स्वस्थानीको कथा भन्ने र सुन्ने गरिन्छ । स्वस्थानीको व्रत बसे, कथा भने र सुने मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।… Continue reading स्वस्थानी व्रत आजबाट आरम्भ

कृषि मन्त्रीद्धारा पहिलो पटक सार्वजनिक भयो कृषि अनुदान लैजानेको नामसहितको विवरण

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले पहिलो पटक कृषि अनुदान लैजानेहरुको नामसहितको विवरण सार्वजनिक गरेका छन् । यसअघि कृषि अनुदान लक्षित वर्गसम्म नपुगेको भन्दै आलोचना भइरहेको थियो । मन्त्रालयले पछिल्लो पाँच वर्षमा रु एक खर्ब सात अर्ब ६६ करोड २७ लाख ८९ हजार अनुदान प्रवाह गरेको जानकारी गराएको छ । आइतबार मन्त्रालयमा आयोजित… Continue reading कृषि मन्त्रीद्धारा पहिलो पटक सार्वजनिक भयो कृषि अनुदान लैजानेको नामसहितको विवरण