Category: समाचार

  • प्रधानमन्त्री ज्यू महाकालीमा भएको गल्ती सच्याएर नाम राख्नुस : सांसद गिरि

    प्रधानमन्त्री ज्यू महाकालीमा भएको गल्ती सच्याएर नाम राख्नुस : सांसद गिरि

    काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप गिरिले महाकाली सन्धीका बेला प्रधानमन्त्री केपी शर्मा ओली र आफुले संसदमा सन्धीको पक्षमा वकालत गरेको स्मरण गर्दै त्यो गल्ती भएको स्वीकार गरेका छन् । बिहीबार संसदमा पेश भएको संविधान संशोधन विधेयकमाथि छलफलमा भाग लिँदै सांसद गिरिले त्यो बेला बामदेव गौतम र सिपी मैनालीहरु यो सम्झौताको विरोधमा रहँदा एमाले पार्टी नै फुटेको समेत स्मरण गरे ।

    सोहीकारण महाकाली सन्धीका बेला प्रधानमन्त्री केपी शर्मा ओलीबाट भएको गल्तीलाई अहिले सच्याएर इतिहासमा नाम लेखाउने मौका आएको उनले बताए । तर, अहिले प्रधानमन्त्रीले पर्याप्त तयारी बीना कदम चालेको भन्दै सफल हुनेमा भने शंका व्यक्त गरे ।

    भारतले हडपेको भूमि फिर्ताका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले पर्याप्त तयारी नगरेको उनको आरोप छ । गिरिले भूमि फिर्ता ल्याउने हल्ला गरेर प्रधानमन्त्रीले वार्ता नै गर्न नसकेको समेत बताए । ओ‌लीले आन्तरिक तथा बाह्य दुवैतिर कुनै कुरा नगर्दा समस्या भएको उनको भनाई छ ।

    स्यालको शिकार गर्न जाँदा पनि बाघको तयारी गर्ने उनको सुझाव छ ।

  • नेपालमा कोरोना जित्नेको संख्या ५८४ पुग्यो, एकैदिन ९६ जना डिस्चार्ज

    नेपालमा कोरोना जित्नेको संख्या ५८४ पुग्यो, एकैदिन ९६ जना डिस्चार्ज

    काठमाडौं। पछिल्लो २४ घण्टामा देशभरका विभिन्न आइसोलेसनबाट ९६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । धरानबाट झापाका २८ पुरुष, ,दाङबाट बर्दियाका ४ पुरुष र जिल्ला अस्पताल दैलेखबाट १ महिला कोरोना संक्रमण निको भएका छन्।

    जनकपुरबाट ६ महिलासहित २६ जना पुरुषहरु डिस्चार्ज भएका छन्।
    बाँके कोहलपुर २२ जना र राप्तिसोनारी आइसोलेसनबाट ७ जना डिस्चार्ज भएका छन्।

    धरानबाट झापाका २८ पुरुष, दाङबाट बर्दियाका ४ पुरुष र जिल्ला अस्पताल दैलेखबाट १ महिला कोरोना संक्रमण निको भएका छन्। काठमाडौंबाट एक महिला डिस्चार्ज भएकी छन्।

    हलसम्म देशभरबाट कोरोना संक्रमण भई उपचार पछि निको हुनेको संख्या ५८४ जना पुगेको छ। जसमध्ये ५०७ र महिला ७७ रहेका छन्।

  • नेपालमा कोरोना संक्रमित ४ हजार माथि

    नेपालमा कोरोना संक्रमित ४ हजार माथि

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या ४ हजार ८५ पुगेको छ ।

    यसैगरी निको भएर घर फर्कनेहरुको संख्या पनि ५सय ८४ पुगेको छ । कोरोना संक्रमणबाट नेपालमा १५ जनाले ज्यान गुमाएका छन् ।

  • गण्डकी प्रदेशमा मंगलबार थपिए २४ कोरोना संक्रमित

    गण्डकी प्रदेशमा मंगलबार थपिए २४ कोरोना संक्रमित

    पोखरा । भारतबाट नेपाली घर फर्किएसँगै नेपालमा तिब्र रुपमा कोरोना संक्तमित बढिरहेकाछन् । मंगलबार बिहानै गण्डकी प्रदेशमा थप २४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका अनुसार मंगलबार नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को बौदीकाली गाउँपालिकाका १२ जना पुरुषमा कोरोना देखिएको हो । सोही गाउँपालिकामा निर्माण भएको क्वारेन्टाइनमा उनीहरु बसेका छन् ।

    संक्रमण पुष्टि भएका सबैलाई रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको बताइएको छ । उता, म्याग्दी जिल्लाको बेनी नगरपालिका घर भई सोही ठाउँको क्वारेनटाइनमा रहेका एकजना पुरुषमा समेत कोरोना पुष्टि भएको हो । मंगलबार बाग्लुङमा थप ११ जनामा संक्रमण पुष्टी भएको छ ।

    निसीखोला गाउँपालिका घर भई सोही ठाउँको क्वारेनटाइनमा रहेका तीनजना पुरुष र बरेङ गाउँपालिका घर भई सोही ठाउँको क्वारेनटाइनमा रहेका आठजना पुरुषमा कोरोना संक्रमण देखिएको कार्यक्रमले उल्लेख गरेको छ । अब गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४४ पुगेको छ। प्रदेशमा एक जनाको मृत्य भइसकेको छ ।

  • रुपन्देहीमा ५ जनाको सामुहिक हत्या, एक जना पक्राउ

    रुपन्देहीमा ५ जनाको सामुहिक हत्या, एक जना पक्राउ

    बुटवल । रुपन्देहीमा एक निर्मम हत्याकाण्ड बाहिर आएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१० मा ५ जनाको सामुहिक हत्या भएको हो । प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्खेतका झसेन्द्र सिंजाली छन् । उनलाई गाउँलेले पक्राउ गरी प्रहरीमा बुझाएको बताइएको छ । गाउँलेले पक्राउ गर्दा अचेत बनेका उनको तिलोत्तमास्थित प्रिन्सन अस्पताल उपचार भइरहेको छ ।

    यो घटना स्थानीय एक गाई फार्ममा भएको हो । यस फार्ममा ६ जना कार्यरत थिए । एक जनाले अन्य ५ जनाको हत्या गरेको र घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ । घटनामा माधव मुसहर, जानकी मुसहर, पोखराज मुसहर, करण चौधरी र आशिष चौधरीको निर्मम हत्या भएको छ ।

    उनीहरुको शव पोष्टमार्टम गर्न अस्पताल पठाइएको छ । प्रहरीका अनुसार आरोपित सिंजाली लागु औषधी प्रयोगकर्ता समेत भएको बताइएको छ । यद्दपी प्रहरीले घटनाको विस्तृत विवरण भने सार्वजनिक गरिसकेको छैन । हत्या सोमबार राती भएको हो ।

  • रुकुम घटनाको छानविन गर्न संसदीय समिति गठन

    रुकुम घटनाको छानविन गर्न संसदीय समिति गठन

    काठमाडौं । रुकुममा ६ जनाको ज्यान जाने गरी भएको घटना छानबिन तथा अनुसन्धानका लागि संसदीय विषेश समिति गठन भएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकले नेकपाका सांसद देवेन्द्र पौडेलको संयोजकत्वमा ९ सदस्यीय संसदीय विशेष समिति गठन गर्ने निर्णय गरेको हो ।

    ‘चौरजहारी नगरपालिका, सोती घटना छानविन समिति’का नाममा गठित यो समितिले एक महिनाभित्र प्रतिवेदन बुझाउने सभाुमख अग्नी प्रसाद सापकोटाले जानकारी दिए । उनका अनुसार सांसदहरु एकवाल मिया, दुर्गा पौडेल, पार्वती विसुंखे, विमला विश्वशकर्मा, महेश्वरजंग गहतराज, मीन बिश्वकर्मा, रामसहायप्रसाद यादव र प्रकास रसाइली समितिमा सदस्य रहेका छन् ।

    संसदमा प्रतिनिधित्व गर्ने दलित समुदायका सांसद तथा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले रुकुम घटनाको छानबिनका लागि उच्चस्तरिय संसदीय समितिको माग गरिरहेका थिए । यो घटनाबारे गृह मन्त्रालयले समेत अनुसन्धान गरिरहेको छ ।

    चौरजहारी घटना गैरजातिय विवाहको मामलाका कारण भएको दलित समुदायको दावि छ । उता, रुकुमका स्थानीय भने लकडाउनको समयमा ठूलो समूहमा युवा गाउँ छिरेपछि प्रतिकार गर्दा घटना भएको दावि गर्छन् । यस घटनामा नवराज विकसहत ६ जना जाजरकोटका युवा मारिएका थिए ।

    दलित युवाले मल्ल थरकी युवतीसँग विवाह गर्न खोज्दा उक्त घटना भएको हो । जेठ १० मा रुकुम घटनामा दलित युवा पक्षका मानिसमाथि केटी पक्षका मान्छेबाट भएको आक्रमणमा ६ जना मारिएका हुन् । घटनामा नवराज विक, गणेश बुढामगर, टीकाराम नेपाली, लोकेन्द्र सुनार, गोविन्द शाही र सञ्जु विकको ज्यान गएको थियो ।

  • साथिको शव बोकेर नेपाल आएका अर्घाखाँचीका ३० जनामा कोरोना पुष्टी

    साथिको शव बोकेर नेपाल आएका अर्घाखाँचीका ३० जनामा कोरोना पुष्टी

    काठमाडौं । भारतबाट नेपाल आउने क्रममा १० जेठमा बाटोमै ज्यान गुमाएका एक युवकको शव बोकेर आएका ३० जना युवामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । नेपाल ल्याइसकेपछि ती युवकको स्वाव परीक्षण गर्दा कोरोना पुष्टी भएको थियो । बाटोमै ज्यान गुमाएका युवाको शव बोकेका र सोही समूहमा आएकामध्ये ३० जनामा कोरोना पुष्टी भएको हो ।

    उक्त समूहमा ५० जना रहेको स्थानीय प्रशासनले जनाएको छ । उनीहरुमध्ये ३० जनामा कोरोना संक्रमण भएको हो । घर फर्कने क्रममा भारतमै मृत्यु भएका युवकको कपिलवस्तु ल्याएर पोस्टमार्टम भएको थियो । पोष्टमार्टमका क्रममा स्वाब संकलन भएके थियो ।

    भैरहवा जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको थियो । मृतकमा कोरोना संक्रमण पुष्टि भएपछि भारतबाट सँगै आएका, मृतकको शव बोकेका र उनको सम्पर्कमा रहेका ५० जनाको स्वाब संकलन गरी पीसीआर परीक्षण भएको हो ।

    सोमबार संक्रमित पुष्टी भएकामध्ये सन्धिखर्क नगरपालिकाका २९ जना, शितगंगा नगरपालिका र पाणिनी गाउँपालिकाका एक, एक जना छन् । कोरोनाका कारण १४ जनाको ज्यान गएकोमा एक जना अर्घाखाँचीका युवा हुन् ।

  • थप २१ जनाले जिते कोरोना, संक्रमण मुक्त हुनेको संख्या ४८८

    थप २१ जनाले जिते कोरोना, संक्रमण मुक्त हुनेको संख्या ४८८

    काठमाडौं सोमबार थप २१ जना डिस्चार्ज भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार बाँकेबाट २० जना र काठमाडौंको बलम्बु अस्पतालबाट एकजना महिलाले कोरोना जितेर डिस्चार्ज भएका हुन् । योसहित निको हुनेको संख्या ४८८ पुगेको छ।

    प्रवक्ताका अनुसार निको हुनेमा पुरुष ४१९ र महिला ६९ छन्।

  • नेपालमा थप ३ सय १४ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ३७६२ पुग्यो

    नेपालमा थप ३ सय १४ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ३७६२ पुग्यो

    काठमाडौं । नेपालमा थप ३ सय १४ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा सय संख्यामा संक्रमित थपिएका हुन् । थपिनेमा २ सय ९४ पुरुष र २० महिला छन् ।

    योसंगै नेपालमा संक्रमितको कुल संख्या ३ हजार ७ सय ६१२ पुगेको छ । यसैगरी निको भएर घर फर्कनेहरुको संख्या पनि ४ सय ८८ पुगेको छ । जस्मा पुरुष ४ सय १९ र महिला ६९ जना छन् ।

  • आज कांग्रेस कार्यसमितिको बैठक, सरकारका कामबारे समिक्षा गर्ने

    आज कांग्रेस कार्यसमितिको बैठक, सरकारका कामबारे समिक्षा गर्ने

    काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने गरी बैठक बोलाइएको कांगेस सचिवालयले जानकारी दिएको छ । बैठकमा कोरोना भाइरस संक्रमण र यसको रोकथाममा सरकारले गरेका कामको समिक्षा हुने भएको छ ।

    संविधान संशोधन, एमसीसीलगायत समसामयीक विषयमा समेत छलफलको तयारी रहेको छ । सरकारले हालै ल्याएको बजेटका सम्बन्धमा संसदमा वहस जारी छ । यस विषयले समेत बैठकमा प्रवेश पाउने बताइएको छ ।

  • गोरा प्रहरी र समुदायका मानिसले धोए अश्वेत धार्मिक नेताको गोडा (भिडियो सहित)

    गोरा प्रहरी र समुदायका मानिसले धोए अश्वेत धार्मिक नेताको गोडा (भिडियो सहित)

    न्युयोर्क

    अमेरिकाको नर्थ क्यारोलाइना राज्यमा गोरा जातीका प्रहरी र समुदायका मानिसले संयुक्तरुपमा अश्वेत धार्मिक गुरुको गोडा धोएका छन् । धार्मिक ग्रन्थ बाईबलमा जिजस क्राईस्टले आफ्ना चेलाहरुको खुट्टा धोएको विश्वासमा शनिबार नर्थ क्यारोलाइनास्थित क्यारीमा रंगभेद बिरुद्धको आन्दोलनमा सहभागी अश्वेत नेताहरुको खुट्टा धोएको स्थानीय न्युज कोलोनीले जनाएको छ ।  

    सामाजिक संजालमा सार्वजनिक भिडियो र फोटोमा स्थानीय लेगेसी चर्चको पास्टर फेथ वोकोमा र उनको पति सोबोमालाई कुर्सीमा राखेर प्रहरी अफिसर र अन्य केही ब्यक्तीले खुट्टा धोएका हुन्। मिनियापोलिसमा प्रहरी कस्टडीमा मृत्‍यु भएका जर्ज फ्लोएडको गर्धनमा प्रहरीले घुँडाले थिचेको समय अवधी ८ मिनेट ४६ सेकेण्डसम्म उक्त कार्यक्रममा मौनधारण समेत गरिएको थियो ।
    https://youtu.be/x-ZdAIPJ9RM

  • न्युयोर्कमा जारी जुलुशमा जानेहरु कोरोना परिक्षण गर्न गई हाल्नुस्; गभर्नर कुमो

    न्युयोर्कमा जारी जुलुशमा जानेहरु कोरोना परिक्षण गर्न गई हाल्नुस्; गभर्नर कुमो

    न्युयोर्क

    न्युयोर्क राज्यका गभर्नर एन्ड्रु कुमोले जारी रंगभेद बिरुद्धको आन्दोलनका कारण थप १५ वटा कोरोना जाँच केन्द्र न्युयोर्क शहर भित्र मात्र सुरु गरेको बताएका छन् । भोली सोमबार जुन ८ तारिखदेखि अर्थतन्त्र सुरु गर्ने तयारीमा रहेको न्युयोर्क सहरमा दिनहुँ हजारौंको सहभगितामा शान्तिपूर्ण प्रदर्शन भै रहेका छन् । प्रदर्शनकारीहरुलाई गभर्नर कुमोले अनुरोध गर्दै भनेका छन् “यति बेला महानता देखाउनुस् र रंगभेद न्यायको आन्दोलन गर्दै गर्दा जीवनलाई पनि सही बाटोमा डोर्याउनु पर्दछ”।

    उनले कोरोना भाईरसको लागि कुनै बेला एपिसेन्टर बनिसकेको न्युयोर्क सहरमा यो खतरनाक भाईरसको पुनरागमनको सम्भाबनामा जहिले पनि सतर्क बस्नु पर्दछ ।  त्यसैले यदि तपाईं जुलुसमा सहभागी हुनु भएको छ भने जिम्मेवारी देखाएर कोरोना जचाउनु होस् ।  

    गभर्नर कुमोले न्युयोर्क सहर एक्लैसँग ३५ हजार कोरोना जाँच गर्ने क्षमता भएको पनि बताए । शुक्रबार न्युयोर्कमा ६० हजार मानिसको कोरोना परिक्षण गरिएकोमा जम्मा ७ सय ८१ जना संक्रमण देखिएको थियो ।

  • ‘यो कर्फ्यु अन्तिम कर्फ्यु बनोस्’  भन्दै मेयर ब्लाजियोले हटाए कर्फ्यु; राष्ट्रपतिले गरे डिसीबाट सेना फिर्ता पठाउने घोषणा

    ‘यो कर्फ्यु अन्तिम कर्फ्यु बनोस्’ भन्दै मेयर ब्लाजियोले हटाए कर्फ्यु; राष्ट्रपतिले गरे डिसीबाट सेना फिर्ता पठाउने घोषणा

    न्युयोर्क

    न्युयोर्क सहरका मेयर बिल दि ब्लाजियोले न्युयोर्कमा जारी कर्फ्यु तत्कालै लागू हुने गरी हटाईएको घोषणा गरेका छन् । यस अगाडि पूर्व निर्धारित कार्यक्रम अनुसार न्युयोर्कमा आज आईतबार पनि बेलुका ८ बजेदेखि रातभरको लागि कर्फ्यु तोकिएको थियो ।  आईतबार बिहान मेयर ब्लाजियोको घोषणासंगै न्युयोर्कमा ७५ बर्ष पछि लगाईएको झन्डै एक हप्ता लामो कर्फ्यु हटेको छ । न्युयोर्कमा हजारौंको सहभागितामा प्रदर्शन जारी रहे पनि प्रदर्शन पूर्णतया शान्तिपूर्ण देखिए पछि मेयर ब्लाजियोले कर्फ्यु हटेको घोषणा गरेका हुन्।  

    कोरोना महामारीका कारण झन्डै तीन महिनादेखि बन्द रहेको न्युयोर्क   सोमबारदेखि पहिलो चरणमा खुला हुँदैछ ।न्युयोर्क सहरको अर्थतन्त्र सुचारु गर्नु एक दिन अगावै मेयर ब्लाजियोले भनें; प्रत्येक दिन सहरको अवस्था राम्रो माथि राम्रो हुँदै गएको छ । मैले कर्फ्यु अन्त्य गर्ने निर्णय गरेको छु ।  मेयर ब्लाजियोले पत्रकार सम्मेलनमा भनें “मलाई विश्वास छ यस पटकको कर्फ्यु नै अन्तिम कर्फ्यु बनोस् । अब कहिलै पनि न्युयोर्कमा कर्फ्यु लगाउनु पर्ने दिन नआवोस” ।  

    सन् १९४५ मा फ्र्यांक्लिन रुजबेल्ट राष्ट्रपति र फिवोरिलो लग्वार्डिया न्युयोर्कको मेयर हुँदा लगाईएको कर्फ्यु जस्तै गत हप्ता सोमबार हप्ता दिन लामो कर्फ्यु घोषणा गरिएको थियो । गत हप्ता शान्ति सुरक्षाको लागि खटाईएका राष्ट्रपति डोनाल्ड ट्रम्पको वासिङ्टन डिसिमा तैनाथ सेना फिर्ता पठाउने घोषणा आए लगत्तै मेयर ब्लाजियोले न्युयोर्कको कर्फ्यु हटाउने घोषणा गरेका हुन् ।  गत हप्ता डिसिस्थित स्थानीय सरकारले जर्ज फ्लोएडको मृत्‍युसंगै बढेको हिंसात्मक प्रदर्शनलाई मर्यादित बनाउन सहयोगको लागि संघीय सरकारसँग केही सेना माग गरे पनि ट्रम्पले डिसि क्षेत्रमा हजारौं सेना तैनाथ गरेका थिए । डि सिकी मेयर मुरियल ब्राउसरले अघिल्लो हप्ता नै राष्ट्रपति   ट्रम्पलाई सेना फिर्ता लैजान अनुरोध गरेकी थिईन् । न्युयोर्क तथा डिसीको शनिबारका प्रदर्शन पूर्णतया शान्तिपूर्ण भएका थिए ।

  • नयाँ दिल्लीमा मृत्यु भएका दाङका एक जनामा कोरोना पुष्टी

    नयाँ दिल्लीमा मृत्यु भएका दाङका एक जनामा कोरोना पुष्टी

    दाङ । भारतको नयाँ दिल्लीमा ज्यान गएका एक जना नेपालीमा कोरोना पुष्टी भएको छ । दाङका एक व्यक्तिमा कोरोना भाइरस पुष्टि भएको हो । घोराही उपमहानगरपालिका वडा नं. १८ अम्वापुरका ४० वर्षीय एक व्यक्तिको भारतमा निधन भएको थियो । उनको शव नेपाल ल्याएपछि कोरोना आंशकामा आइतबार दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वावको नमुना लिइएको थियो ।

    पिसिआर विधिवाट गरिएको स्वाब परीक्षणको नतिजा पोजेटिभ आएको छ । दिल्लीमा मृत्यु भएपनि अन्तिम संस्कारका लागि उनलाई गृह जिल्ला दाङ ल्याइएको थियो । उनको शव आइतबार विहान ६ बजेतिर घोराही ल्याइएको थियो । त्यसपछि स्वाव संकलन गरी परिक्षणमा पठाइएको थियो । परीक्षण नभएसम्म अन्त्येष्टी भने गरिएको छैन ।

    कोरोना पुष्टी भएका कारण उनको शव व्यवस्थापन अब सेनाले गर्नेछ । उनको मृत्यु भारतमा भएपनि कोरोनाका कारण भएकाले उनलाई नेपालमा गनिन्छ वा भारतमा, त्यसको पुष्टी भने स्वास्थ्य मन्त्रालयले गर्ने बताइएको छ । उनी मजदुरी कामका सिलसिलामा भारत थिए । उनमा प्रेसर तथा दमको समस्या भएको बताइएको छ ।

  • कोरोना उपचारपछि एकैदिन १०२ जना डिस्चार्ज, संक्रमण मुक्त हुनेको संख्या ४६७

    कोरोना उपचारपछि एकैदिन १०२ जना डिस्चार्ज, संक्रमण मुक्त हुनेको संख्या ४६७

    काठमाडौं  । नेपालमा एकैदिन थप १०२ जना कोरोना संक्रमणमुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार देशको विभिन्न अस्पतालबाट २ महिला र एक सय जना पुरुषहरु डिस्चार्ज भएका हुन् ।

    दाङ कोरोना विशेष अस्पताल बेलझुण्डीबाट १० जना बाँके, बर्दिया, दाङ र कपिलबस्तुबाट संक्रमित निको भएर डिस्चार्ज भएका छन्।

    कलैया अस्पताल बाराबाट ३४ जना, युनिफाइड कोभिड अस्पताल बलम्बु काठमाडौंबाट महोत्तरीका एक जना र गौर नर्सिङ होमबाट अस्पताल रौतहटबाट १८ जना डिस्चार्ज भएका छन्। धरानबाट १२ जना व्यक्तिहरु डिस्चार्ज भएका छन्।

    बुटवलबाट कपिलबस्तु र रुपन्देहीका २७ जना डिस्चार्ज भएका छन्।

    योसहित नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ४६७ पुगेका छन्।

    हालसम्म १३ जनाको भने कोरोनाका कारण मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ।

  • नेपालमा थप २१३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३४४८ पुग्यो

    नेपालमा थप २१३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३४४८ पुग्यो

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २१३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसमा २०९ जना पुरुष रहेका छन् भने ४ जना महिला रहेका छन् ।

    दुई हजार ९६८ जनाको देशभरका विभिन्‍न अस्पताल र आइसोलेसन सेन्टरमा उपचार भइरहेको छ ।

    देशभरका विभिन्‍न अस्पतालबाट ४६७ जनाको उपचारपछि डिस्चार्ज भएका छन् । जसमा पुरुषहरु ३९९ जना र ६८ जना महिला रहेका छन् ।

    यससँगै नेपालमा कुल संक्रमितको संख्या ३४४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले जानकारी दिएका छन् । कोरोना संक्रमणबाट नेपालमा १३ जनाले ज्यान गुमाएका छन् ।

  • गण्डकी प्रदेशमा आइतबार थपिए ३८ संक्रमित

    गण्डकी प्रदेशमा आइतबार थपिए ३८ संक्रमित

    पोखरा । गण्डकी प्रदेशमा आइतबार ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विवरण अनुसार स्याङ्जामा १४, बाग्लुङमा १०, गोरखामा १० र नवलपरासी बर्दघाट सुस्ता पूर्वमा ४ जनामा कोरोना देखिएको हो । पोखरास्थित स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा भएको परीक्षणले ३८ जनामा कोरोना पुष्टी भएको हो । कोरोना पुष्टी हुने अधिकांश भारतबाट नेपाल फर्किएका व्यक्ति हुन् ।

    उनीहरु क्वारेन्टाइनमा रहेको बताइएको छ । स्याङ्जा वालिङ र भीरकोट नगरपालिकाका १४ जना पुरुषमा कोरोना देखिएको छ । बाग्लुङको बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाकाका १० जनामा कोरोना देखिएको हो । गोरखामा पहिलो पटक सर्वाधिक संख्यामा संक्रमित थपिए । गोरखाको पालुङटार नगरपालिकाका र गण्डकी गाउँपालिकाका १० जनामा कोरोना देखिएको छ ।

    नवलपरासीको हुप्से गाउँपालिकाका ४ जनामा समेत कोरोना देखिएको छ । अब गण्डकी प्रदेशमा संक्रमितको संख्या ११३ पुगेको छ। शनिबारसमेत यहाँ ठूलो संख्यामा संक्रमित थप भएका थिए ।

  • बाइडेनले पुर्याए डेमोक्रेटिक राष्ट्रपतिय टिकटका लागि चाहिने प्रतिनिधी

    बाइडेनले पुर्याए डेमोक्रेटिक राष्ट्रपतिय टिकटका लागि चाहिने प्रतिनिधी

    न्यूयोर्क

    पूर्व उपराष्ट्रपति जो बाइडेन डेमोक्रेटिक पार्टीको तर्फबाट अमेरिकी राष्ट्रपतिको प्रत्यासी बन्ने औपचारिकतामा एक कदम अघि बढेका छन् । बाइडेनले पार्टीको तर्फबाट उम्मेद्वारको टिकट हत्याउन चाहिने प्रतिनिधी (डेलिगेट्स) संख्या पुर्याएका हुन् ।

    डेमोक्रेटिक पार्टीबाट राष्ट्रपति उम्मेद्वार हुन १९९१ जना प्रतिनिधीको समर्थन आवश्यक हुन्छ । गत मंगलबार सम्पन्न आधा दर्जन राज्यको प्राइमरी चुनावको नतिजासँगै बाइडेनले उक्त ‘थ्रेस होल्ड’ पार गरेका हुन् । अझै पनि केही राज्यमा मतगणना जारी छ । एपी एवं नेशलन पब्लिक रेडियोको तथ्यांक अनुसार शनिबार अपरान्हसम्मा बाइडेन पक्षका दुई हजार चार जना प्रतिनिधी चुनिएका छन् । सिनेटर बर्नी स्यान्डर्स पक्षका एक हजार ४७ जना प्रतिनिधी चयन भएका छन् ।

    यी प्रतिनिधी आगामी दुई महिना पछि हुने डेमोक्रेटिक पार्टीको राष्ट्रिय सम्मलेनमा सहभागि भइ औपचारिक रुपले राष्ट्रपतिय उम्मेद्वार चयन गर्नेछन् । बाइडेनसँग प्रतिनिधी संख्यामा उल्लेख्य पछि परेसँगै दुई महिना अघि नै उनी उम्मेद्वारी होडबाट बाहिरिएका थिए । आफु उम्मेद्वार हुन नसके पनि आफ्ना पक्षका धेरै प्रतिनिधीलाई राष्ट्रिय सम्मेलनमा सहभागि गराइ आफ्ना एजेन्डा सम्बोधनका लागि पार्टीलाई दबाब दिने भन्दै उनी प्राइमरी निर्वाचमा भने निरन्तर भाग लिइ रहेका छन् ।

    अझै साढे सात सय बढि प्रतिनिधी चुनिन बाँकी नै छ । तीमध्ये पनि अधिकांश बाइडेनले नै हत्याउन निश्चित छ । बाइडेनले आउँदो नोभेम्बर ३ मा हुने राष्ट्रपतिय चुनावमा रिपब्लकिन डोनाल्ड ट्रम्पलाई चुनौती दिनेछन् । अहिलेसम्मका मतसर्भेक्षणहरु सबैमा ट्रम्पभन्दा बाइडेन अगाडि छन् ।

  • नेपालमा कोरोनाका कारण थप २ जनाको मृत्यु

    नेपालमा कोरोनाका कारण थप २ जनाको मृत्यु

    काठमाडौं । नेपालमा कोरोनाका कारण थप दुई जनाको मृत्यु भएको छ । मन्त्रालयले यसको पुष्टी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डोल्पा जगदुल्ला गाउँपालिका–३ का ५८ वर्षीय पुरुष र धनगढी ४ की ५५ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

    अब नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुगेको स्वास्थ्य मन्त्रालयले पुष्टी गरेको हो ।

  • शनिबार पनि देशका धेरै स्थानमा दिनभर वर्षा हुने

    शनिबार पनि देशका धेरै स्थानमा दिनभर वर्षा हुने

    काठमाडौं । नेपालको अधिकांश स्थानमा शनिबार दिनभर पानी पर्ने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिनभर जसो नै वर्षातको सम्भावना रहेको छ । निसर्ग आँधीका कारण आज देशैभरी दिनभरजसो वर्षात हुने महाशाखाले उल्लेख गरेको छ । अरब सागरमा बनेको चक्रवातका कारण बनेको मौसम प्रणाली भारत हुँदै नेपाल भित्रिएपछि पानी पर्न लागेको हो ।

    महाशाखाका अनुसार शनिबार दिउँसो धेरै जसो स्थानमा पानी पर्नेछ । बेलुकापछि भने पानी पर्न रोकिने सम्भावना छ । आइतबारदेखि भने स्थानीय वायुको प्रभावका कारण केही ठाउँमा पानी परे पनि देशैभर एकैसाथ पानी पर्ने सम्भावना नहुने महाशाखाको भनाई छ ।

    महाशाखाका अनुसार अहिले मनसुन भित्रि सकेको छैन । तर, भित्रन अहिले प्रणाली विकास हुने क्रम जारी रहेको छ । आगामी साताको शुरुवातबाटै मनसुन भित्रन सक्ने अनुमान गरिएको छ । काठमाडौं उपत्यकामा शुक्रबारबाटै जारी वर्षा निरन्तर छ ।

  • न्युयोर्क बफेलोमा ५७ प्रहरीको सामुहिक राजिनामा

    न्युयोर्क बफेलोमा ५७ प्रहरीको सामुहिक राजिनामा

    न्युयोर्क

    न्युयोर्क राज्यको बफेलो प्रहरी डिपार्टमेन्टमा कार्यरत करिब ६ दर्जन प्रहरीले बिहीवार  आफ्नो डिपार्टमेन्टमा कार्यरत दुई प्रहरीलाई निलम्बन गरेको बिरोधमा एक मुष्ट राजिनामा दिएका छन् । अमेरिकाभर जारी रंगभेद बिरुद्धको आन्दोलनमा सहभागी एक ७५ बर्षीय बृद्धलाई दुई प्रहरीले धक्का दिएर लडाए पछि सार्वजनिक भएको भिडियोको आधारमा उनिहरुलाई प्रहरी प्रशासनले बिहीवार निलम्बन गरेको थियो । ती ७५ वर्षीय बृद्ध घाईते अवस्थामा अस्पतालमा उपचारत छन् । सहकर्मी दुई प्रहरीलाई निलम्बन गरेको बिरोधमा सेवाबाट एक मुष्ट राजिनामा दिने ५७ जना प्रहरी सबै सार्वजनिक अशान्तिमा बिशेष तालिम प्राप्त प्रहरी भएको जनाईएको छ । ५७ जना प्रहरीले एक मुष्ट राजिनामा दिएको प्रहरी युनियन प्रेसिडेन्ट जोन ईभान्सले डब्लुजिआरजेडलाई बताएका                         छन् । बेफेलो मेयर अफिसका प्रबक्ताले पनि प्रहरीको सामुहिक राजिनामाको पुष्टी गरेका छन् ।  

    प्रदर्शनमा घाईते हुने ७५ बर्षीय बृद्ध सामाजिक न्यायको लागि लामो समय काम गरेका मार्टिन गुजिनो हुन्।

  • अमेरिकामा जारी रंगभेद बिरुद्धको आन्दोलनमा जिपि फाउन्डेसन सकृय

    अमेरिकामा जारी रंगभेद बिरुद्धको आन्दोलनमा जिपि फाउन्डेसन सकृय

    न्युयोर्क

    अमेरिकाको मिनियापोलिसमा गत मई २५,२०२० का दिन प्रहरी कस्टडीमा जर्ज फ्लोएडको मृत्‍यु भएपछि अमेरिकाभर फैलिएको रंगभेद बिरुद्धको आन्दोलनमा न्युयोर्कस्थित जिपी फाउन्डेसनले पनि एैक्यबद्दता जाहेर गर्दै प्रदर्शनमा सहभागी भएको छ । सुरुमा हिंसात्मकरुप लिएको आन्दोलन बुधबारदेखि भने देशभर शान्तिपूर्ण प्रदर्शन भै रहेका छन् । नेपाली प्रजातन्त्रको हरेक आन्दोलनका अगुवा गिरिजा प्रसाद कोईरालाको नाममा अमेरिकामा सकृय फाउन्डेसनले अमेरिकामा बढ्दै गएको रंगभेदले तेश्रो विश्वका नेपालीलाई पनि पोलिरहेको छ, भन्दै प्रदर्शनमा सहभागी भएको फाउन्डेसनले जनाएको छ ।  

    न्युयोर्क राज्यका आप्रबासी नेता तथा सेनेटर जोन सि. लियुको अगुवाईमा “हामी सास फेरौं” भन्ने नाराका साथ प्रहरी प्रशासनमा सुधारको माग गर्दै आयोजित शान्ति र्यालीमा एक्यबद्वता जनाउँदै फाउण्डेशन पनि प्रदर्शनमा सहभागी भएको हो । प्रदर्शनमा संस्थाका अध्यक्ष सोमनाथ घिमिरे, उपाध्यक्ष सुवर्ण लामा, केन्द्रीय सदस्य एवं समुदाय सम्बन्ध निर्देशक छिरिङ राप्के लामा, केन्द्रीय सदस्य सुर्य सिम्खडा लगायत फाउन्डेसनसँग आबद्धहरुको सहभागिता रहेको थियो ।  

    रंगभेद बिरुद्धको प्रदर्शनमा सहभागिता जनाएको प्रसँगमा अध्यक्ष सोम नाथ घिमिरे भन्छन् ‘मिनियानापोलिसमा भएको जर्ज फ्लोडको मृत्युबाट अत्यन्तै दु:ख लागेको छ । एक्काईसौं शताब्दीमा पनि अमेरिका जस्तो बैभबशालि देशमा रंगभेद अन्त्य गर्न नसक्नु दुःखद कुरा हो ।जबसम्म हाम्रो सोचमा परिवर्तन आउँदैन, समस्याको समाधान निकै गाह्रो छ’।  

    फाउन्डेसनले अमेरिकास्थित मुलधारमा सकृय सहभगिता देखाउँदै आएको छ भने कोरोना महामारीमा ठुलो परिमाणमा न्युयोर्क क्षेत्रमा खाध्य सामग्री बितरण गर्दै आएको छ ।

  • ह्वाइट हाउस अगाडिको बाटो ‘ब्ल्याक लाइफ म्याटर प्लाजा’ घोषित

    ह्वाइट हाउस अगाडिको बाटो ‘ब्ल्याक लाइफ म्याटर प्लाजा’ घोषित

    वासिङ्टन डिसी 

    अमेरिकाको राजधानी वासिङ्टन डिसिको ह्वाईट हाऊस जाने एक सडकमा शहरकी मेयर मुरियल ब्राउसर आँफैले ‘ब्ल्याक लाइफ म्याटर’ पेन्ट गर्न लगाएकी छिन् । डिसीको उक्त सडक पुरै ढाक्ने गरी पंहेलो रङको  अंग्रेजी अक्षरमा ‘ब्ल्याक लाइफ म्याटर’ लेखिएको हो ।

    ह्वाईट हाऊसको दक्षिण तर्फ जाने दुई लेनको १६ स्ट्रिटको पुरै दुई वटा ब्लकलाई अक्षरले ढाकेको छ । आउँदो सप्ताहन्तमा त्यस क्षेत्रमा बिशाल प्रदर्शन आयोजना गरिएको छ । मेयर ब्राउसरले आज ५ तारिख शुक्रबार ‘ब्ल्याक लाईफ म्याटर’ पेन्ट गरिएको भिडियो आफ्नो ट्विटरमा पोष्ट गरेकी छिन् ।  

    सडकमा उक्त नारा लेख्न मेयर आफैले पेन्टरलाई संपर्क गरेको र शुक्रबार बिहानैदेखि पेन्टरले उक्त नारा पेन्ट गर्न थालेका थिए । मेयर ब्राउसरले अधिकारिकरुपमा ह्वाईट हाऊस अगाडिको १६ स्ट्रिटको एक भागलाई ‘ब्ल्याक लाईफ म्याटर प्लाजा’ समेत  घोषणा गरेकी छिंन् ।

    https://youtu.be/8l76jyCvkhg

     

  • अमेरिकामा बेरोजगारी घटेको देखेर जर्ज फ्लोएड स्वर्गबाट तल हेर्दै खुसी भई रहेका छन्; राष्ट्रपति ट्रम्प

    अमेरिकामा बेरोजगारी घटेको देखेर जर्ज फ्लोएड स्वर्गबाट तल हेर्दै खुसी भई रहेका छन्; राष्ट्रपति ट्रम्प

    न्युयोर्क

    शुक्रबार राष्ट्रपति ट्रम्पले यो महिना अमेरिकामा घटेको बेरोजगारी संख्या देखेर जर्ज फ्लोएडले स्वर्गबाट तल हेर्दै “कस्तो राम्रो दिन” भनि रहेको बताएका छन् ।  शुक्रबार लेबर डिपार्मेन्टको रिपोर्ट अनुसार अमेरिकामा राष्ट्रिय बेरोजगारी दर १४ दशमलव ७ बाट १३ दशमलव ३ मा झरेको छ । ट्रम्पले लेबर डिपार्टमेन्टको यो रिपोर्टले गत हप्ता प्रहरीले गर्धन थिचेर मारिएका फ्लोएडलाई केही शान्ति मिल्ने आशा ब्यक्त गर्दै भनें; “आशा गरौं केही शान्ति मिल्ने छ” ।  

    ह्वाइट हाउस रोज गार्डनबाट झन्डै ४० मिनेट लामो प्रेस ब्रिफिङको दौरान जर्ज फ्लोएडलाई जोड्दै ट्रम्पले भनें; “आशा गरौं जर्जले अहिले हाम्रो देशको लागि भएको यस्तो राम्रो तल तिर हेर्दै छन् होला । यो दिन जर्जको लागि पनि ठुलो दिन, सबैको लागि ठुलो दिन हो” ।

    फ्लोएडको प्रसंगमा राष्ट्रपति ट्रम्पको यो भनाई आउँदा दिनहुँ जसो हजारौंको सहभगितामा राष्ट्रियरुपमा प्रदर्शन भै रहेका छन् भने देशमा कोरोना संक्रमणबाट १ लाख १० हजारको मृत्‍यु भै सकेको छ । राष्ट्रपति ट्रम्पले २५ लाख नयाँ जागिर सिर्जना हुँदै बेरोजगारीमा १ दशमलब ५ प्रतिशतले गिरावट आएको प्रसँगमा बोलेका हुन् ।

  • महामारीले थलिएको अमेरिकामा बेरोजगारी संख्यामा नाटकीय सुधार

    महामारीले थलिएको अमेरिकामा बेरोजगारी संख्यामा नाटकीय सुधार

    न्युयोर्क

    कोरोना महामारी पछि थलिएको अमेरिकी अर्थतन्त्र सुधारको दिशातर्फ बढेको शुक्रबार शुभ संकेत देखिएको छ । अघिल्लो महिना १४ दशमलब ७ प्रतिशतमा पुगेको बेरोजगारी दर शुक्रबार २५ लाख रोजगारी सिर्जना भएको रिपोर्टसँगै १३ दशमलब ३ प्रतिशतमा झरेको छ । अप्रिलमा दुई करोड ५ लाख मानिस बेरोजगार भएका थिए । कोरोना भाईरसको महामारीले प्राय: सबै ब्यापार ब्यवसाय बन्द भएको कारण बेरोजगारीको संख्या उच्च भएको थियो । अमेरिकामा लेबर स्ट्याटिक्स ब्युरोले जागिरको संख्या पछ्याउन थालेको ८१ बर्षे लामो ईतिहासमा एकै महिनामा यति धेरै जागिरको संख्यामा बृद्धि भएको पहिलो पटक हो ।  

    अर्थतन्त्र खुल्न थालेसँगै अमेरिकी जागिरको रिपोर्टले सकारात्मक संकेत गरेपनि हाल कायम रहेको बेरोजगारी संख्या सन् २००८ को आर्थिक मन्दी यताको सबैभन्दा धेरै बेरोजगारी भने कायम नै छ ।

  • आन्दोलनमा बृद्ध मानिसलाई धक्का दिएर लडाउने दुई प्रहरी सेवाबाट निलम्बित

    आन्दोलनमा बृद्ध मानिसलाई धक्का दिएर लडाउने दुई प्रहरी सेवाबाट निलम्बित

    न्युयोर्क

    जर्ज फ्लोएडको मृत्‍यु पछि अमेरिकाभर जारी नश्लीय  बिभेदको आन्दोलन चर्किदै गर्दा न्युयोर्क बफेलोस्थित प्रदर्शनमा सहभागी एक ७५ बर्षीय बृद्धलाई धकेलेर लडाउने दुई प्रहरीलाई सेवाबाट निलम्बित गरिएको छ ।ती दुई प्रहरीलाई तलब नदिने गरी निलम्बन गरिएको हो । बफेलोमा जारी प्रदर्शनमा सहभागी ती बृद्धलाई दुई प्रहरीले धक्का दिए पछि लडेर फुटपाथमा टाउको ठोकिएको भिडियो सार्वजनिक भएसंगै बिहीवार दुई प्रहरीलाई सेवाबाट निलम्बन गरिएको बफेलो पुलिस डिपार्टमेन्टका प्रबक्ता माईक डि जर्जले संचार माध्यमलाई बताएका छन् । घाईते बृद्धको अहिले चिन्ताजनक अवस्थामा अस्पतालमा उपचार भै रहेको छ ।  

    घटनाको बारेमा गभर्नर कुमोले भनेका छन् – घटना पुरै अनुचित र पूर्णरुपमा लज्जाजनक हो ।  कुमोले आफ्नो ट्विटरमा “प्रहरीले कानून उलंघन गर्न पाईदैन” ।

  • एकैदिन ४३ जनाले जिते कोरोना, संक्रमण मुक्त हुनेको संख्या ३३३ पुग्यो

    एकैदिन ४३ जनाले जिते कोरोना, संक्रमण मुक्त हुनेको संख्या ३३३ पुग्यो

    काठमाडौं । नेपालमा आइसोलेसनमा उपचाररत थप ४३ संक्रमित शुक्रबार निको भएर डिस्चार्ज भएका छन्।

    डिस्चार्ज हुनेमा धरानबाट ३ जना, कोशीबाट २७ जना तथा बाँकेबाट १३ जना डिस्चार्ज भएका हुन् । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म प्रदेश १ मा ७६, प्रदेश २ मा १२१, बागमति प्रदेशमा ३२, गण्डकी प्रदेशमा ३, प्रदेश ५ मा ९२, कर्णाली प्रदेशमा २ तथा सुदूरपश्चिम प्रदेशमा ७ जना रहेका छन् । उनिहरु १५ देखि ४५ वर्षका पुरुषहरु ७ देखि ११ दिनमा निको भएर घर फर्किएका हुन्।

    यसरी हालसम्म प्रदेश १मा ७६, प्रदेश २मा १२१, बागमती प्रदेशमा ३२ र गण्डकी प्रदेशमा ३ जनाले कोरोना संक्रमण जितेका छन्। त्यसैगरी, प्रदेश ५ मा ९२ र कर्णाली प्रदेशमा २ मा सुदुरपश्चिम प्रदेशमा ७ जनाले कोरोना संक्रमण जितेका छन्।

    हालसम्म २७२ पुरुष र ६१ महिला गरी ३३३ जनाले कोरोना संक्रमण जितेका छन्।

  • नेपालमा कोरोना भाइरस संक्रमणका कारण थप एक जनाको मृत्यु

    नेपालमा कोरोना भाइरस संक्रमणका कारण थप एक जनाको मृत्यु

    काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ ।

    बुधबार राति मृत्यु भएका सुर्खेतका एकजना युवामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटा बताए ।  पञ्चपुरी नगरपालिका–१ हाँसे गाउँका ती युवा १४ दिन क्वारेन्टिनमा बसेर घर फर्किएका थिए। उनको घर फर्किएकै राति मृत्यु भएको हो।

    शंकास्पद ढंगले ज्यान गुमाएका ति युवाको स्वाव परीक्षण गरिएको थियो ।

    क्वारेन्टाइनमा १४ दिन बसेर दुईपटक आरडीटी किट परीक्षण रिपोर्ट नेगेटिभ देखिएपछि ती युवकलाई बुधबार घर पठाइएको थियो । उनी भारतको मुम्बईबाट जेठ सात गते सुर्खेत आएका थिए ।

    युवकसहित जनता मावि विद्यापुर क्वारेन्टिनमा रहेका वडा नम्बर १ का ६ जनालाई बुधबार दिउँसो घर पठाइएको थियो । क्वारेन्टिनस्थलबाट रातको करिब ११ बजे गाउँ पुगेका मृतकसहित ६ जनालाई घर नजिकैको माहुरी पालन स्रोत केन्द्रको भवनमा राखिएको थियो । सोही स्थानमा उनको मृत्यु भएको थियो ।

    उनी नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने ११ औं ब्यक्ति हुन । बिहिबार पनि पाल्पाका ४५ वर्षीय एक पुरुषले कोरोनाबाटै ज्यान गुमाएका थिए ।

  • नेपालमा पछिल्लो २४ घण्टामा थप २७८ जनामा कोरोना संक्रमण

    नेपालमा पछिल्लो २४ घण्टामा थप २७८ जनामा कोरोना संक्रमण

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २७८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

    देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा २७८ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। यो सँगै संक्रमितको संख्या २९१२ पुगेको छ ।

    नेपालमा हालसम्म संक्रमितमध्ये ३३३ जना उपचारपछि निको भएका छन्। नेपालमा हालसम्म संक्रमण देखिएकामध्ये १० जनाको मृत्यु भएको छ।

  • देशका विभिन्न स्थानमा २४ घण्टासम्म लगातार वर्षाको प्रक्षेपण

    देशका विभिन्न स्थानमा २४ घण्टासम्म लगातार वर्षाको प्रक्षेपण

    काठमाडौं । नेपालमा आगामी २४ घण्टासम्म देशका विभिन्न स्थानमा लगातार वर्षा हुने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका धेरैजसो स्थानमा वर्षा हुनेछ । काठमाडौं उपत्यकाका शुक्रबार रातीबाटै वर्षा जारी रहेको छ । अरब सागरमा बनेको ‘निसर्ग’ चक्रवात कमजोर भइ बनेको न्यून चापीय क्षेत्रमा प्रभाव परेको हो ।

    यसले स्थानीय र पश्चिमी वायुको प्रभावले आज दिनभरजसो र राति समेत मुलुकका बिभिन्न भूभागमा वर्षा गराउने महाशाखाको भनाई छ । महाशाखाका अनुसार प्रदेश १, २, बागमती, गण्डकी र प्रदेश ५ का अधिकांश भू भागमा वर्षा जारी रहेको छ । दिउँसोसम्म बाँकी प्रदेशमा पनि वर्षा हुने सम्भावना रहेको छ । रातीसम्म वर्षा कायम हुनेछ । वर्षाले नदीको बहाव बढाउन सक्ने सम्भावना रहेको छ । पहाडी भेगमा लगातार वर्षाले ठाडो खोलाहरु बढ्न सक्ने प्रक्षेपण गरिएको छ ।