Category: समाचार

  • यस कारण कोरोनाले अमेरिकामा ठुलो संख्यामा मानिसको मृत्‍यु

    यस कारण कोरोनाले अमेरिकामा ठुलो संख्यामा मानिसको मृत्‍यु

    न्युयोर्क     

    अमेरिकामा यदि सामाजिक दुरीको नियम एक हप्ता अगाडिदेखि लगाइएको थियो भने अहिले मृत्‍यु भएकाको संख्या भन्दा ३६ हजार कम मानिसको कोरोनाको कारण मृत्‍यु हुने अनुमानित आँकडा विश्व प्रख्यात कोलम्बिया युभर्सिटीले निकालेको छ ।गत मार्चमा  कोरोनाको त्रासमा मानिसहरु घर बस्न थाल्नु भन्दा अगाडि १ तारिखदेखि नै लकडाउन र सामाजिक दुरीको वाध्यकारी नियम लागू गरेको भए अहिलेको मृतकको संख्यामा ८३ प्रतिशत कमी आउने उक्त विश्व बिद्यालयका अनुसन्धानकर्ता आनुसन्धानबाट  अनुमान गरेका हुन । उक्त आँकडा अनुसार यदि दुई हप्ता अगाडि नै सामाजिक दुरी र लकडाउन गरेको भए मेई महिनाको सुरुवातसम्म ५४ हजार मानिसको मृत्‍यु रोकिने थियो । लकडाउन र सामाजिक दुरीको नियम  समयमा लागू नहुँदा मार्चको सुरुदेखि नै कोरोना महामारी अमेरिकी सहरहरुमा भुसको आगो जस्तो फैलियो । लकडाउन र सामाजिक दुरीको नियममा थोरै समयको फरकले पनि न्युयोर्क, न्युअर्लिन्स लगायत अन्य अमेरिकी शहरमा अप्रिल महिनासम्म कोरोना संक्रमणको बृद्धिमा निकै कटौती हुने अनुसन्धानकर्ताहरुले पत्ता लगाएका छन् ।  

    कोलम्बिया युभर्सिटीका महामारीबिज्ञ तथा अनुसन्धानकर्ता समुहको नेतृत्वकर्ता जेफ्री सम्यानले भनेका छन्; ‘त्यो थोरै समयले धेरै धेरै ठुलो प्रभाब पर्‍यो । यदि त्यो थोरै समयलाई संक्रमण एकदमै बढ्न सुरु गर्ने बित्तिकै चिनेर समाउन सकेको भए मृत्‍यु हुनेको संख्या धेरै घट्ने थियो’ । तर मार्च ९ तारिखसम्म राष्ट्रपति ट्रम्पले अमेरिकामा नियमित फ्लुको कारणबाटै वार्षिक ७० हजार मान्छे मर्ने भन्दै आफ्नो ट्विट मार्फत कोरोनाको कारण अमेरिका बन्द नहुने यस्तो ट्विट् गर्दै  थिए; “कुनै कुरा बन्द हुँदैन जीवन र अर्थतन्त्र दुई वटै चलिरहन्छ । अहिलेसम्म जम्मा ५४६ जना मात्र संक्रमित छन् भने २२ जनाको मृत्‍यु भएको छ” । तर त्यति बेलासम्म हजारौं अमेरिकीहरु भित्र भित्रै कोरोना संक्रमित भै सकेको तर कोरोना टेस्ट नगरेको अवस्थामा रहेको अनुसन्धानकर्ताहरुले पछि पत्ता लगाएका थिए । ईटाली र दक्षिण कोरियाले आक्रमक रुपमा कोरोनालाई सम्बोधन गर्न सुरु गरी सक्दा अमेरिकामा राष्ट्रपति ट्रम्प सभा समारोह रद्ध गर्ने कुराको प्रतिरोध गर्दै थिए । मानिसहरु घर भित्रै बस्नु पर्ने कुरा र भिडभाड गर्न नहुने कुराको बिरोध गर्दै धेरै जसो अमेरिकनहरुलाई भाईरसको खतरा एकदमै कम भएको बताउदै थिए। मेइ २१ तारिख बिहीवारसम्म दक्षिण कोरियामा ११ हजार १ सय २२ संक्रमित र २ सय ६४ को मृत्‍यु भएको छ भने अमेरिकामा १५ लाख ५२ हजार ५ सय ९४ संक्रमित छन् भने ९३ हजार ४ सय ७१ को मृत्‍यु भै सकेको छ । दक्षिण कोरिया र अमेरिका दुबै देशमा जनवरी २० कै दिन पहिलो कोरोना संक्रमित भेटिएका हुन् । कोलम्बिया युभर्सिटीको नयाँ आँकडाको प्रतिकृया दिंदै बुधबार साँझ व्हाईट हाऊसले राष्ट्रपति ट्रम्पले दाबी गर्दै आएको जनवरीदेखि चीनबाट भ्रमण रोकिएको र मार्च मध्यदेखि युरोपबाट भ्रमण रोकिएको कारण अमेरिकामा कोरोना संक्रमण धेरै कम संक्रमण भएको पुनर्पुष्टी गरेको छ ।  

    मार्च १६ मा मात्र राष्ट्रपति ट्रम्पले अमेरिकी नागरिकलाई अत्यावश्क कारण बाहेक भ्रमण नगर्न धेरै भिडभाड नगर्न र विद्यार्थीहरुलाई घर मै बसेर पढन भनेका थिए । न्युयोर्क सिटीका मेयर बिल दि ब्लाजियोले मार्च १५ देखि बिद्यालय बन्द गरेका थिए भने न्युयोर्क राज्यका गभर्नर एन्ड्रु एम कुमोले मार्च २२ देखि  “स्टे एट होम अर्डर” गरेका थिए ।  मध्य मार्चदेखि मानिसहरुको ब्यक्तिगत जीवनशैली र व्यबहार पछि मात्र अमेरिकामा भाईरस संक्रमणमा सुस्तता आएको  अनुसन्धानकर्ताहरुले पत्ता लगाएका छन् । अमेरिकाका जुन जुन शहरहरुमा भाईरस छिट्टै आयो र छिट्टै फैलियो भाईरस रोक्ने ती सम्बोधनहरु बिपत्ती रोक्ने ती सम्बोधन पनि निक्कै ढिला भै सकेका थिए, भनिएको छ ।  अनुसन्धानकर्ताले भनेका छन् ‘न्युयोर्क  मेट्रो एरियामा मात्र मेई महिनाको ३ तारिख भित्र मृत्‍यु भएका २१ हजार ८ सयको संख्यालाई यदि राष्ट्रियस्तरमा मार्च ८ तारिखदेखि लकडाउन गरेको भए जम्मा ४ हजार ३ सयको संख्यामा सिमित गर्न सकिने थियो ।  

    समाचार श्रोत : न्युयोर्क टाईम्स

  • नेपालमा ९ जना कोरोना संक्रमित थपिए

    नेपालमा ९ जना कोरोना संक्रमित थपिए

    काठमाडौं । नेपालमा बिहीबार ९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रायलका प्रवक्ता डा विकास देवकोटाले थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्।

    प्रवक्ता देवकोटाको अनुसार रुपन्देही १ र झापामा ८ जना थपिएका पुरूष उनीहरू सबै क्वारेन्टिनमा बसेका थिए।

    संक्रमितहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरू स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५३ पुगेको छ।

  • नेपालमा कोरोनाका कारण तेस्रो व्यक्तिको मृत्यु

    नेपालमा कोरोनाका कारण तेस्रो व्यक्तिको मृत्यु

    काठमाडौं । नेपालमा कोरोनाभाइरसका कारण तेस्रो व्यक्तिको मृत्यु भएको छ।

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिएका जानकारी अनुसार रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा उपचाररत गुल्मीका पहिलो कोरोना संक्रमित ४१ वर्षीय पुरुषको उपचारका क्रममा बिहिबार बिहान मृत्यु भएको हो ।

    गुल्मीको मदाने गाउँपालिका पुर्कोटका उनी गएको जेठ १ गते ज्वरो आउने र रुघाखोकी लाग्ने समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए।

    क्रिमसन अस्पतालमा भर्ना हुनुभन्दा एक हप्ता पहिल्यैदेखि उनमा ज्वरो देखिएको थियो । उनले गाउँकै पुर्कोट दहस्थित मदाने पोलिक्लिनिकमा जाँच गराएका थिए ।

    उनको भर्ना भएको दिनदेखि नै भेन्टिलेटरको सहायतामा उपचार भइरहको थियो।

    योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ३ पुगेको छ।

    यसअघि बाँकेको नरैनापुर गाउँपालिकाको एउटा क्वारेन्टाइनमा बसेका २४ वर्षका युवकको र सिन्धुपाल्चोकको एक सुत्केरी महिलाको मृत्यु भएको थियो ।

  • अब काठमाडौंका नाकाबाट प्रवेश बन्द, कोरोना परीक्षणको रिपोर्ट चाहिने

    अब काठमाडौंका नाकाबाट प्रवेश बन्द, कोरोना परीक्षणको रिपोर्ट चाहिने

    काठमाडौं । सरकारले अब काठमाडौं उपत्यकामा प्रवेश झन कडाई गर्ने भएको छ । गृह मन्त्रालयले काठमाडौं उपत्यकामा मानिसहरुको प्रवेश बढ्दा बढी जनघनत्व भएको क्षेत्रमा जोखिम भएको घभन्दै अत्यावश्यक कामबाहेक काठमाडौं छिर्न रोक लगाएको छ ।

    अब कुनै मानिस काठमाडौं जान हिडेको भए उसलाई स्रोतमै रोक्ने निर्णय गृह मन्त्रालयले गरेको छ । अब काठमाडौं आउनै पर्ने भए हरेक मानिसले आफ्नो आरडीटी परीक्षण आफ्नै खर्चमा गरी त्यसको रिपोर्ट देखाउनु पर्ने भएको छ ।

    काठमाडौं उपत्यकाभित्र अब स्थानीय तहले होटेल तथा स्कूलहरुलाई क्वारेन्टाइन बनाउन सक्नेछन् । त्यसको अध्ययन गर्न समेत गृहले निर्देशन दिएको छ । अब काठमाडौं उपत्यकामा लुकिछपी प्रवेश गरेमा लगत राखी कारवाही हुने भएको छ ।

    काठमाडौं उत्पकाका स्थानीय तहका प्रमुख, सुरक्षा निकायका प्रमुखसहित सरोकारवालाको बैठकले यस्तो निर्णय गरेको हो । काठमाडौं उत्पकायमा पछिल्लो समय संक्रमितको संख्या बढ्दो क्रममा रहेको छ ।

  • आज दिनभर पानी पर्ने संभावना

    आज दिनभर पानी पर्ने संभावना

    काठमाडौं । बंगालको खाडीमा उत्पत्ति भएको शक्तिशाली चक्रवात अम्पुन बङ्गलादेश र भारतका विभिन्न शहरमा पसेको छ । यसको प्रभाव नेपालमा समेत देखिएको छ ।

    चक्रवातको सिधा प्रभाव समुन्द्रले छोएका क्षेत्रमा पर्छ । नेपालमा भने यसले पानी पारिरहेको छ । नेपालको पूर्वी र मध्य क्षेत्रमा वर्षा भएको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । अहिले पनि पूर्वका केही ठाउँमा वर्षा भईरहेको छ । काठमाडौंमा समेत हल्का पानी परिरहेको छ ।

    पूर्वका धेरै ठाउँमा आज दिनभर नै मौसम बद्ली भई  पानी पर्ने सम्भावना छ । तर, चक्रवात कमजोर बन्दै गएकाले अब मध्य क्षेत्रको मौसम भने खुल्दै जाने महाशाखाले जनाएको छ ।

  • अमेरिकामा कोरोनाको कारण फेरी अर्को नेपालीको मृत्‍यु

    अमेरिकामा कोरोनाको कारण फेरी अर्को नेपालीको मृत्‍यु

    कनेक्टिकट, अमेरिका

    अमेरिकाको कनेक्टिकटमा बिगत १६ वर्षदेखि बसोबास गर्दै आएका ५६ वर्षीय राज सेन ठकुरीको कोरोना संक्रमणको कारण मृत्‍यु भएको छ । केही हप्तादेखि अस्पतालमा रहेर उपचाररत ठकुरी कनेक्टिकट राज्यबाट कोरोनाको कारण  मृत्‍यु हुने पहिलो नेपाली हुन् । नेपालमा पोखरा घर भएका ठकुरीको मृत्‍यु मेई २० तारिख बुधबारका दिन भएको ब्रानफोर्डस्थित नेपाली संस्था सोसाईटी अफ नेप्लिज ईन अमेरिकाले पुष्टी गरेको छ ।

  • न्युयोर्क म्यानह्याटनमा गोली चल्दा दुईको मृत्‍यु

    न्युयोर्क म्यानह्याटनमा गोली चल्दा दुईको मृत्‍यु

    न्युयोर्क      

    न्युयोर्कको केन्द्रबिन्दु म्यानह्याटनमा प्रहरीले गोली प्रहार गर्दा दुई जनाको मृत्‍यु भएको छ भने एक घाईते भएका छन् । बुधवार साँझ अन्दाजी ७ बजे वेष्ट १२७ स्ट्रिट र सेन्ट निकोलस एभिन्युमा प्रहरी गोली प्रहार गर्दा दुईको मृत्‍यु भएको हो । घटनामा कस्को मृत्‍यु भएको हो, त्यो प्रष्ट भएको छैन । घाईतेको उपचार सेन्ट ल्युकस हस्पिटलमा भै रहेको जनाईएको छ । घटनाको अनुसन्धान भै रहेको प्रहरीले जनाएको छ । थप विवरण आउन बाँकी छ ।

  • कोरोनाबाट सुरक्षित रहन न्युयोर्कमा यस्तो पार्क

    कोरोनाबाट सुरक्षित रहन न्युयोर्कमा यस्तो पार्क

    न्युयोर्क

    ब्यस्त न्युयोर्क बिगत दुई महिनादेखि लकडाउनमा छ । झण्डै ९० लाख मानिसको बसोबास रहेको सपनाको सहर न्युयोर्कमा अहिले कोरोना त्रासका कारण चमक धमक खासै छैन । गर्मी यामको प्रतिक्षामा रहेका लाखौं न्युयोर्कबासी समुन्द्री किनार होस् या हरिया पार्कमा खासै खुलेर हिंड्न पाएका छैनन् । तर पनि मेई महिनाको प्यारो घाम सुरक्षित तरिकाले ताप्ने बातावरण भने ठाउँठाउँमा तयार गरिएका छन् । अमेरिकाको चर्चित चिनी कम्पनी डोमिनोको कुनै बेलाको चिनी प्रशोधन केन्द्रमा निर्माण गरिएको ब्रुकलिनस्थित ‘डोमिनो पार्क’ मा कोरोना संक्रमणबाट सुरक्षित रहने गरी ६ फिटको सामाजिक दुरी कायम गरेर बस्ने गरी पार्क संचालन गरेको छ । चर्चित विलियम्सबर्ग ब्रिज मुनी ईस्ट रिभरको छेऊमा संचालित डोमिनो पार्कको हरियो घाँसमा लहरै मिलाएर सेतो रङको  गोलो लोगो बनाईएको छ । जुन गोलो भित्र जाडो भरी चिसिएका न्युयोर्कबासीको घाम ताप्ने रहर कोरोना कहरकै महामारी बीच मै पनि पुरा हुन सक्दछ । ६ एकर्ड जमिनको उक्त पार्क न्युयोर्क सिटीको स्वामित्वको पार्क भने होईन ।  प्राईभेट पार्क भएको कारण उक्त पार्कलाई सामाजिक दुरी कायम हुने गरी संचालनमा ल्याईएको छ । न्युयोर्क सहर भित्र अन्य थुप्रै सरकारी पार्कहरु छन् तर ती पार्कहरुमा भने यस्ता ज्यामितीय गोलार्ध निर्माण गरेर पार्क संचालन गरिएका छैनन् । 

    न्युयोर्क सहर अहिलेसम्म ‘स्टे होम अर्डर’ मा नै छ । अमेरिकामा बुधबारसम्म १५ लाख ३९ हजार मानिस कोरोना संक्रमित छन् भने ९२ हजार ६ सय ४५ को मृत्‍यु भै सकेको छ ।  न्युयोर्क राज्यमा ३ लाख ५४ हजार संक्रमित छन् भने २८ हजार ६ सय ३६ को मृत्‍यु भै सकेको जोन हप्किन्स युनिभर्सिटीले जनाएको छ ।

  • विश्वका करिव ६० मिलियन मानिस कोरोना महामरीको कारण अति नै गरीब हुने विश्व बैंकको प्रक्षेपण

    विश्वका करिव ६० मिलियन मानिस कोरोना महामरीको कारण अति नै गरीब हुने विश्व बैंकको प्रक्षेपण

    न्युयोर्क      

    कोरोना भाइरसको मारले विश्वका ६ करोड भन्दा धेरै मानिस अति गरिबीको चपेटामा पर्ने प्रक्षेपण विश्व बैंकले गरेको छ । अति गरिब मुलुकहरुलाई ऋण तथा अनुदान उपलब्ध गराउदै आएको विश्व बैंकले भनेको छ; ‘महामारीको कारण विश्वमा ठुलो असमानता हुनेछ भने सन् १९९८ पछि कै विश्वब्यापी गरिवी उत्पन्न हुने छ’ ।

    विश्व बैंकले २० मे बुधबार प्रकाशित ब्लग पोस्टमा थप भनेको छ; ‘कोरोना महामारीका कारण विश्वका ४ देखि ६ करोड मानिसले गरिबिको सामना गर्ने छन् । जस मध्ये ४ करोड नब्बे लाख मानिसको अवस्था अति गरीबी हुने छ । उनीहरु १ डलर ९० सेन्ट भन्दा कम आम्दानीको भरमा जिबिकोपार्जन गर्न वाध्य हुने छन्’ ।

    आप्रबासी कामदारका रुपमा विश्वभर कामका लागि गएका कामदारहरुले महामारीका कारण काम गुमाउने क्रम सुरु भएको र ती कामदारहरुले घर पठाउने रेमिट्यान्समा झन्डै २० प्रतिशत अर्थात एक सय अर्ब डलर कम हुने समेत विश्व बैंकको प्रक्षेपण छ । विश्व बैंकले अफ्रिकाका ३९ देशहरुका दुई करोड ३० लाख, दक्षिण एसियाका भारत, चीन लगायतका करिव १ करोड ६० लाख मानिस अति गरीब हुने प्रक्षेपण गरेको छ । विश्व बैंकले हालै सय वटा बिकासोन्मुख देशहरुलाई कोरोना बिरुद्धको लडाईंका लागि १६० अर्ब अमेरिकी डलर अनुदान सहयोग दिएको छ ।
    (विश्व बैकको ब्लग पोस्ट अनुसार तयार पारिएको रिपोर्ट)

  • नेपाल सरकारले सार्वजनिक गरेको नयाँ नक्सा भारतले गर्‍यो अस्विकार

    नेपाल सरकारले सार्वजनिक गरेको नयाँ नक्सा भारतले गर्‍यो अस्विकार

    काठमाडौं

    नेपालमा भूमिव्यवस्था, सहकारी विकास र गरिवी निवारण मन्त्री पदमा अर्यालले हालै मन्त्री परिषदद्वारा पास गरिएको नेपालको नयाँ नक्सा सार्वजनिक गरेकै दिन भारतले नेपालको त्यो राजनीतिक नक्सा नस्विकार्ने बताएको छ । नेपालले सीमा सम्बन्धि विवाद कुटनीतिक वार्ताबाट समाधान गर्ने द्विपक्षीय सहमतिविरुद्ध कार्य गरेको भन्दै त्यस्तो प्रतिक्रिया जनाएको हो ।

    भारतस्थित विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले ती क्षेत्रहरू भारतीय भूभाग भएको समेत दाबी गरेका छन् । नेपाल सरकारले जारी गरेको नयाँ नक्साका बारेमा श्रीवास्तवले भनेका छन्; “यो एकतर्फी कार्य ऐतिहासिक तथ्य र प्रमाणमा आधारित छैन । नेपाल सरकारले आज नेपालको परिमार्जित नक्सा सार्वजनिक गरेको छ, जसमा भारतीय भूभागहरू पनि परेका छन्” नेपालले आफ्नो भूमिलाई कृत्रिम रूपमा विस्तार गरेको भन्दै श्रीवास्तवले भारतले त्यसलाई अस्वीकार गर्ने बताएका छन् ।

    भारतले गत वर्ष आफ्नो नक्सामा कालापानी क्षेत्र देखाएपपछि नेपालमा त्यसको विरोध भएको थियो ।
    यो विषयमा भारतको अडानबारे नेपाललाई राम्ररी थाहा भएको भन्दै उनले नेपाल सरकारलाई “नक्सा सम्बन्धि अनुचित दाबी नगर्न” र “भारतको स्वायत्तता र भौगोलिक अखण्डतालाई सम्मान” गर्न आह्वान गरेका छन् । मन्त्रिपरिषद्ले अनुमोदन गरेको दुई दिनपछि नेपाल सरकारले लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नक्सा औपचारिक रूपमा सार्वजनिक गरेको हो ।

    काठमाडौंमा नक्सा सार्वजनिक गर्दै भूमिव्यवस्था, सहकारी विकास र गरिवी निवारण मन्त्री पद‌मा अर्यालले “ऐतिहासिक तथ्यले देखाएको सत्यको आडमा” पहिले छुटेको नेपाली भूमि समेटिएको बताएकी थिइन्।

  • नेपालमा थप २५ जनामा कोरोनाको संक्रमण, संक्रमितको संख्या ४२७ पुग्यो

    नेपालमा थप २५ जनामा कोरोनाको संक्रमण, संक्रमितको संख्या ४२७ पुग्यो

    काठमाडौं । नेपालमा थप २५ जनामा कोरोनाको संक्रमण देखिएको छ।

    स्वास्थ्य मन्त्रालयका अनुसार बाँकेमा ६ जना पुरुष, धनकुटामा ५ जना , नवलपरासी १ पुरुष मा संक्रमण देखिएको हो। यस्तै कपिलवस्तुमा १३ जनामा संक्रमण पुष्टि भएको छ।

    संक्रमितमध्ये ७ महिला र १८ पुरुष रहेका छन्। ३ वर्षीया बालकमा पनि संक्रमण पुष्टि भएको छ।

    यो सहित नेपालमा संक्रमितको संख्या ४२७ पुगेको छ। देवकोटाका अनुसार संक्रमण देखिएकाहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन्। कुल संक्रमित मध्ये ३५८ पुरुष र ६९ जना महिला छन्।

    नेपालमा हालसम्म कोरोनाका कारण २ जनाको मृत्यु भएको छ। ४५ जना उपचारपछि निको भएका छन्।

  • अब यस्तो हुने भयो नेपालको नक्सा

    अब यस्तो हुने भयो नेपालको नक्सा

    काठमाडौं । सरकारले नेपालको नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको छ । बुधबार भूमिसुधार मन्त्री पद्मा अर्यालले नयाँ नक्सा सार्वजनिक गरेकी हुन् ।

    उनले नीति तथा कार्यक्रममा उल्लेख भएको एक साता नबित्दै सरकारले नक्सा सार्वजनिक गरेको उल्लेख गरिन् ।

    सबैको साझा प्रयासबाटै यसमा सफलता मिलेको उनको भनाई छ । उनका अनुसार अब नेपालको औपचारिक प्रयोगमा यही नक्सा प्रयोगमा आउने भएको छ । सरकारले विवादित भूमिलाई नेपालमा समेटेर नयाँ नक्सा ल्याएको हो ।

    नयाँ नक्सामा अन्तर्राष्ट्रिय सिमानामा खासगरी पश्चिम उत्तरी क्षेत्रमा रहेको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको छ भने यो नक्सामा सङ्घीयताअनुरुप प्रदेश र स्थानीय तह पनि समेटिएको छ ।

    नेपालले नयाँ राजनितिक नक्सा पारित गरेसँगै नेपालको क्षेत्रफल पनि बढ्ने भएको छ। अहिलेसम्म नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्ग किलोमिटर छ। अबको नक्सामा ३ सय ३५ वर्ग किलोमिटर बढ्ने बताइएको छ।

  • नेपालमा  थप ८ जना कोरोना संक्रमित डिस्चार्ज

    नेपालमा थप ८ जना कोरोना संक्रमित डिस्चार्ज

    काठमाडौं । विराटनगरस्थित कोशी कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका थप आठ जना संक्रमित आज डिस्चार्ज भएका छन ।

    लगातार दुई पटकको स्वाब परिक्षण रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको हो ।

    डिस्चार्ज हुनेमा पाँच जना भारतीय जमाति र तीन जना उदयपुरका बासिन्दा छन । उनीहरु सबैलाई भुल्केमा संक्रमण पुष्टि भएको थियो । यो सँगै कोशी अस्पतालवाट निको भएर फर्कनेको संख्या २६ पुगेको छ । ५४ जना संक्रमितहरुमध्ये ५४ जनाको अहिले अस्पतालमा उपचार भइरहेको छ ।

  • आज सार्वजनिक हुँदैछ नेपालको नयाँ नक्सा

    आज सार्वजनिक हुँदैछ नेपालको नयाँ नक्सा

    काठमाडौं । सरकारले दुई दिन अगाडी मन्त्रिपरिषद्बाट पास गरेको नेपालको नक्सा आज सार्वजनिक गरिने भएको छ ।

    भूमिसुधार मन्त्रालयले आज औपचारिक कार्यक्रममार्फत नयाँ नक्सा सार्वजनिक गर्न लागेको हो । यसअघि सरकारले निर्णय गरेपनि नक्सा सार्वजनिक नगरेको भन्दै संसदमा प्रश्न उठेको थियो ।

    मन्त्रालयले मन्त्रिपरिषद्को निर्णय मूख्यसचिवबाट प्रमाणिकरण गरेसँगै आज सार्वजनिक गर्न लागिएको हो । सरकारले भारतीय अतिक्रमणमा परेको लिम्पुवाधुरा, कालापानीसहितका क्षेत्र समेटेर नयाँ नक्सा सार्वजनिक गर्न लागेको हो ।

  • सय वर्षीय बृद्ध पूर्व सैनिकले आफ्नो जन्मदिनमा संकलन गरे पचास करोड रुपैंया

    सय वर्षीय बृद्ध पूर्व सैनिकले आफ्नो जन्मदिनमा संकलन गरे पचास करोड रुपैंया

    न्युयोर्क

    बेलायतस्थित एक १०० वर्षीय दोश्रो विश्व युद्ध अनुभवी (भेटेरान) सेनाले आफ्नै घरको करेसामा घुमेर राष्ट्रिय स्वास्थ्य सेवा (नेशनल हेल्थ सर्भिस) का लागि ४० लाख अमेरिकी डलर (पचास करोड) नेपाली रुपैंया चन्दा संकलन गरेका छन् । गत अप्रिल ३० तारिखका दिन ९९ सय बर्ष पुरा गरी १०० बर्षमा प्रबेश गरेका दोश्रो विश्व युद्धका अनुभबी क्याप्टेन टम मोरले दक्षिण पूर्वी बेलायतको बेड्फोर्डशरस्थित आफ्नै निवासको करेसामा वाकरको सहायताले घुमेर कोरोना महामारीको समयमा राष्ट्रिय स्वास्थ सेवाको लागि त्यति ठुलो रकम सहयोग संकलन गरेका हुन् । क्यापटेन मोरलाई बेलायती प्रधानमन्त्री बोरिस जोनसनले सम्मान समेत गरेका छन् ।  आफ्नो सैनिक जिन्दगीमा क्याप्टेन पदसम्म पदोन्नति भएका मोरलाई भर्खरै मात्र उनको सैनिक सेवाको लागि सम्मानित गर्दै उनलाई अनररी कर्णेल घोषणा गर्ने तयारी समेत गरिएको छ । उक्त सम्मानको लागि बेलायती प्रधानमन्त्रीले ब्यक्तिगत तवरमा मोरलाई असाधारण क्षमताका लागि बिशेष सम्मान गर्नु पर्ने सिफारिस महारानी एलिजाबेथलाई गरेको बेलायतस्थित संचार माध्यमहरुले जनाएका छन् ।  

    क्याप्टेन मोरले संकलन गरेको त्यति ठुलो रकमको बिषयमा प्रधानमन्त्री बोरिस जोनसनको कार्यालयले प्रेस बिज्ञप्ती जारी गर्दै भनेको छ; “मोरले यति ठुलो सहयोग संकलन गरेर अचम्मै पारेका छन् । उनको यो उदाहरणीय कार्यले सिंगो देशलाई हौसला बढेको छ । कोरोनाको कुहिरोमा आशाको किरण प्रबेश गरेको हामीले अनुभब गरेका छौं, उनी सच्चा राष्ट्रिय सम्पत्ति हुन्”। 

    क्याप्टेन मोरलाई कर्णेलको बिशेष सम्मानको सिफारिस महारानी एलिजाबेथले स्वीकृत गरी सकेकी छिन् । क्यापटेन मोरले सुरुमा आफ्नो १०० बर्षीय जन्मदिनको उपलक्षमा जम्मा १ हजार पाउन्ड (१२५७ अमेरिकी डलर ) चन्दा संकलन गर्ने योजनामा थिए तर उनलाई अप्रिलमा १ लाख २५ हजार वटा बर्थ डे कार्डको साथमा त्यति ठुलो रकम सहयोग प्राप्त भएको छ ।  

    एजेन्सीको सहयोगमा

     

  • नेपालमा अहिलेसम्म पीसीआर विधिबाट ३२ हजार ६ सयको परीक्षण

    नेपालमा अहिलेसम्म पीसीआर विधिबाट ३२ हजार ६ सयको परीक्षण

    काठमाडौं । कोरोनाको आशंकामा पछिल्लो २४ घण्टामा २ हजार २ सय ८० जनाको पिसिआरबाट नमूना परीक्षण भएको छ।

    नेपालमा हालसम्म ३२ हजार ६ सय ४ जनाको पिसिआर परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए। आरडीटी विधिबाट ७४ हजार ६ सय ४९ जनाको परीक्षण भएको छ।

    प्रवक्ता देवकोटाका अनुसार २१ हजार ६ सय २३ जना क्वारेन्टाइनमा छन्। उपत्यकामा १७ र बाहिर ४४० गरेर आइसोलेसनमा ४ सय ५७ जनालाई राखिएको छ।

    मंगलबार विराटनगरस्थित कोसी अस्पतालमा उपचार गराइरहेका झापाका ६२ वर्षीय पुरुष डिस्चार्ज भएका छन्। योसँगै डिस्चार्ज हुनेको संख्या ३७ पुगेको छ।

  • ‘एमसीसी सभामुखको टेबलमा आइसकेको छ, पास गर्ने नगर्ने संसदले निर्णय गर्छ’- प्रधानमन्त्री

    ‘एमसीसी सभामुखको टेबलमा आइसकेको छ, पास गर्ने नगर्ने संसदले निर्णय गर्छ’- प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन सम्झौता (एमसीसी) पास गर्ने कि नगर्ने संसदको विषय भएको बताएका छन् ।

    मंगलबार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन् ।

    जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले भने एमसीसी सभामुखको टेबलमा आइसकेको छ, एमसीसी पास गर्ने कि नगर्ने संसदको निर्णय गर्छ ।

    एमसीसी पास नभएपनि लप्सीफेदी/रातमाटे/हेटौंडा र दमौली/बुटवल ४०० केभी प्रशारण लाइन बनाइछाड्ने उनले बताए । एमसीसी सभामुखको टेबलमा आइसकेको छ, अब संसदले निर्णय गर्न सक्छ ।’

    सरकारले जनतासँग कुनै छलछामको व्यवहार नदेखाई यथार्थ चित्रण देखाउने गरी सरकारको नीति तथा कार्यक्रम ल्याएको दावी गर्दै गर्दै एमसीसी पास नभएपनि ट्रान्समिसन लाईन भने बन्ने दाबी गरे ।

  • भारतलाई प्रधानमन्त्रीको प्रश्न– सत्यमेव जयते कि सिंहमेव जयते ?

    भारतलाई प्रधानमन्त्रीको प्रश्न– सत्यमेव जयते कि सिंहमेव जयते ?

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको भूमी मिचेको भन्दै भारतलाई उसको राष्ट्रिय नारामाथि प्रश्न उठाएका छन् ।

    प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले लिम्पियाधुरा, कालापानी र लिपुलेकको विषय प्रधानमन्त्री ओलीले भारतलाई उसको नारा सिंहमेव जयते कि सत्यमेव जयते हो ? भन्दै प्रश्न गरे ।

    प्रधानमन्त्री ओलीले भने, “भारतको प्रतीक चिह्नमा रहेको चार मुखे सिंहको मुनि सत्यमेव जयते लेखिएको छ । भारत के सत्यमेव जयते मान्‍न तयार छ कि सिंहमेव जयते ?

    उनले मन्त्रिपरिषदबाट सोमबार पारित भएको नयाँ नक्साले पाठ्यपुस्तकदेखि लिएर धेरै कुरामा परिवर्तन ल्याउने जिकिर गरे । मानचित्रमा एक खालको परिवर्तन ल्याएको र अरु धेरै कुरामा विस्तारै परिवर्तन आउँदै जाने उनको भनाइ छ ।

  • सेनाले चीनबाट जहाजमा ल्यायो स्वास्थ्य सामग्री

    सेनाले चीनबाट जहाजमा ल्यायो स्वास्थ्य सामग्री

    काठमाडौं । नेपाली सेनाले चीनबाट स्वास्थ्य सामग्री आज काठमाडौं ल्याएको छ । नेपाल एयरलाइन्सको जहाजले १८.८४ टन सामान मंगलबार बिहान काठमाडौं ल्याएको हो । पिपिई, एन ९५ मास्क तथा टेस्ट किटहरु यस पटक ल्याइएको छ । नेपाल एयरलाइन्सको वाइडबडी जहाजले सामान ग्वाङ्जाओबाट नेपाल ल्याइएको हो । सेनाले यसअघि स्थलमार्गबाट शनिबार १० कन्टेनर सामान ल्याइसकेको थियो ।

    ग्वाङजाओको विमानस्थल व्यस्त भएपछि ती सामान स्थलमार्गबाट भित्र्याइएको बताइएको थियो । कन्टेरनबाट ८ टन सामान ल्याइएको छ । सेनाले कोरोना भाइरस महामारीसँग जुध्न आवश्यक सामान खरिद गर्न चीनसँग १ करोड ८४ लाख ४१ हजार ७ सय ६ अमेरिकी डलरको सम्झौता गरेको छ ।

  • विश्वमा करिब ४९ लाख कोरोना सङ्क्रमित

    विश्वमा करिब ४९ लाख कोरोना सङ्क्रमित

    काठमाडौं । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ४९ लाख नजिकै पुगेको छ । मङ्गलबार बिहानसम्मको तथ्यांक अनुसार विश्वभर ४८ लाख ८५ हजार ९४५ जना संक्रमित पुष्टि भएको छ । यसमा नेपालका ३७५ जना समेत सामेल छन् । तथ्यांक अनुसार १९ लाख ३ हजार २०० जना संक्रमणलाई जित्न सफल भएका हुन् ।

    विश्वभर ३ लाख १९ हजार ८३८ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ३१८ जनाले ज्यान गुमाएका छन् । यसअवधिमा ८६ हजार ६७९ जनामा संक्रमण पुष्टि भएको छ ।

    २६ लाख ६२ हजार ९०७ जनाको उपचार भइरहेको छ । उपचारारत मध्ये ४४ हजार ७५४ जनाको अवस्था गम्भीर छ । कोरोनाबाट सबैभन्दा बढि अमेरिका प्रभावित छ । यहाँ ९१ हजार ९ सय ७६ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने १५ लाख ५० हजार ८३ रहेको छ ।

  • बङ्गालको खाडीबाट आउदैछ शक्तिशाली आधी, नेपाल समेत प्रभावित हुने

    बङ्गालको खाडीबाट आउदैछ शक्तिशाली आधी, नेपाल समेत प्रभावित हुने

    काठमाडौं । बंगालको खाडीमा विकसित शक्तिशाली चक्रवात ‘अम्पुन’ले दक्षिण एसियाली मुलुकमा प्रभाव पार्ने भएको छ । यसले नेपालमा समेत अप्रत्यक्ष प्रभाव पार्ने मौसमविदले जानकारी दिएका छन् ।

    स्थानीय वायु र अम्पुनको अप्रत्यक्ष प्रभावका कारण काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा बदली भइसकेको छ । काठमाडौंका केही स्थानमा मंगलबार बिहान हल्का वर्षा पनि भएको छ । यो जारी रहने भएको छ ।

    ‘अम्पुन’ चक्रवातको वेग बढ्दै गएको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । भारतको ओडिसा हुँदै उत्तरतर्फ सर्दै गएको चक्रपातले अझै केही दिन नेपालमा समेत पानी पार्ने छ ।

    बिभागका अनुसार  मंगलबारबाट नेपालको पूर्वी भूभाग प्रभावित हुने छ । पूर्वी नेपालका जिल्लामा हुरी, बतास र चट्याङससहित वर्षा हुनेछ । नेपालमा अम्पुनको अप्रत्यक्ष प्रभाव देखिन थालेको छ ।
    अम्पुनले भारत र बंगलादेशमा बढी क्षति पुर्याउने आङ्कलन छ ।

  • कर्णाली प्रदेशमा पनि कोरोनाको इन्ट्री

    कर्णाली प्रदेशमा पनि कोरोनाको इन्ट्री

    काठमाडौं । कर्णाली प्रदेशमा पहिलोपटक एक व्यक्तिमा कोरोना संक्रमण देखिएको छ। दैलेखको आठविसकोट नगरपालिका–१, साततलाका ३५ वर्षीय युवकमा कोरोना भाइरस पोजेटिभ देखिएको हो।

    मन्त्रालयका अनुसार उनको अवस्था सामान्य छ। स्वास्थ्यकर्मीको सम्पर्कमा छन्।

    सोमबार बिहान सुर्खेतमा रहेको जनस्वास्थ्य प्रयोगशालामा स्वाब परीक्षण गर्दा पोजेटिभ देखिएको थियो।

    सुर्खेतमा गरिएको पिसिआर परीक्षणमा पहिलोपटक कोरोना पोजेटिभ देखिएपछि पुनः परीक्षणका लागि नेपालगन्ज पठाइएको थियो।
    जसमा दुई नयाँ जिल्ला थप भएका छन्। पूर्वी खोटाङ र कर्णालीको दैलेखमा नयाँ संक्रमित फेला परेका हुन्। यो सँगै संक्रमण फैलिएका जिल्ला ३३ पुगेका छन्।

  • थप १८ जनामा कोरोना, एकैदिन थपिएको संख्या अहिलेसम्मकै उच्च

    थप १८ जनामा कोरोना, एकैदिन थपिएको संख्या अहिलेसम्मकै उच्च

    काठमाडौं । नेपालमा थप १८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार राती सार्वजनिक गरेको विवरण अनुसार धनुषा, खोटाङ, बाँके, दैलेख, सुनसरी र झापामा गरी १८ जनामा संक्रमण देखिएको हो।

    आजै सोमबार विहान ९ र दिउसो ५३ गरी ६२ जनामा कोरोना संक्रमण देखिएको थियो। राती थपिएका १८ सहित सोमबार मात्र ८० जना संक्रमित थपिएका हुन्। यो अहिलेसम्म कै सबैभन्दा उच्च सङ्ख्या हो

    नेपालमा हालसम्म २ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ भने ३६ जना उपचारपछि निको भएका छन्।

  • कस्तो हुनेछ अब नेपालको नयाँ नक्सा ?

    कस्तो हुनेछ अब नेपालको नयाँ नक्सा ?

    काठमाडौं । भारतले अतिक्रमण गरेको नक्सा समेत समेटेर नेपाल सरकारले सोमबार नयाँ नक्सा पारित गरेको छ । अब नेपालले नयाँ नक्सा प्रयोगमा ल्याउने भएको छ । जहाँ अब लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको हुनेछ ।

    ‘उत्तरी पूर्व र पश्चिमी नक्साहरुसहित राजनीतिक र प्रशासनिक प्रवन्ध पनि समेटेको सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले बताए ।

    मन्त्रिपरिषद् बैठकले नेपालका अतिक्रमित सबै क्षेत्र समेटेर नक्सा स्वीकृत गरेको छ, अब यही नक्सा बमोजिम हाम्रा निशान छाप र पाठ्यपुस्तक पनि अद्यावधिक गरिनेछ,’ उनले भने ।

    नयाँ नक्सामा नेपालको संघीयता झल्किने गरी प्रदेशहरू पनि छुट्याइएको उनले जानकारी दिए । भारतले २ नोभेम्बर, सन् २०१९ मा सार्वजनिक गरेको नक्सामा नेपालको भू-भाग समेटिएपछि तत्कालै संसदीय समितिहरूले नेपाल सरकारलाई पनि नयाँ नक्सा सार्वजनिक गर्न दबाब दिएका थिए ।

    भारतले अझ नेपालको कालापानी हुँदै सडक निर्माण गरेर यही मे ८ मा उद्घाटन नै गरेपछि त्यसयता नेपालमा चर्को विरोध हुँदै आएको थियो । भारतले नेपालको भूमि अतिक्रमण गरेसँगै सरकारले केही दिन पहिले मात्रै दार्चुला जिल्लाको ब्यास गाउँपालिकामा सीमा निगरानी चौकी स्थापना गरेको थियो ।

    यसअघि शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा पेश भएको सरकारको नीति तथा कार्यक्रममा पनि सो विषय उल्लेख थियो ।

  • लिम्पियाधुरासहितको नेपालको नक्सा मन्त्रिपरिषदबाट पारित

    लिम्पियाधुरासहितको नेपालको नक्सा मन्त्रिपरिषदबाट पारित

    काठमाडौं । सरकारले भारतको अतिक्रमणमा परेको दार्चुलाको लिम्पियाधुरासहित समेटेर नयाँ नक्सा मन्त्रिपरिषद्ले पारित गरेको छ ।

    भूमिसुधार मन्त्री पद्मा अर्यालले गरेको प्रस्तावलाई सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले पारित गरेको हो । यसले अब सीमा विवादलाई सरकारले गम्भिर रुपमा लिएको देखिएको छ । यसअघि आइतबार बसेको मन्त्रिपरिषद् बैठकबाटै यो पारित गर्ने सम्भावना थियो । तर, अन्तिममा रोकिएको थियो ।

  • उपत्यकाको लकडाउनमा कडाइ गर्न स्थानिय नै खटिए

    उपत्यकाको लकडाउनमा कडाइ गर्न स्थानिय नै खटिए

    काठमाडौं । कोरोना भाइरसको जोखिम हुन नदिन काठमाडौँ महानगरपालिकाको भित्री क्षेत्रमा स्थानीयले नै ‘लकडाउन’लाई कडा बनाउन थालेका छन् ।

    कामपाको भित्री क्षेत्रका नागरिकले टोलटोलमा खटिएर कडा गरेका हुन् । कोही नागरिक अनावश्यक बाटामा हिँडेको पाइए सम्बन्धित वडाका युवाले जहाँबाट आएको हो त्यही फर्काउन थालेको छ । खाद्य सामग्रीको पसलमा पनि प्रवेश स्थानमा नै टोरी टाँगेर उपभोक्तले बाहिरैबाट पैसा दिने र सामग्री लिने व्यवस्था गरिएको छ ।

    एक टोलबाट अर्को टोलसम्म कसैको पनि आवतजावत नहोस् र भाइरसको जोखिम कम गर्नका लागि स्थानीयले यस किसिमको व्यवस्था लागू गरेका हुन् । अहिले असन, इन्द्रचोक दमाईंटोल, ताम्सीपाखा, नरदेवी, ढोकाटोल, भुरुङ्खेल, क्षेत्रपाटीलगायत स्थानबाट अयन्त्र जान पाइने छैन भने अन्यत्रबाट आउन पनि पाइँदैन । पानीको गाडी, एम्बुलेन्स, सञ्चार संस्था, खाद्य सामग्रीलगायत अत्यवश्यक सामग्री ढुवानी गर्ने यातायातका सामान बोक्ने गाडीको हकमा भने निर्वाध आवतजावत गरिरहेका छन् ।

    यस स्थानमा स्थानीय युवा स्वयंसेवकका रुपमा खटी लकडाउनको पालना गराएका छन् । केही दिनअघि मात्र लकडाउनको खासै पालना भएको नदेखिने यी स्थानमा अहिले पूर्णपालन भएको छ ।

    अहिले यी स्थानका घरमा कोही नयाँ मान्छे आए पनि सम्बन्धित वडा कार्यालयमा जानकारी हुने गरेको छ । नयाँ मान्छे नल्याउन र कोहीकहीँ नजानका लागि सबैलाई सम्बन्धित वडाले कडा गरेको छ कामपाका प्रवक्ता ईश्वरमान डंगोलले भने ।

    उनले भने, “अवस्था जटिल बन्दै गएकाले अब नागरिक अटेर गरी सडकमा निस्के केन्द्र सरकारको सहयोगमा थप कारवाहीको प्रक्रिया अघि बढाइनेछ ।” कामपाले जोखिम हुन नदिन उपत्यका प्रवेश गर्ने र जाने क्रमलाई तत्काल रोक्न केन्द्र सरकासँग माग पनि गरेको जनाएको छ ।

  • नेपालमा थप ५३ जनामा कोरोना संक्रमणको पुष्टि

    नेपालमा थप ५३ जनामा कोरोना संक्रमणको पुष्टि

    काठमाडौं । नेपालमा थप ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रायलका प्रवक्ता डा. विकास देवकोटाले जनाए अनुसार सोमबार बाँके, गुल्मी, धादिङ, रौतहट र धनुषामा आज कोरोनाभाइरसका सक्रमित थपिएका हुन्।

    बाँकेका थप ४७ सहित ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। भेरी अस्पतालस्थित प्रयोगशालामा गरेको १९० जनाको परीक्षण गर्दा बाँकेका ४७ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

    योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ३५७ जना पुगेको छ।

    कोरोनाभाइरसका कारण अहिलेसम्म २ जनाको मृत्यु भइसकेको छ भने ३६ जना निको भएका छन्।

  • बाँकेमा कोरोना सङ्क्रमित युवाको मृत्युपछि सरकारप्रति काङ्ग्रेसको गम्भीर प्रश्न

    बाँकेमा कोरोना सङ्क्रमित युवाको मृत्युपछि सरकारप्रति काङ्ग्रेसको गम्भीर प्रश्न

    काठमाडौं । बाँकेको नरैनापुरस्थि क्वारेन्टाइनमा एक युवकको कोरोना सङ्क्रमणका कारण ज्यान गएपछि काङ्ग्रेसले सरकारप्रती प्रश्न उठाएको छ । ती युवाको मृत्यु केवल थप एक थान मृत्यु मात्र नभइ सरकारी वेवास्थाको नमुना समेत भएको काङ्ग्रेसको आरोप छ ।

    यो मृत्युले गम्भीर प्रश्नहरु नजरअन्दाज गर्न नसकिने काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी प्रेस नोटमा उल्लेख छ । सरकारको यो रबैयाले कोरोनासँगको संघर्षका आगामी दिन झनै विकट हुने कांग्रेसको भनाइ छ ।

    आइतबार बिहान बाँकेको नरैनापुरको क्वारेन्टाइनमा २५ वर्षीय युवकको कोरोनाका कारण ज्यान गएको थियो । उनी नेपालका दोस्रो सङ्क्रमित हुन् । लगातार दुई घन्टा वान्ता भएको, ज्वरोले च्यापेको बेला पनि उचित उपचार नपाएका उनको बिहान मृत्युु भएको थियो । दुई घण्टासम्म बान्ता हुँदा पनि उनलाई अस्पताल लैजान एम्बुलेन्स आएको थिएन ।

    कोरोनाका दोस्रो सङ्क्रमितको निधनपछी काङ्ग्रेसले उठाएको सवाल

    (१)ती युवकले अघिल्लो दिनदेखि नै पटकपटक बान्ता गरेको, सास फेर्न कठिनाइ भएको, ज्वरो आएको विवरण थाहा हुँदाहुँदै क्वारेन्टाइनमा नियमित निगरानी राख्नुपर्ने राज्यले तिनलाई अघिल्लो दिन नै अस्पताल पुर्‍याउनु पर्ने सामान्य दायित्व पनि किन निर्वाह गरेन ?
    (२)क्वारेन्टाइनको कार्यविधिले २४ घण्टा एम्बुलेन्स सेवा उपलब्ध रहनुपर्ने मापदण्ड उल्लेख गरेको छ, तर उनी शनिबार राति एकाएक सिकिस्त भएपछि तत्काल एम्बुलेन्स किन उपलब्ध भएन ?

    (३) एम्बुलेन्स उपलब्ध नहुनुमा चालकको असुरक्षित मनोविज्ञानको भूमिका हो भने अत्यावश्यक सुरक्षा सामग्री र जरुरी मानवीय प्रशिक्षण साथ एम्बुलेन्स चालकहरुलाई किन सजग र सतर्क अवस्थामा राख्न सकिएन ? देशभर नै यो समस्या किन निरन्तर देखिएको छ ?

    (४) आइतबार बिहान ७ बज्नुअघि उनको मृत्यु भएपछि उनको लास क्वारेन्टाइन बनाइएको विद्यालयको चौरमा अलपत्र स्थितिमा किन दिनभर राखियो ? अमानवीय ढंगले ती युवाको लास दिनभर घाममा सुकाएर राख्नुभन्दा सुरक्षित ब्यवस्थापनका साथ उठाएर उपयुक्त ठाउँमा राख्ने मानवीय र जिम्मेवार सोच नदेखिनुको दोषी को हुन् ?

    (५) लास उठाउन परीक्षण रिपोर्टको प्रतीक्षा गरिएको हो भने, सम्भव भएसम्म चाँडो रिपोर्ट तयार गर्न उचित समन्वय किन गरिएन ? विशेष परिस्थितिमा चिकित्सक र प्रयोगशाला बीच समन्वय गरेर एउटा मात्रै नमुनालाई प्राथमिकता साथ परीक्षण गर्दा म्यानुएल आरएनए निकाल्न करिब एक घण्टा, पीसीआर उपकरणमा परीक्षण गर्न दुई घण्टा लाग्ने प्राविधिक स्थिति ज्ञात हुँदाहुँदै अघिल्लो दिन संकलन गरिएको उनको स्वाबको परीक्षण त्यही ढंगले समयमै गर्ने/गराउने व्यवस्थापकीय समन्वय र तदारुकता किन प्रस्तुत भएन ?

    (६)नेपालमा कोरोनाको पहिलो संक्रमित भेटिएको चार महिना पुग्न लाग्दासम्म पनि क्वारेन्टाइनको यस्तो अव्यवस्थित स्थितिदेखि परीक्षण ढिलाइसम्म र स्वास्थ सामग्री अभावदेखि फिल्डमा चुस्त कार्यसम्पादन गर्ने टिम संयोजन सम्ममा प्रायः धेरै ठाउँमा गम्भीर लापर्बाही रहेकोे विचित्रताले आगामी दिनको कस्तो चित्रको संकेत गर्दैछ ?

    (७)श्रीमती तथा अवोध छोरीछोराले परबाट लास हेर्दै दिनभर रोएको कारुणिक चित्रले राज्यसत्ताको जिम्मेवारीमा रहेकाहरुलाई आफ्नो कर्तव्यप्रति गम्भीर बन्ने गरी केही चेत आएको छ कि बाँकेको घटनालाई केवल एक दुःखद कथाका रूपमा विस्मृतिमा धकेल्ने ?

  • संसदमा भीम रावलको आक्रोस, एमसीसी चोर बाटोबाट पारित गर्न खोजिदैछ

    संसदमा भीम रावलको आक्रोस, एमसीसी चोर बाटोबाट पारित गर्न खोजिदैछ

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सांसद भीम रावलले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)लाई नियमित प्रक्रियाबाट अवरोध हुने देखेपछि चोरबाटोबाट ल्याउने प्रयास भइरहेको बताएका छन् । सोमबार व्यवस्थापिका संसदमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । प्रतिनिधिसभा बैठकमा अहिले नीति तथा कार्यक्रममाथिको छलफल जारी छ । सरकारले नीति तथा कार्यक्रममा एमसीसीका केही कार्यक्रम छिराएपछि उनी आक्रोसित बनेका छन् ।

    नेता रावलले राष्ट्रहित विपरित एमसीसी सम्झौता चोर बाटोबाट पारित गर्न खोजिएको बताएका हुन् । यसअघि कांग्रेस सभापति शेरबहादुर देउवाले एमसीसी पारित गर्नैपर्ने अडान लिएका थिए । रावलले कांग्रेस सभापतिले अभिव्यक्तिलाई महाकाली सन्धीसँग जोड्दै यस्तो काम राष्ट्रहित विपरित हुने बताए । एमसीसी पछाडीको ढोकाबाट आउन खोजेजस्तो अनुभूत भइरहेको उनको भनाई छ । उनले नेपाली कांग्रेसले महाकाली सन्धीमा पनि त्यस्तै कुरा गरेको सम्झिए । नेता रावलले जनतालाई दुविधामा पार्ने र आलोचित विषयहरु सरकारले अगाडी नबढाउने विश्वास व्यक्त गरे । एमसीसीमा रावलले कडा आलोचना गर्दै आएका छन् ।

  • कोरोनाबाट ज्यान गएकी महिलाको शिशु र परिवारमा कोरोना नेगेटिभ

    कोरोनाबाट ज्यान गएकी महिलाको शिशु र परिवारमा कोरोना नेगेटिभ

    काठमाडौं । कोरोनाले मृत्यु भएकी सिन्धुपाल्चोककी महिलाको नवजात शिशुमा कोरोना नेगेटिभ आएको छ । उनीहसँगै महिलाका श्रीमान र अन्य परिवारमा समेत कोरोना नेगेटिभ आएको हो । मृतक महिलाका श्रीमान्, छोरा, आमा र बहिनीको नमुना संकलन गरी परीक्षण गरिएको थियो ।

    उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको छ । सिन्धुपाल्चोकको प्रशासनको समन्वयमा उनीहरुलाई घरमा लगिने, त्यहाँ लगेर १४ दिन क्वारेन्टाइनमा राखिने र त्यसपछि फेरि पीसीआर गरिने भएको छ । सिन्धुपाल्चोककी एक सुत्केरी महिलाको कोरोनाका कारण बिहीबार मृत्यु भएको थियो । उनी नेपालमा कोरोनाबाट ज्यान जाने पहिलो बिरामी हुन् ।