Category: समाचार

  • एक शब्दको फेसबुक कमेन्टले गयो एक प्रहरी अधिकृतको जागिर

    एक शब्दको फेसबुक कमेन्टले गयो एक प्रहरी अधिकृतको जागिर

    न्युयोर्क      

    लुजियानाका एक प्रहरी अधिकृतले फेसबुकमा जातिबाद झल्कने कमेन्ट गरेका कारण उनलाई सेवाबाट बर्खास्त गरिएको छ । लुजियानास्थित क्याप्लन पुलिस डिपार्टमेन्टमा कार्यरत स्टेभन अक्वान नामका ती प्रहरी अधिकृतले राज्यका गभर्नरको कोरोना भाइरस सम्बन्धि नियमित प्रेस ब्रिफिङको प्रत्यक्ष प्रसारण गर्दै गरेको स्थानीय मिडियाको भिडियो न्युज फिडमा अक्वानले जातियता सम्बन्धि कमेन्ट गरेका थिए । उनले कोरोनाको कारण धेरै अश्वेत जातीको मृत्‍यु धेरै नहुनु बदुर्भाग्यपूर्ण’ भन्दै उक्त प्रत्यक्ष प्रसारणको न्युज फिडमा लेखेका थिए । गत मेई १५ तारिखको लुजियाना गभर्नरको प्रेश ब्रिफिङको प्रत्यक्ष प्रसारण गरिरहेको स्थानीय मिडिया ‘के एल एफ वाई’ को न्युज फिडमा कमेन्ट गरेका अक्वानलाई कमेन्ट गरेको केही घण्टा भित्रै सेवाबाट हटाईएको थियो । ‘अक्वानले मेई १५ तारिखको गभर्नर जोन बेल एडवार्डको प्रेस ब्रिफिङको भिडियोमा जातिबाद सम्बन्धि कमेन्ट गरेको कारण सेवाबाट हटाईएको डिपार्ट्मेन्ट प्रमुख जोसुवा हार्डिले पुष्टि गरेको एनबिसि न्युजले जनाएको छ ।

    अक्वानले उक्त प्रत्यक्ष प्रसारणको भिडियोमा कोरोना र अश्वेत मृत्‍युलाई जोडेर लेख्ने अर्को एक ब्यक्तीको कमेन्ट मुनी उक्त प्रहरी अधिकृतले कमेन्ट गरेका थिए । घटना पछि क्याप्लन पुलिस डिपार्ट्मेन्ट प्रमुख हार्डिले डिपार्ट्मेन्टको तर्फबाट माफी समेत                                                          मागेक छन् ।

  • प्रहरीले घाँटी थिचेर मृत्‍यु भएका जर्ज फ्लोएडको परिवारले १८ घण्टा भित्र उठायो ५ लाख डलर

    प्रहरीले घाँटी थिचेर मृत्‍यु भएका जर्ज फ्लोएडको परिवारले १८ घण्टा भित्र उठायो ५ लाख डलर

    न्युयोर्क

    गत सोमबार मिनियापोलिसमा प्रहरीले जर्ज फ्लोएड नामका एक अश्वेत मानिसलाई हतकडी लगाई भुँईमा सुताएर घुँडाले गर्दन थिच्दा मृत्‍यु भएपछि उनको परिवारले २४ घण्टा भन्दा कम समयमा ५ लाख अमेरिकी डलर सहयोग संकलन गरेका छन् । फ्लोएडका आफ्नै भाइ फिलोनिस फ्लोएडले मेई २७ तारिख बुधबार  दिउसो ‘गो फण्ड मि’ मा जिवित परिवारको सहयोगको लागि खाता खोलेका थिए ।

    सोमबार मृतक जर्ज फ्लोएडलाई ४ जना प्रहरी अधिकारीहरु मिलेर चोरिको आरोपमा पक्राऊ गरेका थिए । पक्राऊ पछि फ्लोएडलाई हतकडी लगाएर घोप्टो पारेर भुईमा सुताई उनको गर्दनमा एक प्रहरीले घुँडाले थिचि राखेको एक भिडियो सार्बजनिक भएको थियो ।

    सार्वजनिक भिडियोमा मृतक फ्लोएडले ‘मैले सास फेर्न सकिन’ भन्दै छटपट गरेको देखिएको थियो ।  पटक पटक सास फेर्न गाह्रो भएको भन्दै कराई रहेका फ्लोएडलाई अचेत अवस्थामा अस्पातल पुर्याए पछि ४६ बर्षीय उनलाई मृत घोषित गरिएको थियो ।

     

  • भारतबाट फर्किदा बाटोमै मृत्यु भएका पुरुषमा कोरोना पुष्टि

    भारतबाट फर्किदा बाटोमै मृत्यु भएका पुरुषमा कोरोना पुष्टि

    काठमाडौं । भारतबाट अर्घाखाँची फर्किदै गर्दा बाटोमै मृत्यु भएका एक युवकमा कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको छ ।

    भारतको गुजरातबाट फर्किदै गर्दा कपिलवस्तुको कृष्णनगर सीमा नजिकै मृत्यु भएका पुरुषमा कोरोना भएको पुष्टि भएको स्रोतले जनाएको छ ।

    अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नम्बर ९ का ३५ वर्षीय पुरुषको बाटोमा ज्यान गएको थियो ।

    बसमा सवार भएर आएका उनको अत्यधिक बन्ता गरेका कारण बोल्न नसक्ने अवस्थामा थिए। भारतवाट दुईवटा बस रिर्जभ गरेर आइतवार उनीसहित ९१ जना नेपाल प्रवेश गरेका थिए।

    उनको कपिलवस्तु ल्याएर पोस्टमाटम गरिएको थियो । त्यहीँबाट स्वाब निकालेर कोरोना परीक्षणका लागि भैरहवा जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।

    भैरहवा जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणबाट उनमा कोरोना संक्रमण पुष्टि भएको अस्पताल स्रोतले जनाएको हो ।

  • सय बर्ष नाघेकाले कोरोनालाई परास्त गर्ने क्रम जारी : अर्को १ सय ११ वर्षीया बृद्धाले जितिन कोरोना

    सय बर्ष नाघेकाले कोरोनालाई परास्त गर्ने क्रम जारी : अर्को १ सय ११ वर्षीया बृद्धाले जितिन कोरोना

    कोरोना संक्रमणको कारण ५ महिना भित्र विश्वमा ३ लाख ५७ हजार मानिसको मृत्‍यु  भै सकेको छ भने मृतकको ३० प्रतिशत हिस्सा अमेरिका एक्लैले बोकेको छ ।विश्वभर ५८ लाख संक्रमित मध्ये २५ लाख सञ्चो भई सामान्य जिवनमा फर्कि सकेका छन् । सञ्चो भएर फर्किएका मध्ये हालै दक्षिण अमेरिकी मुलुक चिलीकी एक १ सय ११ बर्षीया बृद्धाले कोरोनालाई जित्न सफल भएकी छिन् । जुआना जुनिगा नामको बृद्धा जो राजधानी सान्टायागोको एक बृद्धा आश्रम (केयर होम) मा बसोबास गर्थिन् । उनी चिलीमा कोरोना जित्ने सबैभन्दा बृद्धा नागरिक बनेकी छिन्  ।

    कोरोना संक्रमण हुनु भन्दा पहिलादेखि नै श्वासप्रश्वास सम्बन्धि रोगसँग सामना गरीरहेकी जुनिगालाई कोरोना संक्रमण पछि खासै थप प्रभाव नपरेको र कोरोनाको लक्षण पनि नदेखिएको उनी बस्दै आएको केयर होमकी एक निर्देशकले बताएकी छिन् ।  “उनलाई कोरोनाको खासै लक्षण देखिएन ।  सिर्फ हलुका ज्वरो मात्र देखियो” केयर होमकी डाईरेक्टर मरिया पाज सोर्दोले बताएकी छिन् । जुनिगालाई कोरोना संक्रमण पोजेटिभ देखिए पछि २८ दिनसम्म छुट्टै आईसोलेशनमा राखिएको थियो । उनी गत मेई १० तारिख कोरोना मुक्त भएको घोषणा गरिएको थियो । जीवनभर अबिवाहित जुनिगा पुन केयर होममा फर्किएकी छिन् ।  

    यस अगाडि स्पेनकी १ सय १३ बर्षीया मरिया ब्रानयास नामकी एक बृद्धाले पनि कोरोनालाई परास्त गरेर सामान्य जीवनमा फर्किएकी थिईन् ।  

    श्रोत : डेली मेल

  • १४ खर्ब ७४ अर्ब ६४ करोड बजेट विनियोजन

    १४ खर्ब ७४ अर्ब ६४ करोड बजेट विनियोजन

    काठमाडौं । सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ।

    संघीय प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आवको लागि उक्त परिमाणको बजेट विनियोजन गरेको जानकारी दिएका हुन्।

    कुल विनियोजनमध्ये चालूतर्फ ९ खर्ब ४८ अर्ब ९४ करोड अर्थात् ६४.४ प्रतिशत, पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड अर्थात् २३.९ प्रतिशत र वित्तीय व्यवस्थातर्फ १ खर्ब ७२ अर्ब ७९ करोड अर्थात् ११.७ प्रतिशत रहेको छ।

    आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये राजस्वबाट ८ खर्ब ८९ अर्ब ६२ करोड र वैदेशिक अनुदानबाट ६० अर्ब ५२ करोड व्यहोर्दा ५ खर्ब २४ अर्ब ५० करोड न्यून हुने मन्त्री खतिवडाले जानकारी दिए।

    उनका अनुसार सो न्यूनपूर्ति गर्न वैदेशिक ऋणबाट २ खर्ब ९९ अर्ब ५० करोड ऋण जुटाइनेछ।

    राजस्व परिचालन र वैदेशिक अनुदान तथा ऋण सहायता परिचालन गर्दा पनि नपुग हुने खुद २ खर्ब २५ अर्ब आन्तरिक ऋणबाट व्यहोरिने मन्त्री खतिवडाले बताए।

    अर्थमन्त्री डा. खतिवडाले अर्थमन्त्रीका रुपमा लगातार तेस्रो बजेट ल्याएका हुन्। चालू आर्थिक वर्षका लागि उनले गत वर्ष १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख विनियोजन गरेका थिए। जसमध्ये चालूतर्फ ९ खर्ब ५७ अर्ब १० करोड १४ लाख (६२.४ प्रतिशत), पुँजीगततर्फ ४ खर्ब ८ अर्ब ५९ लाख (२६.६ प्रतिशत) र वित्तीय व्यवस्थातर्फ १ खर्ब ६७ अर्ब ८५ करोड ९८ लाख (११ प्रतिशत) विनियोजन गरिएको थियो।

  • नेपालमा कोरोना संक्रमितको संख्या १ हजार नाघ्यो

    नेपालमा कोरोना संक्रमितको संख्या १ हजार नाघ्यो

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १५६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार देशको विभिन्न ठाँउमा रहेको प्रयोगशालामा गरिएको परीक्षणमा संक्रमितको संख्या थपिएको हो ।

    देवकोटाका अनुसार बिहीबार दैलेख ८, कैलाली २, दार्चुला १, स्याङ्जा ३, नवलपुर १, धनुषा २९, महोत्तरी १७, सप्तरी १४, मकवानपुर १, बर्दिया ३, बाँके १, झापा २५, सर्लाही ७, सिरहा ६, रौतहट २०, दोलखा २, सोलुखुम्बु १, बझाङ १ र सुर्खेतमा १३ संक्रमित थपिएका हुन्।

    योसँगै नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या १ हजार ४२ पुगेको छ। अहिलेसम्म ५ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् भने १८७ जना निको भएका छन्।

    यो सहित नेपालमा कुल संक्रमितको संख्या १ हजार ४२ पुगेको छ ।

  • कोराना महामारी: कस्तो छ सार्क राष्ट्रको अवस्था ?

    कोराना महामारी: कस्तो छ सार्क राष्ट्रको अवस्था ?

    काठमाडौं । नेपालमा बुधबारसम्म स्वास्थ्य मन्त्रालयले पुष्टि गरे अनुसार ८ सय ८६ जनामा संक्रमण देखिएको छ । बुधबार एकैदिन १ सय १४ जनामा संक्रमण देखिएको थियो। अहिलेसम्म ४७ जिल्लामा संक्रमण देखिइसकेको छ।

    त्यस्तै, १ सय ८३ जना संक्रमणमुक्त भइसकेका छन् भने ४ जनाको भने मृत्यु भएको छ। सार्कदेशमा देखिएको संक्रमण सबैभन्दा कम भुटानमा रहेको छ । भुटानमा संक्रमितको संख्या २८ पुगेको छ। उपचारपछि निको हुनेको संख्या ६ छ।

    सबैभन्दा धेरै भारत रहेको छ । भारतमा कोरोना संक्रमितको संख्या १ लाख ५८ हजार ८६ पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या ४ हजार ५ सय ३४ पुगेको छ। भारतमा हालसम्म ६७ हजार ७ सय ४९ संक्रमित संक्रमणमुक्त भएका छन्।

    पाकिस्तानमा हालसम्म ५९ हजार १ सय ५१ जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा १ हजार २ सय २५ जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म १९ हजार १ सय ४२ जना उपचारपछि निको भएका छन्।

    श्रीलंकामा संक्रमितको संख्या १ हजार ४ सय ६९ छ। संक्रमणपछि मृत्यु हुनेको संख्या १० छ भने निको हुनेको संख्या ७३२ छ।

    बंगलादेशमा कोरोना संक्रमितको संख्या ३८ हजार २ सय ९२ पुगेको छ। बंगलादेशमा हालसम्म ५ सय ४४ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा ७ हजा ९ सय २५ छ।

    अफगानिस्तानमा संक्रमितको संख्या १२ हजार ४ सय ५६ पुगेको छ। अफगानिस्तानमा २ सय २७ जनाको मृत्यु भइसकेको छ भने १ हजार १ सय ३८ जना उपचारपछि निको भएका छन्।

    माल्दिभ्समा संक्रमितको संख्या १ हजार ४ सय ५७ छ। मृत्यु हुनेको संख्या ५ छ भने उपचारपछि निको हुनेको संख्या १९७ पुगेको छ।

  • प्रदेश २ : धनुषाका २९ सहित थप ७६ जनामा कोरोना संक्रमण पुष्टि

    प्रदेश २ : धनुषाका २९ सहित थप ७६ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । प्रदेश दुईका थप ७४ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ।

    स्वास्थ्य निर्देशनालयका वरिष्ठ प्रशासकीय अधिकृत विजय झाले आज बिहान थप ७४ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन्।

    वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सबैभन्दा धेरै धनुषाका २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    थपिएका संक्रमितहरूमा धनुषाका २९, महोत्तरीका १७, सप्तरीका १४ सर्लाहीका ७, सिरहाका ६ र रौतहटका ३ जना रहेका छन्।

  • २४१ कैदीको सजाय मिनाहा

    २४१ कैदीको सजाय मिनाहा

    काठमाडौं । आज सरकारले २४१ जना कैदीको कैद सजाय मिनाह गरिदिएको छ । गणतन्त्र दिवसको अवसरमा २ सय ३३ जना कैदीको कैद सजाय मिनाहा र आठ जना व्यक्तिको कैद, दण्ड जरिवाना, विगो, सर्वस्वलगायत सजायँ माफ गरिएको हो । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट कैद सजायँ मिनाहा तथा दण्ड जरिवाना माफी दिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

    रामबहादुर भन्ने रमेश विश्वकर्मासमेत २३३ जना कैदीको बाँकी कैद सजायँ माफी मिनाहा गरिएको हो । कपिल देव साह कानूसमेत आठ जना व्यक्तिहरुलाई बिभिन्न अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायबाट बिभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको कैद, दण्ड, जरिवाना, विगो, सर्वस्वलगायतको सजाय माफी भएको कार्यालयको विज्ञप्तीमा उल्लेख छ ।

    गणतन्त्र दिवसका उपलक्ष्यमा कैद अवस्थामा रहँदा असल व्यवहार देखाउने र ५० प्रतिशतभन्दा बढी कैद सजाय भुक्तानी गरिसकेको मध्येबाट सजाय माफ गर्ने प्रावधान रहेको छ । आज नेपाल तथा विदेशमा रहने नेपालीले समेत गणतन्त्र दिवस मनाउँदैछन्

  • कोरोना निस्तेज पार्न न्युयोर्क प्रहरीको हजारौं गाडी एक सय तेत्तिस डिग्री तातोमा सेकिंदै

    कोरोना निस्तेज पार्न न्युयोर्क प्रहरीको हजारौं गाडी एक सय तेत्तिस डिग्री तातोमा सेकिंदै

    न्युयोर्क

    कोरोना महामारीको कारण दिन रात सुरक्षामा खाटिनु पर्ने प्रहरीले प्रयोग गर्ने हजारौं गाडीलाई भाइरस निस्क्रामण कसरी बनाउने भन्ने चुनौती बीच गाडी निर्माण कम्पनी स्वयमले सफ्टवेर निर्माण गरेर भाइरस निस्क्रामक गर्ने भएको छ । न्युयोर्क प्रहरी डिपार्ट्मेन्ट्ले आफुले प्रयोग गर्दै आएको हजारौं फोर्डका गाडीलाई भाईरस निस्तेज बनाउनको लागि फोर्ड गाडी निर्माण कम्पनीलाई अनुरोध गरेको थियो । प्रहरी डिपार्टमेन्टको अनुरोध पछि फोर्ड गाडी निर्माण कम्पनीले सफ्टवेर मार्फत गाडी भित्र भएको भाईरसलाई अत्याधिक तापक्रम     प्रवाह गरेर पोल्ने प्रबिधि बिकास गर्ने कम्पनीले बुधबार बताएको छ । नयाँ सफ्टवेरबाट न्युयोर्क प्रहरीका फोर्ड एक्सप्लोरर एसयूभी गाडीले भित्रको तापक्रम १५ मिनेटसम्म १ सय ३३ डिग्री फरेनहाईट्स कायम गरेर गाडी तताउँदा कोरोना भाईरस लगायतका ९९ प्रतिशत किटाणू मर्ने बुधबार गाडी कम्पनीले बताएको छ । न्युयोर्क प्रहरीसँग १० हजार वटा फोर्डका गाडी छन् । 

    न्युयोर्क प्रहरीसँग भएको नयाँ भर्सनको गाडीमा क्रुज कन्ट्रोल बटम प्रयोग गरेर १ सय ३३ डिग्री पुर्याउने सक्ने पनि कम्पनीले बताएका छ । सन् २०१३ देखि २०१५ मोडलका गाडीमा भने प्राबिधिक मार्फत एसयूभी गाडीको ईलोक्ट्रोनिक डाइग्नोष्ट पोर्ट जडान गरिने छ । गाडी तताएर भाईरस लगायतका जिवाणु मार्ने प्रबिधि सुरु गर्ने बित्तिकै गाडी भित्रबाट मान्छे बाहिर निस्किनु पर्ने छ । त्यसपछि गाडीका ढोकाहरु स्वचालित रुपमा बन्द हुने छन् । गाडीको ईन्जिन असामान्य रुपमा २ हजार आरपिएममा चल्ने छ । ईन्जिनको कुलेन्ट तात्ने छ र त्यो तातो गाडीको क्याबिनमा सर्ने छ । १५ मिनेटसम्म तापक्रम लगातार बृद्धी हुनेछ र १५ मिनेट पछि गाडी भित्रको तापक्रम स्वचालित रुपमा घटदै जानेछ । त्यसपछि एयर कन्डिसन स्वचालित रुपमा खुलेर गाडी चिसो हुन सुरु गर्दछ  ।  

    गाडीलाई हरेक समय डिसईन्फ्याक्ट प्रयोग गरेर सफा गर्दा गाडी भित्रको सबै भाग सफा नहुने र झन्झटिलो पनि हुने हुँदा फोर्डको नयाँ प्रयोगले गाडी भित्रको सम्पूर्ण भागको भाईरस मर्ने दाबी छ । १ सय ३३ डिग्री तापक्रमले गाडी भित्रको कुनै पनि पाटपुर्जामा खराबी नआउने पनि बताईएको छ । गाडी कम्पनीले सुरुमा अमेरिका भरका प्रहरीले प्रयोग गर्ने फोर्ड गाडीलाई यो सफ्टवेर दिने र प्रहरीको एसयुभिलाई मात्र उपलब्ध गराउने जनाएको छ । प्रहरीले प्रयोग गर्ने एसयुभिबाट सुरु गरेर फोर्डका अन्य उत्पादनलाई समेत सफ्टवेर दिने बताईएको छ ।  

    समाचार श्रोत : एजेन्सी

  • नेपालमा एक दिनमा अहिलेसम्म कै धेरै सङ्क्रमित भेटिए, कुल बिरामी ९ सयभन्दा माथि

    नेपालमा एक दिनमा अहिलेसम्म कै धेरै सङ्क्रमित भेटिए, कुल बिरामी ९ सयभन्दा माथि

    काठमाडौं । नेपालमा बुधबार सर्वाधिक सङ्ख्यामा कोरोना सङ्क्रमित पुष्टि भएको छ । बुधबार एकैदिन १२९ जनामा कोरोना (कोभिड-१९) पुष्टि भएको हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, धरान, विराटनगर, पोखरा, हेटौंडा, दाङ, पोखरा र सुर्खेतमा गरिएको परीक्षणमा एकैदिन उक्त संख्‍यामा कोरोनाका बिरामी भेटिएका हुन् । बुधबार थपिएको सङ्ख्यासँगै नेपालमा कुल संक्रमित संख्या ९०१ पुगेको छ ।

    मन्त्रालयको तथ्यांक अनुसार धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ११ जनामा पोजेटिभ देखियो । उनीहरु सबै सप्तरीका हुन् ।

    कोसी अस्पतालमा गरिएको परीक्षणमा झापाका १७ जनामा कोरोना पोजेटिभ देखियो । हेटौंडामा भएको परीक्षणमा रौतहटका ७ सहित ८ जनामा कोरोना पोजेटिभ देखिएको मन्त्रालयले उल्लेख गरेको छ ।

    पोखरामा भएको परीक्षणमा बागलुङका ४ जनामा पोजेटिभ देखियो । दाङमा भएको परीक्षणमा रुकुम पूर्वका ३, दाङका १५ गरी १८ जनामा कोरोना देखियो ।

    भेरी अस्पतालमा भएको परीक्षणमा १६ जना पोजेटिभ देखियो । काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ३८ जनाको पोजेटिभ रिपोर्ट आएको छ ।

    बुधबार कर्णालीमा पनि १५ जनामा कोरोना पुष्टि भएको छ । वीरेन्द्रनगरको प्रयोगशालामा भएको परीक्षणबाट १५ जनामा पोजेटिभ देखिएको हो

  • भारत चीन सिमा बिबादमा बोले ट्रम्प

    भारत चीन सिमा बिबादमा बोले ट्रम्प

    न्युयोर्क      

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत चीन सिमा बिबादमा बोलेका छन् । ट्रम्पले आफ्नो ब्यक्तिगत ट्विटर एकाउन्ट मार्फत अमेरिका भारत – चीन बीचमा चलिरहेको सिमा बिबादमा अमेरिका मध्यस्थता गर्न तयार रहेको भन्दै लेखेका छन् । ट्रम्पले बुधबार बिहान आफ्नो  ट्विटरमा लेखेका छन्; “हामीले चीन र भारत दुबैलाई जानकारी गराई सकेका छौं कि अमेरिका उनीहरु बीचको सिमा बिबादमा मध्यस्तता गर्न तयार इच्छुक र सक्षम रहेको छ । धन्यवाद” । पछिल्ला समय भारतको आफ्नो छिमेकी मुलुकहरुसँग सिमा बिबाद बढदै गएको छ ।

    यस अगाडि राष्ट्रपति ट्रम्पले नेपाल भारत सिमा बिबाद अन्तर्गत लिम्पियाधुरा, लिपुलेक   र कालापानीको बिषयमा नेपालको पक्षमा लेखेको भन्दै “फोटो सप’ बाट तयार पारीएको ट्रम्पको नक्कली ट्विट्     विश्वभरको नेपाली माझ सामाजिक संजालमा फैलिएको थियो । ट्रम्प दिनभर जसो ट्विटर ब्यस्त रहने गर्दछन् ।

  • रुकुम घटनामा हराइरहेका तीन मध्ये एक जनाको शव फेला

    रुकुम घटनामा हराइरहेका तीन मध्ये एक जनाको शव फेला

    रुकुम । पश्चिम रुकुमको चौरजहारी ८ सोतीमा घटेको घटनामा हराइरहेका तीन जना मध्ये एक जनाको शव बुधबार फेला परेको छ । जाजरकोटको भेरी नगरपालिका ११ कुदुका लोकेन्द्र सुनारको शव भेरी नदीको किनारमा फेला परेको प्रहरीले पुष्टी गरेको छ । उनको शव घटनास्थलबाट करिब १० किलोमिटर तल कुदु भन्ने स्थानमा फेला परेको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार मृतकका परिवार र आफन्तले लोकेन्द्रको शव फेला पारेका हुन् ।

    अब रुकुम पश्चिममा भएको मानवीय नरसंहारमा ज्यान गुमाउनेको संख्या चार पुगेको छ । भेरी नगरपालिका ४ का नवराज विक र गणेश बुढा र चौरजहारीका टीकाराम सुनारको यस घटनामा ज्यान गइसकेको छ । भेरी नगरपालिका वडा नम्वर ११ का गोविन्द शाही र वडा नम्बर ४ का सन्दीप विक भने अझै हराइरहेका छन् ।

    प्रहरीले बुधबारबाट गोताखोर परिचालन गरी खोजी शुरु गरेको छ । जाजरकोटको भेरी नगरपालिका ४ का नवराज विक आफ्नी प्रेमिकालाई भगाउन रुकुमको चौरजहारी नगरपालिका वडा नम्बर ८ सोती गएको बेला स्थानीयको आक्रमणमा परेका थिए । उनीहरु १९ जनाको टोलीमा थिए । ज्यान जोगाउन नवराजसहित युवाहरु भेरी नदीमा हाम फालेका थिए । घटनामा प्रहरीले १२ जनालाई पक्राउ गरिसकेको छ ।

    (photo:The Kathmandu Post)

  • न्युयोर्कका बिद्यालयमा पढ्ने विद्यार्थीलाई प्रति महिना ४२० डलरको कार्ड घर घरमा आउँदै

    न्युयोर्कका बिद्यालयमा पढ्ने विद्यार्थीलाई प्रति महिना ४२० डलरको कार्ड घर घरमा आउँदै

    न्युयोर्क

    जुन महिनादेखि न्युयोर्क सहरमा आबद्ध विद्यार्थीका परिवारले प्रति महिना ४ सय २० डलरको फुड कार्ड प्राप्त गर्ने भएका छन् ।  बिद्यालय बन्द रहेको अवस्थामा बच्चाहरुको खानामा मद्धत गर्ने उदेश्यले उक्त फुड कार्ड उपलब्ध गराउन लागेको जनाएको छ । प्रति दिन ५ डलर ७० सेन्टको दरमा बिद्यालय बन्द भएको मिति मार्च १६ देखि यो बर्षको बिद्यालय क्यालेन्डरको मितिसम्म हिसाब गरेर  फुड कार्ड हरेक विद्यार्थीको ठेगानामा आउने छ ।

    यो सुबिधा प्राप्त गर्न कुनै पनि नयाँ दरखास्त दिनु पर्ने छैन । सुबिधा बिद्यालयमा भएको विद्यार्थीको अभिलेख अनुसार आउने छ । न्युयोर्क शहरमा अध्यनरत करिब ११ लाख विद्यार्थीलाई न्युयोर्क सिटी प्रशासनले नि:शुल्क खाना उपलब्ध गराउँदै आएको छ । यो कार्यक्रम अन्तर्गत करिव ११ लाख विद्यार्थीले यो रकम प्राप्त गर्ने छन् भने ८८ करोड अमेरिकी डलर पेण्डामिक ईलोक्ट्रोनिक बेनिफिट ट्रान्सफर कार्यक्रम अन्तर्गत रकम बिनियोजन हुने छ ।

  • नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १८३ पुग्यो

    नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १८३ पुग्यो

    काठमाडौं । नेपालमा थप ७ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् ।

    स्वास्थ्य मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले दिएका जानाकारी अनुसार पछिल्लो पटक कोशी अस्तपालका बाट ४ जना र बाँकेको शुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट ३ जना डिस्चार्ज भएका हुन् ।

    यो सहित कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या १८३ पुगेको छ। यसअघि नारायणी अस्पतालबाट २१ जना डिस्चार्ज भएका थिए।

    नेपालमा कुल संक्रमितको संख्या ८८६ पुगेको छ। कुल संक्रमितमध्ये हालसम्म नेपालमा ४ जनाको मृत्यु भएको छ।

  • नेपालमा एकै दिन थपिए सर्वाधिक संक्रमित, कुल संक्रमण ८८६ मा

    नेपालमा एकै दिन थपिए सर्वाधिक संक्रमित, कुल संक्रमण ८८६ मा

    काठमाडौं । नेपालमा थप ११४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार देशका विभिन्न जिल्लामा गरी ११४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।

    यो सहित नेपालमा कुल संक्रमितको संख्या ८८६ पुगेको छ। एकैपटक यतिधेरै संख्यामा नेपालमा कोरोना संक्रमित थपिएको यो नै पहिलो पटक हो।

    मंगलबार मात्रै देशभर ९० जना कोरोना संक्रमित थपिएका थिए। भारतमा अड्किएका नेपाली दिनको हजारौँका दरले आउन थालेपछि कोरोना संक्रमित पनि तीव्रगतिमा बढेका हुन्। भारतले रेल सेवा सञ्‍चालन गरेर त्यहाँ रहेका नेपालीलाई सीमा क्षेत्रमा ल्याएर छाडिदिने गरेको छ।

    कुल संक्रमितमध्ये हालसम्म नेपालमा ४ जनाको मृत्यु भएको छ। संक्रमितमध्ये १८३ जना उपचारपछि निको भएका छन्।

  • स्वास्थ्य मन्त्री काममा फर्किए, पिसिआर रिपोर्ट नेगेटिभ

    स्वास्थ्य मन्त्री काममा फर्किए, पिसिआर रिपोर्ट नेगेटिभ

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ। उनले महाराजगञ्‍जस्थित शिक्षण अस्पतालमा भर्ना भएका एकजना कोरोना संक्रमितलाई भेटेका थिए । बिरामीमा कोरोना संक्रमण पुष्टी भएपछि मन्त्री ढकाल होम क्‍वारेन्टाइनमा थिए । उनको मंगलबार कोरोना परीक्षण गरिएको छ । जसमा रिपोर्ट नेगेटिभ आएको छ । त्यसपछि भने उनी मंगलबार नै काममा फर्किए ।

    मन्त्री ढकाललाई कोरोना संक्रमणको आशंकामा मंगलबार बिहान स्वाव परीक्षण गरिएको थियो। पिसिआर विधिबाट गरिएको परीक्षण नेगेटिभ आएको मन्त्रालयले स्रोतले जानकारी दिएको छ ।

  • जापानले कोरोना संक्रमणको राष्ट्रिय संकटकाल हटायो

    जापानले कोरोना संक्रमणको राष्ट्रिय संकटकाल हटायो

    टोकियो

    जापानमा कोरोना भाईरस पछि लगाईएको संकटकाल अन्त्य गरिएको छ । प्रधानमन्त्री मन्त्री सिन्जो अबेले ८ सय ५१ जनाको मृत्‍यु पछि जापानमा लगाइएको राष्ट्रिय संकटकाल हटाईएको घोषणा गरेका छन् । जापानमा राष्ट्रिय संकटकाल लगाईए पनि लकडाउन बिना नै कोरोना नियन्त्रण गरिएको थियो ।  

    सोमबार पत्रकार सम्मेलनमा प्रधानमन्त्री अबेले भने; “मैले राष्ट्रिय संकटकालको अन्त्य गर्ने निर्णय गरे । एक महिना आधामा हामीले संक्रमणलाई नियन्त्रण गर्न सफल भयो र लगभग परिस्थिती नियन्त्रणमा आयो” पत्रकार सम्मेलनमा प्रधानमन्त्री अबेले थपे; “संकटकाल हटाईए पनि भाईरससँगको हाम्रो लडाईं निरन्तर जारी नै छ । जापानबासी सबैले नियमित रुपमा सामाजिक दुरी कायम गर्नु पर्ने छ” ।

    जापानमा सोमबारसम्म १६ हजार ६ सय २८ जना संक्रमित भएर १३ हजार ६ सय १२ जना निको भएका छन् भने ८ सय ५१ जनाको ज्यान गएको छ । एक करोड ४० लाख मानिस बसोबास गर्ने राजाधानी टोकियो कोरोना संक्रमणको केन्द्र बनेको थियो ।  टोकियोमा सोमबार जम्मा ८ वटा नयाँ संक्रमण देखिएको जनाईएको छ । संकटकाल हटाईए पनि सरकारी स्वास्थ  अधिकारिहरुले जनतालाई मास्क लगाएर हिंड्न सामाजिक दुरी कायम गर्न र सम्भव भएसम्म घरमा नै बसेर काम गर्न प्रोत्साहन गरी रहेका छन् ।

  • दुई महिना पछि न्युयोर्क शेयर बजार खुल्यो

    दुई महिना पछि न्युयोर्क शेयर बजार खुल्यो

    न्युयोर्क      

    झन्डै दुई महिना पछि न्युयोर्क शेयर बजार मंगलवार खुलेको छ । कोरोना महामारीले लामो समयदेखि बन्द रहेको न्युयोर्क शेयर बजार मंगलवार खुले पछिको पहिलो घण्टी गभर्नर कुमो र न्युयोर्क शेयर बजारकी अध्यक्ष स्ट्यासी कुनिङ्घमले बजाएका थिए ।  न्युयोर्क सेयर बजार कोरोना महामारी पछि गत मार्च २३ तारिगदेखि बन्द थियो ।  

    कोरोना भाईरसका कारण देशमा एक लाखको मृत्‍यु पछि खुलेको न्युयोर्क सेयर बजारको बिषयमा खुसी हुँदै राष्ट्रपति ट्रम्पले ट्विट् गर्दै भनेका छँन्; ‘सेयर बजारमा ठुलो बृद्धि भयो । अब सबै राज्यहरु जति सक्दो चाँडो खुल्न्नु पर्छ । लत माथि हुँदै गर्छ’ । दुई महिना पछि खुलेको सेयर बजारको मंगलवारको सुरुवाती कारोबारमा एस एण्ड पि पाँच सय प्वाईन्टले बृद्धि भयो । यो बृद्धि पछाल्लो ३ महिना कै उच्क हो । डो जोन ईन्डस्ट्रियल एभरेजमा ३ सय १६ दशमलब ६८ प्वाईन्टले बृद्धि भयो भने नास्डाकमा १ सय ७६ दशमलब ८४ प्वाईन्टले बृद्धि भयो ।

  • मिनियापोलिसमा एक श्वेत प्रहरीले अश्वेत मानिसलाई भुँईमा लडाएर घुँडाले गर्धन थिचेपछि मृत्‍यु (डरलाग्दो भिडियो)

    मिनियापोलिसमा एक श्वेत प्रहरीले अश्वेत मानिसलाई भुँईमा लडाएर घुँडाले गर्धन थिचेपछि मृत्‍यु (डरलाग्दो भिडियो)

    न्युयोर्क

    मिनियापोलिसस्थित एक श्वेत प्रहरीले अश्वेत मानिसलाई भुँईमा सुताएर गर्धनमा घुँडाले कुल्चिएको र ती अस्वेत मानिसको निसास्सिएर मृत्‍यु भएको हृदयबिदारक एक भिडियो बाहिरिएको छ । उक्त दिमाग खल्बलिने भिडियो मिनियापोलिसस्थित सोमबार खिचिएको ‘डेली मेल’ लेखेको छ ।  

    ती अश्वेत मानिसको मृत्‍यु पछि घटनामा संलग्न प्रहरी अधिकृतहरुलाई बिदामा राखिएको जनाईएको छ । घटनाको बारेमा फेडरल ईन्भेस्टिगेसन ब्युरो एफबिआईले अनुसन्धान गरी रहेको ‘डेली मेल’ले जनाएको छ । सोमबार ती मानिसको मृत्‍यु पछि मिनियापोलिस प्रहरी डिपार्टमेन्टले एक बिज्ञप्ती प्रकाशित गर्दै घटनाको पुष्टी गरेको थियो । प्रहरीले आफ्नो बिज्ञप्तीमा भनेको छ; “ती ब्यक्तीलाई प्रहरीले गाडीबाट बाहिर निस्कन आदेश दिए पछि ती ब्यक्ती बाहिर निस्किएर प्रहरी अधिकृतसँग प्रतिरोध गर्दै थिए । पछि प्रहरीले हत्कडी लगाउन सफल भएको र पछि उनमा स्वास्थ्य सम्बन्धि समस्यामा परेको देखिएको थियो”।

    भिडियोमा प्रहरीले घुँडाले गर्धनमा थिचेपछि मृतकले सास फेर्न नसकेको भनिरहेको देखिएको छ । ती ब्यक्तीलाई हेन्निपिन काउन्टी मेडिकल सेन्टरमा मृत्‍यु घोषित गरिएको थियो । उक्त घटनाको भिडियो ब्रेस्ट्याण्डर डार्नेला फ्राजिरले खिचेर आफ्नो फेसबुकमा हालेका थिए ।
    https://youtu.be/oMe-lEpPPcI

  • २४ घण्टामा ९० जनामा कोरोना, अब नेपालमा ७७२ पुग्यो संक्रमण

    २४ घण्टामा ९० जनामा कोरोना, अब नेपालमा ७७२ पुग्यो संक्रमण

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ९० जनामा संक्रमण थपिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको पुष्टी गरेको हो । अब नेपालमा कुल संक्रमित ७७२ पुगेको छ ।
    स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिएको जानकारीअनुसार महत्तरीका २, बारामा कार्यरत जुम्लाका२, बाराका ३, रौतहटका २२, सिरहाका ५, धनुषाका १, बाँकेका ८, कपिलवस्तुका २६, अर्घाखाँचीका २, गुल्मीका २, रूपन्देहीका १, कैलालीका १, अछामका १, स्याङ्जाका २ र सुर्खेतका १२ जना कोरोना संक्रमित थपिएका हुन्।

    ४ जनाको मृत्यु भएको छ। १५५ जना संक्रमित निको भएर घर फर्किएका छन्।

  • गुल्मीको धुर्कोटमा जनप्रतिनिधीलाई देखियो कोरोना

    गुल्मीको धुर्कोटमा जनप्रतिनिधीलाई देखियो कोरोना

    गुल्मी । गुल्मीमा एक जना जनप्रतिनिधिमा कोरोना पुष्टी भएको छ । गुल्मीको धुर्कोट गाउँपालिकाका जनप्रतिनिधिमा कोरोना पुष्टी भएको हो ।

    गुल्मीमा सोमबार दुई जनामा कोरोना पुष्टी भएको थियो । त्यसमध्ये एक गाउँपालिकाका जनप्रतिनिधि र अर्को एक जना भारतबाट आएर क्वारेन्टाइनमा बसेका व्यक्ति भएको जिल्ला प्रशासन कार्यालयका एक अधिकारीले पुष्टी गरे । जनप्रतिनि सरकारी निवासमा बस्दै आएको र सोही स्थानमा सुरक्षित रहेको बताइएको छ ।

    स्वास्थ्य अवस्था समेत उनको सामान्य रहेको बताइएको छ । अहिले ति जनप्रतिनिधिले भेटेका मानिसको पहिचान गरी कोरोना संकलनका लागि नमुना लैजाने काम भइरहेको छ ।

    सोमबार प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा भएको परीक्षणमा गुल्मीको धुर्कोटमा दुई जनामा कोरोना देखिएको थियो । गुल्मीका कुल ४ जनामा कोरोना देखिएकोमा एक जनाको ज्यान गएको छ ।

  • कर्णालीमा थपिए नयाँ संक्रमित : सुर्खेतका  १२ जनामा कोरोना

    कर्णालीमा थपिए नयाँ संक्रमित : सुर्खेतका १२ जनामा कोरोना

    काठमाडौं । सुर्खेतमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार बिहान थप पुष्टि भएसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २३ पुगेको छ ।

    थपिएका संक्रमित मध्ये ८ जना वीरेन्द्रनगर नगरपालिका, भेरीगंगा-८ का २ जना र २ जना सिम्ता गाउँपालिकाका रहेको सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशको स्वास्थ्य सेवा महाशाखा विज्ञप्तिमा जनाईएको छ ।

    महाशाखाका प्रमुख डाक्टर लक्ष्मीनारायण तिवारीका अनुसार नयाँ थपिएका कोरोना संक्रमित सुर्खेतका वीरेन्द्रनगर–१ का १६ वर्षीय पुरुष, वीरेन्द्रनगर–२ का ९ वर्षीय बालक, २०, ३२, ३६ वर्षीय पुरुषहरु र ३२ वर्षीया महिला छन् ।

    यस्तै वीरेन्द्रनगर– ३ का ४६ वर्षीय पुरुष र वीरेन्द्रनगर–६ का २६ वर्षीय पुरुष छन् ।

    यस्तै भेरीगंगा–८ का १६ र ७ वर्षीय पुरुष र सिम्ताका ३५ र ४९ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको महाशाखाले जनाएको छ ।
    योसँगै सुर्खेतमा संक्रमितको संक्रमितको संख्या १५ पुगेको छ भने कर्णाली प्रदेशमा २३ पुगेको मन्त्रालयले जनाएको छ ।

  • टिपरको ठक्करले ट्राफिक अधिकृतको मृत्यु, चालकले गरेका थिए मापसे

    टिपरको ठक्करले ट्राफिक अधिकृतको मृत्यु, चालकले गरेका थिए मापसे

    भक्तपुरमा टिपरको ठक्करले एक प्रहरी अधिकृतको ज्यान गएको छ । टिपरको ठक्करबाट ड्युटीमा खटिएका प्रहरी नायब निरीक्षक (सइ) निमबहादुर घर्ती मगरको ज्यान गएको हो ।

    टिपरको ठक्करले गम्भीर घाइते उनको उपचारका क्रममा नर्भिक अस्पतालमा मृत्यु भएको हो ।

    काठमाडौंबाट भक्तपुरतर्फ आउँदै गरेको बा ४ ख ४७०१ नम्बरको खाली टिपर र बा ४ ख ४३१८ नम्बरको टिपर अन्यन्त्रित भई एक आपसमा ठोक्किँदा ड्युटीमा खटिएका प्रहरीलाई समेत लागेको थियो ।

    प्रहरीले टिपरका चालक धादिङ थाक्रे बस्ने ४० वर्षीय राजेन्द्र प्याकुरेल र राजेश सैजुलाई नियन्त्रणमा लिएको छ। चालक सैजुले मापसे गरेको प्रहरीले जनाएको छ ।

    लकडाउनका बीचपनि विभिन्न आयोजनाका लागि टिपर चलाउने अनुमति दिइएको छ । तर, काठमाडौंमा खाली सडक भएका कारण अहिले सवारी साधनको गति अत्यधिक हुने गरेको छ । जसले दुर्घटना बढाएको छ ।

  • महामारी बीच नै अमेरिकाको दुई राज्यमा गोली प्रहारबाट एकै रात १४ को मृत्‍यु २४ घाईते

    महामारी बीच नै अमेरिकाको दुई राज्यमा गोली प्रहारबाट एकै रात १४ को मृत्‍यु २४ घाईते

    न्युयोर्क

    अमेरिकामा कोरोना महामारी जारी नै छ ।  दैनिक पाँच सयदेखि एक हजारको अनुपातमा मानिसहरुको मृत्‍यु भै रहेको छ ।  दैनिक हजारौ संक्रमित बढी रहेका छन् ।  कोरोना महामारीको संकट सुरु हुने बित्तिकै बन्दुक खरिद गर्न हतियार पसलमा भिड लागेको अमेरिकामा गोली प्रहारका समाचार पनि बढ्न थालिएको छ ।

    अमेरिकाको सेन्ट लुईस राज्यको मिजौरी क्षेत्रमा मेमोरियल डेको सप्ताहन्त आईतबार एकै रात भएको गोली प्रहारका फरक फरक घटनामा ५ जनाको मृत्‍यु भएको छ भने ९ जना भन्दा धेरै घाईते भएका छन् ।

    कोटी ब्रिइलान्टीको ५३०० ब्लकमा ३६ बर्षीय रोबर्ट क्यानोन राती ९ बजे तिर गोली लागेर  मृत अवस्थामा भेटिए । त्यसको ३० मिनेट पछि १५ बर्षीय मलिक भ्यालीलाई ईभान्सको ३९०० ब्लकमा गोली प्रहार भयो । घाईते अवस्थामा अस्पताल पुर्याइएका मलिकको केही समय पछि मृत्‍यु भएको थियो । केहीबेर अगाडिदेखि बन्दुकसँग खेली रहेका आफ्ना साथीहरुले पड्काएको गोली लागेर मलिकको मृत्‍यु भएको सेन्ट लुईस मेट्रोपोलिटन प्रहरी डिपार्टमेन्टले जनाएको छ ।  

    त्यसैदिन मध्यरात पछि अन्दाजी ५० बर्षको देखिने एक ब्यक्तीलाई गाडी चलाईरहेको अवस्थामा थुप्रै पटक गोली लाग्दा उनले अनियन्त्रित भई जेफ -भेण्डर -लु क्षेत्रको एक बिजुलीको पोलमा लगेर गाडी ठोकेर घाईते अवस्थामा भेटिएका थिए । पछि उपचारको क्रममा उनको मृत्‍यु अस्पतालमा भएको सेन्ट लुईस पोस्ट -डिस्प्याचले जनाएको छ ।  

    आईतबार बिहान साँढे तीन बजे सेन्ट लुईस डाऊन टाऊनमा २१ बर्षीय जेम्स ज्याक्सनको गोली प्रहारबाट हत्या गरियो । सोही घटनामा २२ बर्षीय अर्का एक ब्यक्ती गम्भिर घाईते भएर अस्पतालमा उपचारत छन् । गोली प्रहारको उक्त घटना सेन्ट लुईस डाऊन टाऊनको एक ग्यास स्टेसनमा घटेको थियो ।  

    आईतबार बिहानै सेन्ट लुईसस्थित होडियामोण्टको १३०० ब्लक नजिकै ४३ बर्षीय अर्को एक ब्यतीको गोली प्रहार गरी हत्या गरियो ।  

    सोही रात सेन्ट लुईस शहरको फरक फरक गोली प्रहारका घटनामा ७ जना घाईते भएका छन् ।  

    सेन्ट लुईसमात्र होईन सिकागोमा पनि यो सप्ताहन्त गोली प्रहारका थुप्रै घटना घटे । मेमोरियल डेको सप्ताहन्त सिकागोमा सोमबार बिहानसम्म ९ जनाको मृत्‍यु र १७ जना घाईते भएको समाचार छ ।

  • कोरोना महामारीमा यस्तो छ; अमेरिकाको आजको तस्बिर

    कोरोना महामारीमा यस्तो छ; अमेरिकाको आजको तस्बिर

    न्युयोर्क

    अमेरिकामा कोरोना संक्रमणबाट मृत्‍यु हुनेको संख्या १ लाख पुग्न अब केही सय मात्र बाँकी छ । जुन संख्या राष्ट्रपति डोनाल्ड ट्रम्पले कुनै बेला अनुमान गरेको मृतकको संख्याको दोब्बर हो । देश कै अग्रणी संचार माध्यम न्युयोर्क टाईम्सले आफ्नो आईतबारको अंकमा ‘हिसाब नगरिएको क्षति’ शिर्षक राखेर पहिलो पृष्‍ठमा  महामारीमा मृत्‍यु हुनेहरुको नामावली मात्रै छापेको छ जस्ले हरेक चेतनशिल मानबलाई एक पटक भावुक बनाउँदछ।

    अर्को तर्फ राष्ट्रपति डोनाल्ड ट्रम्पले कोभिड -१९ बाट मृत्‍युहुनेहरुलाई श्रद्धान्जली अर्पण गर्नका लागि देशभरका संघीय भवन र राष्ट्रिय सम्पदाहरुका झन्डा तीन दिनसम्म आधा झुकाउने आदेश दिएका छन् । जोन हप्किन्स युभर्सिटीका अनुसार सोमबारसम्म अमेरिकामा १६ लाख ५० संक्रमित र ९८ हजार ५ सयको मृत्‍यु भै सकेको छ । तर पनि राष्ट्रपति ट्रम्प अमेरिकालाई पूर्णरुपमा सुचारु गर्न निकै हतारिएका छन् । उनले सबै धर्मको पूजा पाठ गर्ने गिर्जाघर मस्जिद मन्दिरलाई अत्यावश्यक सेवा घोषणा गरी सकेका छन् । यद्यपी स्वास्थ सेवाका बिज्ञहरुले भवन भित्र भिडभाड गर्नु निकै खतरा हुने चेतावनी दिंदै आएका छन् । महाशक्ति राष्ट्रमा कोभिड महामारीले १ लाख हाराहारीमा मानिसको मृत्‍यु  हुँदा राष्ट्रपति ट्रम्प भने मेमोरियल डेको सप्ताहन्त पारेर गल्फ खेल्न ब्यस्त रहे ।  

    उता पूर्व उपरास्ट्रपति तथा राष्ट्रपति ट्रम्पका आगामी निर्वाचनका प्रतिस्पर्धी जो बाईडेनले भने “देशमा झन्डै एक लाख मानिसको मृत्‍यु  भएर मृतकको संख्या दिन दिनै बढदै गएको अवस्थामा देशको राष्ट्रपति भने गल्फ खेल्न ब्यस्त छ” भनेर ३० मिनेटको बिज्ञापन बनाएर ट्रम्पको खिल्ली उडाईरहेका छन् ।  

    सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले अमेरिकामा संक्रमण दरमा केही सुधार आए पनि जुनको १३ तारिखसम्म मृतकको संख्या १ लाख १० हजार नाघ्ने अनुमान गरिसकेको  छ ।  आईतबार एफडिए कमिस्नर स्टेफन हाङले ट्विटर मार्फत जानकारी दिंदै लेखेका छन्; “अमेरिकामा कोरोना रोकथाम भएको छैन । यो बिदादेखि देश खुल्न थाले पनि म फेरी पनि भन्छु कोरोना भाईरस अहिलेसम्म रोकथाम भएको छैन । आफु पनि सुरक्षित हुने र समुदायलाई पनि सुरक्षित राख्ने कुरा प्रत्येक ब्यक्ती आँफैमा निर्भर हुन्छ । सामाजिक दुरी कायम गर्ने, हात धुने र मास्क लगाउने कुराले हामी सबैलाई बचाउँदछ । यद्यपी राष्ट्रपति ट्रम्प आँफै मास्क लगाउदैन र राष्ट्रपति ट्रम्पलाई आफ्नो आदर्श मान्नेहरु पनि मास्क लगाएर सार्वजनिक स्थानमा जाँदा आफ्नो साख गिर्ने ठान्दछन । हजारौं भेला भएर गरिने पुल पार्टी र ब्लक पार्टीहरु सुरु भै सकेका छन् । साउथ क्यरोलिनाको एक शहरमा आयोजित एक ब्लक पार्टीमा त शनिबार गोली हना हान भएर दुई जनाको मृत्‍यु  समेत भएको खबर छ” ।  

    मेमोरियल डे मनाउन उत्साहित अमेरिकी र राष्ट्रपति ट्रम्पको अमेरिका खोल्ने हतारो बीच २४ तारिख आईतबार वासिङ्टन पोस्टले कसरी १०२ बर्ष अगाडि विश्वमा ५ करोड मान्छे मारेको ‘स्प्यानिस फ्लु’ ले करिव ५ लाख मान्छे अमेरिकामा मारेको र महामारी पूर्ण नियन्त्रणमा नआईकन देशको अर्थतन्त्र खुल्ला गर्दा कसरी त्यतिबेला मान्छे सोत्तर भएका थिए ? बृस्तितमा लेखेको छ ।

  • अफ्ठ्यारोमा परेका नेपालीको उद्धार हुन्छ : प्रधानमन्त्री

    अफ्ठ्यारोमा परेका नेपालीको उद्धार हुन्छ : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा अफ्ठ्यारोमा परेका सबै नेपालीको उद्धार सरकारले गर्ने बताएका छन् । सोमबार देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले त्यसका लागि कार्ययोजना बनिरहेको उनले जानकारी दिए ।

    उनले भारतबाट आउने व्यक्तिलाई उपयुक्त तवरबाट कोरोना परीक्षण हुन नसक्दा समुदाय स्तरमा कोरोना फैलिएको समेत स्वीकार गरे ।

    आगामी दिनमा कोरोना भाइरसको परीक्षण बढाउँदै जनसंख्याको कम्तिमा दुई प्रतिशतमा कोरोना परीक्षण हुने उनले जानकारी दिए ।

    उनले विदेशबाट आउने कुनै पनि मानिसलाई असमान व्यवहार नगर्न र विदेशबाट आएका मानिसले समेत परिवार र समाजलाई कोरोना हुनबाट जोगाउन उचित भूमिका खेल्न आग्रह गरे ।

    उनले स्वस्थ रहेर यो रोगसँग लड्न सकिने भन्दै रोग र भोकबाट जनतालाई जोगाउन सरकार प्रतिवद्ध रहेको समेत उल्लेख गरे ।

  • नेपालमा कुल ६८२ जना कोरोना संक्रमित, ४ जना मृत्यु, ११२ संक्रमण मुक्त

    नेपालमा कुल ६८२ जना कोरोना संक्रमित, ४ जना मृत्यु, ११२ संक्रमण मुक्त

    काठमाडौं  । नेपालमा कोरोनाको आशंकामा हालसम्म १ लाख ४६ हजार ८ सय ३४ जनाको नमूना परीक्षण भएको छ ।

    ५१ हजार ६ सय ४२ जनाको पिसिआर र ९५ हजार १ सय ९२ जनाको आरडिटिबाट परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    पछिल्लो २४ घण्टामा २ हजार ९ सय ४ जनाको नमूना परीक्षण भएको छ। हालसम्म नेपालमा कुल संक्रमितको संख्या ६ सय ८२ पुगेको छ। जसमध्ये हालसम्म उपचारपछि १ सय १२ जना डिस्जार्च भएका छन्। चार जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा सिन्धुपाल्चोककी सुत्केरी महिला, बाराको करैयामाइ गाउँपालिका, ७ उम्जनकान ७० वर्षका वृद्ध र बाँकेको नरैनापुरमा क्वारेन्टाइनमा नै २५ वर्षीय युवाको मृत्यु भएको थियो भने बुटबलको क्रिमसन अस्पतालमा उपचार गर्दागर्दा गुल्मी मदानेका ४३ वर्षीय शिक्षकको मृत्यु भएको थियो।

    मुलुकभर हाल ५ सय ६७ जना अस्पतालको आईसोलेसन वार्डमा छन्। मन्त्रालयका अनुसार प्रदेश १ मा ६०, प्रदेश २ मा २ सय १, बागमतिमा २६, गण्डकीमा ३, प्रदेश ५ मा २ सय ५६, कर्णालीमा ११ र सदुरपश्चिममा १० जना आईसोलेनसमा छन्।

    हाल ४६ हजार २९ जनालाई क्वारेन्टाइनमा राखिएको मन्त्रालयले जनाएको छ।

  • नेपालमा ७ थप जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६८२

    नेपालमा ७ थप जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६८२

    काठमाडौं । नेपालमा ७ थप जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

    स्वास्थ्य मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले उक्त जानकारी दिएका हुन्।

    भेरीमा गरिएको परीक्षणमा कोरोना देखिनेमा बर्दियाको गुलरियका-१० मा २२ र २४ वर्षीय पुरुषहरु, गुलरिया -२ का १८ वर्षीय पुरुष रहेका छन् ।

    त्यसैगरी नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका जिराभवानी गाउँपाकाका एक १८ वर्षीय पुरुष र काठमाडौै स्थायी घर भई कलैयामा कार्यरत २८ पुरुषमा कोरोना देखिएको हो ।

    सोमबार बिहान ७२ जना कोरोना संक्रमित थपिएका थिए । हालसम्म देशभर कोरोना संक्रमितको संख्या ६८२ पुगेको छ ।

  • कपिलवस्तुबाट ११ जना कोरोना संक्रमित डिस्चार्ज

    कपिलवस्तुबाट ११ जना कोरोना संक्रमित डिस्चार्ज

    काठमाडौं । एकै दिन ७२ जना कोरोना संक्रमित थपिएको दिन ११ जना भने डिस्चार्ज भएका छन् । नेपालको सरकारी समाचार संस्था राष्ट्रिय समाचार समितिका अनुसार कपिलवस्तुमा नर्ससहित ११ जना कोरोनामुक्त भएर घर फर्किएका छन् । कपिलवस्तु अस्पतालमा कार्यरत नर्स कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएकी हुन् । अब कोरोनालाई जित्ने नेपालीको संख्या ११२ पुगेको छ ।