Category: समाचार

  • आरटीडी नेगेटिभ देखिएको युवाको मृत्यु, पिसिआर गर्दा कोरोना पुष्टी

    आरटीडी नेगेटिभ देखिएको युवाको मृत्यु, पिसिआर गर्दा कोरोना पुष्टी

    सुर्खेत । नेपालमा कोरोना भाइरसको संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । पश्चिम सुर्खेतमा आरडीटी नेगेटिभ आएका एक युवालाई क्वारेन्टाइनबाट घर पठाइएको थियो । तर, उनको घरमा बिहीबार बिहान मृत्यु भएको थियो । मृत्युपछि गरिएको पिसीआर परिक्षणको नतिजा भने पोजेटिभ पाइएको छ । पञ्चपुरी नगरपालिका-१ हाँसेका २० वर्षीय युवकलाई आरटीडी विधिको परीक्षणले भने नेगेटिभ देखाएको थियो ।

    उनको स्वाबको रिपोर्ट शुक्रबार बिहान २ बजे आएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । जेठ ७ मा उनी भारतबाट आएका थिए । त्यसपछि उनीसहितको टोलीलाई जनता क्वारेन्टाइनमा राखिएको थियो । मृतक युवकसँगै जनता माविको क्वारेन्टाइनमा ५४ जना रहेको प्रहरीले बताएको छ ।

    उनीहरुको कोरोना परीक्षण गर्दा तीन जनालाई पोजेटिभ देखिएको थियो । अब नेपालमा कोरोनाका कारण मृत्यु हुने व्यक्तिको संख्या ११ पुगेको छ । पछिल्लो दिनमा भारतबाट आएका अधिकांश व्यक्तिमा कारोना पुष्टी भइरहेको छ ।

  • अमेरिकास्थित सिडिसि भन्छ; जुन अन्त्यसम्म १ लाख सत्ताईस हजारको मृत्‍यु हुन सक्छ

    अमेरिकास्थित सिडिसि भन्छ; जुन अन्त्यसम्म १ लाख सत्ताईस हजारको मृत्‍यु हुन सक्छ

    न्युयोर्क

    अमेरिकास्थित सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले कोरोना संक्रमणका कारण आगामी जुन २७ तारिखसम्म अमेरिकामा मृत्‍यु हुनेको संख्या १ लाख २७ हजार पुग्ने छ । सिडिसिले कोरोनाको कारण जुन २७ सम्म मृत्‍यु हुनेको अनुमानित आँकडा बिहीवार  प्रकाशित गरेको हो । सिडिसिद्वारा प्रकाशित नयाँ प्रक्षेपण अनुसार मृतकको अनुमानित यो संख्या १ लाख ४३ हजार ३ सय ४० सम्म पुग्न सक्ने छ । सिडिसिले आफ्नो वेब साईटमा लेखेको छ; ‘यो हप्ताको राष्ट्रिय प्रक्षेपणको योगफल अनुसार कोभिड -१९ बाट मृत्‍यु हुनेको संख्यामा लगातार गिरावट आईरहेको छ । यो प्रक्षेपण अनुसार जुन २७ सम्म अमेरिकामा १ लाख ४३ हजार सम्मको संख्यामा मानिसको मृत्‍यु हुन सक्ने छ ।  

    जुन ४ तारिख बिहीवारसम्म अमेरिकामा १ लाख ८ हजार १ सय बिस जनाको मृत्‍यु भै सकेको र १८ लाख ७२ हजार २ सय ६१ जना संक्रमित रहेको जोन हप्किन्स युनिभर्सिटीले जनाएको छ ।

  • जर्ज फ्लोएडको छोरीको कलेज खर्च बेहोर्ने र्यापर काईने  वेष्टको प्रस्ताव

    जर्ज फ्लोएडको छोरीको कलेज खर्च बेहोर्ने र्यापर काईने वेष्टको प्रस्ताव

    न्युयोर्कस्थित चर्चित र्यापर काइने वेष्टले प्रहरी कस्टडीमा मृत्‍यु भएका जर्ज फ्लोएडको एक मात्र छोरी जियान्ना फ्लोएडको लागि कलेजको सम्पूर्ण ट्युसन फि तिरी दिने प्रस्ताबव गरेका छन् । मृतक फ्लोएडको ६ बर्षकी छोरी हालै आफ्नो काकाले बोकेको अवस्थामा सार्वजनिक भएकी थिईन् । ६ बर्षीया जियान्नाले भनेकी थिईन ‘मेरो बाबुले संसारलाई बदल्यो’ । छोरी जियान्नाले आफ्नो पितालाई के भएको ? भनेर प्रश्न गर्दा आफुले ‘उस्को सास फेर्न नसकेर मृत्‍यु भएको’ भनेर बताएको आमाले भनेकी थिईन । र्यापर वेष्टले २० लाख डलरको ‘५२९ कलेज सेभिङ फण्ड’ प्रहरी र श्वेत जातीबाट मारिने अस्वेत मानिसको सहयोगमा खर्च गर्ने गरी उक्त कोष खडा गरेका हुन् । उनले त्यही कोष मार्फत जियान्नाको कलेजको सम्पूर्ण सुल्कको जिम्मेवारी लिने प्रस्ताब गरेका हुन् ।

    वेस्टले गत फेब्रुअरी २३ का दिन मर्निङ वाक गरिरहेको अबस्थामा जर्जियामा मारिएका अहमुद अर्बेरीको कानूनी खर्च समेत आफुले ब्यहोर्ने बताएका छन् । अहमुद अर्बेरी मृत्‍यु प्रकरणमा ३ जना गोरा जातिका मानिसलाई पक्राऊ गरिएको थियो भने र्यापर वेष्टले गत मार्चमा केन्टुकी राज्यमा घर भित्रै सुतिरहेको समयमा प्रहरीको गोलीले मारिएकी ब्रियोन्ना टेलरको लागि समेत सहयोग गर्ने बताएका छन् ।

    फ्लोएड मृत्‍यु प्रकरण पछि भने र्यापर वेष्टले ‘ब्ल्याक लाईफ म्याटर’ को बारेमा बोलेका छैनन् तर उनले आफ्नो ईन्स्टाग्राममा ‘ब्लाक आउट टिउजडे’ भनेर गत मंगलवारको ब्ल्याक आउटको प्रचार भने गरेका थिए ।  

    एजेन्सी

  • जर्ज फ्लोएडको परिवारका लागि पाँच लाख ४२ हजार दाताले गरे एक करोड ५० लाख डलर सहयोग

    जर्ज फ्लोएडको परिवारका लागि पाँच लाख ४२ हजार दाताले गरे एक करोड ५० लाख डलर सहयोग

    न्युयोर्क     

    गत हप्ता सोमबार प्रहरी कस्टडीमा मृत्‍यु भएका जर्ज फ्लोएड नाममा, मृत्‍यु भएको एघार दिन भित्रै झन्डै १ करोड ५० लाख अमेरिकी डलर सहयोग संकलन भएको छ ।  फ्लोएडको आफ्नै दाजु फिलोनिज फ्लोएडले ,बेन कम्प ल पि एलसिसि नामक कानूनी कार्यालय मार्फत खोलेको ‘गोफण्ड मि’ को खातामा बिहीवारसम्म १ करोड २७ लाख ३१ हजार अमेरिकी डलर सहयोग संकलन भएको छ । ‘अफिसियल जर्ज फ्लोएड मेमोरियल फण्ड’ नाम दिईएको उक्त सहयोग खातामा ४ लाख ७७ हजार चन्दा दाताले सहयोग गरेका छन् । ‘अफिसियल जर्ज फ्लोएड मेमोरियल फण्ड’ नामको खातासंगै आबद्ध अर्को ‘जर्ज फ्लोएड’ (बिग फ्लोएड) नामको खाता पनि सहयोग संकलनार्थ सकृय छ । उक्त खातामा बिहीवारसम्म ३ लाख ६५ हजार अमेरिकी डलर सहयोग जुटी सकेको छ ।

     

    उक्त खाता मार्फत १५ हजार ६ सय मानिस तथा संघ संस्थाले सहयोग गरेका छन् । त्यसैगरी जर्ज फ्लोएडको नामसँग जोडीएको एट्लान्टा ठेगाना राखेर खोलिएको अर्को खातामा १५ लाख २८ हजार सहयोग संकलन भै सकेको छ । उक्त खातामा आफ्नो छोरी जियानालाई जर्ज फ्लोएडले बोकेको तस्बिर राखेर ‘अफिसियल जियाना फ्लोएड फन्ड (चाईल्ड अफ जर्ज फ्लोएड)’ नाम दिएर संचालन गरिएको छ । यो खाता मार्फत ४९ हजार ३ सय चन्दादाताले बिहीवारसम्म सहयोग गरेका छन् ।

    गोफन्डमा यि तीन खाता बाहेक अन्य २ हजारवटा जर्ज फ्लोएडको  नाममा सहयोग आह्वान गर्दै खाता खोलिएका छन् ।  

    अमेरिकामा जर्ज फ्लोएड मृत्‍यु प्रकरण तथा काला जाती माथि प्रहरी बिभेदको बिरुद्ध एकाएक भड्किएको हिँसात्मक आन्दोलन फ्लोएड मृत्‍यु प्रकरणसँग जोडिएका थप ३ प्रहरीलाई हिरासतमा लिएसँगै बुधबारदेखि शान्तिपूर्ण आन्दोलनमा बद्लिएको छ । फ्लोएडलाई घोप्टो पारेर घाँटीमा घुँडाले किच्ने प्रहरी डेरेक चौभिनलाई एक हप्ता अगाडि नै हिरासतमा लिएर अभियोग लगाईए पनि घटनाको समयसंगै रहेका अर्का तीन प्रहरी अधिकारीहरुलाई भने बुधबार मात्र हिरासतमा लिईएको थियो । अमेरिकामा जारी ती प्रदर्शनमा सहभागिहरुको संख्या झनै बाक्लिदै गएको छ भने पूर्ण शान्तरुपमा  प्रदर्शन हुन थालेको छ । बुधबार फ्लोएड  घटनामा संलग्न अन्य ३ प्रहरी अधिकारीहरुलाई पनि हिरासतमा लिएको खबर संचार भएसंगै प्रदर्शनकारीहरुले बिरोध प्रदर्शन कै बीचमा खुसी साटासाट गरेका थिए ।

  • आन्दोलन चर्किंदै गर्दा जर्ज फ्लोएड कोरोना संक्रमित भएको समेत पुष्टी

    आन्दोलन चर्किंदै गर्दा जर्ज फ्लोएड कोरोना संक्रमित भएको समेत पुष्टी

    न्युयोर्क

    मेई २५ तारिख प्रहरी कस्टडीमा नै बिबादस्पद मृत्‍यु भएका जर्ज फ्लोएडको लास परिक्षण रिपोर्टमा उनलाई कोरोना संक्रमण देखिएको छ ।  बुधबार सार्वजनिक गरिएको लास परिक्षण रिपोर्टमा फ्लोएडको मृत्‍यु हुनु भन्दा केही हप्ता अगाडि कोरोना संक्रमण भएको जनाईएको हो । मृतक फ्लोएडको हेनिपिन काउन्टी मेडिकल एक्जामिनरद्वारा जारी लास जाँच रिपोर्टमा उनलाई अप्रिल ३ तारिख कोरोना पोजेटिभ देखिएको हो । शरिरमा भएको राईबो न्युक्लिक एसिडका कारण  रोग हराई सके पनि केही हप्तासम्म देखिने शव परिक्षण रिपोर्टमा जनाईएको छ । सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले आरएनए (राईबो न्युक्लिक एसिड) पोजेटिभ देखिनुको मतलब मानिस संक्रमित नै थियो भन्ने हुँदैन । स्वास्थ परिक्षण अधिकारिले यसै हप्ता फ्लोएडको हत्या नै भएको रिपोर्ट सार्वजनिक गरीसकेका छन् । उनको मृत्‍युको कारण भने घाँटी थिचिएर कार्डियो पल्मुनरी एरेस्टबाट भएको जनाईएको छ ।

    फ्लोएडको न्यायको माग र काला जातीमाथि हुने गरेको प्रहरी दुर्व्यवहारको बिरोध गर्दै अमेरिकाका प्रायप सबै ठुला शहरहरुमा हजारौंको प्रदर्शन भै रहेको छ । प्रदर्शन सुरु भएको केही दिन लुटपाट र तोडफोड समेत भएको थियो भने कतिपय सहरमा रातीको समयमा कर्फ्यु जारी नै छ । प्रहरीले फ्लोएडलाई ८ मिनेट ४२ सेकेन्ड हतकडी लगाएर घोप्टो पारी गर्धनमा घुँडाले थिचेको   भिडियो सार्वजनिक भएको थियो । घटनामा संलग्न ४ जना प्रहरीलाई प्रहरी हिरासतमा राखिएको छ ।

  • बिहीबार एकै दिन थपिए ३३४ कोरोना संक्रमित, कुल २६३४ पुगे

    बिहीबार एकै दिन थपिए ३३४ कोरोना संक्रमित, कुल २६३४ पुगे

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३३४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

    देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ३३४ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २६३४ पुगेको मन्त्रालयले बताएको छ ।

    नेपालमा हालसम्म संक्रमितमध्ये २९० जना उपचारपछि निको भएका छन्। नेपालमा हालसम्म संक्रमण देखिएकामध्ये १० जनाको मृत्यु भएको छ।

  • लकडाउनको विरोध गर्दै खुल्न थाले सबै पसल, सामाजिक दूरीको पनि अवज्ञा

    लकडाउनको विरोध गर्दै खुल्न थाले सबै पसल, सामाजिक दूरीको पनि अवज्ञा

    काठमाडौं । राजधानीका विभिन्न क्षेत्रमा बिहीबार बिहानैदेखि बजार खुलेका छन्। सरकारले ७२ दिन देखि जारी राखेको लकडाउनको विरोध गर्दै आजबाट व्यापारीहरुले सपल खोल्न सुरु गरेका हुन ।

    बिहानैदेखि अत्यावश्यक लगायतका सबै पसल खुलेका छन्। लामो लकडाउनका कारण व्यवसायीहरु समस्यामा परेकोले सररकारको लकडाउन लम्बयाउने निर्णयको अवज्ञा गर्न थालेका हुन ।

    पसलहरु खुले पनि सामाजिक दूरीको नियम भने खासै पालना गरेको भने देखिएन। केही पसलहरुमा भने मार्क गरेर सामाजिक दूरीको नियम पालना गर्न लगाइएको थियो। केही स्थानमा प्रहरी आफैँ परिचालित भएर भीड व्यवस्था गरिरहेको देखियो।

    सरकारले अत्यावश्यक सेवा भने सञ्चालन गर्ने व्यवास्था गरेको थियो । अब लकडाउन कुन मोडालिटीमा गर्ने भन्नेबारे उच्चस्तरीय समितिको सिफारिसमा सरकारले निर्णय गर्ने भनिएको छ ।

    सरकारले उद्योग सञ्चालन गर्नका लागि लकडाउन खुकुलो बनाउने भने पनि मजदूर, कच्चापदार्थ तथा बजारका कारण दबाबमा रहेका छन् ।

  • डालसमा तनाव कम गर्ने ध्यान बिधी ‘माइन्डफुलनेश मेडिटेसन’ को चार हप्ते शिविर जुमबाटै सम्पन्न

    डालसमा तनाव कम गर्ने ध्यान बिधी ‘माइन्डफुलनेश मेडिटेसन’ को चार हप्ते शिविर जुमबाटै सम्पन्न

    डालस, टेक्सस

    नेप्लिज बुद्धिष्ट एसोसियसन टेक्सास र कमला शाक्य फ़ाउण्डेशनको संयुक्त आयोजनामा ‘वेल बिईंग तथा माइन्डफुलनेश मेडिटेसन’ को चार हप्ते कक्षा समाप्त भएको छ । चार हप्ते मेडिटेसन कार्यक्रमको संचालन नेपालस्थित माइन्डफुलनेश कोच श्री मौशम रत्न शाक्यले गर्नु भएको थियो । कोभिड १९ को प्रभावले जूम मार्फत भर्चुअल्ली सम्पन्न गरिएको कार्यक्रममा हरेक हप्ता ३५ जनाले भाग लिएको एसोसियसनका अध्यक्ष स्वयम्भू शाक्यले जानकारी दिएका छन् । शाक्य भन्छन्; “पहिलो हप्तामा वेल बिईंगको परिचय र ध्यान बिधिको प्रायोगको बारेमा मौशमले सिकाउनु भएको थियो । दोस्रो हप्ता  विचारलाई कसरी अवलोकन गर्ने ? कसरी ब्यबस्थापन गर्ने ? बारे प्रयोगात्मक पाठ सिकाईएको थियो । तेश्रो हप्ता मनका भावनाहरु कसरी उत्पति र बिलय हुन्छ ? र यसलाई कसरी सही ढंगले हेर्ने सकिन्छ भनेर सिकाईएको थियो । चौंथो हप्तामा भने सिकेको ज्ञान र प्रयोग बिधिले सहभागीहरुले त्यसबाट फाइदा महसुस भए – नभएको बिषयमा छलफल भएको थियो । साथै बिधि कहिले र कसरी दैनिक जीबनमा प्रयोग गरेर व्यवहारिक बनाउन सकिन्छ भनेर छलफल गरिएको थियो । 

    कार्यक्रमको बिषयमा नेपालस्थित औरा क्रियशनका प्रमुख दीपक बज्राचार्य भन्छन;  “मौशमलाइ पहिलेदेखि चिनेको र नजिकको मित्र भएर पनि उहाँको कार्यक्रममा कहिले सहभागी हुन पाएको थिएन । यसपाली समय जुर्यो । उहाँको वेल बिईंगको अनुभव मलाई गज़ब लाग्यो । उहाँले सिकाउनु भएको ध्यान बिधिले हाम्रो तनाब धेरै कम गर्न सकिन्छ”  डालसस्थित एक हस्पिटलमा कार्यरत डा. जया भट्टराई बरुण भन्छिन्; “माइन्डफुलनेश हाम्रो स्वास्थ्यको लागि धेरै महत्वपूर्ण छ किनकि हाम्रो मनमा तनाब जबसम्म कम हुदैंन तबसम्म हामी स्वस्थ अनुभब गर्न सक्दैनौं । त्यसैले यो माइन्डफुलनेश र वेल बिईंगको तरिकाले हाम्रो तनावपूर्ण जीबन कसरी शान्त र आनन्ददायी हुन सकिन्छ भन्ने सिक्ने मौका पाए । बिशेष गरि यो कोभिड १९ को अवस्थामा धेरै जीबनहरु त्यतिकै खेर गएको देख्न पर्यो । यस्तो बेलामा हामी कसरी आफुले आफैलाई सम्हालेर अगाडि बढ्ने भन्ने र दिमागमा दिनभरीको तनाबको अवस्थामा यो कार्यक्रमले धेरै साथ् दिएको मैले पाएँ । यो कार्यक्रमले मलाई अध्यात्मको बाटो खुलाएको पनि अनुभब गरेको छु ।मौशमजीलाई धेरै धेरै धन्यवाद”। डालसस्थित पेशाले इन्जिनियर बिनय मानन्धर पनि यो कार्यक्रम धेरै लाभदायक भएको बताउदै भन्छन्; “धेरै किताबहरुको अध्ययन र अरु ध्यानको एप्सहरु पनि प्रयोग गरेको थिए तर मौशमजीको जस्तो प्रभाबकारी भएन । ३-४ हप्ता भयो म लगायत मेरो परिवारका सबै सदस्यहरु यो ध्यानबिधि प्रयोग गर्दै छु। यो बिधि शुरु गरेदेखि राम्रो निद्रा लागेको र बिहान उठ्दा धेरै फ्रेश भएको छु । मौशमजीको यो बिधिहरु एकदम नै साधारण र सजिलो भएकोले मेरो २१ बर्षको छोरा र १७ बर्षको छोरीले समेत प्राक्टिस गरिरहेका छन् ।

    संस्थाका महासचिव डा. निरज बज्राचार्य भन्नु हुन्छ “यो हाम्रो सानो प्रयास हो, हामीले हाम्रो कम्युनिटीमा अरु पनि ध्यान साधनको प्रयोग गर्दै आई रहेका छौं र पछि पनि हाम्रो प्रयास जारी रहने छ। भबिष्यमा मौशमजीसंग मिलेर फेरी अरु अरु पनि कार्यक्रम ल्याउने छौं । कसैलाइ हाम्रो कुनै प्रकारको सहयोग चाहिएमा नेप्लिज बुद्धिष्ट एसोसियसन टेक्सास वा कमला शाक्य फ़ाउण्डेशनको फेसबुक पेजमा मेसेज गर्न हुन हार्दिक अनुरोध गर्दछौ” ।

  • राष्ट्रपति ट्रम्प कति स्वस्थ; यस्तो आयो रिपोर्ट

    राष्ट्रपति ट्रम्प कति स्वस्थ; यस्तो आयो रिपोर्ट

    एजेन्सी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको वार्षिक स्वास्थ रिपोर्ट ह्वाइट हाउसले बुधबार सार्वजनिक गरेको छ । ह्वाईट हाऊसका अनुसार ६ फिट ३ इन्च उचाईका ७३ बर्षीय ट्रम्पको तौल २४४ पाउण्ड छ । उनको रक्तचाप १२१/७९ एमएमएचजि छ भने मुटुको चाल ६३ बिट्स प्रति मिनेट देखिएको छ । राष्ट्रपति ट्रम्पले कोरोना रोकथाममा मद्दत गर्ने भन्दै बिवादास्पद औषधि हाईड्रोक्सक्लोरोकुईन खाएको दाबी गरेपछि उनको यो रिपोर्ट सार्वजनिक भएको हो ।  ह्वाईट हाऊस प्रेस सेक्रेटरी केलिग मेनिनीले ट्रम्प पूर्ण स्वस्थ रहेको बुधबारको प्रेस ब्रिफिङमा संकेत गरेकी थिईन ।  

    ट्रम्पको निजी चिकित्सक डा. सियान कोनलीले उनको स्वास्थ रिपोर्टमा अगाडिको भन्दा कुनै पनि त्यस्तो उल्लेख गर्न लायक परिवर्तन नभएको रिपोर्टमा जनाएका छन् ।  सन् २०१८ मा ट्रम्पको क्लोस्ट्रोल २२३ थियो भने २०१९ मा १९६ थियो । बुधबार सार्बजनिक गरिएको रिपोर्टमा भने उनको क्लोरोस्ट्रोलमा उल्लेख्य सुधार आएर १६७ मा झरेको छ भने एलडिएल १०० भन्दा तल छ । ट्रम्पले यस अगाडि उच्च क्लोरोस्ट्रोल भए पछि मध्यम किसिमको हृदयघातको खतरा हुने चिकित्सक सल्लाह बमोजिम क्लोरोस्ट्रोल घटाऊने औषधी खाएको मायो क्लिनिकले जनाएको छ । ट्रम्पले यस अगाडि २०१९ को नोभेम्बरमा नियमित जाँच गरेका थिए ।

  • बाटो हिड्दा फोन चलाउन प्रतिबन्ध लगाइदै

    बाटो हिड्दा फोन चलाउन प्रतिबन्ध लगाइदै

    एजेन्सी

    बर्तमान अवस्थामा संसारभरका मानिस प्रविधिमा यति धेरै अव्यस्त भै सकेका छन्  कि हिँडदा पनि बाटोमा होइन, फोन हेरेर हिंड्न थालेका छन् । कतै तपाईंमा पनि यस्तै बानी छ भने अब सरकारले बाटो हिंड्दा फोन चलाउनेलाई बिस्तारै लगाम लगाउने कानून ल्याउन थालेको छ । बाटो हिड्दा फोन चलाउन प्रतिबन्ध लगाउने कानून जापानस्थित यामातो सहरमा ल्याउन लागिएको हो । सोरा न्युज २४ का अनुसार यामातोका दुईवटा ट्रेन स्टेसनमा हिंडेका करिब ६ हजार मानिसमा गरिएको अनुसन्धानमा १२ प्रतिशत मानिसले बाटो हिंड्दा फोन हेर्दै हिंडेका थिए । त्यही अनुसन्धान सार्वजनिक भए लगतै  यामातो सहर प्रतिनिधिहरु फोन प्रतिबन्ध लगाउने प्रस्तवको बिषयमा मतदान गर्ने निर्णयमा पुगेका छन् ।यामातो सहरका जनप्रतिनिधिले बटुवाहरु फोनमा ब्यस्त हुँदै हिंड्ने क्रम बढे पछि मान्छे- मान्छे आपसमा ठोक्किएर लड्ने जस्ता घटनामा पनि बृद्धि हुँदै गएको निचोड निकालेर यस्तो नियम लागू गर्न लागिएको हो ।  

    यदि जुन महिनामा यो नियम मतदानबाट पास भयो भने जापानको यामातो सहर बाटो हिंड्दा फोन चलाऊन प्रतिबन्ध लगाउने पहिलो सहर हुने छ । नियम पास भए जुलाई १ तारिखदेखि लागू हुने छ । हालै बैज्ञानिकहरुले बाटोमा हिड्दा बटुवाले टेक्स्ट गर्ने, फोन चलाउँदै हिंड्ने गर्दा विश्वमा बटुवाहरु बीचको दुर्घटनामा ८ सय प्रतिशत बृद्धि भएको बताएका छन् ।

  • नेपालमा कोरोनाबाट ९औं व्यक्तिको निधन

    नेपालमा कोरोनाबाट ९औं व्यक्तिको निधन

    काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ९ औं व्यक्तिको ज्यान गएको छ । दोलखाका एक व्यक्तिको कोरोना संक्रमणका कारण ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो ।

    दोलखा भिमेश्वर नगरपालिका-२ का ७६ वर्षीय वृद्धको महाराजगन्जस्थित टिचिङ अस्पतालको गणेशमान भवनको आइसियूमा उपचार भइरहेको थियो। उनलाई काठमाडौंको सिनामंगलको केएमसी अस्पतालबाट जेठ १४ गते राति टिचिङ ल्याइएको थियो। उनको न्यूरो सर्जरी समेत गरिएको थियो।

    दोलखामा ७६ वर्षिय पुरुषको कोरोनाले मृत्यु भएको हो । यसअघि, सिन्धुपाल्चोक, गुल्मी, बाँके, दैलेख, ललितपुरमा कोरोनाका कारण मानिसहरुको ज्यान गएको थियो ।

  • नेपालमा थप २०१ जनामा कोरोना संक्रमण पुष्टि

    नेपालमा थप २०१ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । नेपालमा थप २०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २०१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २३०० पुगेको मन्त्रालयले बताएको छ ।

  • ‘अक्सिजन र भेन्टिलेटर आवश्यक पर्नेलाई मात्र अस्पतालमा भर्ना’

    ‘अक्सिजन र भेन्टिलेटर आवश्यक पर्नेलाई मात्र अस्पतालमा भर्ना’

    काठमाडौं। स्वास्थ्य तथा जनसङख्यामन्त्री भानुभक्त ढकालले कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार नाघेकाले अब अक्सिजन र भेन्टिलेटर आवश्यक पर्नेलाई मात्र अस्पतालमा भर्ना गरिने बताएका छन् ।

    अन्तर्राष्ट्रिय बौद्ध संस्था चु जी फाउण्डेशनको पहलमा हेल्थ इन्भ्याइरोन्मेन्ट एण्ड क्याइमेट एक्सन फाउण्डेशन हेकाफले आज उपलब्ध गराएको स्वास्थ्य सामग्री ग्रहण गर्दै मन्त्री ढकालले सामान्यावस्थाका बिरामीलाई उपचारका लागि आइसोलेसनकक्ष स्थापना गरी त्यहाँ राखिने बताए ।

    उनले अन्तर्राष्ट्रिय अभ्यास र अध्ययनमा सङ्क्रमित भएकामध्ये ८० प्रतिशत बिरामी सामान्यावस्थाका हुने भएकाले गम्भीर अवस्थाका बिरामीलाई अस्पताल र उपचारको अभाव नहोस् भन्नाका लागि अब नयाँ नीतिमा जाने स्पष्ट गरे ।

    उनले मुलुकमा १५ हजारसम्म सङ्क्रमित हुन सक्ने आकलनका आधारमा त्यसको पाँच प्रतिशतका लागि भेन्टिलेटरसहितको अस्पतालमा राख्न सकिने प्रबन्धमा सरकार लागेको जानकारी दिँदै स्वास्थ्य सामग्रीको अभाव भएका बेला प्राप्त सहयोगलाई अतिआवश्यक ठाउँ हेरेर पारदर्शीरूपमा वितरण गरिने बताए ।
    Dish_Home

    फाउण्डेशनका अध्यक्ष महेश नकर्मीले ३० थान भेन्टिलेटरसहित एक करोड ७० लाख मूल्य बराबरको सामान उपब्ध गराइएको जानकारी दिँदै कोरोना उपचार र रोकथामका क्रममा सरकारसँग मिलेर आगामी दिनमा पनि निरन्तर सहयोग गरिने विश्वास दिलाए । सन् १९६६ मा बौद्ध गुरुमा चेङ येनको सक्रियतामा स्थापित फाउण्डेशनको संयुक्त राज्य अमेरिका, चीन, क्यानडासहित ६३ मुलुकमा शाखा स्थापित छन् ।

  • न्युयोर्कमा नाटकीय रुपमा घट्यो कोरोना; पछिल्लो तीन महिनामा अस्पताल भर्ना हुने सबैभन्दा कम

    न्युयोर्कमा नाटकीय रुपमा घट्यो कोरोना; पछिल्लो तीन महिनामा अस्पताल भर्ना हुने सबैभन्दा कम

    न्युयोर्क

    न्युयोर्कमा कोरोना महामारी सुरु भए यता पछील्लो २४ घण्टामा सबै भन्दा कम १५४ जना बिरामी मात्र अस्पताल भर्ना भएका छन् भने मृतकको संख्या ५८ मा झरेको छ । यो संख्या तिन महिनामा सबैभन्दा कम हो ।  न्युयोर्क सुचारु गर्ने पूर्व संध्यामा कोरोना संक्रमण बारे गभर्नर कुमोले मंगलवार जानकारी दिएका हुन् । १२ हप्ता पछि न्युयोर्क आगामी जुन ८ तारिखदेखि खोल्ने तयारी गरिएको छ । तर कोरोनाबाट भर्खर जुर्मुराउन थालेको सहर पुन: जर्ज फ्लोएड मृत्‍यु प्रकरणले लुटपाट र टोडफोडमा फसेको भएपनि गभर्नर कुमोले आगामी सोमबारदेखि न्युयोर्क खोल्ने कुरामा प्रतिबद्दता ब्यक्त गरेका छन् । 

    न्युयोर्कमा सोमबार राती ११ बजेदेखि लागू गरिएको कर्फ्युलाई मंगलवार भने ३ घण्टा अगाडि ८ बजेदेखि बिहान ५ बजेसम्म लगाइएको छ । सोमबारको कर्फ्यु अगाडि नै गाडी सहित म्यानह्याटनका महँगा स्टोरहरुमा लुटपाट भएपछि मंगलवार साँझ नपर्दै सुरक्षा ब्यापक गरिएको छ ।

  • क्यालिफोर्नियामा मान्छेको मासु खाँदा खाँदै एक पुरुष पक्राऊ

    क्यालिफोर्नियामा मान्छेको मासु खाँदा खाँदै एक पुरुष पक्राऊ

    क्यालिफोर्निया राज्यको रिचामोन्डमा बसोबास गर्ने एक पुरुषलाई मान्छेको मासु खाँदै गरेको अवस्थामा सोमबार प्रहरीले  पक्राऊ गरेको सान होजेस्थित स्थानीय मिडिया ‘द मर्करी टाईम्स’ ले प्रहरीको हवाला दिंदै लेखेको छ । रिचमोन्ड निवासी ती पुरुषले घटनास्थलमा प्रहरी पुग्दा आफ्नै नाता पर्ने एक महिलालाई मारेर उनको मासु खाईरहेको प्रहरीलाई उदृत गर्दै ‘द मर्करी टाईम्स’ ले लेखेको हो ।

    रिचामोन्डस्थित घटनास्थलसँगै छिमेकीहरुले केही खलबल भएको जानकारी प्रहरीलाई दिए पछि उक्त खबरको आधारमा प्रहरी अधिकारी घटनास्थलमा पुगेका थिए । प्रहरी त्यहाँ पुग्दा ती पुरुषले नरभक्षी भएर मानब मासु खाईरहेका थिए । नाम नखुलाईएका सन्धिग्द अपराधीलाई प्रहरीले नियन्त्रणमा लिएको पनि टाईम्सले लेखेको छ । पिडक र पीडित बीचको नाता र पीडित महिलाको नाम पनि प्रहरीले सार्वजनिक गरेको छैन ।  

    समाचार श्रोत : द मर्करी टाईम्स

  • सात वर्षीय नाबालकले चलाएको गाडी दुर्घटना हुँदा दाजु भाइको मृत्‍यु

    सात वर्षीय नाबालकले चलाएको गाडी दुर्घटना हुँदा दाजु भाइको मृत्‍यु

    न्युयोर्क

    अमेरिकाको मिजौरीस्थित एक ७ वर्षीय बालकले आफ्नो हजुरआमाको कार चोरेर साथमा ६ वर्षीय भाइलाई चढाएर कुदाउँदा दुर्घटनामा परि दाजुभाइ दुबैको मृत्‍यु भएको छ । ती सात वर्षीय बालकले चलाएको आफ्नी हजुरआमाको २००७ मोडलको ‘बियुक लाकोर्स” कार खुल्ला चौर हुँदै स्थानीय ज्याक्सन काउन्टीको रोडमा कुदेको मिजौरी हाईवे प्रहरीले बताएको छ । प्रहरीको अनुसार ७ वर्षीय गाडी चालकले सन्तुलन गुमाए पछि दुर्घटना हुँदा गाडी दुई पटक हावामा घुमेर बारमा ठोक्किएर आगो लाग्दा दुबै नाबालकलाई घटनास्थलमा मृतक घोषणा गरिएको थियो । गाडी उच्च स्पिड कुदेको कारण असन्तुलित भएर पल्टिन पुगेको प्रहरी श्रोतले बताएको छ । दुर्घटनाको थप अनुसन्धान भै रहेको छ ।

    घटना गत हप्ता मेई २९ तारिख शुक्रबार ४ बजेर २० मिनेट जाँदा घटेको हो । दुर्घटनामा मृत्‍यु हुने नाबालकको नाम तथा अन्य विवरण प्रहरीले सार्वजनिक गरेको छैन ।

  • डोल्पामा ठूलो भेरी नदीले बगाउँदा तीन बालबालिकाको मृत्यु

    डोल्पामा ठूलो भेरी नदीले बगाउँदा तीन बालबालिकाको मृत्यु

    डोल्पा । डोल्पाका ठुलीभेरी नदीले बगाउँदा तीन जना बालबालिकाको ज्यान गएको छ । डोल्पाको ठुलीभेरी नगरपालिका ९ मोतिपुरकी १२ वर्षीया यशोधा भण्डारी, १० वर्षीया गंगा कठायत र १० वर्षीय विजय कठायतलाई नदीले बगाएको थियो । उनीहरुमध्ये यशोदा र विजयलाई नदीले दुई किलोमिटर तल बगाउँदै गरेको अवस्थामा उद्धार गरी अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

    गंगाको भने मृत शरीर फेला परेको थियो । डोल्पा प्रहरीका अनुसार गाइबस्तु चराउन गएका बालबालिका भेरी नदी तर्ने क्रममा नदीले बगाएको हो । लकडाउनपछि स्कूल बिदा छ । सोहीकारण बालबालिका घरको काममा व्यस्त भएका बेला दुखद घटना भएको हो ।

  • रुकुम घटनापछि वेपत्ता थप एक जनाको शव फेला

    रुकुम घटनापछि वेपत्ता थप एक जनाको शव फेला

    रुकुम । रुकुम पश्चिम, चौरजहारीमा भएको घटनामा वेपत्तामध्ये थप अर्का युवकको समेत शव फला परेको छ । मंगलबार उनको शव फेला परेसँगै यस घटनामा ज्यान गुमाउने युवाको संख्या ६ पुगेको छ । अन्तरजातीय प्रेम विवाहका लागि केटी भगाउन जाजरकोटबाट रुकुम आएको युवाको समुहलाई चौरजहारी नगरपालिका–८ सोती गाउँका स्थानीयले लखेटेका थिए ।

    त्यसक्रममा ज्यान जोगाउन भेरी नदीमा हामफालेका युवामध्ये मंगलबार भेरी नगरपालिका–११ का १८ वर्षीय गोविन्द शाहीको शव भेटिएका हो । उनको शव भेरी नगरपालिका–१२ स्थित भेरी नदीमा भेटिएको हो । घटना जेठ १० मा भएको हो । यस घटनामा उनीसँगै भेरी नदीमा हामफालेका सञ्जु विक, लोकेन्द्र सुनार, नवराज विक, गणेश बुढा र टीकाराम सुनारको शव फेला परेको छ ।

    यो घटनालाई अन्तरजातीय विवाहसँग जोडेर हेरिएको छ । तर, लखेट्ने गाउँलेहरुले भने लकडाउनको समयमा एकै पटक १९ जनाको समूह गाउँ पसेपछि प्रतिकार गरेको र त्यसक्रममा भागेका उनीहरु आफ्र दूर्घटनामा परेको तर्क दिइरहेका छन् । घटनाको प्रहरीले अनुसन्धान थालिसकेको छ ।

  • कर्फ्यु लगाए पनि लुटिए म्याह्याटनका महंगा स्टोर; मंगलवार कर्फ्यु ८ बजेदेखि

    कर्फ्यु लगाए पनि लुटिए म्याह्याटनका महंगा स्टोर; मंगलवार कर्फ्यु ८ बजेदेखि

    न्युयोर्क

    न्युयोर्कमा सोमबार राती लगाइएको कर्फ्युले महँगो स्टोर लुटपाट गर्ने समुहलाई रोक्न सकेन । फ्लोएड मृत्‍यु प्रकरण पछिको अशान्त अमेरिकाको न्युयोर्कमा सोमबार राती ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यु  आदेश गरिए पनि म्याहाटनस्थित दर्जनौं शोरुममा लुटपाट भएको छ । शोहो (साउथ अफ हाउष्टन) क्षेत्रका दर्जनौं ब्रान्डेड स्टोर लगायत फिफ्थ एभिन्युका डिजाईनर शपदेखि महंगा स्टोरहरु सोमबार राती पनि लुटिएको छ । लुटपाट गर्दै हिंडेको समुहले पालै पालो स्टोरका ढोका तथा झ्याल फुटाएका छन् । आईतबार यसैगरी सहर लुटपाट भएपछि गभर्नर कुमो तथा मेयर ब्लाजियोले संयुक्त बिज्ञप्ती जारी गर्दै कर्फ्यु आदेश गरेका थिए । लुटपाटमा संलग्न त्यस्ता समुहले कर्फ्यु समेत उलंघन गरेका हुन । सोमबार ११ बजेदेखि लागू गरिएको कर्फ्यु मंगलवार ३ घण्टा अगाडि ८ बजेदेखि नै लागू गरिएको छ ।

    कर्फ्यु लागू हुनु अगाडि नै केही युवाहरुको समुह म्यानह्याटन शोहो र मिड टाऊन क्षेत्रका प्रत्येक ब्लकमा रहेका महँगा स्टोर तोडफोड गर्दै चाङ्का चाङ् सामन लुटेर हिंडेका थिए ।  त्यो समुहले फेशन दुनियाँको चर्चित नाम माईकल कोर्सदेखि नाईक, लेगो, अल्डो सबै स्टोरमा छिरेर लुटेका थिए । उता कर्फ्यु आदेश लागू भएको समय ११ बजे पछि ब्रुकलिनस्थित बार्कले सेन्टर अगाडि शान्तिपूर्ण प्रदर्शन भएको थियो । कर्फ्यु कै बीचमा त्यहाँ प्रदर्शन गरिएको भए पनि प्रहरीहरु केही दुरीमा हेरेर मात्र बसेका थिए ।  अमेरिकामा न्युयोर्क साहित सोमबार ४० शहरमा कर्फ्यु लगाइएको थियो ।

    समाचार श्रोत : डेली मेल

  • एकै दिन ४५ जना कोरोना संक्रमित निको भएर घर फर्किए

    एकै दिन ४५ जना कोरोना संक्रमित निको भएर घर फर्किए

    काठमाडौं । देशका विभिन्न अस्पतालमा उपचाररत ४५ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार

    पछिल्लो २४ घण्टामा रुपन्देहीको भीम अस्पतालबाट २५ जना र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १८ जना, शिक्षण अस्पताल महाराजगञ्जबाट मकवानपुरकी ५४ वर्षिया महिला १०औं दिनमा, गुल्मी अस्पतालका ३१ वर्षे पुरुष आठौं दिनमा निको भएर घर फर्किएका हुन् ।

    योसँगै देशभर २१२ पुरुष र ५४ जना महिला गरी कूल २६६ जना कोरोना संक्रमण भएका व्यक्तिहरु निको भएर घर फकिएका छन्।

    देशभर २ हजार ९९ संक्रमितको उपचार भइरहेको छ। हालसम्म कोरोना संक्रमण भएका ८ जनाको मृत्यु भइसकेको छ।

  • काठमाडौंका ४ जना स्वास्थ्यकर्मीलाई कोरोना, भक्तपुरमा एक जना थपिए

    काठमाडौंका ४ जना स्वास्थ्यकर्मीलाई कोरोना, भक्तपुरमा एक जना थपिए

    काठमाडौं । काठमाडौं मेडिकल कलेजमा कार्यरत ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले मंगलबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् ।

    संक्रमितहरूमा तीन जना महिला र एकजना पुरुष छन्।

    महिलाहरू २४ देखि ३२ वर्ष उमेर समूहका छन् भने एक जना २८ वर्षका पुरूष हुन्।

    यसैगरी भक्तपुरमा पनि एक जना कोरोना संक्रमित थपिएका छन्। भक्तपुरको चाँगुनारायण नगरपालिकामा संक्रमित थपिएका हुन्।

  • नेपालमा एकै दिन थपिए २ सय ८८ जना कोरोना संक्रमित

    नेपालमा एकै दिन थपिए २ सय ८८ जना कोरोना संक्रमित

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा मंगलबार थप २ सय ८८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

    देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २ सय ८८ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। यो एकै दिन थपिएका संक्रमितको अहिलेसम्मकै उच्च संख्या हो।

    यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २०९९ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार २६६ जना निको भएर घर फर्किएका छन् भने ८ जनाको कोरोनाका कारण मृत्यु भएको छ।

  • थप २९ जनामा कोरोना संक्रमण

    थप २९ जनामा कोरोना संक्रमण

    काठमाडौं । कर्णाली प्रदेशमा २९ जना कोरोना भाइरसको संक्रमण देखिएको छ ।

    सामाजिक विकास मन्त्रालयले मंगलबार जारी गरेको सूचना अनुसार प्रदेश अस्पताल र पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा २९ जनामा संक्रमण देखिएको हो ।

    संक्रमितहरु सुर्खेतका ११ जना, वीरेन्द्रनगर नगरपालिका १ र ३ का ११ जना १७ देखि ५० वर्ष उमेर समूहका छन् । ती ११ जना सबै पुरुष हुन् । सल्यानको दार्मा गाउँपालिका १, २, ३ र ४ का ९ जना ३५ देखि ५० वर्ष उमेर समूहका पुरुष छन् ।

    अछाम मंगलसेन नगरपालिका ४ का एकजना २३ वर्षीय पुरुष र सोही जिल्लाको मेल्लेख गाउँपालिका ४ मा ९ जना कोरोना संक्रमितका २ जना २७ र ३० वर्षका महिला र अन्य ७ जना २२ देखि ४० वर्षसम्मका पुरुष छन् । यस प्रदेशमा कुल कोरोना संक्रमितको संख्या २६२ पुगेको महाशाखाले जनाएको छ

  • अब लक्षण नै नदेखिए कोरोना संक्रमित घरमै, बिरामीलाई मात्र अस्पताल भर्ना

    अब लक्षण नै नदेखिए कोरोना संक्रमित घरमै, बिरामीलाई मात्र अस्पताल भर्ना

    काठमाडौं । नेपालमा कोरोना संक्रमण तीव्र गतिमा फैलिएपछि सरकारले अब बिरामीलाई मात्रै अस्पताल भर्ना गराउने भएको छ।

    लक्षण नै नदेखिए कोरोना संक्रमितलाई अस्पताल नलगी क्वारेन्टाइनमै राख्ने तयारी सरकारले गरेको हो। केही दिनयता संक्रमितको दर २ सयभन्दा माथिले उकालो लाग्न थालेपछि सरकारले अब नयाँ विकल्प सोच्न थालेको हो।

    अहिलेसम्म कोरोनाको लक्षण देखिएको भनेको स्वासप्रस्वासमा समस्या आउने, ज्वरो आउने, छाती दुख्ने, शरीर थकित महशुस हुने, स्वाद र गन्ध थाहा नपाउने आदि हो।

    तर नेपालमा केही संक्रमितमा वान्ता गर्ने समस्या पनि देखिएको छ। अब यस्ता लक्षण नभएका र सामान्य अवस्थामा रहेका संक्रमितलाई घरमै आइसोलेसनमा राख्ने सरकारले तयारी गरेको हो।

    देशभरका अस्पतालमा १६ सय संक्रमित मात्रै अट्ने पूर्वाधार तयार पारिएको छ। तर सोमबार कोरोना संक्रमितको संख्या २३९ ले बढेर १८११ पुगिसकेको छ।

    यस्तो अवस्थामा व्यवस्थापनमा चुनौती देखेपछि सरकारले लक्षण नै नदेखिएका संक्रमितलाई क्वारेन्टाइनमै राख्ने निर्णय लिन लागेको हो।

    स्वास्थ्य मन्त्रालयले एक महिनाअघि नै संक्रमित संख्यालाई मध्यनजर गर्दै संक्रमितको उपचार कसरी गर्ने भनेर कार्यदिशा तय गरेको थियो।

    सो कार्यदिशामा संक्रमित संख्यालाई चार वटा समूहमा वर्गीकरण गरी कसरी उपचार गर्ने भन्ने उल्लेख छ।

    जसअनुसार सुरूका २ हजार संक्रमित सबैलाई अस्पतालमै भर्ना गरेर उपचार गर्ने भन्ने उल्लेख छ।

  • ट्रम्पलाई फोटो पोज दिलाउन शान्तिपुर्ण प्रदर्शनकारी माथि हानियो टियर ग्याँस

    ट्रम्पलाई फोटो पोज दिलाउन शान्तिपुर्ण प्रदर्शनकारी माथि हानियो टियर ग्याँस

    न्यूयोर्क

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई फोटो पोज दिलाउन शान्तिपुर्ण आन्दोलनमा टियर ग्याँस एवं रबरको गोली प्रहार गरिएको छ । जर्ज फ्लोयड हत्याको विरुद्धमा आन्दोलनमा उत्रिएका सर्वसाधारणलाई हटाएर बलपुर्वक हटाएर ट्रम्पलाई ह्वाइट हाउसबाट नजिकैको सेन्ट जोन्स चर्च जाने बाटो खुलाइएको हो ।

    ट्रम्पले सोमबार साँझ ह्वाइट हाउस रोज गार्डेनबाट देशबासीलाई सम्बोधन गर्दै शान्तिपुर्ण आन्दोलनको आफु सहयात्री रहेको दावी गरेका थिए । तर, ठिक त्यही बेला ह्वाइट हाउस बाहिर भने शान्तिपुर्ण रुपमा प्रदर्शनमा उत्रिएकाहरु माथि टियर ग्याँस प्रहार भइ रहेको थियो । सम्बोधनका क्रममा ट्रम्पले आफुलाई कानूनी शासनको राष्ट्रपति दावी गरेका थिए । साथै हिंसात्मक आन्दोलन चर्किए सेना लगाएर आफुले नियन्त्रणमा लिने उनको भनाइ थियो ।

    रंगभेद एवं निशस्त्र व्यक्तिमाथी प्रहरीले यातना दिने क्रमको अन्त्य माग गर्दै शान्तिपुर्ण प्रदर्शनमा उत्रिएकाहरुका आवाजप्रति भने उनले कुनै चासो व्यक्त गरेनन् । सम्पुर्ण आन्दोलनकारीलाई हिंसा भड्काएको परोक्ष आरोप लगाएर आफुले नसहने चेतावनी दिए । न्याय माग गरेर सडकमा उत्रिएका नागरिक बिरुद्ध सेना परिचालन गर्छु भन्ने अस्वीकार्य रहेको भन्दै बिभिन्न गभर्नर र मानव अधिकारबादीले ट्रम्पको विरोध गरेका छन् ।

    सात मिनेट रोज गार्डेनको सम्बोधन पछि ट्रम्प चर्च तर्फ गएका थिए । त्यसैका लागि ह्वाइट हाउस पछाडि शान्तिपुर्वक प्रदर्शन गर्नेहरुलाई बलपुर्वक हटाइएको थियो । आन्दोलनकारीहरुले आफ्ना माग समेटेर रंग्याएको सडक किनारको भित्ता हुँदै ट्रम्प चर्च पुगेका थिए । महान्यायाधिवक्ता विलियम बार लगायत मन्त्रीपरिषद् सदस्यहरुलाई साथै लिएर गएका उनले बन्द रहेको चर्च बाहिर पुगेर विजयी भावमा बाइवल समाएर फोटो पोज दिएका थिए । कडा सुरक्षा घेराबीच चर्च पुगेका ट्रम्प दुई मिनेटमै फर्किएका थिए ।

    सुरक्षाकर्मीले पछि हटाए पनि ह्वाइट हाउस आसपास सोमबार साँझ ९ बजेसम्म पनि शान्तिपुर्ण प्रदर्शन जारी रहेको छ । विगतको तुलनामा सोमबार सुरक्षाकर्मीको उपस्थिती बाक्लो बनाइएको छ ।

    (तस्वीरः फक्स फाइभ डिसी)

  • न्युयोर्कमा सोमबार रातभर कर्फ्यु

    न्युयोर्कमा सोमबार रातभर कर्फ्यु

    न्युयोर्क

    न्युयोर्कमा सोमबार रातभरीका लागि कर्फ्यु  घोषणा गरिएको छ । न्युयोर्कमा गत सप्ताहन्तमा भएको प्रदर्शनी हिंसात्मक भए पछि कर्फ्यु लगाउनु परेको मेयर बिल दि ब्लाजियो र एन्ड्रु कुमोद्वारा जारी संयुक्त बिज्ञप्तीमा भनिएको छ । कर्फ्यु राती ११ बजेदेखि बिहान ५ बजेसम्मको लागि घोषणा गरिएको हो ।  

    कर्फ्युको समयमा न्युयोर्क प्रहरी सुरक्षार्थ प्रहरीको संख्या दोब्बर बनाउने जनाएको छ । गभर्नर कुमोले आफु पनि प्रदर्शनको पक्षमा भएको तर प्रदर्शनलाई लुटपाट तोडफोड गर्ने कार्य गलत भएको बताएका छन् । ब्लाजियोले कर्फ्यु घोषणा गर्दै भनेका छन्; “आवाज पक्कै पनि सुनिइनु पर्द्छ, यो अति महत्वपूर्ण छ । तोडफोड र सम्पत्तिको नाशबाट सहरलाई जोगाउन आज राती गभर्नर कुमो र मैले संयुक्तरुपमा कर्फ्यु घोषणा गरेका छौं”

    जर्ज फ्लोएडको मृत्‍यु प्रकरण पछि सुरु भएको प्रदर्शन लगातार एक हप्तादेखि जारी छ ।

  • प्रदर्शनकारीलाई समातेर दश बर्ष जेल हाल्न गभर्नरहरुलाई राष्ट्रपति ट्रम्पको सुझाव

    प्रदर्शनकारीलाई समातेर दश बर्ष जेल हाल्न गभर्नरहरुलाई राष्ट्रपति ट्रम्पको सुझाव

    एजेन्सी

    जर्ज फ्लोएडको मृत्‍यु प्रकरण पछि एक हप्तादेखि भड्किएको प्रदर्शनको बिषयमा सोमबार बिहान अमेरिकाका बिभिन्न्न राज्यका गभर्नरसँग छलफल गरेका राष्ट्रपति ट्रम्पले गभर्नरहरुलाई ‘कमजोर’ भन्दै कडारुपमा प्रस्तुत हुन भनेका छन् । देशभर केही हिँसात्मक कृयाकलाप सहित जारी प्रदर्शनबाट एकाएक अशान्त भएको अमेरिकाको सुरक्षा लगायतको बिषयमा राज्यका गभर्नरहरुसँग भिडियो कन्फरेन्स गरेका ट्रम्पले स्थानीय नेताहरुलाई कडारुप प्रस्तुत हुन भनेका हुन् । राष्ट्रियरुपमा फैलिएको प्रदर्शनमा स्थानीय गभर्नरहरुले प्रदर्शन दबाउन असक्षम भएको भन्दै  ट्रम्पले उनिहरुको आलोचना गरेको एपि न्युजले लेखेको छ । 

    कानून कार्यान्वयन अधिकारी र राष्ट्रिय सुरक्षा अधिकारी सहित भिडियो       कन्फरेन्स बैठकमा बसेका ट्रम्पले देशभरका गभर्नरलाई ‘अझै कडारुपमा प्रस्तुत हुनु पर्‍यो । तपाईंहरु सबै कमजोर हुनु भयो ।  प्रदर्शनकारीहरुलाई पक्राऊ गर्नु पर्‍यो’ भनेको एपिले लेखेको छ । ट्रम्पले प्रदर्शनकारीलाई १० बर्ष जेलमा राख्नु पर्ने अनि यस्तो अशान्ति कहिल्यै नहुने सल्लाह गभर्नरहरुलाई दिएका छन् ।  

    राष्ट्रपति ट्रम्पसंगै गभर्नरहरुसँग भिडियो कन्फरेन्समा बसेका महाधिबक्ता बिल बारले “ज्वाईन्ट टेरोरिस्ट टास्क फोर्स” परिचालन गरेर प्रदर्शन नियन्त्रण गर्नु पर्ने सुझाब दिएका थिए ।
    राष्ट्रपति ट्रम्प आईतबार कुनै पनि सार्वजनिक समारोहमा देखिएनन् । सोमबार पनि राष्ट्रपतिको कुनै सार्बजनिक कार्यक्रम राखिएको छैन ।

  • अमेरिका थप अशान्त बन्दै; प्रदर्शनले लियो अन्तर्राष्ट्रिय रुप

    अमेरिका थप अशान्त बन्दै; प्रदर्शनले लियो अन्तर्राष्ट्रिय रुप

    न्युयोर्क

    गत हप्ता सोमबार मिनेसोटा राज्यको मिनियापोलिसमा प्रहरी कष्टडीमा मारिएका जर्ज फ्लोएडको न्यायको माग गर्दै जारी प्रदर्शन अमेरिकादेखि विश्वका अन्य देशमा पनि  फैलिएको छ । अमेरिकामा आइतबार दिउँसो पनि शान्तिपूर्ण सुरु भएको प्रदर्शनले रात पर्दै जाँदा हिँसात्मक रुप लिएको थियो ।  फ्लोएडको न्यायको माग गर्दै अमेरिकाको करिब २५ राज्यका ६० वटा ठुला सहरमा भएका प्रदर्शनले आईतबार पनि हिँसात्मकरुप लिएको थियो । अमेरिकाबाट फ्लोएडको मृत्‍युसंगै सुरु भएको प्रदर्शन सप्ताहन्तमा बेलायत, जर्मनी डेनमार्क, ईटली न्युजिल्यान्ड, क्यानाडा लगायतका देशहरुमा समेत फैलिएको छ ।  

    अमेरिका :

    अमेरिकामा यो सप्ताहन्त भएको प्रदर्शनमा देशभरबाट करिब ४ हजार प्रदर्शनकारीलाई प्रहरिले नियन्त्रणमा लिएको छ भने देशकै ठुलो सहर न्युयोर्कका मेयर बिल दि ब्लाजियोकी २५ बर्षीय छोरी चियारा पनि प्रदर्शनको क्रममा पक्राऊ परेकी छिन् । यो बीचमा जर्ज फ्लोएडलाई भुईमा सुताएर गर्धनमा घुँडाले थिच्ने पूर्व प्रहरी अधिकृत डेरेक चौभिनलाई प्रहरीले नियन्त्रणमा लिएर उनलाई ‘थर्ड डिग्री मर्डर’ को अभियोग लगाएको छ भने घटनामा संलग्न अन्य तीन प्रहरीलाई सेवा मुक्त गरिएको छ । एक हप्तादेखि जारी प्रदर्शनबाट देखिएको हिँसात्मकरुपलाई नियन्त्रणमा लिन देशका झन्डै आधा राज्यका गभर्नरले राष्ट्रिय सेनाको माग गरेका छन् । कोरोना महामारीले १८ लाख संक्रमित भएर १ लाख ४ हजार मान्छेको मृत्‍यु हुँदा तैनाथ नगरिएको राष्ट्रिय सेनालाई तैनाथ गरी आईतबार २६ राज्यका ४० ठुला सहरमा बसोबास गर्ने लाखौं जनतालाई कर्फ्युमा राखियो ।  

    क्यालिफोर्निया राज्यको डाउन टाऊन क्षेत्रका राज्यस्तरीय सम्पूर्ण कार्यालय भवन सुरक्षाका लागि सोमबार बन्द गरिने निर्णय  गरिएको छ । ह्वाईट हाऊस नगरी डि सिमा सोमबारदेखि दुई दिनको लागि मेयर मुरियल ब्राउसर साँझ ७ बजेदेखि कर्फ्यु घोषणा गरी सकेका छन् ।  

    अमेरिकामा मात्र होईन न्यायको माग गर्दै अमेरिका बाहिरका अन्य देशहरुमा पनि प्रदर्शन भएका छन् ।  

    बेलायत : 

    बेलायतस्थित चर्चित ट्राफल्गर स्क्वायरमा  ‘नो जस्टिक, नो पिस’ भन्दै आईतबार बिहान प्रदर्शन भएको थियो भने केही प्रदर्शनकारी नाईन एल्मस क्षेत्रको अमेरिकी दुताबास अगाडि पनि प्रदर्शनको लागि पुगेका थिए ।  

    जर्मनी :

    जर्मनीको बर्लिनस्थित अमेरिकी दुताबास क्षेत्रमा पनि शनिबार र आईतबार दिनभर जस्तो प्रदर्शन भएको थियो । त्यहाँ भएको प्रदर्शनमा ‘ब्ल्याक लाईफ म्याटर’ र ‘जस्टिस कान्ट वेट’ जस्ता नारा लगाईएका थिए ।  

    डेनमार्क : 

    आईतबार कोपनहेगनका सडकमा पनि मिनियापोलिसमा मारिएका जर्ज फ्लोएडको न्यायको माग गर्दै ‘नो जस्टिस, नो पिस’ को नारा लगाईए । प्रदर्शन राजधानीस्थित अमेरिकी दुताबासमा भएको थियो ।  

    ईटली :

    ईटलीको मिलानस्थित अमेरिकी कन्सुलेट अगाडि ‘ब्ल्याक लाईफ म्याटर’ जस्ता नारा लेखिएका ब्यानर सहित प्रदर्शन गरिएको थियो ।  

    न्युजिल्याण्ड : 

    न्युजिल्याण्डमा पनि सोमबार देशका बिभिन्न सहरमा प्रदर्शन गरिएका थिए । अकल्यान्ड विलिङ्टन क्रिस्ट्चर्च लगायतका ठाँऊमा हजारौंले प्रदर्शन गरेका थिए ।  

    क्यानाडा  :

    यो सप्ताहन्तको दुई दिन क्यानडाको टोरन्टोमा पनि ‘ब्ल्याक लाईफ म्याटर’ लगायतका नारा गुन्जिए । टोरन्टोमा मात्र होईन, भ्यानकुबरबाट पनि अमेरिकामा जारी प्रदर्शनलाई समर्थन भन्दै प्रदर्शन भए ।

    समाचार श्रोत : सि एन एन

  • बाँके दुर्घटनाका सबैको सनाखत, छानविन हुने

    बाँके दुर्घटनाका सबैको सनाखत, छानविन हुने

    नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिका–२ ठुरिया जंगलमा भएको सवारी दुर्घटनामा ज्यान गुमाएका सबै नेपाली नागरिकको पहिचान भएको छ । गतराती १२ बजेतिर सडक किनारमा रोकिराखेको ट्रकमा यात्रुबाहक हायस गाडी ठोक्किदा भयानक दूर्घटना भएको थियो । सवारी दुर्घटनामा ज्यान गुमाएका १२ जनाकै सनाखत भएको प्रहरीले जानकारी दिएको छ ।

    प्रहरीका अनुसार मृत्यु हुनेमा तिमबहादुर ओली, देउविर विक, बुद्धिराम विक, भिबहादुर विक, नरेन्द्र विक, मोहनचन्द्र विक, रामकुमार पुन, पूर्णबहादुर पुन, सीता पुन, दानबहादुर खड्का र पवन भण्डारी छन् । उनीहरु अधिकांश रोल्पा र दाङका बासिन्दा हुन् । पूर्वपश्चिम राजमार्ग अन्तरगत बाँकेको राप्ती सोनारी गाउँपालिका–२, ठुरिया जंगलमा फोर्स गाडी दुर्घटना भएको थियो ।

    भारतको रुपैडिया नाकाबाट घर जान नेपाल छिरेका उनीहरु नेपालगन्ज हुँदै सल्यानतर्फ लागेका थिए । ना ५ ख ५९९५ नम्बरको गाडी रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोकिएको हो । घटनामा २० जना घाइते भएका छन् । यसैबीच, गृहमन्त्री रामबहादुर थापाले दुर्घटनाको छानविन गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएका छन् । उनले दुर्घटना प्रति दुख समेत व्यक्त गरेका छन् ।

  • आज राजा वीरेन्द्रको बंशनाश भएको दिन, अझै रहस्यमय छ घटना

    आज राजा वीरेन्द्रको बंशनाश भएको दिन, अझै रहस्यमय छ घटना

    काठमाडौं । १९ जेठ, रातको ९ बजे, जनताका प्यारा राजालाई संसारबाट चुडाउने दिनको रुपमा धेरै नेपालीले कालो दिनका रुपमा आजको दिनलाई सम्झना गर्छन् । २०५८ सालमा भएको यो त्रासदीपूर्ण घटना भएको आज १९ वर्ष पुरा भएको छ । राजदरवारमा भएको यो हत्याकाण्ड नेपालमा राजतन्त्र अन्त्यको पहिलो घुटकिला भएको धेरैको धारणा छ । त्यसपछि राज ज्ञानेन्द्रले सत्ता आफ्नो हातमा लिएको भएपनि आफ्नो महत्वकांक्षी व्यवहारका कारणले उनले गद्दी मात्र गुमाएनन्, पुर्खाको विरासतमा समेत पूर्णबिन्दु लगाइदिए ।

    राजा वीरेन्द्रको वंशनाश भएको यस दिन आफ्ना प्यारा शासकलाई सम्झेर धेरैले सामाजिक संजालसहित विभिन्न माध्यमबाट घटनाबारे सत्यतथ्य बाहिर ल्याउन माग गरेका छन् । तत्कालिन उच्चस्तरीय छानविन समितिले तत्कालिन यूवराज दीपेन्द्रको सनकमा घटना भएको प्रतिवेदन दिएको थियो ।

    दीपेन्द्रसमेत यही घटनामा मारिएका थिए । उनलाई दुई दिनका लागि राजा घोषणा गरिएको थियो । तर, यो घटना दीपेन्द्रबाट घटिएको भने आम मानिस पत्याउन तयार छैनन् । सोहीकारण हरेक पुण्य तिथिमा राजाको वंशनास गर्ने गरी भएको घटनाको यथार्थता पत्ता लगाउन माग हुने गरेको छ ।