१४ जेठ, काठमाडौं । न्युजिल्याण्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्री विन्स्टन पिटर्स नेपालको दुईदिने औपचारिक भ्रमणमा आज अपराह्न काठमाडौँ आउँदै छन् । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग आजै उनले छुट्टाछुट्टै भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यसैगरी, न्युजिल्याण्डका उपप्रधानमन्त्रीले आजै साँझ परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । भेटवार्तापछि… Continue reading न्युजिल्याण्डका उपप्रधानमन्त्री आज नेपाल आउँदै
Category: समाचार
बुटवलमा आमा र दुई छोरीको विभत्स हत्या, पूर्वपति पक्राउ
१४ जेठ, काठमाडौं । रूपन्देही जिल्लाको बुटवलमा आमा र दुई छोरीको हत्या भएको छ । बुटवलको होराइजनचोक स्थित मिलिजुली पथमा ३४ वर्षीया दीपा बस्याल र उनका ४ र ७ वर्षका दुई छोरीहरूको हत्या भएको प्रहरीलाई उदृत गर्दै स्थानीय सञ्चारमाध्यले पुष्टी गरेका छन् । सम्बन्ध विच्छेदपछि अर्कैसँग विवाह गरेर गएकी दीपालाई उनका पूर्व श्रीमान सुजन कोइरालाले… Continue reading बुटवलमा आमा र दुई छोरीको विभत्स हत्या, पूर्वपति पक्राउ
सङ्घीय संसदको दुवै सदनको बैठक आज बस्दै
१४ जेठ, काठमाडौं । सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ः०० बजे बस्ने कार्यसूची छ । मङ्गलबार प्रतिपक्षी दलहरुको विरोधका कारण नियमित कार्यसूचीमा प्रवेश नै नगरी बैठक स्थगित भएको थियो । आजको बैठकका लागि सङ्घीय संसद सचिवालयले सम्भावित कार्यसूची तय गरेको छ । आजको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका… Continue reading सङ्घीय संसदको दुवै सदनको बैठक आज बस्दै
बजेट अभावमा नारायणगढ–मुग्लिन सडकको भासिएको भाग बनेन
१४ जेठ, चितवन । बजेट अभावमा नारायणगढ–मुग्लिन सडकको २६ किलोमा भासिएको भाग चालु आर्थिक वर्षमा नबन्ने भएको छ । सो क्षेत्रमा एक सय ६५ मिटर भाग भासिएको छ । गत असोजको अविरल वर्षापछि सो ठाउँमा सडक भासिएको थियो । सो क्षेत्रको ८५ मिटर लम्बाइ र ३.५ मिटर चौडाइ आठ मिटर तलसम्म भासिएको छ । बाँकी… Continue reading बजेट अभावमा नारायणगढ–मुग्लिन सडकको भासिएको भाग बनेन
तिरुपती उडप्यानल इन्डष्ट्रीमा आगलागी
१४ जेठ, इटहरी । सुनसरी–मोरङ औद्योगिक करिडोरस्थित तिरुपती उड प्यानल इन्डष्ट्रीमा आज बिहान २ः३० बजेदेखि लागेको आगो निभाउने प्रयास जारी छ ।इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार विद्युत् सर्ट भएर आगो सल्किएको अनुमान छ । आगो निभाउन धरान, विराटनगर, इटहरी, दमक, पथरी, दुहवी, इनरुवालगायत स्थानका १६ वटा दमकल प्रयोग गरिएको छ… Continue reading तिरुपती उडप्यानल इन्डष्ट्रीमा आगलागी
पर्सामा बलात्कार अभियोगमा दुई पक्राउ
१४ जेठ, वीरगञ्ज । बलात्कार अभियोगमा पर्साका दुई जना पक्राउ परेका छन् । जगरनाथपुर गाउँपालिका–६ सङ्ठीका २३ वर्षीय विशाल यादवलाई किशोरी बलात्कारको अभियोगमा पक्राउ गरिएको हो । पर्सा प्रहरीका सूचना अधिकारी किशोर लम्सालका अनुसार भारतीय नागरिक मनिष पासवानलाई पनि यस्तै अभियोगमा सोमबार पक्राउ गरिएको छ । अभियुक्त पासवानले किशोरीलाई प्रलोभनमा पारेर भारतमा लगी पटकपटक करणी… Continue reading पर्सामा बलात्कार अभियोगमा दुई पक्राउ
पौडी खेल्ने क्रममा डुबेर किशोरको मृत्यु
१४ जेठ, बागमती । मकवानपुरको भीमफेदी गाउँपालिका–८ स्थित कोगटे खोलामा डुबेर किशोरको मृत्यु भएको छ । पौडी खेल्ने क्रममा काठमाडाँै महाननगरपालिका–१२ लाजिम्पाटका १७ वर्षीय नामसोज हगङ्जबेगुको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता श्यामु अर्यालका अनुसार डुबेर अचेत भएका निजलाई उद्धार गरी सिस्नेरीस्थित स्वास्थ्यचौकीमा ल्याइएकामा उपचारका क्रममा उनको मृत्यु भएको हो ।
अमेरिकी बालबालिका र गर्भवती महिलाका लागि कोभिड–१९ को खोप लगाउन सिफारिस नगरिने
एजेन्सी१४ जेठ, काठमाडौं । अमेरिकी स्वास्थ्य मन्त्री रोबर्ट एफ केनेडी जुनियरले बालबालिका र स्वस्थ गर्भवती महिलाका लागि कोभिड–१९ विरुद्धको खोप सिफारिस नगर्ने घोषणा गरेका छन् । गत हप्ता खाद्य तथा औषधि प्रशासनका अधिकारीहरूले महामारी अन्त्यका लागि महत्वपूर्ण उपकरणका रूपमा रहेको कोभिड खोपको स्वीकृति ६५ वर्ष वा सोभन्दा बढी उमेरका वयस्क र स्वास्थ्य समस्या भएका युवा… Continue reading अमेरिकी बालबालिका र गर्भवती महिलाका लागि कोभिड–१९ को खोप लगाउन सिफारिस नगरिने
बाजुरामा जिप दुर्घटना, तीन जनाको मृत्यु
१३ जेट, बाजुरा । जिल्लाको जगन्नाथ गाउँपालिकामा आज जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा नै मृत्यु भएको छ । दुर्घटनामा धनगढी उपमहानगरपालिका घर भई हाल नेपाल टेलिकम बाजुराका कार्यालय प्रमुख ५५ वर्षीय लोकबहादुर खड्का, जिप चालक ४० वर्षीय करन महतरा र बडीमालिका नगरपालिका–७ निवासी २८ वर्षीय रवीन्द्र धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएसको छ… Continue reading बाजुरामा जिप दुर्घटना, तीन जनाको मृत्यु
योजना आयोगका उपाध्यक्ष र राष्ट्र बैङ्कका गभर्नरबीच भेट, के भयो कुराकानी ?
१३ जेठ, काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारी र नेपाल राष्ट्र बैङ्कका गभर्नर डा विश्वनाथ पौडेलबीच भेटवार्ता भएको छ । आज सिंहदरबारस्थित आयोगमा भएको भेटवार्तामा मुलुकको वित्त नीति र मौद्रिक नीतिबीच तादम्यता र अन्तरसम्बन्धका विषयमा छलफल भएको उपाध्यक्ष अधिकारीको सचिवालयले जनाएको छ । आर्थिक नीति र मौद्रिक नीतिलाई सामञ्जयपूर्ण ढङ्गले कसरी अघि… Continue reading योजना आयोगका उपाध्यक्ष र राष्ट्र बैङ्कका गभर्नरबीच भेट, के भयो कुराकानी ?
राप्रपाले भन्यो : १५ जेठको आन्दोलन शान्तिपूर्ण र संयमित हुनेछ
१३ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा सहितका तीन राजनीतिक दलले यही जेठ १५ गते हुने आन्दोलन शान्तिपूर्ण र संयमित हुने जनाएको छ ।राप्रपा, राप्रपा नेपाल र राष्ट्रिय शक्ति अभियानद्वारा आयोजित पत्रकार भेटघाटमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेनले आन्दोलन भद्र अवज्ञा प्रकृतिको हुने भएकाले आग्रह प्रर्वाग्रह नराखी स्वतन्त्र अनुगमनका लागि सञ्चारजगत्सँग आग्रह गरे । उनले… Continue reading राप्रपाले भन्यो : १५ जेठको आन्दोलन शान्तिपूर्ण र संयमित हुनेछ
प्रतिनिधिसभाको बैठकमा विपक्षीको अवरोध, बुधबार बस्नेगरी स्थगन
१३ जेठ, काठमाडौं । प्रतिनिधिसभाको अर्को बैठक भोलि बुधबार बिहान ११ बजे बस्ने भएको छ । आजको बैठक विशेष कारणले निर्धारित समयमा बस्न नसकेकाले बुधबारका लागि सारिएको सूचनामार्फत सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले जानकारी दिए । आजको बैठक सुरू भएलगतै प्रमुख प्रतिपक्ष दलका सांसदहरूले उठेर विरोध जनाएका थिए । प्रतिपक्ष दलहरू नेपाल कम्युनिष्ट पार्टी… Continue reading प्रतिनिधिसभाको बैठकमा विपक्षीको अवरोध, बुधबार बस्नेगरी स्थगन
प्रधानमन्त्रीबाट मनसुनजन्य विपद् जोखिम न्यूूनीकरण तयारी तथा मौसम पूर्वानुमान प्रणालीबारे जानकारी
१३ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आशन्न मनसुनको पूर्वानुमान र सम्भावित विपद् जोखिम न्यूनीकरणका विषयमा आज बबरमहलस्थित जल तथा मौसम विज्ञान विभाग पुगेर जानकारी लिएका छन् । यस वर्ष गत वर्षको भन्दा बढी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको अवस्थामा विभागको पूर्वानुमान÷सूचना प्रवाह र यसलाई थप प्रभावकारी बनाइ जनधनको क्षति कसरी रोक्न सकिन्छ भन्नेबारे उनले… Continue reading प्रधानमन्त्रीबाट मनसुनजन्य विपद् जोखिम न्यूूनीकरण तयारी तथा मौसम पूर्वानुमान प्रणालीबारे जानकारी
लगानी बोर्ड बैठक : रासायनिक मल कारखाना स्थापनादेखि पाँचखाल सेजसम्मको निर्णय
१३ जेठ, काठमाडौं । लगानी बोर्डको ६३औँ बैठकले रासायनिक मल कारखाना स्थापनाको उपयुक्त विकल्प पेस गर्न कार्यदल गठन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले कार्यदल गठन गरेको लगानी बोर्डको कार्यालयले जनाएको छ । “आजको बैठकले नेपालमा रासायनिक मल उत्पादन कारखाना सम्बन्धमा पेस भएको अन्तिम विस्तृत सम्भाव्यता… Continue reading लगानी बोर्ड बैठक : रासायनिक मल कारखाना स्थापनादेखि पाँचखाल सेजसम्मको निर्णय
नेपालमा वंशवादमा आधारित निरङ्कुश राजतन्त्र सम्भव छैन : प्रचण्ड
१३ जेठ, गोरखा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा वंशवादमा आधारित निरङ्कुश राजतन्त्र अब असम्भव भएको बताएका छन् । गोरखास्थित भीमसेन थापा गाउँपालिकाको प्रशासकीय भवनको आज उद्घाटन गर्दै उनले राजावादीले गर्न लागेको भनिएको आन्दोलनतर्फ लक्षित गर्दै २१ औँ शताब्दीको युगमा निरङ्कुशतन्त्र र वंशवादलाई जनताले स्वीकार गर्न नसक्ने बताए… Continue reading नेपालमा वंशवादमा आधारित निरङ्कुश राजतन्त्र सम्भव छैन : प्रचण्ड
नाइजेरियामा ‘पृथकतावादी समूह’ का कारण ७०० भन्दा बढीको मृत्यु
एजेन्सी१३ जेठ, काठमाडौं । नाइजेरियाको एक प्रमुख ‘पृथकतावादी समूह’ द्वारा पछिल्ला चार वर्षयता आयोजना गरिएका प्रदर्शनहरूका कारण ७०० भन्दा बढीको ज्यान गएको एक स्थानीय गुप्तचर थिङ्क ट्याङ्कले सोमबार प्रकाशित गरेको रिपोर्टमा उल्लेख छ । प्रतिबन्धित ‘इन्डिजिनस पिपल अफ बियाफ्रा’ (आईपीओबी) आन्दोलनले दक्षिणपूर्वी नाइजेरियाको स्वतन्त्रताका लागि दबाब दिँदै आएको छ । यही क्षेत्रमा सन् १९६० को… Continue reading नाइजेरियामा ‘पृथकतावादी समूह’ का कारण ७०० भन्दा बढीको मृत्यु
मनास्लु भ्रमणमा पुगे हालसम्मकै बढी पर्यटक
रासस१३ जेठ, गोरखा । चालु आर्थिक वर्षको वैशाखसम्ममा १२ हजार २५९ जना विदेशी पर्यटकले उत्तरी गोरखाको मनास्लु क्षेत्रमा भ्रमण गरेका छन् । मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)का अनुसार यो सङ्ख्या अहिलेसम्मकै बढी हो । आर्थिक वर्ष २०८०/८१ मा नौ हजार ७८२, आव २०७९/८० मा सात हजार ७०५ र आव २०७८/७९ मा दुई हजार २८४ जना… Continue reading मनास्लु भ्रमणमा पुगे हालसम्मकै बढी पर्यटक
अन्नपूर्ण प्रथम आरोहण वार्षिकोत्सवः हीरक महोत्सव मनाइने
रासस१३ जेठ, कास्की । अन्नपूर्ण प्रथम हिमाल ९८,०९१ मिटर० आरोहणको ७५ वर्ष पूरा भएको अवसरमा यस वर्ष हीरक महोत्सव मनाइने भएको छ । अन्नपूर्ण (नर्थ)को आधार शिविरमा पहिलोपटक कार्यक्रम गर्न लागिएको हो । सन् १९५० जुन ३ मा फ्रान्सेली पर्वतारोही मौरिस हर्जोग नेतृत्वले अन्नपूर्ण प्रथम हिमालयको सफल आरोहण गरेको थियो । हर्जोगसँगै लुइस लचेनल र… Continue reading अन्नपूर्ण प्रथम आरोहण वार्षिकोत्सवः हीरक महोत्सव मनाइने
आजको मौसम : मेघगर्जन र चट्याङसहित हल्का वर्षा
१३ जेठ, काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम सफादेखि आंशिक बदली रहने छ ।… Continue reading आजको मौसम : मेघगर्जन र चट्याङसहित हल्का वर्षा
मध्यविन्दुमा मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, एक गम्भीर घाइते
रासस१३ जेठ, मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्ता पूर्वंको मध्यविन्दु नगरपालिका–७ अम्रसा जङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सोही दुर्घटनामा परी एक जना गम्भीर घाइते भएका छन् । आज बिहान अम्रसा गाउँबाट चोरमारातर्फ आउँदै गरेको तीन जना सवार लु९प ८११६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो । जिल्ला प्रहरी कार्यालय नवलपरासी… Continue reading मध्यविन्दुमा मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, एक गम्भीर घाइते
ग्यास लिक भएर आगलागी हुँदा एकै घरका दाजु–बहिनीको मृत्यु
१२ जेठ, कृष्णनगर । कपिलवस्तुको शुद्धोधन गाउँपालिका–५ जयनगरमा खाना पकाउने ग्यास सिलिन्डर लिक हुँदा आगलागीमा परेर एकै परिवारका दाजु–बहिनीको मृत्यु भएको छ । आइतबार राति घरमा खाना पकाउने क्रममा ग्यास सिलिन्डरको रेगुलेटर खोल्ने बित्तिकै आगलागी हुँदा २५ वर्षीय शिवकुमार यादव र उनकी १८ वर्षीया बहिनी सोनम यादव गम्भीर घाइते भएका थिए । उपचारका लागि अस्पताल… Continue reading ग्यास लिक भएर आगलागी हुँदा एकै घरका दाजु–बहिनीको मृत्यु
भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको संलग्नता छैन : कांग्रेस
१२ जेठ, काठमाडौं । नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता नरहेको जनाएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी बैठकको उक्त प्रकरणमा गृहमन्त्री लेखकको गल्ती नभएको निष्कर्ष निकालेको हो । बैठकमा गृहमन्त्री लेखकले भिजिट भिसा प्रकरणबारे सविस्तार जानकारी गराएको र त्यसमा आफ्नो कुनै पनि कमिकमजोरी… Continue reading भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको संलग्नता छैन : कांग्रेस
माओवादी केन्द्रले एकै दिन गर्यो दुई पार्टीसँग एकता
१२ जेठ, पाटन । नेकपा माओवादी केन्द्रले आज एकै दिन दुई पार्टीसँग एकता गरेको छ । समाजवादी पार्टी र नेपाल राष्ट्रिय पार्टीबीच माओवादीले एकता गरेको हो । सो अवसरमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवादी क्रान्तिको पक्षमा पार्टी एकतालाई अगाडि बढाएको बताए । उनले गत आमचुनावदेखि नै एकताको पक्षमा छलफल चलाएको… Continue reading माओवादी केन्द्रले एकै दिन गर्यो दुई पार्टीसँग एकता
रास्वपाले भन्यो : अदालतको आदेश पालना गर्छौं
रासस१२ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेमाथि सर्वोच्च अदालतले दिएको आदेश पालना गर्ने निर्णय गरेको छ । रास्वपाको केन्द्रीय समितिले पार्टी सभापति लामिछानेमाथि राजनीतिक प्रतिशोध राखिएको आरोप लगाउँदै प्रतिशोधविरुद्ध बृहत् अभियान थाल्ने निर्णय गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । केन्द्रीय समितिले ‘प्रतिशोधविरुद्ध न्यायका लागि बृहत् अभियान’ घोषणा गर्दै… Continue reading रास्वपाले भन्यो : अदालतको आदेश पालना गर्छौं
धनुषामा दुई साँढेको जुधाइमा परेर एकको मृत्यु
१२ जेठ, जनकपुर । धनुषाको जनकपुरधाम उपमहानगरपालिकामा दुई साँढेबीचको जुधाइमा परेर एक जनाको मृत्यु भएको छ । मधेश प्र ०२–००७ प ९२६६ नं को स्कुटर चढेर गइरहेका बेला उपमहानगर—६ स्थित पेठियाबजारबाट प्रादेशिक अस्पताल जानेबाटोमा जुधिरहेका साँढेसँग ठोक्किँदा घाइते भएका वडा नं ७ का ५० वर्षीय सत्तार राइनको मृत्यु भएको हो । उनलाई जानकी हेल्थ केयरमा… Continue reading धनुषामा दुई साँढेको जुधाइमा परेर एकको मृत्यु
प्रधानमन्त्रीको अभिव्यक्ति चिन्ताजनक : राष्ट्रिय मानव अधिकार आयोग
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार दिएको अभिव्यक्तिप्रति ध्यानाकर्षण गराएको छ । प्रधानमन्त्रीबाट आएका यस्ता अभिव्यक्तिप्रति आपत्ति जनाउँदै आयोगले यस्ता अभिव्यक्ति आउनु मानव अधिकारका मूल्यमान्यताको समेत विपरीत हुन जाने स्पष्ट पारेको छ । आइतबार दिउँसो पार्टीको एक प्रशिक्षणलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले आगामी जेठ १५ गते दिउँसो ११ बजेदेखि… Continue reading प्रधानमन्त्रीको अभिव्यक्ति चिन्ताजनक : राष्ट्रिय मानव अधिकार आयोग
रामबहादुर बम्जन पुनः कारागार चलान
१२ जेठ, सर्लाही । विवादित धर्मगुरु रामबहादुर बम्जन भनिने रामलाल बम्जनलाई आज सम्पत्ति शुद्धिकरण मुद्दामा जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ । ‘लिटिल बुद्ध’ का नामले समेत चर्चित बम्जनलाई न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले थुनामा राख्ने आदेश गरेपछि मलङ्गवा कारागार चलान गरिएको हो । सम्पति शुद्धिकरण (मनी लाउण्डरिङ्ग) कसुरमा बम्जनमाथि २०८१ फागुन ५ गतेका… Continue reading रामबहादुर बम्जन पुनः कारागार चलान
बस दुर्घटना हुँदा दुईको मृत्यु, चार घाइते
१२ जेठ, मकवानपुर । मकवानपुरको पालुङमा यात्रुवाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् । दुर्घटनामा परी हाल ठेगाना नखुलेका अन्दाजी ३५–४० वर्षका कृष्ण बलामी र लोकेन्द्रकुमार ठाकुरको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुवै जनाको शव पालुङ प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ ।… Continue reading बस दुर्घटना हुँदा दुईको मृत्यु, चार घाइते
ट्याक्टरको ठक्करबाट धरानमा दुईको मृत्यु
१२ जेठ, धरान । ट्याक्टरको ठक्करबाट यहाँको भोक्राहा नरसिंह गाउँपालिका–३ स्थित फुल चोकमा आज दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता योगराज खतिवडाका अनुसार पश्चिमबाट पूर्वतर्फ गइरहेको प्रदेश १–०२–००३ त ९०२ नम्बरको ट्याक्टरले विपरीत दिशाबाट आइरहेको प्रदेश १–०२–०५५ प ६२९६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा इनरुवा नगरपालिका–१० का २० वर्षीय सर्पराज अन्सारी र… Continue reading ट्याक्टरको ठक्करबाट धरानमा दुईको मृत्यु
‘फोहरबाट मोहर’ कमाउँदै स्नातक गरेका युवा
१२ जेठ, तानसेन । हाम्रै भान्सा, घर, अफिस, स्कुल, कलकारखानाबाट दिनहुँ फोहर निस्कन्छ । यसलाई कहाँ र कसरी व्यवस्थापन गर्ने भन्ने धेरैलाई चिन्ता छ । कसैलाई यो चिन्ताको विषय बनिरहँदा कोही फोहरमै भविष्य देख्नेहरू पनि छन् । तानसेन नगरपालिका–६ पदमेटारीका तीन दाजुभाइले विगत पाँच वर्ष यता फोहरमा मोहर खोज्दै छन् । यहाँका सुशील, उमेश र… Continue reading ‘फोहरबाट मोहर’ कमाउँदै स्नातक गरेका युवा