राप्रपा अध्यक्ष लिङ्देन बेलायत प्रस्थान

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन बेलायत प्रस्थान गरेका छन्। पार्टीको प्रवासी नेपाली एकता समाजको कार्यक्रममा भाग लिनका लागि लिङ्देन शुक्रबार राति बेलायत प्रस्थान गरेका हुन्। अध्यक्ष लिङ्देनले लण्डन र स्कटल्याण्डमा पानस युकेको आयोजनामा हुने छलफल र अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नेछन्। साथै, विभिन्न नेपाली संघसंस्थाद्वारा आयोजना हुने स्वागत तथा नेपाली समुदायसंग हुने छलफलमा सहभागी हुने… Continue reading राप्रपा अध्यक्ष लिङ्देन बेलायत प्रस्थान

अमेरिकी डलर, यूरो र पाउण्ड स्ट्रलिङको मूल्यमा गिरावट

काठमाडौं । शुक्रबारको तुलनामा आज अमेरिकी डलरका साथै यूरो र पाउन्ड स्ट्रलिङको मूल्यमा गिरावट आएको छ। नेपाल राष्ट्र बैङ्कले आजका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलरको भाउ एकको खरिदर १३३ रुपैयाँ ४१ पैसा र बिक्रीदर १३४ रुपैयाँ ०१ पैसा कायम भएको छ। शुक्रबार यसको मूल्य एकको खरिददर १३३ रुपैयाँ ६० पैसा र… Continue reading अमेरिकी डलर, यूरो र पाउण्ड स्ट्रलिङको मूल्यमा गिरावट

चितवनमा मोटरसाइकल दुर्घटना, दई जनाको मृत्यु

काठमाडौं । चितवनको नारायणघाटमा मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा त्यसमा सवार दुई जनाको मृत्यु भएको छ। राति सवा १ बजेतिर शहीदचोकबाट पोखरा बसपार्कतर्फ जाँदै गरेको बागमती प्रदेश ०६–००२ प ३१४५ नम्बरको एनएस मोटरसाइकल भरतपुर २ लिलाचोक नजिकै अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरीका डिएसपी भेषराज रिजालले जानकारी दिए। दुर्घटनामा नवलपुरको गैंडाकोट ५ कांग्रेसचोक बस्ने २६ वर्षीय… Continue reading चितवनमा मोटरसाइकल दुर्घटना, दई जनाको मृत्यु

आज पनि केही स्थानमा भारी वर्षा, कहाँ कस्तो रहनेछ ?

काठमाडौं । शनिबार पश्चिमी भूभागका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिन जारी गरी दिउँसो बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जानकारी दिएको छ। मनसुनी वायु र मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानको उत्तरतिर र पूर्वमा सरदर स्थानको दक्षिणतिर अवस्थित… Continue reading आज पनि केही स्थानमा भारी वर्षा, कहाँ कस्तो रहनेछ ?

सहकारी छानविन समितिको प्रतिवेदन सार्वजनिक, रविले झुट बोलेको निष्कर्ष

काठमाडौं । सहकारी छानबिन समितिले गोर्खा मिडियाको कारोबारका सम्बन्धमा रवि लामिछानेले गलत कुरा बताएको निष्कर्ष निकालेको छ । समितिमा बयानका क्रममा गोर्खा मिडियाको आर्थिक कारोवारमा जिवी राई नै जिम्मेवार हुने गरेको भनी उनले बयान दिएका थिए । तर, आर्थिक कारोवार हेर्दा रवि लामिछाने नै कारोवारमा संलग्न रहेको भन्दै समितिले उनको बयान यथार्थपरक नभएको निष्कर्ष निकालेको… Continue reading सहकारी छानविन समितिको प्रतिवेदन सार्वजनिक, रविले झुट बोलेको निष्कर्ष

अमेरिकामा १५ वर्ष अगाडी ठगी, नेपालमा सम्पत्ति शुद्धीकरण अभियोगमा दोषी ठहर

काठमाडौं । अमेरिकामा १० लाख डलर ठगेर नेपाल आएका एक व्यक्ति १५ वर्षपछि विशेष अदालतबाट सम्पत्ति शुद्धीकरणको अभियोगमा दोषी ठहर भएका छन् । विशेष अदालतले चिट्ठाको पैसा ठगेर नेपाल फर्केका पंकज जोशीलाई सम्पत्ति शुद्धीकरणको अभियोगमा दोषी ठहर गरेको हो । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र रितेन्द्र थापको इजलासले जोशीलाई दुई… Continue reading अमेरिकामा १५ वर्ष अगाडी ठगी, नेपालमा सम्पत्ति शुद्धीकरण अभियोगमा दोषी ठहर

गोर्खा मिडियामा रविको तलव मासिक ६ लाख माथि

काठमाडौं । गोर्खा मिडिया प्रालिका सञ्चालक तथा प्रबन्ध निर्देशक रवि लामिछानेले कम्पनीबाट डेढ वर्षमा १ करोडभन्दा बढी तलब बुझेका छन् । सहरकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी विशेष छानबिन प्रतिवेदनका अनुसार लामिछानेले दुई आर्थिक वर्षमा गरी कुल १ करोड ४ लाख ३६ हजार रुपैयाँ तलबका रुपमा बुझेको पाइएको छ । आर्थिक वर्ष २०७७\७८मा लामिछानेको गोर्खा… Continue reading गोर्खा मिडियामा रविको तलव मासिक ६ लाख माथि

काठमाडौं छिर्ने सडक घटस्थापना अगाडी मर्मत गरिसक्ने सहमति

काठमाडौं । नागढुंगा–नौबिसे–मलेखु–मुग्लिन सडक निर्माणलाई गति दिन तीन वटै तहका सरकार र निर्माण व्यवसायीबीच ६ बुँदे सहमति भएको छ । शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सर्वपक्षीय छलफलमा उक्त सहमति भएको हो । आयोजनामा देखिएका समस्या समाधान गरी निर्माणलाई गति दिन तीनै तहका सरकार, निर्माण व्यवसायी तथा सम्वद्ध पक्षबीच सहमती भएको हो । भौतकमन्त्री… Continue reading काठमाडौं छिर्ने सडक घटस्थापना अगाडी मर्मत गरिसक्ने सहमति

मालीको राजधानीमा आतंकवादी आक्रमण, कम्तिमा ७७ जना मारिए

काठमाडौं । मालीको राजधानी बामाकोमा सैनिक प्रहरी तालिम शिविर र सैनिक विमानस्थललाई लक्षित गरी भएको जिहादी आक्रमणमा ७७ जनाको मृत्यु र दुई सय ५५ जना घाइते भएका छन् । पछिल्ला वर्षहरूमा सुरक्षा बलहरूले भोग्नुपरेको यो सबैभन्दा उच्च हताहतको घटनाहरू मध्ये एक हो । मृतकको सङ्ख्या लगभग एक सय पुगेको र ८१ जनाको नाम सूचीकृत गरेको… Continue reading मालीको राजधानीमा आतंकवादी आक्रमण, कम्तिमा ७७ जना मारिए

मनसुनको प्रभाव आजबाट पुनः सक्रिय हुँदै

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतिर र पूर्वमा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको बताएको छ । कोशी र बागमती प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही केही स्थानमा हल्का वर्षा भइरहेको छभने बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको विभागले… Continue reading मनसुनको प्रभाव आजबाट पुनः सक्रिय हुँदै

कुन-कुन देशमा कसरी मनाईयो संविधान दिवस

काठमाडौं । विश्वका विभिन्न देशमा अवस्थित नेपालका राजदूतावासमा संविधान दिवस विविध कार्यक्रमका साथ आयोजना गरिएका समाचार प्राप्त भएका छन्।अबुधावी, बेइजिङ, कायरो र कोपनहेगनस्थित नेपाली नियोगमा उक्त दिवस हर्षोल्लासपूर्वक मनाइएको ती दूतावासहरूले बेग्लाबेग्लै प्रेस विज्ञप्ति निकालेर जनाएका छन्। अबुधाबीस्थित नेपाली राजदूतावासका अनुसार बिहीबार आयोजित विशेष कार्यक्रम आयोजना गरिएको थियो। राष्ट्रियगान तथा ज्ञातअज्ञात सहिदहरूको सम्मान गरेर सुरु… Continue reading कुन-कुन देशमा कसरी मनाईयो संविधान दिवस

घटस्थापना अगाडी नै मेलम्चीको पानी काठमाडौं फर्काउने तयारी

काठमाडौं । दशैंको घटस्थापना अघि नै मेलम्चीको पानी काठमाडौं आउने भएको छ। काठमाडौंमा मेलम्चीको पानी पथान्तरणका लागि अहिले सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ। दशैंअगाडि नै मेलम्चीको पानी उपलब्ध गराउन खानेपानीमन्त्री प्रदीप यादवले निर्देशन दिएका छन् । सोही अनुसार अहिले मेलम्ची खानेपानी विकास समितिले काम गरिरहेको छ। मेलम्ची खानेपानी विकास समितिका कर्मचारीको टोली काठमाडौँमा जतिसक्दो… Continue reading घटस्थापना अगाडी नै मेलम्चीको पानी काठमाडौं फर्काउने तयारी

प्रधानमन्त्री आज अमेरिका प्रस्थान गर्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन आज अमेरिकाको न्यूयोर्क जाँदै छन् । उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज अमेरिका प्रस्थान गर्न लागेका हुन् । प्रधानमन्त्री ओलीका साथमा उनकी पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव सेवा लम्साल र नेपाल सरकारका वरिष्ठ अधिकारीहरू… Continue reading प्रधानमन्त्री आज अमेरिका प्रस्थान गर्दै

प्यालेस्टिनी भूभागबाट इजरायल हट्नु पर्ने प्रस्ताव पारित, नेपाल तटस्थ

काठमाडौं । प्यालेस्टिनी भूभागबाट इजरायल हट्नुपर्ने प्रस्ताव संयुक्त राष्ट्र संघको महासभाबाट पारित भएको छ । यो प्रस्तावमा भने नेपाल तटस्थ बसेको थियो । प्यालेस्टाइनले गरेको उक्त प्रस्तावको पक्षमा रुस, चीन, फ्रान्स, बंगलादेश, भुटान, श्रीलंका, पाकिस्तान, माल्दिभ्स सहित १२४ देश उभिएका थिए । अमेरिकासहित १४ देशले विपक्षमा मतदान गरे । संयुक्त राष्ट्रसंघका स्थायी सदस्यहरुमध्ये विपक्षमा उभिएको… Continue reading प्यालेस्टिनी भूभागबाट इजरायल हट्नु पर्ने प्रस्ताव पारित, नेपाल तटस्थ

संसदीय सुनुवाई समितिबाट १६ मुलुकका राजदूतको नाम पारित

file

काठमाडौं । संसदीय सुनुवाइ समितिले सरकारद्वारा विभिन्न १७ देशका लागि प्रस्तावित राजदूतमध्ये १६ जनाको नाम पारित गरेको छ । बिहीबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले विभिन्न देशका लागि प्रस्तावित १७ राजदूतमध्ये १६ जनाको नाम समितिबाट बहुमतले पारित गरेको हो । बैठकको निर्णय सुनाउनुहुँदै समिति सभापति ईश्वरीदेवी न्यौपानेले उजुरीकर्ताहरूको उजुरी, प्रस्तावित राजदूतको स्पष्टीकरण, कार्यायोजना, भनाइ… Continue reading संसदीय सुनुवाई समितिबाट १६ मुलुकका राजदूतको नाम पारित

चाडबाडका लागि सुपथ मूल्यका पसल आजबाट सञ्चालन

काठमाडौं । सरकारले दशैं सहित चाडपर्व लक्षित गरेर बिहीबारदेखि सहुलियत पसल सञ्चालन गरेको छ । ४२ जिल्लाका ६३ स्थानमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मार्फत चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन गरिएको हो । सहुलियत पसल सञ्चालन गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले २३ भदौमा निर्णय गरेको थियो । उपत्यकाका चार स्थान थापाथली, रामशाहपथ,… Continue reading चाडबाडका लागि सुपथ मूल्यका पसल आजबाट सञ्चालन

संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसर पारी दरवारमार्ग कन्सर्ट आयोजना, प्रधानमन्त्री सहभागी

काठमाडौं । संविधान दिवसको अवसरमा सरकारले बिहीबार काठमाडौंको दरबारमार्गमा सांगीतिक कार्यक्रम आयोजना गरेको छ । संविधानसभाबाट २०७२ असोज ३ गते संविधान जारी भएको दिनको स्मरणमा हरेक वर्ष असोज ३ गतेलाई राष्ट्रिय दिवसको रुपमा मनाइन्छ । यही संविधान दिवसको अवसर पारेर सरकारले दरबारमार्गमा विशेष सांगीतिक कार्यक्रम आयोजना गरेको हो । ‘नेशनल डे कन्सर्ट’मा सर्वसाधारणहरूले हातमा नेपालको… Continue reading संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसर पारी दरवारमार्ग कन्सर्ट आयोजना, प्रधानमन्त्री सहभागी

रवि भन्छन् : देउवा रिसाएको एक सेकेण्डमै ढल्छ सरकार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कांग्रेस र एमाले मिलेर बनेको अहिलेको सरकारमा आत्मविश्वास नदेखिएको बताएका छन् । उनले दुई तिहाइ बहुमतको सरकार भनिए पनि प्रधानमन्त्री र मन्त्रीहरुको व्यवहार त्यस्तो नदेखिएको बताए । ‘दुई तिहाइको सरकार भएको बेला जनताको आत्मबल बढ्नुपर्ने हो । प्रधानमन्त्रीमा त्यो आत्मविश्वास आउनुपर्ने थियो । मन्त्रीहरुमा पनि त्यो खालको… Continue reading रवि भन्छन् : देउवा रिसाएको एक सेकेण्डमै ढल्छ सरकार

भक्तपुरमा अत्याधुनिक विर अस्पताल निर्माण प्रक्रिया अगाडी बढाउने तयारी

काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माण प्रकृया अघि बढाउन अर्थ र स्वास्थ्य मन्त्रालयका उच्च पदस्थ अधिकारीबीच छलफल भएको छ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल, स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलसहित अर्थ मन्त्रालयमा बसेको बैठकमा अत्याधुनिक र सुविधा सम्पन्न वीर अस्पताल निर्माणको विस्तृत परियोजना प्रस्ताव तयार पार्ने परामर्शदाताका लागि अन्तर्राष्ट्रिय रूपमा प्रस्ताव आह्वान… Continue reading भक्तपुरमा अत्याधुनिक विर अस्पताल निर्माण प्रक्रिया अगाडी बढाउने तयारी

नेपालमा क्यानडाको दूतावास स्थापना गर्न परराष्ट्र मन्त्रीको प्रस्ताव

काठमाडौं । परराष्ट्र मन्त्री डा आरजु राणा देउवा र क्यानडाली विदेश मन्त्री मेलानी जोलीबीच बुधवार क्यानडाको ओटावामा द्विपक्षीय भेटवार्ता भएको छ । भेटवार्तामा मन्त्री राणाले नेपालमा दूतावास स्थापना गर्न क्यानडालाई आग्रह गरेकी छिन् । नेपाल–क्यानडा सम्बन्धका विविध पक्ष, आपसी हित र चासोका साथै आर्थिक लगानी एवं साझेदारी लगायतका विषयमा कुराकानी भएको थियो । क्यानडाली विदेश… Continue reading नेपालमा क्यानडाको दूतावास स्थापना गर्न परराष्ट्र मन्त्रीको प्रस्ताव

प्रधानमन्त्री भन्छन् : स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गरौं

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यही संविधानले दिएको स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्ने बताएका छन् । अहिलेको संविधानको सबैलाई अधिकार सम्पन्न गराएको भन्दै ओलीले सबैखाले विचार, समुदाय, भूगोल, लिङ्ग, जाति र धर्मका भावनाहरुलाई यसले संरक्षण गरेको बताएका छन् । आज संविधान दिवसको अवसरमा शुभकामना सन्देश दिँदै ओलीले लेखेका छन्, ‘आज संविधान दिवस, हाम्रो… Continue reading प्रधानमन्त्री भन्छन् : स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गरौं

संविधानले दिएको अधिकार प्रयोग गरी भ्रष्चारमुक्त अभियानमा लागौं : प्रचण्ड

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संविधानले दिएका अधिकारको उच्चतम उभोग गर्दै भ्रष्टाचारमुक्त अभियानमा लाग्न आह्वान गरेका छन् । संविधान दिवसको अवसरमा शुभकामना संदेश दिंदै प्रचण्डले भनेका छन्, ‘जनताले प्राप्त गरेका अधिकारको उच्चतम उपभोग गर्दै सबैखाले अराजकता, भ्रष्टाचार, बेथिति र निराशालाई चिर्दै नयाँ उत्साहका साथ अघि बढ्न र यो अभियानमा सहभागी हुन… Continue reading संविधानले दिएको अधिकार प्रयोग गरी भ्रष्चारमुक्त अभियानमा लागौं : प्रचण्ड

राष्ट्रपति र उपराष्ट्रपतिले दिए संविधान दिवसको शुभकामना, के दिए सन्देश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहायप्रसाद यादवले संविधान दिवसको शभकामना दिएका छन् । दिवसका अवसरमा आज बिहान उनीहरूले छुट्टा–छुट्टै वक्तव्य जारी गर्दै देशविदेशमा रहेका नेपालीहरूलाई शुभकामना दिएका हुन् । शुभकामना संदेश जारी गर्दै राष्ट्रपति पौडेलले संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक… Continue reading राष्ट्रपति र उपराष्ट्रपतिले दिए संविधान दिवसको शुभकामना, के दिए सन्देश

आज संविधान दिवस, धुमधामसहित मनाइदैं

Photo : BBC

काठमाडौं । आज संविधान दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । सार्वभौम संविधानसभाबाट २०७२ असोज ३ गते संघीयतासहितको संविधान जारी भएको दिनको स्मरणमा हरेक वर्ष असोज ३ गतेलाई राष्ट्रिय दिवसको रुपमा मनाइन्छ । संविधान दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज बिहान साढे आठ बजे विशेष समारोह आयोजना गरिएको छ । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति… Continue reading आज संविधान दिवस, धुमधामसहित मनाइदैं

आईसीसी विश्वकप लिग २ : नेपालको लगातार दोस्रो हार-गुल्सनको अलराउण्ड प्रदर्शन खेर

काठमाडौं । आईसीसी विश्वकप लिग२ मा नेपाल लगातार दोस्रो हार बेहोर्न बाध्य भएको छ । गुलशन झाले पाँच विकेट लिनुको साथै आक्रामक अर्धशतक प्रहार गर्दै सानदार अलराउण्ड प्रदर्शन गरेको खेलमा नेपाल ओमानसँग १ विकेटले हारेको हो । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । ओमानलाई अन्तिम ६ बलमा जितको… Continue reading आईसीसी विश्वकप लिग २ : नेपालको लगातार दोस्रो हार-गुल्सनको अलराउण्ड प्रदर्शन खेर

दुर्गा प्रसाई विरुद्ध प्रहरीलाई अदालतको अनुमति

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरीले अनुमति पाएको छ । जिल्ला अदालत, काठमाडौंले प्रसाईंलाई पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको श्रेष्तेदार रामु शर्माले जानकारी दिए । उनका अनुसार प्रसाईंसहित बाग्लुङका जीवन पाण्डे र धादिङका प्रकाशचन्द्र दाहालविरुद्ध पक्राउ पूर्जी जारी भएको हो । उनीहरुविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा अनुसन्धान गर्न पक्राउ… Continue reading दुर्गा प्रसाई विरुद्ध प्रहरीलाई अदालतको अनुमति

कस्तो बन्यो सत्तारुढ दलको न्यूनतम साझा कार्यक्रम ?

काठमाडौं । सत्तारुढ कार्यदलले सरकारको न्यूनतम साझा कार्यक्रम प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको छ । कार्यदलले बुधबार प्रधानमन्त्रीलाई न्यूनतम साझा कार्यक्रम मन्त्रिपरिषद्ले अनुमोदन गरेर सार्वजनिक हुने नेताहरुले बताएका छन् । न्यूनतम साझा कार्यक्रम बनाउन गठित कार्यललमा एमालेबाट उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल तथा कांग्रेसबाट महामन्त्री गगन थापा र प्रवक्ता डा. प्रकाशशरण महत थिए ।… Continue reading कस्तो बन्यो सत्तारुढ दलको न्यूनतम साझा कार्यक्रम ?

सहकारी सम्बन्धी संसदीय समितिको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले सहकारीसम्बन्धी संसदीय विशेष छानबिन समितिको प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयहरुमा पठाएको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदले पठाएको प्रतिवेदन अगाडि बढाउने बताए । सहकारी छानबिन समितिले सोमबार संसदमा आफ्नो प्रतिवेदन पेश गरेको थियो, जसलाई सभामुखले आवश्यक कारबाहीका लागि सरकारसमक्ष पठाउन निर्देशन दिएका थिए । संसदीय विशेष समितिले… Continue reading सहकारी सम्बन्धी संसदीय समितिको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

इजरायलबाट अपाङ्गता भएका १२ सहित ९६ पर्यटक एक साथ नेपाल घुमफिरमा

काठमाडौं । अपाङ्गता भएका १२ सहित ९६ जना इजरायली पर्यटकलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ । नेपालस्थित इजरायली राजदुतावासको समन्यवमा नेपाल आएको सो टोलीलाई मंगलवार राती इजरायली राजदूत होनान गोदर र नेपाल पर्यटन बोर्डका निमित्त बजार निर्देशक लक्ष्मण गौतमले स्वागत गरे । सालोम राफ्टिङ टे«क्स एण्ड एक्सपिडीसन र मास्टर हिमालयले यो यात्राको संयोजन गर्ने… Continue reading इजरायलबाट अपाङ्गता भएका १२ सहित ९६ पर्यटक एक साथ नेपाल घुमफिरमा

एसइई नतिजामा उल्लेख्य सुधार ल्याउन नीतिगत पहल सुरु भइसकेको  छ : प्रधानमन्त्री

काठमाडौँ, २ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजालाई लगभग ७० प्रतिशतसम्म पुर्याउन नीतिगत पहल सुरु भइसकेको बताएका छन् । राष्ट्रिय शिक्षा दिवस, २०८१ मूल समारोह समितिको कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हाल कायम रहेको शिक्षा क्षेत्रको पछ्यौटेपन हटाउन सरकार लागिपरेको जनाउँदै अनलाइन कक्षाबाट विद्यार्थीलाई मुख्य… Continue reading एसइई नतिजामा उल्लेख्य सुधार ल्याउन नीतिगत पहल सुरु भइसकेको  छ : प्रधानमन्त्री