काठमाडौँ, १२ चैतः नेपाली कांग्रेसले १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । बुधबारको केन्द्रीय कार्यसमिति बैठकले आगामी असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने निर्णयअनुसार कार्यतालिका सार्वजनिक गरिएको हो । पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार यही चैत मसान्तसम्म क्रियाशील सदस्यता वितरण र अद्यावधिक विशेष अभियान सञ्चालन गर्ने निर्णय गरिएको छ… Continue reading कांग्रेसको १५औँ महाविधेशनको कार्यतालिका सार्वजनिक
Author: Vishwanews.com
यस्तो छ आजको मौसम
काठमाडौँ, १२ चैतः हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लागेको छ । आज दिउँसो देशका पहाडी र हिमाली भागमा सामान्य बादल लाग्ने छ भने बाँकी भागमा मौसम सफा रहने छ । सबै प्रदेशका पहाडी तथा हिमाली भेगमा मेघगर्जन तथा चट्याङसहित… Continue reading यस्तो छ आजको मौसम
जेनजी आन्दोलनमा जलेर नष्ट भएका तेह्र हजारभन्दा बढी लालपुर्जाको स्रेस्ता कायम
राँझा (बाँके), १२ चैतः नेपालगञ्जस्थित भूमि सुधार तथा मालपोत कार्यालय बाँकेले गत भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनका क्रममा जलेर नष्ट भएका १३ हजारभन्दा बढी जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा)को स्रेस्ता कायम गरेको छ । आन्दोलनका क्रममा भदौ २४ गते कार्यालयमा गरिएको आगजनीबाट कार्यालय भवन र कागजपत्र जलेर नष्ट भएपछि असोज र कात्तिकमा सेवा सेवा… Continue reading जेनजी आन्दोलनमा जलेर नष्ट भएका तेह्र हजारभन्दा बढी लालपुर्जाको स्रेस्ता कायम
अमेरिकी डलरको भाउ अझै बढ्यो
काठमाडौँ, १२ चैतः नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलरको भाउ बढेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ०७ पैसा र बिक्रीदर १५० रुपैयाँ ६७ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ १७ पैसा र बिक्रीदर १७४… Continue reading अमेरिकी डलरको भाउ अझै बढ्यो
तेहरानद्वारा अमेरिकी शान्ति योजना अस्वीकार
तेहरान, १२ चैत (रासस–एएफपी) । इरानको सरकारी टेलिभिजनले एक अज्ञात वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै बुधबार मध्यपूर्व युद्ध अन्त्यका लागि अमेरिकाले प्रस्ताव गरेको शान्ति योजनालाई इरानले अस्वीकार गरेको जनाएको छ । “जारी युद्ध अन्त्य गर्ने अमेरिकी प्रस्तावप्रति इरानले नकारात्मक प्रतिक्रिया दिएको छ,” ती अधिकारीले भने। “ट्रम्पले युद्धको निष्कर्षको कल्पना गर्दैमा युद्धको अन्त्य नहुने यो इरानका लागि… Continue reading तेहरानद्वारा अमेरिकी शान्ति योजना अस्वीकार
बङ्गलादेशमा बस नदीमा खस्दा दुई जनाको मृत्यु, दर्जनौँ डुबेको आशङ्का
ढाका, १२ चैत (रासस–सिन्ह्वा) । ढाकाबाट १२५ किलोमिटर दक्षिणमा करिब ४० जना बोकेको बस दुर्घटना भई नदीमा डुब्दा यसमा सवार अधिकांश नदीमा डुवेको आशङ्का गरिएको छ। दुर्घटनाको केही समयपछि ११ जना यात्रु मात्र पौडी खेली जीवन जोगाउन सफल भएको उनीहरूले बताएका छन्। बङ्गलादेशको राजबारी जिल्लाको एक सडकमा बुधबार साँझ ५ः१५ बजे ढाकाका लागि छ्टेको यात्रुवाहक… Continue reading बङ्गलादेशमा बस नदीमा खस्दा दुई जनाको मृत्यु, दर्जनौँ डुबेको आशङ्का
सडक विस्तारका क्रममा पहिरो खस्दा नुवाकोटमा दुई जनाको मृत्यु
त्रिशूली (नुवाकोट), ११ चैतः नुुवाकोटको शिवपुरी गाउँपालिका–३ गौजेनीमा सडक विस्तारका क्रममा खसेको पहिरोमा पुरिएर हराइरहेका स्काभेटर चालकको शव आज साँझ निकालिएको छ । योसँगै पहिरोमा पुरिएर मृत्यु हुनेको सङ्ख्या दुई जना पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विक्रम लामाले जानकारी दिए । उनका अनुसार गौजेनीस्थित मैदानबाट लप्सेतर्फ जाने स्थानीय सडक विस्तारका क्रममा आज दिउँसो… Continue reading सडक विस्तारका क्रममा पहिरो खस्दा नुवाकोटमा दुई जनाको मृत्यु
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ, भोली दुई बजे बाँकी संसदको सपथ
काठमाडौँ, ११ चैतः राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीलाई पद तथा गोपनियताको शपथ गराएका छन् ।राष्ट्रपति कार्यालयमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले उहाँलाई पद तथा गोपनियताको शपथ गराएका हुन् । समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल उपस्थित थिए । यसैगरी समारोहमा मन्त्री, नव निर्वाचित… Continue reading प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ, भोली दुई बजे बाँकी संसदको सपथ
यौनधन्दा गर्ने युगाण्डाका २० महिला ठमेलबाट पक्राउ
काठमाडौँ, ११ चैतः ठमेल घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकलाई सार्वजनिक स्थानमा पैसा बार्गेनिङ गरी यौनधन्दा सञ्चालन गर्ने २० विदेशी महिला पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका–२६ ठमेल फायरचोकस्थित सार्वजनिक सडकखण्डबाट प्रहरीले ती महिलालाई पक्राउ गरेको हो । पक्राउ परेका सबै महिला युगाण्डाका हुन् । प्रहरीले आज उनीहरुलाई सार्वजनिक गरेको छ । उनीहरुले विदेशी तथा… Continue reading यौनधन्दा गर्ने युगाण्डाका २० महिला ठमेलबाट पक्राउ
सर्वोच्च अदालतमा ४० दशमलव ८२ प्रतिशत मुद्दा फर्छ्यौट
काठमाडौँ, ११ चैत । सर्वोच्च अदालतले गत आर्थिक वर्षमा १६ हजार ६३४ मुद्दा फर्छ्यौट गरेको छ । अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेका मुद्दा, रिट र निवेदनरप्रतिवेदनको सङ्ख्या २५ हजार ७२८ र गत आवमा नयाँ दर्ता भएका १५ हजार १३ गरी जम्मा मुद्दाको लगत ४० हजार ७४१ रहेको थियो । त्यसमध्येबाट ४० दशमलव ८२ प्रतिशत मुद्दा… Continue reading सर्वोच्च अदालतमा ४० दशमलव ८२ प्रतिशत मुद्दा फर्छ्यौट
तीन महिनाका लागि एन्फा निलम्वन
काठमाडौँ, ११ चैतः राष्ट्रिय खेलकुद परिषद्ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई निलम्वन गरेको छ । परिषद्को निर्णयअनुसार एन्फाको कार्यकारी समितिलाई तीन महिनाका लागि निलम्वन गरिएको गरिएको परिषद्द्वारा आज जारी गरेको पत्रमा उल्लेख गरेको छ । राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ तथा राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ अनुसार एन्फाले आवश्यक प्रक्रिया नअपनाएको, निर्णयहरू कार्यान्वयन नगरेको तथा… Continue reading तीन महिनाका लागि एन्फा निलम्वन
प्रधानमन्त्रीद्वारा तीन महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने निर्णय
काठमाडौँ, ११ चैतः प्रधानमन्त्री सुशीला कार्कीले तीनवटा महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने निर्णय गरेकी छिन् । प्रधानमन्त्री कार्कीले भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२ को प्रतिवेदन, नेपाल बाल सङ्गठन र बालमन्दिरसम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोग, २०७७ को प्रतिवेदन र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट तयार गरिएको सुशासन मार्गचित्र, २०८२ सार्वजनिक गर्ने निर्णय गरेको प्रधानमन्त्रीको प्रेस… Continue reading प्रधानमन्त्रीद्वारा तीन महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने निर्णय
एघार दिनमै बढ्यो पेट्रोलियम पदार्थको मूल्य, काठमाडौँमा पेट्रोल प्रतिलिटर १८७ रुपैयाँ
काठमाडौँ, ११ चैत । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । पछिल्लो पटक मूल्य वृद्धि गरेको ११ दिन नबित्दै निगमले आज मध्यरातदेखि लागू हुने गरी डिजेल–मट्टितेल र पेट्रोलको मूल्यमा प्रतिलिटर १५ रुपैयाँ वृद्धि गरेको छ । यसअघि निगमले यही चैत १ गते पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको थियो । निगमले पेट्रोलको मूल्य… Continue reading एघार दिनमै बढ्यो पेट्रोलियम पदार्थको मूल्य, काठमाडौँमा पेट्रोल प्रतिलिटर १८७ रुपैयाँ
सुडान अस्पताल आक्रमणमा मृतक सङ्ख्या ७० पुग्यो
जेनेभा, ११ चैत (रासस–एएफपी) । पूर्व डारफुरस्थित एक अस्पतालमा भएको आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ६४ बाट बढेर ७० पुगेको विश्व स्वास्थ्य सङ्गठनले मङ्गलबार जनाएको छ । सङ्गठनले यसलाई सुडानको विनाशकारी युद्धमा जीवनमाथिको आक्रमण भनेको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार, पूर्व डारफुरको राजधानी शहरमा रहेको शिक्षण अस्पतालमा शुक्रबार भएको आक्रमणमा घाइते हुनेको सङ्ख्या पनि ८९… Continue reading सुडान अस्पताल आक्रमणमा मृतक सङ्ख्या ७० पुग्यो
श्रीलङ्कामा इन्धन र ऊर्जा बचतका नयाँ निर्देशिका जारी
कोलम्बो,११ चैत (रासस–सिन्ह्वा) । मध्यपूर्वमा बढ्दो तनावका कारण इन्धन आयातमा सम्भावित अवरोधहरू आउन सक्ने अवस्थामा श्रीलङ्काको प्रमुख आवाश्यक सेवा कार्यालयले सरकारी निकायहरूका लागि इन्धन र ऊर्जा बचतसम्बन्धी निर्देशिका जारी गरेको छ । यो निर्देशिका मन्त्रालय सचिव, प्रादेशिक तथा जिल्ला सचिव र सरकारी तथा कानूनी संस्थाहरूका प्रमुखहरूलाई वितरण गरिएको छ । यसमा सार्वजनिक क्षेत्रभरि इन्धन र… Continue reading श्रीलङ्कामा इन्धन र ऊर्जा बचतका नयाँ निर्देशिका जारी
नाइजरमा क्षयरोगको बढ्दो जोखिम
नियामे,११ चैत )रासस–सिन्ह्वा) । पश्चिम अफ्रिकाको देश नाइजरमा सन् २०२५ मा क्षयरोगको अवस्था अझै गम्भीर रहेको पाइएको छ । त्यहाँ वर्षभरिमा कुल १७ हजार ४०६ क्षयरोगका बिरामी दर्ता भएका छन्, जसमध्ये १३ हजार ६०७ नयाँ फोक्सोसम्बन्धी बिरामी रहेका छन्, जुन सबैभन्दा छिटो सर्ने र खतरनाक प्रकार मानिन्छ । यी तथ्याङ्कहरू स्वास्थ्यमन्त्री गार्बा हाकिमीले विश्व क्षयरोग… Continue reading नाइजरमा क्षयरोगको बढ्दो जोखिम
अफगानिस्तानमा पक्राउ अमेरिकी नागरिक रिहा हुने
काबुल, ११ चैत (रासस–एएफपी) । अफगानिस्तानको तालिबान सरकारले एक वर्षभन्दा बढी समयदेखि पक्राउ परेका एक अमेरिकी नागरिकलाई रिहा गर्ने घोषणा गरेको छ । विदेश मन्त्रालयका अनुसार भाषा विज्ञ तथा अनुसन्धानकर्ता डेनिस कोयलका परिवारले ईदको अवसरमा उनको रिहाइका लागि अफगानिस्तानका सर्वोच्च नेतासमक्ष निवेदन दिएका थिए । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “इस्लामिक इमिरेटको सर्वोच्च अदालतले… Continue reading अफगानिस्तानमा पक्राउ अमेरिकी नागरिक रिहा हुने
वीरगन्जबाट मात्र एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात
वीरगन्ज (पर्सा), ११ चैत । चालु आर्थिक वर्षको प्रथम सात महिनामा रु एक खर्ब २३ अर्ब ६७ करोड बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आवको सोही अवधिको तुलनामा चालु आवमा इन्धन आयात बढेको छ । पेट्रोलियम पदार्थको आयातबाट रु ५२ अर्ब १५ करोड राजस्व सङ्कलन भएको छ । त्यसैगरी,… Continue reading वीरगन्जबाट मात्र एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात
पश्चिमी वायु सक्रिय, केही स्थानमा चट्याङसहित वर्षा हुने
काठमाडौँ, ११ चैतः हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव कायम रहँदा मौसम आंशिकदेखि सामान्य बदली भएको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लागेको छ भने बाँकी भू–भागमा आंशिक बदली भएको छ । हाल कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा… Continue reading पश्चिमी वायु सक्रिय, केही स्थानमा चट्याङसहित वर्षा हुने
दासत्व पीडितहरूको स्मृति दिवस आज
काठमाडौँ, ११ चैतः आज दासत्व पीडितहरूको अन्तरराष्ट्रिय स्मृति दिवस हो । मानवअधिकार, समानता र सामाजिक न्यायप्रति विश्वव्यापी प्रतिबद्धता जनाउँदै विश्वका विभिन्न देशमा यो दिवस मनाइँदै छ । यस अवसरमा संयुक्त राष्ट्रसङ्घको प्रधानकार्यालयमा आज विशेष स्मृतिसभा हुँदैछ । सन् २००६ मा संयुक्त राष्ट्रसङ्घको महासभाले दास व्यापार र दासत्वलाई मानव इतिहासको सबैभन्दा गम्भीर मानवअधिकार उल्लङ्घन मानेर एक… Continue reading दासत्व पीडितहरूको स्मृति दिवस आज
ज्येष्ठ सदस्य केसीले आज पद तथा गोपनीयताको शपथ लिँदै
काठमाडौँ, ११ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीलाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज बिहान ११ः१५ बजे शपथ ग्रहणको कार्यक्रम तय भएको छ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित सदस्यमध्ये केसी ज्येष्ठ सदस्य हुन्… Continue reading ज्येष्ठ सदस्य केसीले आज पद तथा गोपनीयताको शपथ लिँदै
भोजपुरमा बाँदरका कारण बाँझिदै खेतीयोग्य जमिन
भोजपुर, ११ चैतः बाँदरले दुःख दिन थालेपछि भोजपुरमा खेतीयोग्य जमिन बाँझो हुने क्रम बर्सेनि बढेको छ । बाँदरबाट अन्नबाली जोगाउन नसक्ने अवस्था भएपछि किसानहरू खेतीपाती छाड्न बाध्य भएका छन् भने कतिपय परिवारले वैकल्पिक रोजगारी र सुरक्षित बसोबासको खोजीमा बसाइँसराइ रोजेका छन् । बाँदरको दुःख कम नभएपछि ग्रामीण बस्तीहरू क्रमशः सुनसान बन्दै गएका छन् । स्थानीय… Continue reading भोजपुरमा बाँदरका कारण बाँझिदै खेतीयोग्य जमिन
विभागले तीन फर्मलाई तिरायो जरिवाना
काठमाडौँ, ११ चैतः स्थलगत अनुमगनका क्रममा कैफियत देखिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन वटा फर्मलाई नगद जरिवाना गरेको छ । विभागका अनुसार दशरथ ग्रोसरी प्रालि इमाडोललाई रु ५० हजार, शाह एण्ड शाह इन्टरप्राइजेज सूर्यविनायक बालकोटलाई रु १० हजार जरिवाना गरेको छ । यस्तै, ए एण्ड ए सपिङ सेन्टर महालक्ष्मी ५ टिकाथलीलाई रु पाँच… Continue reading विभागले तीन फर्मलाई तिरायो जरिवाना
चैते दसैँमा कालिका मन्दिरमा भक्तजनको भीड
गलकोट (बागलुङ), ११ चैत । गण्डकी प्रदेशको प्रसिद्ध शक्तिपीठ बागलुङ कालिका मन्दिरमा भक्तजनको भीड बढेको छ । चैते दसैँको नवदुर्गा सुरु भएयता क्रमश मन्दिरमा दर्शन गर्न आउनेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । मङ्गलबार चैते दसैँ मेला पनि सुरु भएको छ । कालिका मन्दिरमा वडा दसैँको तुलनामा चैते दसैँमा बढी भक्त आउने गरेको र यसपटक… Continue reading चैते दसैँमा कालिका मन्दिरमा भक्तजनको भीड
काभ्रेमा तीन हजारभन्दा बढीलाई विपद्–प्रतिकार्य तालिम
काभ्रेपलाञ्चोक, ११ चैतः पाँचखालस्थित सशस्त्र प्रहरी बल नेपाल १५ नं गण हेडक्वार्टरले काभ्रेपलाञ्चोकमा विपद् व्यवस्थापन एवं प्रतिकार्य स्वयंसेवक आधारभूत तालिम तथा विपद सूचकसम्बन्धी अभ्यास अभियानमार्फत तीन हजारभन्दा बढीलाई तालिम प्रदान गरेको छ । एक वर्षे अभियानमा जिल्लाको १३ स्थानीय तहका १३५ वडामा तालिम तीन हजार ३६५ मनसुनजन्य तथा अन्य विपद् सूचक एवं स्वयंसेवक निर्माण गरेको… Continue reading काभ्रेमा तीन हजारभन्दा बढीलाई विपद्–प्रतिकार्य तालिम
कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि
कीर्तिपुर (काठमाडौँ), ११ चैतः कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा मृत भेटिएका ठूलो सङ्ख्याका कागहरूमा बर्डफ्लु सङ्क्रमित भएको पुष्टि भएको छ । कीर्तिपुर नगरपालिका तथा पशु स्वास्थ्य विभागको संयुक्त टोलीले त्रिवि परिसरमा मृत फेला परेका ६८ वटा काग सङ्कलन गरी पुरेको छ । “त्यहाँ अझै मरेका काग भेटिएका छन्, मरेका सबै काग आज सङ्कलन गर्न नसकिएकाले भोलि… Continue reading कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि
शङ्करबेली सिमसारमा पुग्छन् दैनिक हजारौँ पर्यटक
धरान (सुनसरी), ११ चैतः यहाँको रामधुनी नगरपालिका–६स्थित शङ्करबेली सिमसार पछिल्ला समय आन्तरिक पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ । १३ वर्षअघि स्थापना गरिएको उक्त सिमसार क्षेत्र उपभोक्ता समितिको सक्रियता, संरक्षण, सरसफाइ तथा प्रदेश र स्थानीय सरकारको सहयोगमा पर्यटकीयस्थलका रुपमा विकास गरिएको हो । सिमसार व्यवस्थापन समितिका पूर्वअध्यक्ष रत्न राईका अनुसार यहाँ दैनिक हजारौँ पर्यटक… Continue reading शङ्करबेली सिमसारमा पुग्छन् दैनिक हजारौँ पर्यटक
आमाको नामबाट नागरिकता लिनेको संख्या देशभरी तीन हजार
काठमाडौँ, १० चैतः नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ जारी भएदेखि आमाको नामबाट दुई हजार ९४८ जनाले नागरिकता लिएका छन् । नयाँ नियमावली जारी भएपछि हालसम्म नयाँ व्यवस्थाअनुसार उनीहरुले नागरिकता प्राप्त गरेको गृह मन्त्रालयले जनाएको छ । चौथो पटक संशोधन गरिएको नेपाल नागरिकता नियमावली राजपत्रमा प्रकाशित गरिएको थियो । गत पुस ११ गते बसेको मन्त्रिपरिषद्… Continue reading आमाको नामबाट नागरिकता लिनेको संख्या देशभरी तीन हजार
झापामा ‘बर्ड फ्लु’ प्रकोपः पक्षीजन्य वस्तु ओसार–पसारमा रोक
झापा, १० चैतः यहाँका दमक नगरपालिका र झापा गाउँपालिकामा व्यावसायिक रूपमा पालिएका कुखुरामा ‘बर्ड फ्लु’ देखा परेपछि जिल्ला प्रशासन कार्यालयले उच्च सतर्कता अपनाउन सार्वजनिक सूचना जारी गरेको छ । प्रशासनले आज एक सूचना जारी गर्दै रोग पुष्टि भएको क्षेत्रलाई केन्द्रविन्दु मानी चारै दिशामा सङ्कटग्रस्त क्षेत्र घोषणा गरेर नियन्त्रणका काम अघि बढाएको जनाएको छ । निमित्त… Continue reading झापामा ‘बर्ड फ्लु’ प्रकोपः पक्षीजन्य वस्तु ओसार–पसारमा रोक
काठमाडौँ विश्वविद्यालय अमेरिकाको ‘एचई उच्च शिक्षा र्याङ्किङ’मा १२२ औँ स्थानमा
राससकाठमाडौँ, १० चैतः संयुक्त राज्य अमेरिकास्थित एक संस्थाद्वारा गरिएको ‘एचई उच्च शिक्षा र्याङ्किङ’ मा विश्वका पाँच सय सात विश्वविद्यालयमध्ये काठमाडौँ विश्वविद्यालय एक सय २२ औँ स्थानमा परेको छ । विश्वभरका ९५ देशका पाँच सय सात विश्वविद्यालय सहभागी ‘र्याङ्किङमा विश्वविद्यालयको उच्च शिक्षामा प्रभाव मापन गर्न २५ मापदण्डअन्तर्गत एक सय ३६ सूचक प्रयोग गरिएका थिए । यो… Continue reading काठमाडौँ विश्वविद्यालय अमेरिकाको ‘एचई उच्च शिक्षा र्याङ्किङ’मा १२२ औँ स्थानमा