काठमाडौं । अमेरिकाको न्यूयोर्क राज्यका गभर्नर क्याथी होकलकी पूर्ववरिष्ठ सहयोगी लिन्डा सनलाई फेडेरल ब्युरो अफ इन्भेस्टिगेसन (एफबिआई) ले चिनियाँ एजेन्ट भएको आरोपमा मंगलबार पक्राउ गरेको छ। चीनमा जन्मेर अमेरिकाको अंगिकृत नागरिकता लिएकी ४० वर्षीया लिन्डाले १४ वर्षसम्म न्यूयोर्क राज्य सरकारका लागि काम गरेकी थिइन्। गभर्नर होकल र उनी अघिका गभर्नर एन्ड्रयु कोमोसँग नजिक रहेर काम… Continue reading अमेरिकी न्यूयोर्क राज्यका गभर्नरकी सहयोगी पक्राउ, चिनियाँ एजेण्ट भएको आरोप
Category: समाचार
हरितालिका तीज : आज दर खाने दिन
काठमाडौं । हरितालिका तीजको अघिल्लो दिन आज दर खाएर मनाइँदै छ । दर खाने दिन परिवार, इष्टमित्र र छिमेकी भेला भएर विभिन्न परिकार खाँदै रमाइलो गर्ने चलन छ । दर खाएको भोलिपल्ट (तीजको दिन) निराहार व्रत बस्ने चलन भएकाले त्यसको आडका लागि अघिल्लो साँझ पौष्टिक तत्व भएको खानेकुरा खाने चलन छ । सनातन हिन्दु धर्मावलम्बी… Continue reading हरितालिका तीज : आज दर खाने दिन
आज कहाँ-कस्तो रहनेछ मौसम ?
काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले जारी गरेको मौसम बुलेटिनअनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका… Continue reading आज कहाँ-कस्तो रहनेछ मौसम ?
सन् २००३ यता पहिलो पटक मेसी र रोनाल्डो बीना बालोन डे’ओर
काठमाडौं । फ्रान्स फुटबल म्यागेजिनले प्रदान गर्ने विश्वकै चर्चित फुटबल अवार्ड बालोन डे’ओरको विभिन्न विधाको मनोनयन सार्वजनिक भएको छ ।फ्रान्स फुटबलले बुधबार राति पुरुष वर्ष खेलाडी महिला वर्ष खेलाडी प्रशिक्षक युवा खेलाडी र गोलकिपरको मनोनयन सार्वजनिक गरेको हो । मनोनयनमा विश्व फुटबलका दुई सुपर स्टार लिओनल मेसी र क्रिस्टियानो रोनाल्डो दुवै सन् २००३ पछि पहिलो… Continue reading सन् २००३ यता पहिलो पटक मेसी र रोनाल्डो बीना बालोन डे’ओर
धनुषामा पोखरीमा डुबेर तीन बालकको मृत्यु
काठमाडौं । धनुषामा पोखरीमा डुबेर तीनजना बालकको मृत्यु भएको छ । धनुषाको लक्ष्मीनिया गाउँपालिका-७ लक्ष्मीनियामा रहेको पोखरीमा बुधबार साँझ तीन बालक डुबेका इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक सोनुकुमार साहले जानकारी दिए । मृत्यु हुनेमा अन्दाजी १० वर्षीय आदित्यकुमार साह, अन्दाजी ८ वर्षीय आयुश साह र १४ वर्षीय सुशान्त साह रहेका उनले बताए ।… Continue reading धनुषामा पोखरीमा डुबेर तीन बालकको मृत्यु
पारा ओलम्पिकमा पदक विजेता पलेशा राष्ट्रपतिबाट सम्मानित, गराइयो नगर परिक्रमा
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पेरिस पारा ओलम्पिकमा कांस्य पदक विजेता पलेशा गोवर्धनसहितको टोलीलाई सम्मान गरेका छन् । शीतल निवासमा बुधबार आयोजित एक कार्यक्रमकाबिच पदक विजेता पलेशालाई राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले माला र दोसल्ला ओढाएर सम्मान गरे । राष्ट्रपति पौडेलले पलेशाका प्रशिक्षक कविराज नेगी लामालाई पनि बधाई तथा शुभकामना दिए ।सम्मानपछि राष्ट्रपति… Continue reading पारा ओलम्पिकमा पदक विजेता पलेशा राष्ट्रपतिबाट सम्मानित, गराइयो नगर परिक्रमा
दुई छोरीको हत्या गरी बेपत्ता महिला पक्राउ
काठमाडौं । मोरङको सुन्दरहरैचा नगरपालिका–७ बस्ने दुई छोरीको हत्या गरी बेपत्ता महिलालाई पक्राउ गरी प्रहरीले बुधबार सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालयद्वारा आज आयोजित पत्रकार सम्मेलनमा धनकुटा पाख्रीवास नगरपालिका–६ घर भएर सुन्दरहरैचा–७ मालती टोल बस्ने २१ वर्षीया अस्मिता पौडेललाई पक्राउ गरी सार्वजनिक गरिएको हो। यही भदौ १४ गते बेलुकी पति अर्जुन कार्कीसँग सामान्य विवाद भएपछि… Continue reading दुई छोरीको हत्या गरी बेपत्ता महिला पक्राउ
अमेरिकी नागरिकको हत्या अभियोगमा हमासका प्रमुख नेतामाथि मुद्दा
काठमाडौं । संयुक्त राज्य अमेरिकाले याह्या सिन्वारसहित हमासका प्रमुख नेताहरूमाथि गत वर्ष अक्टोबर ७ मा इजरायलमा आक्रमण गराएको भन्दै मुद्दा चलाएको छ। अमेरिकाको कानुन मन्त्रालयले हमासका छ जनामाथि विभिन्न सातवटा अभियोग लगाइएको जनाएको छ। उनीहरूमाथि अमेरिकी नागरिकको हत्या, आतङ्कवादलाई आर्थिक सहयोग गरेको र विनाशकारी अस्त्रहरू प्रयोग गरेको लगायतका आरोप लगाइएको छ। यो फौजदारी मुद्दा हमासले… Continue reading अमेरिकी नागरिकको हत्या अभियोगमा हमासका प्रमुख नेतामाथि मुद्दा
गोदावरी खोलामा एक पुरुषको शव फेला
काठमाडौं । ललितपुरको गोदावरी खोलामा एक पुरुषको शव भेटिएको छ । महालक्ष्मी नगरपालिका–८ लुभुस्थित गोदावरी खोलामा पुरुषको शव भेटिएको हो । ती पुरुषको शव सनाखत हुन बाँकी नै रहेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए । घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
च्यासल पुलबाट हाम फालेकी युवती मकवापुरमा मृत फेला
काठमाडौं । ललितपुर महानगरपालिका ९ च्यासलबाट बागमती नदीमा हामफालेकी युवतीको शव मकवानपुरमा भेटिएको छ। १६ भदौको साँझ बागमती नदीमा हामफालेकी रुकुम घर भएकी युवती अन्जली शर्माको शव भेटिएको हो। उनको शव मकवानपुरको बागमती गाउँपालिका–९ गैरिगंगास्थित बागमती नदी किनारमा भेटिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए। मृतकका आफन्तले शव सनाखत समेत… Continue reading च्यासल पुलबाट हाम फालेकी युवती मकवापुरमा मृत फेला
पेरिसमा डुङ्गा दुर्घटना, कम्तीमा १३ आप्रवासीको निधन
काठमाडौं । इङ्ग्लिस च्यानल पार गर्ने प्रयासमा मङ्गलबार एउटा डुङ्गा क्षतिग्रस्त हुँदा १३ आप्रवासीको मृत्यु भएको उद्धार कार्यमा प्रयोग भइरहेको फ्रान्सेली तटीय सहरका मेयरले बताएका छन् । दर्जनौँ आप्रवासी व्यस्त च्यानलको खतरनाक पानीमा डुबेका थिए । “दुर्भाग्यवश डुङ्गाको तल्लो भाग खुल्यो”, बोलोग्ने–सुर–मेरको माछा मार्ने बन्दरगाह नजिकैको ले पोर्टेलका मेयर ओलिभियर बार्बरिनले भने, “यहाँ पीडितहरूको उपचारका… Continue reading पेरिसमा डुङ्गा दुर्घटना, कम्तीमा १३ आप्रवासीको निधन
कस्तो छ आजको विनिमय दर ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ०६ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६६ पैसा, युरोपियन यूरो एकको खरिददर १४७ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४८ रुपैयाँ ६४ पैसा कायम छ । साथै युके पाउण्ड स्ट्रलिङ… Continue reading कस्तो छ आजको विनिमय दर ?
कंगोमा जेल तोडेर भाग्ने प्रयास, कम्तिमा १२९ जनाको मृत्यु
काठमाडौं । गणतन्त्र कङ्गोको सबैभन्दा ठूलो जेल तोड्ने प्रयासमा कम्तीमा एक सय २९ जनाको ज्यान गएको छ । ५५ जनाभन्दा धेरै घाइते भएका कङ्गोका आन्तरिक मन्त्री ज्याक्वेमेन शाबानीलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ । जेल तोड्ने प्रयासलाई रोक्न नसकेपछि गोली चलाउनुपरेको उनले बताए । धेरै मानिसहरू भीडभाडमा कुल्चिएर पनि मारिएका तथा घाइते भएका… Continue reading कंगोमा जेल तोडेर भाग्ने प्रयास, कम्तिमा १२९ जनाको मृत्यु
प्रतिफल दिने आयोजनामा लगानी केन्द्रित गर्ने रणनीतिमा छौं : अर्थमन्त्री
काठमाडौं । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लाभ र लागत विश्लेषणका आधारमा अर्थतन्त्रमा यथोचित प्रतिफल दिनसक्ने आयोजनामा लगानी विस्तार गर्ने रणनीति रहेको बताएका छन् । नेपालका लागि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) आवासीय प्रतिनिधि टेरेसा डेबन सान्चेजसँग अर्थ मन्त्रालयमा भएको छलफलमा अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । उनले स्रोतको प्रभावकारी व्यवस्थापनमार्फत आर्थिक वृद्धिको लक्ष्य हासिल गर्ने… Continue reading प्रतिफल दिने आयोजनामा लगानी केन्द्रित गर्ने रणनीतिमा छौं : अर्थमन्त्री
जनआन्दोलनको अग्रपंक्तिमा रास्वपा हुन्छ : लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनआक्रोश बढ्दै जाँदा हुने आन्दोलनको अग्रपङ्तिमा आफ्नो दल हुने बताएका छन् । रास्वपाको कोशी प्रदेश भेलालाई मंगलबार इटहरीमा सम्बोधन गर्दै लामिछानेले पुराना दलहरुको बेथिति र जनआक्रोश बढ्दै जाँदा स्वतः आन्दोलन हुने बताए । दलका गतिविधि र नागरिकका मनमा उब्जिएका विचार नजिकबाट नियालिरहेको लामिछानेले बताए । लामिछानेले आफ्नो… Continue reading जनआन्दोलनको अग्रपंक्तिमा रास्वपा हुन्छ : लामिछाने
सरकारी अस्पताल अब सरकारी बिदामा पनि खुल्ने
काठमाडौं । सरकारी अस्पतालहरुले शनिबारबाहेकका धेरैजसो सार्वजनिक बिदामा बहिरंग (ओपीडी) सेवा सञ्चालन गर्नुपर्ने भएको छ । मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै पर्व, जात्रा, दिवश, जन्मजयन्ती जस्ता सार्बजनिक बिदामा ओपीडी सञ्चालन गर्न केन्द्रीय, प्रादेशिक र स्थानीय तहका अस्पताललाई निर्देशन दिएको हो । मन्त्रालयका अनुसार पर्व बिदा अन्तर्गत रामनवमी, चण्डी पूर्णिमा (वैशाख पूर्णिमा), उभौली पर्व, रक्षाबन्धन,… Continue reading सरकारी अस्पताल अब सरकारी बिदामा पनि खुल्ने
भेट्रान फूटबलर सुआरेजले गरे फुटबललाई अलबिदा
काठमाडौं । उरुग्वेका भेट्रान फुटबलर लुइस सुआरेजले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । उनी ३७ वर्षका भए । लिभरपुल र बार्सिलोनाका पूर्व फरवार्ड समेत रहेका सुआरेजले शुक्रबार पाराग्वेविरुद्ध आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेल खेल्ने भएका छन् । उनी उरुग्वेका लागि सर्वाधिक गोलकर्ता हुन् । उनले उरुग्वे राष्ट्रिय टिमबाट १४२ खेल खेल्दै ६९ गोल गरेका छन् ।… Continue reading भेट्रान फूटबलर सुआरेजले गरे फुटबललाई अलबिदा
सिन्धुपाल्चोक केन्द्र भएर भूकम्पको धक्का
काठमाडौं । सिन्धुपाल्चोकको शिखरपुर आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ। मंगलबार बिहान ६ः११ बजे शिखरपुर केन्द्रबिन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्पको धक्का आसपासका जिल्लाहरूमा पनि महसुस गरिएको छ । २०७२ सालको भूकम्पबाट बढी प्रभावितमध्ये यो जिल्ला पनि एक हो ।
नेपाली महिला फूटबल टोलीकी कप्तान एञ्जिलाले यूरोपमा व्यवसायिक लिग खेल्ने
काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर एञ्जिला तुम्बापो सुब्बाले युरोपियन लिग खेल्ने भएकी छन् । एञ्जिलालाई ग्रिसको महिला ए डिभिजन लिग क्लब निस अट्रोमिटोउले नयाँ सिजनका लागि अनुबन्ध गरेको छ । उनलाई क्लबले २०२४–२५ को सिजनका लागि सम्झौता गरेको जनाएको छ । सम्झौता रकम खुलाइएको छैन । एक दशकभन्दा बढी समय… Continue reading नेपाली महिला फूटबल टोलीकी कप्तान एञ्जिलाले यूरोपमा व्यवसायिक लिग खेल्ने
पर्यटन व्यवसायीको चुनावमा माओवादी विजयी, कांग्रेस–एमालेका साझा उम्मेदार पराजित
काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को अध्यक्षमा सागर पाण्डे विजयी भएका छन् । अध्यक्षका अर्का प्रत्याशी राजेन्द्र सापकोटालाई भारी मतान्तरले पराजित गर्दै सापकोटा विजयी भए । पाण्डेले ५८० मत पाउँदा सापकोटाले ४८० मत प्राप्त गरे । पाण्डे माओवादी केन्द्र निकट मानिन्छन् । सापकोटा एमाले निकट मानिन्छन् । उनी एमाले–कांग्रेस गठबन्धनका उम्मेदवार थिए… Continue reading पर्यटन व्यवसायीको चुनावमा माओवादी विजयी, कांग्रेस–एमालेका साझा उम्मेदार पराजित
बाँकेमा झाडा-पखालाबाट ज्यान गुमाएका चार जनामा पानीको कमी देखिएको पुष्टी
काठमाडौं । बाँकेको नरैनापुरमा एकै परिवारका तीनसहित चार जनाको मृत्यु झाडापखालाका कारण पानीको कमीले भएको पुष्टि भएको छ । नरैनापुर गाउँपालिका–३ स्थित गेग्ली गाउँका श्यामलाल पासीको घरका तीन सदस्यसहित चार जनाको ७२ घण्टाको अवधिमा मृत्यु भएको थियो । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी एवं महामारी रोगका ‘फोकल पर्सन’ नरेन्द्र श्रेष्ठले एकै परिवारका एक बालकसहित… Continue reading बाँकेमा झाडा-पखालाबाट ज्यान गुमाएका चार जनामा पानीको कमी देखिएको पुष्टी
दीपक मनाङेले किन दिए मन्त्री पदबाट राजिनामा ?
काठमाडौं । गण्डकी सरकारका मन्त्री दीपक मनाङेको राजीनामा दिएका छन् । उनको राजिनामा स्वीकृत समेत भएको छ । सोमबार अपरान्ह मनाङेले पेश गरेको राजीनामा स्वीकृत गरेको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जानकारी दिए । सोमबार मन्त्रिपरिषद विस्तार गर्दा मुख्यमन्त्री पाण्डेले मनाङेलाई भौतिक पूर्वाधार मन्त्रालयबाट हटाएर वन मन्त्रालयको जिम्मा दिएका थिए । मुख्यमन्त्रीको निर्णयबाट असन्तुष्ट मनाङेले अपरान्ह स्वकीय… Continue reading दीपक मनाङेले किन दिए मन्त्री पदबाट राजिनामा ?
नेपालबाट अपहरणमा परेको जहाजबारेको वेव सिरिज द कान्दाहार हाइज्याक किन विवादमा ?
काठमाडौं । नेटफ्लिक्समा स्ट्रिमिङ वेब सिरिज ‘आईसी ८१४ ः द कान्दाहार हाइज्याक’ विवादमा तानिएको छ । थ्रिलर सिरिजको चर्चा भारतसहित नेपालमा पनि भएको हो । भारतीय यात्रुवाहक जहाजलाई अपहरणकारीले काठमाडौं विमानस्थल हुँदै अफगानिस्तानको कान्दाहार पुर्याएको वास्तविक घटनाको कथावस्तुमा सिरिज बनेको छ । यो घटना २४ डिसेम्बर १९९९ मा भएको थियो । विजय बर्माको शीर्ष भूमिका… Continue reading नेपालबाट अपहरणमा परेको जहाजबारेको वेव सिरिज द कान्दाहार हाइज्याक किन विवादमा ?
अर्थ मन्त्रालयद्वारा शर्तसहित दुग्ध विकास संस्थानमा ६० करोड रुपैयाँ ऋण लगानी गर्ने सहमति
काठमाडौं । अर्थ मन्त्रालयले निश्चित शर्तसहित दुग्ध विकास संस्थानमा ६० करोड रुपैयाँ ऋण लगानी गर्ने गरी मन्त्रिपरिषद्मा प्रस्ताव पेश गर्न कृषि तथा पशुपन्छि विकास मन्त्रालयलाई सहमति दिएको छ । दुग्ध विकास संस्थानले यो रकम तत्कालका लागि किसानहरूलाई दुधको बाँकी रकम भुक्तानीमा प्रयोग गर्न सक्नेछ ।चालु आर्थिक वर्षका लागि दुग्ध विकास संस्थानको नाममा ऋण लगानी अन्तर्गत… Continue reading अर्थ मन्त्रालयद्वारा शर्तसहित दुग्ध विकास संस्थानमा ६० करोड रुपैयाँ ऋण लगानी गर्ने सहमति
एकै दिन १२७ अंकले बढ्यो सेयर बजार
काठमाडौं । सोमबार सेयर बजारमा उच्च अंकको वृद्धि भएको छ । यस दिन १२७ अंकले बजार बढेको छ । वृद्धिपछि नेप्से २८२३ अंकमा कायम भएको छ । कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन १० अर्ब ५१ करोडको कारोबार भएकोमा आज १३ अर्ब १० करोडको भएको छ । कारोबार सुरु भएको २३ मिनेटमा नेप्से… Continue reading एकै दिन १२७ अंकले बढ्यो सेयर बजार
चुनावमा गठबन्धन नगर्ने कांग्रेसको प्रस्ताव अनुमोदन
काठमाडौं । कांग्रेस केन्द्रीय कार्यसमितिले महामन्त्री गगन थापाको चुनावी गठबन्धन नगर्ने प्रस्ताव परिमार्जनसहित अनुमोदन गरेको छ । महामन्त्री विश्वप्रकाश शर्माको नेताहरूको बहिर्गमन नीतिलाई भने संविधान संशोधनमा छलफल अघि बढाउने गरी हाललाई अनिर्णीत अवस्थामा राखिएको कांग्रेसले जनाएको छ ।साउन २३ देखि चलेको केन्द्रीय कार्यसमितिको बैठकमा संस्थापन र इतरपक्षबीच मुख्य गरी यी दुई विषयमा मतभेद देखिएको थियो । गत… Continue reading चुनावमा गठबन्धन नगर्ने कांग्रेसको प्रस्ताव अनुमोदन
मनोहरामा हाम फालेर किशोरी बेपत्ता, खोजी जारी
काठमाडौं । मनोहरा खोलामा हामफालेर एक किशोरी बेपत्ता भएकी छिन् । उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ । आइतबार साँझ पौने ७ बजे ललितपुर महानगरपालिका ९ बालकुमारीस्थित पुलबाट मनोहरा खोलामा हामफालेकी १९ वर्षीया अञ्जली शर्माको खोजी सोमबार बिहानबाट पुनः सुरू गरिएको हो। आइतबार अबेरसम्म खोजी गर्दा पनि उनी भेटिएकी थिइनन्। सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी… Continue reading मनोहरामा हाम फालेर किशोरी बेपत्ता, खोजी जारी
आज कुशे औंसी, बुबाको मुख हेर्ने दिनका रुपमा मनाईंदै
काठमाडौं । भाद्र कृष्ण औंसीका दिन मनाइने कुशे औंसी अर्थात बुवाको मुख हर्ने पर्व आज मनाइँदैछ । वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाइँदैछ । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने… Continue reading आज कुशे औंसी, बुबाको मुख हेर्ने दिनका रुपमा मनाईंदै
प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाई आज पनि जारी
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूतहरुको सुनुवाइ आज पनि जारी राख्ने भएको छ । समितिको आजको बैठकमा इजरायल, मलेसिया, पाकिस्तान र पोर्चुगलका लागि प्रस्तावित राजदूतहरुलाई सुनुवाइका लागि बोलाइएको छ । इजरायलका लागि धनप्रसाद पण्डित, मलेसियाका लागि नेत्रप्रसाद तिमिल्सिना, पाकिस्तानका लागि रीता धिताल र पोर्चुगलका लागि प्रकाशमणि पौडेललाई राजदूत नियुक्त गर्न सरकारले सिफारिस गरेको छ… Continue reading प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाई आज पनि जारी
एमालेकी सांसदले बालश्रम गरेको भन्दै बालेन आक्रोसित
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्मालाई कारवाही नभएकोमा आपत्ती जनाएका छन् । उनले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका छन् । उनले प्रम ओलीले दोषीलाई कारबाही नगरेकोमा आक्रोश व्यक्त गरेका छन् । उनले भनेका छन् ‘वहाँ ले बिगत ८ वर्ष देखी बन्दी बनाएर, एक जना नबालिकालाई… Continue reading एमालेकी सांसदले बालश्रम गरेको भन्दै बालेन आक्रोसित