Category: समाचार

  • नेपालमा कोरोना संक्रमितको संख्या २ हजार नजिक, सोमबार मात्र थपिए २३९

    नेपालमा कोरोना संक्रमितको संख्या २ हजार नजिक, सोमबार मात्र थपिए २३९

    काठमाडौं । नेपालमा कोरोना संक्रमितको आंकडाले तिब्रता लिएको छ । दुई साता अगाडी दैनिक औसतः २्३ जनामा सिमित संक्रमणको दर अब दैनिक २ सय नाघेको छ । सोमबार मात्र २ सय ३९ नयाँ संक्रमित पुष्टी भएको छ । सरकारले भारतबाट आएका मानिसमा परीक्षण बढाएसँगै संक्रमितको संख्याले उचाई छोएको हो । अब नेपालमा कुल संक्रमित करीव २ हजार पुगेको छ ।

    सोमबार साँझको तथ्यांक अनुसार नेपालमा १ हजार ८ सय ११ जनामा कोरोना पुष्टी भइसकेको छ । सोमबार नेपालमा एकै दिन अहिलेसम्मकै सर्वाधिक संख्यामा संक्रमित थप भएका छन् । साँझ थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । सोमबार नियमित पत्रकार सम्मेलनमा सोमबार २ सय २६ संक्रमित थपिएको मन्त्रालयले जनाएको थियो ।

    तर, साँझ थप १३ जनामा पुष्टी भएसँगै एकै दिन नेपालमा २ सय ३९ जनामा कोरोना देखिएको हो । सोमबार साँझ घोषणा गरिएको १३ जनामा पाल्पा निस्दी गाउँपालिकाका २ जना, नवलपरासीको सरावल गाउँपालिकाका १ जना, गुल्मीको रेसुंगा नगरपालिकाका १ जना, कपिलवस्तुको मायादेवी गाउँपालिकाका ७ जना र रुपन्देहीको गैडहवाका २ जना रहेका छन् ।

  • ह्वाइट हाउस बाहिर आन्दोलन चर्किएपछि ट्रम्पलाई बंकरमा लगियो

    ह्वाइट हाउस बाहिर आन्दोलन चर्किएपछि ट्रम्पलाई बंकरमा लगियो

    न्यूयोर्क

    जर्ज फ्लोयडको हत्या विरुद्ध देशभर आन्दोलन चर्किंदा गत शुक्रबार साँझ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सुरक्षाका लागि बंकरमा लगिएको खुलेको छ । ट्रम्प सहित पत्नी मलेनिया र छोरा बारोनलाई पनि करिब एक घण्टा बंकरमा राखिएको स्रोत उद्धृत गर्दै सिएनएनले जनाएको हो ।

    मिनिसोटा स्थित मिनियापोलिसमा अघिल्लो सोमबार स्वेत प्रहरी अधिकारीले काला जातीका फ्लोयडलाई स्वेत निशस्त्र अवस्थामा जमिनमा पछारि घुँडाले घाँटी थिचेर हत्या गरेका थिए ।  उक्त घटनाको भिडियो सार्वजनिक भएसँगै रंगभेद विरोध अमेरिकाभर आन्दोलन चर्किएको छ । सोही क्रममा शुक्रबार साँझ प्रदर्शनकर्ताले तोडफोड एवं हिंसात्मक गतिविधी देखाएपछि ट्रम्पलाई बंकरमा लगिएको जनाइएको छ । ‘ह्वाइट हाउसको सुरक्षा अवस्था रातो श्रेणीमा पुगेपछि राष्ट्रपतिलाई त्यहाँबाट बाहिर निकालिन्छ, शुक्रबार त्यही गरिएको हो’ स्रोत उदृत गर्दै सिएनएनले लेखेको छ । शनिबार विहान सेक्रेट सर्भिस अधिकारीले ह्वाइट हाउस बाहिरका प्रदर्शनकारीलाई तह लगाएको भन्दै ट्विट गरेका थिए ।

    फ्लोयड हत्याको विरुद्धमा सुरु शान्तिपूर्ण आन्दोलनमा अहिले अमेरिका भरनै हिंसात्मक गतिविधी भइ रहेका छन् । कैयन् राज्यमा तोडफोड एवं लुटपाट भएका छन् । ट्रम्प एवं उनका अधिकारीहरुले एन्टी फासिष्ट (एन्टिफा) नामको अनौपचारिक उग्र बामपन्थी संगठनलाई हिंसात्मक गतिविधीको आरोप लगाउँदै आएका छन् । तर, राज्य स्थित आन्दोलनकारीलाई प्रत्यक्ष झेल्ने अधिकारीहरु भने उग्र बामपन्थी र उग्र दक्षिणपन्थी (ह्वाइट सुप्रिमिष्ट) दुबै समुहले घुसपैठ गरेको बताउन थालेका छन् । ट्रम्प र उनी मातहतका अधिकारी ह्वाइट सुप्रिमिष्टहरुको संलग्नताबारे मौन छन् । ट्रम्पको बोली र ट्विटले आन्दोलनकारीहरुको उग्रपनमा अझ घ्यु थपेको गुनासो राज्य एवं स्थानीइ अधिकारीहरुको छ ।

  • नेपालमा एकै दिन अहिलेसम्मकै सर्वाधिक संक्रमित, २२६ मा देखियो नयाँ संक्रमण

    नेपालमा एकै दिन अहिलेसम्मकै सर्वाधिक संक्रमित, २२६ मा देखियो नयाँ संक्रमण

    काठमाडौं । एकै दिन कोरोनाका २ सय २६ जना नयाँ संक्रमित थपिएका छन्। यो एकै दिन थपिएका संक्रमितको अहिलेसम्मकै उच्च संख्या हो।

    यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ सय ९८ पुगेको छ।

    अहिलेसम्म नेपालमा ७१ हजार ९ सय ३ जनाको पीसीआरु परीक्षण गरिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार २ सय २१ जना निको भएर घर फर्किएका छन् भने ८ जनाको कोरोनाका कारण मृत्यु भएको छ।

    त्यसैगरी अहिले १५ सय ६९ जना आइसोलेसनमा छन् भने १ लाख १३ हजार ७ सय ५७ जना मानिस क्वारेन्टाइनमा रहेका छन्।

  • नेपालमा थप २५ जनाले कोरोना जिते

    नेपालमा थप २५ जनाले कोरोना जिते

    काठमाडौं । भैरहवाको भीम अस्पतालमा उपचाररत कोरोना संक्रमितमध्ये २५ जना निको भएर घर फर्किएका छन ।

    पछिल्लो २४ घण्टामा दुईपटकसम्म गरिएको पीसीआर परीक्षणमा सबैको नेगेटिभ रिपोर्ट आएपछि २५ जना डिस्चार्ज भएका हुन् ।

    डिस्चार्ज हुनेहरुमा ४ वर्ष र १० वर्षकी बालिका सहित २२ जना पुरुष र तीनजना महिला छन् ।

    रुपन्देही गैडहवा गाउँपालिकाका १० जना, कपिलवस्तुका ५ जना, नवलपरासीका ३ जना, लुम्बिनी सांस्कृतिक नगरपालिकाका ५ जना, सिद्धार्थनगर नगरपालिकाका १ जना र भारतका १ जना गरि २५ जना डिस्चार्ज भएको अस्पताल स्रोतले बताएको छ ।

    प्रदेश नम्बर ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले डिस्चार्ज भएका बिरामीहरुलाई पुष्प र खादा ओडाई बिदाई गरेका गरेका थिए ।

    योसँगै प्रदेश पाँचमा कोरोना जितेर घर फर्किनेको संख्या ७७ पुगेको छ । यस्तै प्रदेश ५ मा कोरोना संक्रमितको संख्या ५ सय ६८ पुगेको छ २ जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ ।

  • बाँके दुर्घटना : चालक र सहचालकको सनाखत

    बाँके दुर्घटना : चालक र सहचालकको सनाखत

    नेपालगन्ज । गतराती बाँकेमा भएको भयानक सडक दूर्घटनामा मृत्यु भएकामध्ये चालक र सहचालकको सनाखत भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका–२ ठुरिया जंगलमा भएको दुर्घटनामा १२ जनाको ज्यान गइसकेको छ । त्यसमध्ये गाडी चालक दैलेखका दानबहादुर खड्का र सहचालक सुर्खेतका पवनबहादुर भण्डारीको सनाखत भएको प्रहरीले जानकारी दिएको छ ।

    अन्यको भने सनाखत गर्ने क्रममा जारी रहेको छ । टिकट नकाटी एकमुष्ट गाडीमा चढेका कारण मृतकहरुो सनाखतमा समस्या भएको प्रहरीले जनाएको छ । भारतबाट नेपाल आएका नेपाली नागरिकलाई नेपालगञ्जबाट सल्यानतर्फ लैजाँदै गरेको ना. ५ ख ५९९५ नम्बरको फोर्स गाडी सडकमा रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किएर दुर्घटनामा परेको थियो । घटनामा १२ जनाको ज्यान गएको हो ।

  • बाँकेमा भयानक सडक दुर्घटना, १२ को ज्यान गयो

    बाँकेमा भयानक सडक दुर्घटना, १२ को ज्यान गयो

    नेपालगन्ज । बाँकेका भयानक सडक दुर्घटना भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका–२ ठुरिया जंगलमा सोमबार राती गाडी दुर्घटनामा परेको हो । दुर्घटनामा १२ जनाको ज्यान गएको छ । २० जना घाइते छन् । उनीहरुमध्ये अझै केहीको अवस्था गम्भीर रहेको बाँके प्रहरीले जनाएको छ । भारतको रूपैडिया नाकाबाट नेपाल प्रवेश गरेकाका नेपाली नेपालगञ्जबाट सल्यान जान हायस फोर्स गाडी चढेका थिए ।

    अत्यन्तै तिब्र गतिमा रहेको यो गाडी सडकमा रोकिराखेको ट्रकमा ठोक्किएको बताइएको छ । घटना रातको १२ बजेतिर भएको थियो । दुर्घटनामा ११ जनाको घटनास्थलमै निधन भएको थियो । घाइतेहरुलाई भेरी अञ्चल अस्पताल नेपालगन्ज लगिएको थियो । एक जनाको उपचारको क्रममा ज्यान गएको छ ।

    ना ५ ख ५९९५ नम्बरको गाडी रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किएको प्रहरीले जनाएको छ । ज्यान जानेमा ११ पुरुष र एक महिला रहेका छन् । मृतकको सनाखत भने भइसकेको छैन ।

  • न्युयोर्कमा भएको प्रदर्शनमा मेयर पुत्री चियारा पनि पक्राऊ

    न्युयोर्कमा भएको प्रदर्शनमा मेयर पुत्री चियारा पनि पक्राऊ

    न्युयोर्क

    न्युयोर्कमा जर्ज फ्लोएडको न्यायको माग गर्दै शनिबार भएको प्रदर्शनीमा न्युयोर्क शहरको मेयर बिल दि ब्लाजियोको छोरी समेत  पक्राऊ परेकी छिन् ।शनिबार न्युयोर्कमा ३ सय ४५ जना पक्राऊ परेका थिए ।मेयर ब्लाजियोको २५ वर्षीया छोरी चियारा दि ब्लाजियो पक्राऊ परेको न्युयोर्क प्रहरी श्रोतले जनाएको छ ।उनी शनिबार राती साँढे दश बजे न्युयोर्कको प्रदर्शनबाट पक्राऊ परेकी हुन्।प्रदर्शन गर्दै सडक आवागमन अबरोध गर्ने करिब १०० जनालाई एकै पटक प्रहरीले पक्राऊ गरेको समुहमा मेयर पुत्री चियारा पनि परेकी हुन् ।

  • अमेरिकामा फ्लोएड मृत्‍यु प्रकरणले महामारी पर्‍यो छाँयामा; देशभर सल्कियो आगो १७ सय पक्राऊ दर्जनौं प्रहरी घाइते

    अमेरिकामा फ्लोएड मृत्‍यु प्रकरणले महामारी पर्‍यो छाँयामा; देशभर सल्कियो आगो १७ सय पक्राऊ दर्जनौं प्रहरी घाइते

    न्युयोर्क     

    मिनेसोटा राज्यको मिनियापोलिसमा एक अश्वेत युवा जर्ज फ्लोएडको प्रहरी कस्टडीमा मृत्‍यु भएपछि लगातार ३ दिनदेखि भएको प्रदर्शनीमा १७ सय मानिस पक्राउ परेका छन् । गत २५ तारिख सोमबार मृतक फ्लोएडले २० डलरको नक्कली नोट स्थानीय किराना पसलमा चलाऊन खोजेको अभियोगमा पक्राउ परेका थिए । प्रहरीले नियन्त्रणमा लिएको करिव २० मिनेटपछि फ्लोएडको मृत्‍यु भएको थियो । प्रदर्शन अमेरिकाका २२ वटा ठुला सहरमा जारी छ । एक श्वेत जातीका प्रहरीले अश्वेत जातीका फ्लोएडलाई भुईमा सुताएर लगातार ८ मिनेट ४६ सेकेण्ड आफ्नो घुँडाले गर्दन थिचेको र करिब ६ मिनेट पछि मृतक फ्लोएड बेहोस देखिएको भिडियो सार्वजनिक भएको थियो । सोमबार भिडियो सार्वजनिक भएपछि मिनियापोलिसबाट सुरु भएको शान्तिपूर्ण बिरोध प्रदर्शन क्रमिक रुपमा हिँसात्मक बन्दै गएको थियो  । फ्लोएडको न्यायको लागि भन्दै सुरु भएको आन्दोलनले लगातर ३ दिनदेखि हिँसात्मक रुप लिएको छ । सहरका राजनैतिक नेतृत्वले प्रत्येक समुदायलाई कानून सम्मत तरिकाबाट बिरोध जनाउन अनुरोध गर्दै आए पनि तोडफोड लुटपाट र आगजनी साहितका प्रदर्शन शनिबार रातभर जस्तो जारी रह्यो ।  

    फ्लोएडको मृत्‍यु पछि घटनाको भिडियोमा प्रत्यक्ष देखिएका प्रहरी अधिकृत डेरेक चौभिनलाई हिरासतमा लिएर मान्छे मारेको अभियोग लगाईएको छ भने भिडियोमा नदेखिएका अन्य ३ प्रहरिलाई सेवाबाट निलम्बन गरिएको छ । न्याय मन्त्रालयले फ्लोएड घटना पूर्ण अनुसन्धानको सबैभन्दा प्राथमिकतामा रहेको बताएको छ ।  

    दोश्रो दिन शनिबारदेखि आईतबार बिहानसम्म न्युयोर्कमा भएको प्रदर्शनमा ३ सय ४५ जना पक्राउ परेका छन् । न्युयोर्कमा शनिबार दिउँसो भएको प्रदर्शन सामान्यतया शान्तिपूर्ण देखिए पनि रातीको प्रदर्शनमा प्रहरीको गाडीलाई बोतल हिर्काउने र आगो लगाउने गरिएको थियो । प्रहरीका थुप्रै गाडीमा आगो लगाईएको थियो भने कतिपय गाडीमा ग्राफिटी पेन्ट गरिएको थियो । शनिबार रातीको प्रदर्शनमा न्युयोर्कमा ३३ जना प्रहरी घाईते भएका छन् । ४७ वटा न्युयोर्क प्रहरीको गाडीमा क्षति पुर्याइएको छ ।  

    प्रहरीले बिहीवारदेखि यता अमेरिकाका २२ वटा सहरबाट करिव १७ सय प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको एसोसिएट्स प्रेसले सार्वजनिक गरेको छ । 

    ईन्डियानापोलिसको प्रदर्शनीमा प्रहरीले गोली चलाउँदा एक जना प्रदर्शनकारीको मृत्‍यु भएको प्रहरी प्रमुख र्यान्डल टेलरले शनिबार रातीको प्रेस ब्रिफिङमा जानकारी दिए ।  टेलरले अन्य तीन जना प्रदर्शनकारीलाई गोली लागेको बताएका छन् ।  

    न्यासभिलबाट गत रात कर्फ्यु उलंघन गर्ने २८ जना पक्राऊ परेको प्रहरीले जनाएको छ ।  एट्लान्टामा ७०, डेनभर १८ जना, मायामीमा ३८ जना पक्राऊ परेका छन् भने फ्लोएडको मृत्‍यु भएको मिजौरीमा सयौं प्रदर्शनकारी पक्राऊ परेको जनाईएको छ । मिनियासोटा  प्रहरी कमिस्नरले राज्यभर पक्राऊ पर्नेहरुको एकिन संख्या सार्वजनिक गर्ने तयारी भै रहेको बताएका छन् ।  

    ‘टार्गेट’ आन्दोलनको टार्गेटमा 

    कोरोना भाईरसको महामारीले हजारौंको ज्यान लिएर लाखौं संक्रमित हुँदा आपूर्ति सेवामा लगातार जुटेको ‘टार्गेट’ अकस्मात फ्लोएड मृत्‍यु प्रकरणको आन्दोलनमा निसानामा परेपछि उस्ले देशका १३ राज्यमा संचालित १ सय ७५ वटा आफ्ना सुपरमार्केट अस्थाई रुपमा बन्द गर्ने निर्णय गरेको छ ।  उसले मिनियासोटाका ७१, क्यालिफोर्नियाका ४९, कोलोराडोका ४, जर्जियाका २’ ईलिनोईजका ७, मिचिगनको १, मिजौरीका ५, न्युयोर्कका १२, नेब्रास्काको १, वोरेगनका ८, पेन्सल्भानियाका ४, टेक्ससका ९ र विस्कन्सिनका २ स्टोर तत्कालका लागि बन्द गर्ने निर्णय गरेको हो ।  यद्यपी उस्ले स्टोर बन्द अवधिमा आफ्ना कर्मचारीलाई १४ दिनको ज्याला दिने घोषणा गरेको छ ।  

    अन्तिम संस्कार टेक्ससमा

    अन्तिम दाह संस्कारको लागि जर्ज फ्लोएडको मृत शरिर टेक्ससस्थित ह्युस्टन लगिने स्लाइभस्टर टर्नरले बताएका छँन्  ।  नर्थ क्यारोलिनामा जन्मिएका फ्लोएड  टेक्ससस्थित ह्युस्टनमा हुर्किएका हुन् । फ्लोएडको परिवार र वकिलले ४६ बर्षीय फ्लोएडको अन्तिम संसकारको स्वीकृति दिन बाँकी नै छ ।  

    अमेरिकामा कोरोनाले झन्डै १८ लाख संक्रमित र १ लाख ३ हजार मानिसको मृत्‍यु भएको अवस्थामा फ्लोएड मृत्‍यु प्रकरणले भाईरस महामारी समेत छाँयामा परेको छ ।  

    (एजेन्सीको सहयोगमा तयार पारेको रिपोर्ट)

  • नेपालमा सङ्क्रमितको सङ्ख्या १५ सय नाघ्यो, एक दिनमा थपिए १६६ बिरामी

    नेपालमा सङ्क्रमितको सङ्ख्या १५ सय नाघ्यो, एक दिनमा थपिए १६६ बिरामी

    काठमाडौं । नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित बिरामीको सङ्ख्या १५ सय नाघेको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घन्टामा १६६ जना नयाँ सङ्क्रमित थप भएका छन् । यसबाट अब नेपालमा १५६७ जनामा कोरोना पुष्टि भएको छ ।

    पछिल्लो २४ घन्टामा कर्णाली र प्रदेश न २ मा बढी सङ्क्रमित फेला परेका छन् । यसमा कालिकोटका ३७ जना रहेका छन् । धनुषामा ४६ र रौतहटमा २९ जनामा कोरोना पुष्टि भएको छ । सल्यानमा २५ जना बिरामी थप भएको मन्त्रालयको तथ्यांकमा उल्लेख्य गरिएको छ ।

  • नेपालमा कोरोनालाइ जित्ने बिरामी २२०, आज एक जनामात्र डिस्चार्ज

    नेपालमा कोरोनालाइ जित्ने बिरामी २२०, आज एक जनामात्र डिस्चार्ज

    काठमाडौं । नेपालमा कोरोनालाइ जित्ने बिरामीको सङ्ख्या २२० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १ जना डिस्चार्ज भएका छन् ।

    मकवानपुर स्थायी घर भएको एक महिला भरतपुरबाट  डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । पछिल्लो समय नेपालमा उच्च दरमा सङ्क्रमितको सङ्ख्या बढेको छ ।

  • आज संविधान संशोधन विधेयक संसदमा पेश हुने

    आज संविधान संशोधन विधेयक संसदमा पेश हुने

    काठमाडौं । सरकारले आज संसदमा संविधान संशोधन विधेयक पेश गर्ने भएको छ । कानुनमन्त्री डा. शिवमाया तुम्बाहाङफेले संविधान संशोधन विधेयक पेश गर्ने संसदको सम्भावित कार्यसूचीमा समावेश गरिएको छ । यसअघि १५ जेठको बैठकमा यो कार्यक्रम राखिएपनि अन्तिम समयमा आएर फिर्ता भएको थियो । सरकारले नेपालको नक्सा अध्यावधिक गरेसँगै यसलाई वैधानिकता दिन संविधान संशोधन हुनुपर्छ ।

    नेपालका सबै दलले संविधान संशोधनको पक्षमा मतदान गर्ने तयारी गरेका छन् । निशान छापमा नेपालको अध्यावधिक नक्सा राख्न संविधान संशोधन गर्नै पर्छ । संसद सचिवालयका अनुसार सरकारले जेठ ९ गतेमा दर्ता गरेको संशोधन विधेयक आइतबार बस्ने प्रतिनिधि सभा बैठकमा प्रस्तुत हुने गरी सभामुख अग्नि सापकोटाले संभावित कार्यसूची राख्न अनुमति दिएका छन् ।

    कानुनमन्त्री शिवमाया तुम्बाहाम्फेले आइतबार बिहान ११ बजे बस्ने बैठकमा लिम्पियाधुरासहितको नेपालको नक्सा संविधानको अनुसूची–३ मा समावेश गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको छ । संविधानको अनुसूचीमा फरक नक्सा पर्न गएकाले सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटेर नयाँ नक्सा राख्ने प्रस्तावसहित विधेयक ल्याएको हो ।

  • भारतीयहरु नेपाल छिर्न खोजेपछि सीमानामा विवाद, प्रहरीले गर्यो हवाई फायर

    भारतीयहरु नेपाल छिर्न खोजेपछि सीमानामा विवाद, प्रहरीले गर्यो हवाई फायर

    काठमाडौं । नेपालमा जारी लकडाउनका बीच भारतीय नागरिक जबर्जस्ती नेपाल प्रवेश गर्न खोजेपछि सर्लाहीको सीमा क्षेत्रमा तनाव उत्पन्न भएको छ । भिड नियन्त्रण गर्न सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरीले हवाई फायर गर्नु परेको छ । सर्लाहीको विष्णु गाउँपालिका–२ पकडी स्थित दशगजा क्षेत्रबाट करिब ३०–४० जनाको समूह नेपाल प्रवेश गर्न खोजेको थियो । यो समूहले हुलहुज्जत गरी प्रहरीको हतियार समेत खोस्ने प्रयास गरेको प्रहरीले जनाएको छ ।

    सोही क्रममा भिड नियन्त्रण गर्न प्रहरीले एक राउन्ड हवाई फायर गरेको छ । हवाई फायर गरेपछि भारतीय समूह तितरवितर भएको थियो । अहिले भने अवस्था सामान्य भइसकेको प्रहरीले जानकारी दिएको छ । सर्लाहीको विष्णु गाउँपालिका–२ पकडी स्थित दशगजा क्षेत्रमा बीओपी सिमराको टोली खटिएको छ । नेपालमा अहिले भारतबाट छिर्ने गरी २० वटा नाकामात्र तोकिएको छ । ती बाहेक नाकाबाट छिर्न खोजे त्यो अनाधिकृत हुन्छ ।

  • जर्ज फ्लोएडको मृत्‍युको कारण भड्किएको हिँसात्मक आन्दोलनले अमेरिकाभरका ठुला सहरमा कर्फ्यु

    जर्ज फ्लोएडको मृत्‍युको कारण भड्किएको हिँसात्मक आन्दोलनले अमेरिकाभरका ठुला सहरमा कर्फ्यु

    न्यूयोर्क

    मिनेसोटा राज्यको मिनियापोलिसमा एक अश्वेत युवा जर्ज फ्लोएडको प्रहरी कस्टडीमा मृत्‍यु भएपछि देशभर लगातार भएका प्रदर्शनले हिँसात्मक रुप लिएपछि अमेरिकाका कतिपय सहरहरुमा सुरक्षाका लागि कर्फ्यु घोषणा गरिएका छन् । कोरोना संक्रमणबाट १ लाख ३ हजार मानिसको मृत्‍यु भएर संक्रमण देशभर फैलिएको अवस्थामा राष्ट्रियरुपमा हिँसात्मक आन्दोलन भड्किए पछि ती ठुला सहरमा जनताको सुरक्षार्थ कर्फ्यु लगाइएको ती सहरका मेयरले जनाएका छन् ।  

    लसएन्जलस : लसएन्जलसस्थित मेयर एरिक गारसिटीले शनिबार बेलुका ८ बजेदेखि भोलिपल्ट बिहान साँढे ५ बजेसम्म लसएन्जलस सहरमा कर्फ्यु घोषणा गरेका छन् । लसएन्जलसमा शनिबार दिनभर जसो भएको प्रदर्शनमा सार्वजनिक बस तोडफोड गर्नेदेखि प्रहरीका केही गाडीहरुमा आगो लगाइएका थिए । लसएन्जलसमा आज शनिबार लगातार चौथौं दिन प्रदर्शन भएको हो ।  

    एट्लान्टा : एट्लान्टा सहरमा पनि शनिबार साँझ कर्फ्यु लगाइएको मेयर केश ल्यान्स बटम्सले  घोषणा गरेका छन् । मेयर बटम्सले कार्यकारी आदेश मार्फत कर्फ्यु जारी गरेका हुन् । उनले एट्लान्टा शहरको सम्पूर्ण भागमा बेलुका ९ बजेदेखि भोलिपल्ट सुर्योदयसम्म कर्फ्यु लागू हुने बताएका छन् । शुक्रबार  एटलान्टामा दिनभर जसो भएको प्रदर्शनमा प्रहरीलाई बोतलले हिर्काउने प्रहरीका गाडीमा आगो लगाउने सिएनएन मुख्यालयमा क्षति पुर्याइएको थियो ।  

    डेनभर : डेनभरमा लगातार दुई दिनदेखि प्रदर्शन भै रहेको छ । आज प्रदर्शनको दोश्रो दिन मेयर माईकल ह्यानककले शनिबार कर्फ्यु घोषणा गरेका छन् । उनले जनताको सुरक्षाको लागि कर्फ्यु लगाईएको बताएका हुन् । डेनभरमा शनिबार बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्म लागू भएको हो । मेयर ह्यानककले भोली आईतबार साँझको लागि पनि कर्फ्यु घोषणा गरिसकेका छन् । डेनभरमा भएको प्रदर्शनमा ३४ जनालाई नियन्त्रणमा लिइएको मेयर ह्यानककले बताएका छन् ।

    फिलाडेल्फिया : फिलाडेल्फिया सहरमा पनि मेयर जिम केनिले शहरमा कर्फ्यु लगाएका छन् । त्यहाँ शनिबार बेलुका ८ बजेदेखि भोलिपल्ट ६ बजे बिहानसम्म कर्फ्यु लागू भएको हो । शनिबार त्यहाँ हजारौं प्रदर्शनकारी जम्मा भएर प्रदर्शन गरेका थिए भने प्रहरीको गाडीमा आगो लगाउनुको साथै एउटा स्टार बक्स स्टोरमा पनि आगो लगाईएको थियो ।

    साथै सिनसिनाटी, मायामी, मिल्वाकी, पोर्ट्ल्याण्ड लगायतका सहरहरुमा पनि शनिबार कर्फ्यु घोषणा गरिएका छन् ।  मिनियापोलिसमा भने लगातार ३ दिनदेखि कर्फ्यु जारी नै छ ।

  • न्युयोर्कमा घट्न थाले संक्रमित तर अमेरिकाकै अन्य चार राज्य कोरोनाको हट स्पट बन्दै

    न्युयोर्कमा घट्न थाले संक्रमित तर अमेरिकाकै अन्य चार राज्य कोरोनाको हट स्पट बन्दै

    न्युयोर्क     

    लकडाउन खुकुलो पार्दै ब्यापार ब्यवसाय सुरु गरेसँगै अमेरिकाको अलाबामा, क्यालिफोर्निया, विस्कन्सिन र आर्कान्सास गरी ४ वटा राज्यहरु कोरोनाको नयाँ एपिसेन्टरको रुपमा देखा परेका छन् । अलाबामामा पछिल्लो १४ दिनमा कोरोना संक्रमितको संख्या ६० प्रतिशत बृद्धि भएको ‘कोभिड एक्जिट स्ट्राटेजी’ ले जनाएको छ भने अर्कान्सास र नर्थ क्यारोलाइनामा ४० प्रतिशतले कोरोना संक्रमित बृद्धि भएको छ । गत मेई १३ तारिख लकडाउनलाई असंबैधानिक भन्दै सुप्रिम कोर्टले खारेज गरेको विस्कन्सिनमा पनि १४ दिनपछि संक्रमितको संख्यामा ४७ प्रतिशतले बृद्धि भएको छ ।

    अमेरिकाकै पहिलो कोरोना एपिसेन्टर न्युयोर्कमा नाटकीय रुपमा कोरोना संक्रमितहरुको संख्यामा गिरावट आएको छ भने कनेक्टिकट र म्यासाच्युसेट्समा संक्रमित संख्यामा पछीलिलो १४ दिनमा ३० प्रतिशतले गिरावट आएको छ । अमेरिकामा कोरोनो संक्रमित हरुको पछीलिला आँकडाले लकडाउन खुकुलो पारिएको वा लकडाउन खारेज गरिएको राज्यहरुमा ब्यापक बृद्धि हुँदै शनिबारसम्म अमेरिकाभर १७ लाख ७० हजार संक्रमित र १ लाख ३ हजारको मृत्‍यु भएको जोन हप्किन्सको डाटामा जनाईएको छ ।  

    अलाबामामा पछिल्लो १४ दिन भित्र कोरोना संक्रमितको संख्यामा उल्लेख्य बृद्धि भएको छ । यहाँ २ हप्तामा संक्रमितको संख्या ६० प्रतिशतले बढेको छ । स्टेटलाई पुन सुचारु गरेपछि अलाबामामा यो संख्या २ हप्तामा सबैभन्दा उच्च हो । त्यहाँ अहिले १७ हजार ३ सय ५९ संक्रमित र ६ सय १८ को मृत्‍यु भएको छ । एएलडटकमका अनुसार यो हप्ता बिहीवारसम्म त्यहाँ ४ सय भन्दा धेरै संक्रमित थपिएका छन् ।

  • प्रहरिको गाडीमा पेट्रोल बम प्रहार गरेको आरोपमा न्युयोर्कमा एक महिला पक्राऊ

    प्रहरिको गाडीमा पेट्रोल बम प्रहार गरेको आरोपमा न्युयोर्कमा एक महिला पक्राऊ

    न्युयोर्क     

    मिनियापोलिसमा मृत्‍यु हुने जर्ज फ्लोएडको पक्षमा शुक्रबार राती न्युयोर्क ब्रुकलिनमा आयोजित बिरोध कार्यक्रममा प्रहरीको गाडीमा पेट्रोल बम प्रहार गरेको आरोपमा  एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएर मुद्धा चलाएको छ । ब्रुकलिनस्थित बार्कले सेन्टर अगाडिको प्रदर्शनीमा सडकमा रोकी राखेको न्युयोर्क पुलिस डिपार्टमेन्टको गाडीमा प्रज्वलनशिल पदार्थ भरिएको सिसाको बोतल प्रहार गरिएको थियो । बोतल प्रहार गर्दाको समयमा चार जना प्रहरीहरु गाडी भित्रै रहेको जनाईएको छ । यद्यपी बोतल भने बिस्फोट नभएको र प्रहरीलाई चोट पनि नलागेको डेली मेलले लेखेको छ । प्रहरीको गाडीमा पेट्रोल बम प्रहार गरिएको आरोपमा न्युयोर्क अपस्टेट निवासी सामन्था साडरलाई प्रहरीले पक्राऊ गरेको हो । साडरलाई प्रहरीले नियन्त्रणमा लिने क्रममा उनको २१ वर्षीय बहिनी डेरियनको प्रहरीसँग भनाभन भएपछि बहिनीलाई समेत नियन्त्रणमा लिईएको ‘डेली मेल’ ले लेखेको छ ।  

    जर्ज फ्लोएडको मृत्‍युको बिषयलाई लिएर न्युयोर्कमा शुक्रबार करिब ३ हजार मानिस प्रदर्शनीमा सहभागि भएका थिए । न्युयोर्कमा शुक्रबारको प्रदर्शनीमा प्रहरीको एक गाडीमा आगो लगाईयो भने अर्को एक गाडी तोडफोड गरिएको जनाईएको छ । २ सय जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

    शनिबार न्युयोर्क प्रहरी कमिसनर डर्मोन्ट सिआले; “भगवानको कृपाले कुनै पनि प्रहरी कर्मचारीको मृत्‍युको खबर सुन्नु नपरेको” प्रतिकृया दिएका छन् । अमेरिकाका अधिकांश राज्यमा प्रदर्शन भएको थियो ।

  • कांग्रेसले संविधान संशोधनको पक्षमा मतदान गर्ने

    कांग्रेसले संविधान संशोधनको पक्षमा मतदान गर्ने

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संविधान संशोधनको पक्षमा मतदान गर्ने भएको छ । शनिबार बसेको केन्द्रीय समिति बैठकले संविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको हो । सोहीअनुसार पार्टीका सांसदलाई निर्देशन समेत दिएको छ।

    शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्दीय समिति बैठकले संशोधनका पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन दिएको हो । प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार कालापानी, लिपुलेक र लिम्पियाधुराको भूभाग समावेश गरी नेपाल सरकारले सार्वजनिक गरेको नक्सा र संविधानको धारा ९ को उपधारा २ सँग सम्बन्धित अनुसूची ३ मा संशोधन गर्न संसदमा प्रस्तुत हुने प्रस्तावको पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन दिइएको हो ।

    संशोधनका पक्षमा कांग्रेस नेतृत्वले सहमति गरे पनि बुधबार संसदमा पेस गर्ने भनेको संशोधन प्रस्ताव कांग्रेसले समय मागेकै कारण रोकिएको थियो। यसपछि भारतीय संचारमाध्यममा खुसीयाली मनाइएको थियो । शुक्रबार कांग्रेस संसदीय दलको बैठक बसेर संशोधनका पक्षमा उभिने निर्णय गरेको थियो। अब भने सरकारलाई संविधान संशोधनका सम्बन्धमा प्रस्ताव लैजान सहज भएको हो ।

    सरकारले लिम्पियाधुरा, लिपुलेक, कालापानी समेटिएको अध्यावधिक नक्सा र संविधानको धारा ९ को उपधारा २ सँग सम्बन्धित अनुसूची ३ मा रहेको निशान छाप परिवर्तन गर्न संशोधन प्रस्ताव दर्ता गरेको छ।

  • नेपालमा २४ घण्टामा थपिए १८९ बिरामी, १४ सय नाघ्यो संक्रमित

    नेपालमा २४ घण्टामा थपिए १८९ बिरामी, १४ सय नाघ्यो संक्रमित

    काठमाडौं । नेपालमा २४ घण्टा भित्र कोरोना भाइरसका थप १८९ जना नयाँ बिरामी थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको पुष्टी गरेको हो । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार देशका विभिन्न स्थानमा प्रयोगशालामा भएको परीक्षणमा संक्रमितको संख्या थप भएको हो ।

    मन्त्रालयका अनुसार यस अवधिमा एक सय ८५ पुरूष र चार जना महिलामा कोरोना भाइरस पोजेटिभ देखिएको हो । अब नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ४ सय १ पुगेको हो । यो नेपालमा अहिलेसम्मकै ठूलो आंकडामा संख्या थपिएको हो । नेपालमा अहिलेसम्म कोरोना संक्रमण भएका २ सय १९ जना उपचारपछि निको भएर घर फर्किएका छन्। कोरोनाबाट ६ जनाको मृत्यु भएको छ ।

  • ललितपुर लुभूका प्रहरी इन्चार्जको मृत्यु

    ललितपुर लुभूका प्रहरी इन्चार्जको मृत्यु

    काठमाडौं । ललितपुर महानगरीय प्रहरी प्रभाग लुभूका इन्चार्ज टेकबहादुर माझीको अकस्मात निधन भएको छ । शनिबार बिहान अल्का अस्पतालमा इन्चार्ज प्रहरी नायब निरीक्षक (सई)को निधन भएको प्रहरीले पुष्टी गरेको छ । उनको उपचाको क्रममा मृत्यु भएको हो । शुक्रबार अकस्मात स्वास्थ्य समस्या आएपछि उनलाई पाटन अस्पताल लगिएको थियो। पाटनमा आइसियू खाली नभएको भन्दै उनलाई अल्का अस्पतालमा रिफर गरिएको हो ।

    सई माझीलाई कार्यालयमै बान्ता भएको थियो । त्यसपछि उनी बेहोस भएका थिए। त्यसक्रममा उनको टाउकोमा रगत जमेको बताइएको छ । त्यसपछि राती उनको अपरेसन गरिएको हो । तर अपरेसन सफल हुन सकेन । उनी रामेछापका स्थायी बासिन्दा हुन् ।

  • क्वारेन्टाइनमा बसेका एक जनाको मृत्यु, कोरोना रिर्पोट आउन बाँकि

    क्वारेन्टाइनमा बसेका एक जनाको मृत्यु, कोरोना रिर्पोट आउन बाँकि

    दैलेख । दैलेखमा क्वारेन्टाइनमा बसेको अवस्थामा एक जनाको ज्यान गएको छ । भारतबाट फर्किएका एक जनाको दुल्लु नगरपालिका वाड न ७ क्रितिखम्ब बजारस्थित विद्युत प्राधिकरण भवनको क्वारेन्टाइनमा मृत्यु भएको हो । उनी भारतको गुजरातबाट जेठ ९ गते दैलेख फर्किएका थिए । उनको शनिबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

    बिहानको खाजा खाएर आराम लागि सुतेका उनी त्यसपछि उठेनन् । उनको शुक्रबार मात्रै पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ । सुर्खेतस्थित प्रदेश अस्पतालमा उनको नमुना परीक्षण भएको छ । उनको कोरोना परीक्षणको रिपोर्ट आउनै बाँकी रहेको छ।

  • नेपालमा कोरानाबाट निको हुनेको संख्या २०६

    नेपालमा कोरानाबाट निको हुनेको संख्या २०६

    काठमाडौं । नेपालमा कोरोना संक्रमण संक्रमणपछि निको हुने बिरामीको संख्या २ सय नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार साँझसम्म २०६ जनाले कोरोनालाई जित्न सफल भएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार पुरुष १६२ जना र महिला ४४ जनाले कोरोनालाई जित्न सफल भएका छन् ।

    पछिल्लो पटक १९ जना निको भइसकेका छन् । शुक्रराज ट्रपिकल अस्पताल टेकुबाट २ जना, पाटन अस्पतालबाट ७ जना, सशस्त्र प्रहरीको अस्पताल बलम्बुबाट २ जना निको भएर घर फर्किएको मन्त्रालयको तथ्यांक छ । दाङको बेलझुण्डीस्थित कोरोनाा विशेष अस्पतालबा निको भएर ८ जना घर फर्किएका छन्। नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनको संख्या भने ६ पुगेको छ। पछिल्लो पटक ज्यान गुमाउनेमा अर्घाखाँचीका ३५ वर्षीय पुरुष रहेका छन्।

    यसअघि सिन्धुपाल्चोक, गुल्मी, बाँकेसहितमा कोरोना संक्रमितले ज्यान गुमाइसकेका छन्। नेपालमा संक्रमितको संख्या भने १२ सय नाघेको छ । अहिले हरेक दिन सर्वाधिक संख्यामा नयाँ संक्रमण बढिरहेको छ । भारतबाट मानिसहरु आउन थालेको र नेपालमा समेत समुदायस्तरमा कोरोना फैलिएका कारण संक्रमण बिस्तार भएको हो ।

  • जुन आठ तारिखदेखि यसरी खुल्ने भयो न्युयोर्क

    जुन आठ तारिखदेखि यसरी खुल्ने भयो न्युयोर्क

    न्युयोर्क     

    कोरोनाको कारण लकडाउनमा बसेका लाखौं न्युयोर्कबासीलाई गभर्नर एन्ड्रु कुमो र मेयर बिल दि ब्लाजियोले शुक्रबार न्युयोर्क खुल्ने खुसीको खबर बाँडेका छन् ।उनीहरुले आगामी जुन ८ तारिखदेखि न्युयोर्क सहरलाई पहिलो चरणमा खोलिने बताएका हुन् । यद्यपी सहरलाई पहिलो चरणमा सुचारु गर्न तोकिएको तीन ‘रेस होल्ड’ भने पुरा गर्नै पर्छ । राज्यले न्युयोर्कलाई चरणबद्ध खुला गर्न अस्पताल भर्ना भएका बिरामी संख्या, आईसियुमा राखिएका बिरामी संख्या, सहरमा कोरोना संक्रमितहरुको प्रतिशतलाई थ्रेस होल्ड तोकेर कोरोनाको बिश्लेषण गर्दै आएको छ ।  

    शुक्रबारसम्म अस्पताल भर्ना हुने बिरामीको संख्या तोकिएको थ्रेस होल्ड भन्दा कम भैसकेको तर आईसियुमा उपचारत बिरामीको संख्या भने थ्रेस होल्ड भन्दा माथि नै रहेको मेयर ब्लाजियोले बताए छन् । शुक्रबारसम्म न्युयोर्क सहर भित्र ३ सय ९१ जना बिरामी आईसियुमा रहेको जबकी न्युयोर्कलाई पहिलो चरणमा खुल्ला गर्न राज्यले तोकेको आईसियु बिरामी थ्रेस होल्ड संख्या ३ सय ७५ हुनु पर्ने भए पनि जुन ८ सम्म आईसियुका बिरामी संख्या घट्ने आत्मबिश्वास साथ गभर्नर कुमो र मेयर ब्लाजियो न्युयोर्क खोल्ने निर्णयमा पुगेका हुन्। मेयर ब्लाजियो भन्छन् “शुक्रबार हामीसँग न्युयोर्कका बिभिन्न अस्पतालमा भएका आईसियु बिरामीको संख्या मध्ये ४० जना नियमित वार्डमा ल्याएर उपचार गर्न लायक अवस्थामा छन् ।  हामीलाई पूर्ण विश्वास छ, जुन ८ तारिखसम्म ती ४० जना बिरामी वार्डमा आउने छन् र थ्रेस होल्ड सिमा पुरा हुनेछ ।  

    जुन ८ तारिख पहिलो चरणमा न्युयोर्क खुलेपछि निर्माण ब्यवसाय बन जंगल सम्वन्धि ब्यवसाय, माछा पालन ब्यवसाय,  सिकार ब्यवसाय, उत्पादन ब्यवसाय, थोक तथा किराना ब्यवसाय संचालन हुने छन् ।  पहिलो चरणमा न्युयोर्क खुलेपछि करिब ४ लाख मानिस सार्वजनिक यातायातका साधन प्रयोग गरी काममा फर्किने अपेक्षा गरिएको छ ।

  • मिनियापोलिसमा जर्ज फ्लोएडलाई भुँईमा लडाएर घुँडाले घाँटी थिच्ने प्रहरीलाई हिरासतमा लिईयो

    मिनियापोलिसमा जर्ज फ्लोएडलाई भुँईमा लडाएर घुँडाले घाँटी थिच्ने प्रहरीलाई हिरासतमा लिईयो

    न्युयोर्क

    सोमबार मिनियासोटा राज्यको मिनियापोलिसमा जर्ज फ्लोएडलाई पक्राऊ गरी हतकडी लगाई भुँईमा लडाएर घुँडाले घाँटीमा थिचिरहेको भिडियोमा देखिएका प्रहरी अफिसर डेरेक चौभिनलाई प्रहरी हिरासतमा लिईएको शुक्रबार प्रहरी श्रोतले जनाएको छ । ती प्रहरी अफिसरले चोरीको आरोपमा समातिएका जर्ज फ्लोएडलाई भुँईमा लडाएर घुँडाले घाँटी थिचेको केही समय पछि जर्ज फ्लोएडको मृत्‍यु भएको थियो भने उनको मृत्‍यु भएको दिन सोमबार साँझदेखि मिनियापोलिस क्षेत्रमा फ्लोएडले न्याय पाउनु पर्ने माग गर्दै आन्दोलन जारी छ । बुधबारदेखि जारी आन्दोलनका क्रममा पसल तथा सुपरमार्केट लुटपाट गर्ने, तोडफोड गर्ने, प्रहरी चौकी जलाउने समेत गरेर हिँसात्मक रुप लिएको छ ।

  • भारतबाट फर्कने नेपालीलाई २० नाकाबाट ल्याइने

    भारतबाट फर्कने नेपालीलाई २० नाकाबाट ल्याइने

    काठमाडौं । सरकारले अहिले धमाधम भारतबाट नेपाली नागरिकलाई स्वदेश ल्याइरहेको छ । त्यसका लागि अब भने २० वटा नाका प्रयोग गरिने भएको छ ।कोभिड–१९सम्बन्धी उच्चस्तरीय समितिले भारतबाट घर फर्किने नेपालीहरुका लागि २० वटा नाका तोक्ने निर्णय गरेको हो । समितिको शुक्रबार बसेको बैठकले विदेशमा रहेका नेपालीहरुलाई आउन दिने निर्णय गरेसँगै २० नाका समेत तोकेको हो ।स्थलमार्गबाट आउनेहरुका लागि २० वटा नाका तोकिएको प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले जानकारी दिएका छन् ।

    उनकाअनुसार पशुपतिनगर, काकडभिट्टा, रानी, सुनौली, ठाडी, माडर, भिट्टामोड, मलंगवा, गौर, वीरगञ्ज, महेशपुर, वेलहिया, तौलिहवा, कृष्णनगर, जमुनाह, सुरजपुर, गौरिफन्टा, गड्डाचौकी, झुलाघाट र दार्चुला नाका छन् । बैठकले तेस्रो मुलुकबाट पनि नेपालीलाई स्वदेश फर्काउने गरी त्यसको कार्यविधि पारित गरेको हो । सरकारले सीमा नाकाबाट छिर्न दिने निर्णय गरेसँगै भारतबाट मात्र लाखौं नेपाली घर आइरहेका छन् ।

  • राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्विटलाई ‘हिंसाको स्तुतिगान’ भन्दै ट्विटरले गर्‍यो अस्विकृत

    राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्विटलाई ‘हिंसाको स्तुतिगान’ भन्दै ट्विटरले गर्‍यो अस्विकृत

    न्युयोर्क

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शुक्रबार बिहानको एउटा ट्विटलाई कम्पनीको नियम बिरुद्ध र हिँसाको स्तुतिगान भएको भन्दै  ट्विटरले आफ्नो टाईम लाईनमा प्रकाशित गर्न अस्विकार गरेको छ । राष्ट्रपति ट्रम्पको उक्त ट्विटको बारेमा ट्विटरले भनेको छ; ‘मिनियापोलिसमा जारी आन्दोलनका आन्दोलनकारी तर्फ संकेत गर्दै गरिएको ट्विट कम्पनीको नियम बिरुद्ध छ’ । राष्ट्रपति ट्रम्प र सामाजिक संजालको हस्ती ट्विटर बीचको जारी टकराब बीच शुक्रबार ट्विटरले आफ्नो कम्पनीको नीति नियम बिरुद्ध संकेत गर्ने शब्द प्रयोग गरेको भन्दै उनको ट्विटलाई टाईम लाईनमा अप्रकाशित गरेको हो ।

    उनले लेखेको उक्त ट्विटलाई ट्विटर प्रयोगकर्ताले टाईम लाईनमा पढन पाउदैन तर त्यही ठाउँमा ट्विट अस्विकार गरिएको सानो सुचना राखिएको छ ।  ट्रम्पले ट्विटरको कम्युनिटी गाईड लाईन मिचेर लेखेको उक्त ट्विट पहिलो पानामा अप्रकाशित भए पनि ट्विटरले यो जनचासोको बिषय भएकोले पढन भने मिल्न्ने भन्दै ‘लर्न मोर’ आईकन थिचे पछि देख्न सकिने गरेको छ ।

    मिनियापोलिसमा गत सोमबार मारिएका जर्ज फ्लोएडको न्यायको लागि भन्दै सुरु भएको बिरोधले हिँसात्मक आन्दोलनको रुप लिए पछि राष्ट्रपति ट्रम्पले शुक्रबार बिहान १२ बजेर ५३ मिनेट जाँदा उक्त घटनालाई सम्बोधन गर्दै ट्विट गरेका थिए । ट्विटरले ट्रम्पले लेखेको होम पेजमा अप्रकाशित ट्विटको अन्तिम लाईन ‘हिँसात्मक’ भएको र  यस्ले हिँसा भडकिन सक्ने भन्दै अप्रकाशित गरेको जनाएको छ । ट्रम्पले उक्त ट्विटको अन्तिम लाईनमा ‘ह्वेन लुटिङ स्टार्ट द शुटिङ स्टार्ट’ भनेर लेखेका छन् ।  

    ट्विटरको यो निर्णय ट्रम्पले समाजिक संजाललाई तह लगाउने भन्दै जारी गरेको कार्यकारी आदेश आएको भोलिपल्ट आएको हो ।

  • कोरोना संक्रमण देखिएका थप एक जनाको मृत्यु, मृतकको संख्या ६ पुग्यो

    कोरोना संक्रमण देखिएका थप एक जनाको मृत्यु, मृतकको संख्या ६ पुग्यो

    काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण देखिएका थप एक जनाको मृत्यु भएको छ।

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार भारतबाट फर्किदै गर्दा कृष्णनगर सीमामा मृत्यु भएका पुरुषमा कोरोना पुष्टि भएको हो।नेपाल प्रवेश भएसँगै जेठ ११ गते ती व्यक्तको नमुना लिइएको थियो।

    स्वाब परीक्षणका क्रममा उनमा कोरोना पोजेटिभ देखिएको डा देवकोटाले जानकारी दिए। अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नम्बर ९ का ३५ वर्षीय पुरुषको बाटोमा ज्यान गएको थियो ।

    बसमा सवार भएर आएका उनको अत्यधिक बन्ता गरेका कारण बोल्न नसक्ने अवस्थामा थिए। भारतवाट दुईवटा बस रिर्जभ गरेर आइतवार उनीसहित ९१ जना नेपाल प्रवेश गरेका थिए।

    उनको कपिलवस्तु ल्याएर पोस्टमाटम गरिएको थियो । त्यहीँबाट स्वाब निकालेर कोरोना परीक्षणका लागि भैरहवा जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।भैरहवा जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणबाट उनमा कोरोना संक्रमण पुष्टि भएको हो।

  • नेपालमा कोरोना संक्रमित संख्या १२ सय नाघ्यो

    नेपालमा कोरोना संक्रमित संख्या १२ सय नाघ्यो

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १७० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार देशको विभिन्न ठाँउमा रहेको प्रयोगशालामा गरिएको परीक्षणमा संक्रमितको संख्या थपिएको हो ।

    यससँगै नेपालमा संक्रमितहरुको संख्या १२ सय १२ पुगेको छ । एकै दिन सय जनाभन्दा बढी संक्रमित भेटिएको यो लगातार दोस्रो दिन बनेको छ। हिजो एकै दिन १ सय ५६ जना नयाँ संक्रमित थपिएका थिए।

  • कर्मचारीको सेवा सुबिधा कटौती, जनप्रतिनिधिको यथावत

    कर्मचारीको सेवा सुबिधा कटौती, जनप्रतिनिधिको यथावत

    काठमाडौं । सरकारले कर्मचारीको सेवा सुबिधामा व्यापक कटौतीको घोषणा गरेको छ कोरोना रोकथाम र नियन्त्रणमा खटिने कर्मचारी बाहेक सबै कर्मचारीले यसअघि पाउदै आएको सबै प्रकारको भत्ता कटौती गरिएको अर्थ मन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । उनका अनुसार आगामी वर्ष खर्च पुनरावलोकन आयोगको सिफारिस अनुसार अनावश्यक खर्च हुने शीर्षकको रकम कटौती गरिएको जानकारी गराए ।

     

    फर्निचर, सवारी साधन खरिद, भ्रमण, खाजालगायत खर्चमा समेत यो साल कटौती गरिएको उनले जनाए । कर्मचारीको सेवा सुबिधा काटेपनी अर्थमन्त्रीले उच्च पदस्थ पदाधिकारी र जनप्रतिनिधिको सेवा सुबिधा भने चलाउन सकेनन् ।

  • कालीमाटीका ११६ प्रहरीको कोरोना नेगेटिभ, अरुको रिपोर्ट आउन बाँकी

    कालीमाटीका ११६ प्रहरीको कोरोना नेगेटिभ, अरुको रिपोर्ट आउन बाँकी

    काठमाडौं । महानगरीय प्रहरी वृत्त कालीमाटी र सोही क्षेत्रमा कार्यरत ११६ प्रहरीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

    महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीले एक सय १६ को नमूना परीक्षण भएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको जानकारी दिए। थप ११५ जनाको रिपोर्ट आउन बाँकी रहेको उनले बताए ।

    वृत्तमा कार्यरत दुई प्रहरीमा कोरोना संक्रमण देखिएपछि वृत्त सिल गरिएको छ । सिल गरिएपछि वृत्त र प्रभागसहित त्यहाँ रहेका ट्राफिक प्रहरीसमेत दुई सय ३१ जनाको थ्रोट स्वाबको नमूना संकलन गरिएको थियो।

    अब एक सय १५ जनाको परीक्षण रिपोर्ट आउन बाँकी रहेको प्रहरी परिसर काठमाडौंले जनाएको छ। दुई सय ३१ जनाकै नमूना संकलन गरेर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको थियो।

    नमूना संकलन गरिएका सबै प्रहरी अहिले क्‍वारेन्टाइनमा छन्। उनीहरू सबै ब्यारेकभित्रै बसिरहेका छन्। कालीमाटी क्षेत्रको सुरक्षा जिम्मेवारी अन्य प्रहरी युनिटले गर्दै आएका छन् ।

  • ट्विटरले तथ्य  जाँचेपछि सामाजीक सञ्जाललाई तह लगाउन ट्रम्पले ल्याए कार्यकारी आदेश

    ट्विटरले तथ्य जाँचेपछि सामाजीक सञ्जाललाई तह लगाउन ट्रम्पले ल्याए कार्यकारी आदेश

    न्यूयोर्क

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजीक सञ्जाल लक्षित गरि नयाँ कार्यकारी आदेश जारी गरेका छन् । हुलाकबाट पठाइने भोट (मेल इन ब्यालेट) मा फर्जी मतदान हुने अपुष्ट दावीलाई ट्विटरले तथ्य जाँच लिंक उपलब्ध गराएपछि क्रुद्ध बनेका ट्रम्पले विहीबार नयाँ आदेश जारी गरेका हुन् ।

    आफुले वाक स्वतन्त्रताको रक्षाका लागि नयाँ आदेश जारी गरेको उनको दावी छ । ट्रम्पले मंगलबार हुलाकबाट प्रेषित गरिने मतदानमा फर्जी भोटको मात्रा बढि हुने दावी गर्दै ट्विट गरेका थिए । उक्त ट्विटसँगै ट्विटरले तथ्य जाँचको लिंक राखिदिएको थियो । जुन खोल्दा हुलाकबाट हुने मतदानमा फर्जी भोट खस्ने ट्रम्प दावी असत्य रहेको बिभिन्न मिडिया रिपोर्टमा पुगिन्छ ।

    विहीबार जारी गरेको कार्यकारी आदेशमा सामाजीक सञ्जाल कम्पनीले प्रयोगकर्ताले राखेको कुनै पनि स्टाटसलाई सम्पादन गर्न, तथ्य जाँच गर्न या हटाउन नपाउने उल्लेख छ । ट्रम्प झुठ अभिव्यक्तीका लागि माहिर छन् । निर्वाचित भएको साढे तीन बर्षमा उनले १८ हजार बढि झुठ एवं तथ्य तोडमोड गरेको अभिव्यक्ति दिएको वासिंटन पोष्टले उल्लेख गरेको छ । उनी त्यही झुठ बोल्ने कलाका कारण आफ्ना समर्थक माझ लोकप्रिय छन् र आफ्नो बोलीमा तथ्य जाँच गर्नेलाई उल्टो फेकको संज्ञा दिने गरेका छन् । सोही कारण ट्विटरबाट आफ्ना हरेक भनाइ हुबहु आफ्ना समर्थकसम्म पुगोस् र उनीहरुले पत्याउने भन्ने ट्रम्पको चाहना हुन्छ ।

    ट्रम्पको कार्यकारी आदेश विरुद्ध अदालतमा मुद्दा दायरर हुन सक्ने बताइएको छ । ट्रम्प समर्थक कानून व्यवसायीले पनि यो आदेश जारी गर्ने उनको अधिकारी प्रति प्रश्न उठाएका छन् ।

  • मिनियापोलिसमा सयौं मानिस पसेर यसरी लुटे टार्गेट (भिडियो)

    मिनियापोलिसमा सयौं मानिस पसेर यसरी लुटे टार्गेट (भिडियो)

    न्युयोर्क

    गत सोमबार मिनियापोलिसमा प्रहरीले जर्ज फ्लोएड नामका एक अश्वेत मानिसलाई हतकडी लगाई भुँईमा सुताएर घुँडाले गर्दन थिच्दा मृत्‍यु भएपछि मिनियापोलिसमा अहिले हिँसा भड्किएको छ । हजारौं प्रदर्शनकारीहरुको अनियन्त्रित भिडले तोडफोड लुटपाट सुरु गरेको छ ।  अमेरिकाकै चर्चित सुपर मार्केट टार्गेटमा भएको लुटपाटको पछिल्लो दृष्य ।